የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ - የአህሉል -ሀዲስ ማህበር ማዕከል * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: ሱረቱ አል ዐንከቡት   አንቀጽ:

सूरतुल् अन्कबूत

الٓمّٓ ۟ۚ
१) अलिफ–लाम–मीम् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَحَسِبَ النَّاسُ اَنْ یُّتْرَكُوْۤا اَنْ یَّقُوْلُوْۤا اٰمَنَّا وَهُمْ لَا یُفْتَنُوْنَ ۟
२) के मानिसहरूले यो ठानेका छन्, कि (मात्र) यो भन्नाले कि हामीले ईमान ल्यायौं, तिनीहरूको परीक्षा गरिने छैन ?
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ فَتَنَّا الَّذِیْنَ مِنْ قَبْلِهِمْ فَلَیَعْلَمَنَّ اللّٰهُ الَّذِیْنَ صَدَقُوْا وَلَیَعْلَمَنَّ الْكٰذِبِیْنَ ۟
३) यिनीभन्दा पहिला गुज्रिसकेकाहरूको पनि हामीले परीक्षा लियौं । निश्चितरूपले अल्लाहले त उनीहरूको बारेमा पनि थाहा पाउनेछ, जो सत्य छन् र उनीहरूको पनि जानकारी राख्नेछ जो झूठा छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَمْ حَسِبَ الَّذِیْنَ یَعْمَلُوْنَ السَّیِّاٰتِ اَنْ یَّسْبِقُوْنَا ؕ— سَآءَ مَا یَحْكُمُوْنَ ۟
४) के उनीहरू, जसले नराम्रो कर्म गर्दछन् यो ठान्दछन् कि यिनीहरू हाम्रा नियन्त्रणबाट बाहिर गइहाल्नेछन् । यिनीहरूले कस्तो नराम्रो ठानिराखेका छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
مَنْ كَانَ یَرْجُوْا لِقَآءَ اللّٰهِ فَاِنَّ اَجَلَ اللّٰهِ لَاٰتٍ ؕ— وَهُوَ السَّمِیْعُ الْعَلِیْمُ ۟
५) जुन व्यक्तिहरूले अल्लाहसँगको भेटको आशा गर्दछन्, त अल्लाहको निर्धारित समय (कियामत) त आउने नै छ । र ऊ सबै कुरा सुन्दछ, जान्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَنْ جٰهَدَ فَاِنَّمَا یُجَاهِدُ لِنَفْسِهٖ ؕ— اِنَّ اللّٰهَ لَغَنِیٌّ عَنِ الْعٰلَمِیْنَ ۟
६) र प्रयत्न गर्ने प्रत्येक व्यक्तिले आफ्नै भलोको निम्ति प्रयत्न गर्दछ । निश्चय नै अल्लाह सम्पूर्ण संसारबाट निस्पृह छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ لَنُكَفِّرَنَّ عَنْهُمْ سَیِّاٰتِهِمْ وَلَنَجْزِیَنَّهُمْ اَحْسَنَ الَّذِیْ كَانُوْا یَعْمَلُوْنَ ۟
७) र जुन मानिसहरूले विश्वास गरे र उनीहरूले (सुन्नत अनुरूप) उत्तम कर्म गरे, हामीले उनीहरूबाट सबै पापहरू हटाइदिने छौं र उनीहरूलाई अवश्य नै उनका सत्कर्मको राम्रो पुरस्कार प्रदान गर्नेछौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَوَصَّیْنَا الْاِنْسَانَ بِوَالِدَیْهِ حُسْنًا ؕ— وَاِنْ جٰهَدٰكَ لِتُشْرِكَ بِیْ مَا لَیْسَ لَكَ بِهٖ عِلْمٌ فَلَا تُطِعْهُمَا ؕ— اِلَیَّ مَرْجِعُكُمْ فَاُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟
८) र हामीले हरेक मानिसलाई आफ्नो आमा बाबुसँग राम्रो व्यवहार गर्न आदेश दिएका छौं । हो यदि तिनीहरूले यो चाहन्छन कि तपाईले मसँग अरुलाई मेरो साझेदार ठहराऊ, जसबारे तपाईलाई ज्ञान छैन, त उनीहरूको कुरा नमान । मतिर नै तिमी सबैलाई फर्केर आउनुछ । अनि मैले तिमीलाई त्यो सबै बताउने छु जुन तिमीले गर्ने गर्दथ्यौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ لَنُدْخِلَنَّهُمْ فِی الصّٰلِحِیْنَ ۟
९) र जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरिरहे, उनीहरूलाई हामी आफ्ना असल सेवकहरूमा शम्मिलित गर्नेछौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمِنَ النَّاسِ مَنْ یَّقُوْلُ اٰمَنَّا بِاللّٰهِ فَاِذَاۤ اُوْذِیَ فِی اللّٰهِ جَعَلَ فِتْنَةَ النَّاسِ كَعَذَابِ اللّٰهِ ؕ— وَلَىِٕنْ جَآءَ نَصْرٌ مِّنْ رَّبِّكَ لَیَقُوْلُنَّ اِنَّا كُنَّا مَعَكُمْ ؕ— اَوَلَیْسَ اللّٰهُ بِاَعْلَمَ بِمَا فِیْ صُدُوْرِ الْعٰلَمِیْنَ ۟
१०) र केही मानिसहरू यस्ता पनि छन् जसले मुखले भन्दछन्, कि हामीले अल्लाहमाथि आस्था राख्यौं । तर जब उनीहरूलाई अल्लाहको बाटोमा कुनै कष्ट पुग्दछ त मानिसहरूको कष्टलाई यस्तो ठान्दछन् जस्तो अल्लाहको सजाय होस् र यदि पालनकर्ताको तर्फबाट कुनै सहायता पुग्दछ त भन्दछन्, कि हामी त तिम्रो साथमा थियौं । के जुन कुरो संसारवालाहरूको छातीमा छ, अल्लाह त्यसलाई जान्दैन ?
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَیَعْلَمَنَّ اللّٰهُ الَّذِیْنَ اٰمَنُوْا وَلَیَعْلَمَنَّ الْمُنٰفِقِیْنَ ۟
११) अल्लाहले उनीहरूलाई अवश्य जानिराख्छ जो सच्चा मोमिन छन् र कप्टीहरूलाई पनि जानिराख्छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالَ الَّذِیْنَ كَفَرُوْا لِلَّذِیْنَ اٰمَنُوا اتَّبِعُوْا سَبِیْلَنَا وَلْنَحْمِلْ خَطٰیٰكُمْ ؕ— وَمَا هُمْ بِحٰمِلِیْنَ مِنْ خَطٰیٰهُمْ مِّنْ شَیْءٍ ؕ— اِنَّهُمْ لَكٰذِبُوْنَ ۟
१२) काफिरहरू ईमानवालाहरूसित भन्दछन्ः कि तिमीहरू हाम्रा मार्गहरूमा हिंड, हामीले तिम्रो पापको भारी बोकिहाल्नेछौं । जबकि उनीहरू उनका पापहरूमध्ये केही पनि बोझ बोक्नेवाला छैनन् । यिनीहरू त मात्र झूठा हुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَیَحْمِلُنَّ اَثْقَالَهُمْ وَاَثْقَالًا مَّعَ اَثْقَالِهِمْ ؗ— وَلَیُسْـَٔلُنَّ یَوْمَ الْقِیٰمَةِ عَمَّا كَانُوْا یَفْتَرُوْنَ ۟۠
१३) हो यिनीहरूले आफ्नो भारी बोक्नेछन् र आफ्नो बोझहरूको साथमा अन्य भारी पनि र जुन मनगढन्ते कुराहरू यिनीहरू रचिराखेका छन् कियामतको दिन त्यसको बारेमा उनीहरूसित अवश्य नै सोधपूछ हुनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ اَرْسَلْنَا نُوْحًا اِلٰی قَوْمِهٖ فَلَبِثَ فِیْهِمْ اَلْفَ سَنَةٍ اِلَّا خَمْسِیْنَ عَامًا ؕ— فَاَخَذَهُمُ الطُّوْفَانُ وَهُمْ ظٰلِمُوْنَ ۟
१४) र हामीले ‘‘नूह (अलैहिस्सलाम) लाई’’ उनको कौमतिर पठायौं, र उनी नौ सय पचासवर्ष उनीहरूबीच बसे ! अनि उनीहरूलाई हुरीले समात्यो र उनीहरू अत्याचारी नै थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاَنْجَیْنٰهُ وَاَصْحٰبَ السَّفِیْنَةِ وَجَعَلْنٰهَاۤ اٰیَةً لِّلْعٰلَمِیْنَ ۟
१५) अनि हामीले ‘‘नूहलाई’’ र डुँगामा बस्नेवालाहरूलाई बचाइहाल्यौं र त्यस घटनालाई सम्पूर्ण संसारको निम्ति निशानी बनाइदियौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِبْرٰهِیْمَ اِذْ قَالَ لِقَوْمِهِ اعْبُدُوا اللّٰهَ وَاتَّقُوْهُ ؕ— ذٰلِكُمْ خَیْرٌ لَّكُمْ اِنْ كُنْتُمْ تَعْلَمُوْنَ ۟
१६) र इब्रहीम (अलैहिस्सलाम) ले पनि आफ्नो कौंमसित भने कि अल्लाहको उपासना गर र ऊसित डर । यो तिम्रो निम्ति राम्रो छ यदि तिमी बुद्धिमान छौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّمَا تَعْبُدُوْنَ مِنْ دُوْنِ اللّٰهِ اَوْثَانًا وَّتَخْلُقُوْنَ اِفْكًا ؕ— اِنَّ الَّذِیْنَ تَعْبُدُوْنَ مِنْ دُوْنِ اللّٰهِ لَا یَمْلِكُوْنَ لَكُمْ رِزْقًا فَابْتَغُوْا عِنْدَ اللّٰهِ الرِّزْقَ وَاعْبُدُوْهُ وَاشْكُرُوْا لَهٗ ؕ— اِلَیْهِ تُرْجَعُوْنَ ۟
१७) तिमी त अल्लाहलाई छाडी मूर्तिहरूको पूजा गर्दछौ, र झूठा कुरा रच्दछौ र तिमीले अल्लाह बाहेक जसलाई पूज्दछौ, उनीहरूमा तिमीलाई जीविका दिने अधिकार छैन । अतः तिमीले अल्लाहकहाँबाट नै जीविका खोज र उसैको उपासना गर, र उसैको आभारी बन, र तिमीलाई उसैतिर फर्केर जानुछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِنْ تُكَذِّبُوْا فَقَدْ كَذَّبَ اُمَمٌ مِّنْ قَبْلِكُمْ ؕ— وَمَا عَلَی الرَّسُوْلِ اِلَّا الْبَلٰغُ الْمُبِیْنُ ۟
१८) र यदि तिमीले मलाई झूठा ठान्दछौ, त तिमीभन्दा अघिका कैयन् समुदायले पनि झूठा भनिसकेका छन् । रसुलहरूमाथि मात्र स्पष्टरूपले (अल्लाहको संदेश) पुर्याइदिने जिम्मेवारी छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَوَلَمْ یَرَوْا كَیْفَ یُبْدِئُ اللّٰهُ الْخَلْقَ ثُمَّ یُعِیْدُهٗ ؕ— اِنَّ ذٰلِكَ عَلَی اللّٰهِ یَسِیْرٌ ۟
१९) के उनीहरूले देखेनन्, कि अल्लाह कुन प्रकारले सृष्टिको आरम्भ गर्दछ ? फेरि उसको पुनरावृत्ति गर्नेछ ? निःसन्देह यो अल्लाहको निम्ति अत्यन्त सरल छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ سِیْرُوْا فِی الْاَرْضِ فَانْظُرُوْا كَیْفَ بَدَاَ الْخَلْقَ ثُمَّ اللّٰهُ یُنْشِئُ النَّشْاَةَ الْاٰخِرَةَ ؕ— اِنَّ اللّٰهَ عَلٰى كُلِّ شَیْءٍ قَدِیْرٌ ۟ۚ
२०) भन्नुस् कि धरतीमा हिंडडुल गरेर हेर कि अल्लाहले कुन प्रकारले सृष्टिको आरम्भ गरेको छ । अनि अल्लाहले नै पछिको सृष्टि रच्नेछ र निश्चय नै अल्लाह हरेक कुरामाथि सामथ्र्यवान् छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یُعَذِّبُ مَنْ یَّشَآءُ وَیَرْحَمُ مَنْ یَّشَآءُ ۚ— وَاِلَیْهِ تُقْلَبُوْنَ ۟
२१) जसलाई चाहन्छ सजाय दिन्छ, र जसमाथि चाहन्छ कृपा गर्दछ । र उसैतिर सबैले फर्केर जानुछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَاۤ اَنْتُمْ بِمُعْجِزِیْنَ فِی الْاَرْضِ وَلَا فِی السَّمَآءِ ؗ— وَمَا لَكُمْ مِّنْ دُوْنِ اللّٰهِ مِنْ وَّلِیٍّ وَّلَا نَصِیْرٍ ۟۠
२२) र तिमी न त धरतीमा अल्लाहलाई हैरान गर्न सक्छौ र न त आकाशमा, र अल्लाह बाहेक तिम्रो न कोही मित्र छ न कोही सहायक ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ كَفَرُوْا بِاٰیٰتِ اللّٰهِ وَلِقَآىِٕهٖۤ اُولٰٓىِٕكَ یَىِٕسُوْا مِنْ رَّحْمَتِیْ وَاُولٰٓىِٕكَ لَهُمْ عَذَابٌ اَلِیْمٌ ۟
२३) र जुन मानिसहरूले अल्लाहका आयतहरू र उसँग हुने साक्षातकारलाई बिर्सन्छन्, उनी मेरो दयाबाट निराश भइहालुन् । र तिनै हुन्, जसको निम्ति दुःखद यातना छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَمَا كَانَ جَوَابَ قَوْمِهٖۤ اِلَّاۤ اَنْ قَالُوا اقْتُلُوْهُ اَوْ حَرِّقُوْهُ فَاَنْجٰىهُ اللّٰهُ مِنَ النَّارِ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّقَوْمٍ یُّؤْمِنُوْنَ ۟
२४) अनि उसको कौमको भनाई मात्र यो थियो कि यसलाई कत्ल (हत्या) गरिदेऔ वा जलाइहालौ, अन्ततः अल्लाहले उनीलाई आगोबाट बचाइहाल्यो यसमा ईमानवालहरूको लागि धेरै निशानीहरू छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالَ اِنَّمَا اتَّخَذْتُمْ مِّنْ دُوْنِ اللّٰهِ اَوْثَانًا ۙ— مَّوَدَّةَ بَیْنِكُمْ فِی الْحَیٰوةِ الدُّنْیَا ۚ— ثُمَّ یَوْمَ الْقِیٰمَةِ یَكْفُرُ بَعْضُكُمْ بِبَعْضٍ وَّیَلْعَنُ بَعْضُكُمْ بَعْضًا ؗ— وَّمَاْوٰىكُمُ النَّارُ وَمَا لَكُمْ مِّنْ نّٰصِرِیْنَ ۟ۗۖ
२५) इब्राहीमले भने कि ‘‘अल्लाहबाट टाढिएर तिमीहरूले जुन मूर्तिहरूलाई मात्र सांसारिक जीवनको कारण पूजा गर्दछौ । कियामतको दिन तिमीहरू एकअर्काबाट इन्कार गर्नेछौ, र एकअर्कालाई धिक्कार्नेछौ, र तिमिहरू सबैको बासस्थान नर्क हुनेछ र तिम्रो कोही सहायता गर्नेवाला हुनेछैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاٰمَنَ لَهٗ لُوْطٌ ۘ— وَقَالَ اِنِّیْ مُهَاجِرٌ اِلٰی رَبِّیْ ؕ— اِنَّهٗ هُوَ الْعَزِیْزُ الْحَكِیْمُ ۟
२६) अनि ‘‘लूतले’’ उनको (इब्राहीमको) कुरामा ईमान ल्याए, र भन्नथालेः कि म आफ्नो पालनकर्तातिर हिजरत गर्दछु । निःसन्देह ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَوَهَبْنَا لَهٗۤ اِسْحٰقَ وَیَعْقُوْبَ وَجَعَلْنَا فِیْ ذُرِّیَّتِهِ النُّبُوَّةَ وَالْكِتٰبَ وَاٰتَیْنٰهُ اَجْرَهٗ فِی الدُّنْیَا ۚ— وَاِنَّهٗ فِی الْاٰخِرَةِ لَمِنَ الصّٰلِحِیْنَ ۟
२७) र हामीले उनलाई (इब्राहीमलाई) ‘‘इस्हाक’’ र ‘‘यअ्कूब’’ प्रदान गर्यौं र हामीले उसको सन्ततिमै पैगम्बरी र किताबहरू प्रदान गर्यौं । र हामीले उनलाई संसारमा पनि राम्रो प्रतिफल प्रदान गर्यौं र उनी आखिरतमा पनि सत्कर्मीहरूमध्येका हुनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلُوْطًا اِذْ قَالَ لِقَوْمِهٖۤ اِنَّكُمْ لَتَاْتُوْنَ الْفَاحِشَةَ ؗ— مَا سَبَقَكُمْ بِهَا مِنْ اَحَدٍ مِّنَ الْعٰلَمِیْنَ ۟
२८) र ‘‘लूत’’ (अलैहिस्सलाम) को पनि वर्णन गर जब उनले आफ्नो कौमसित भनेः कि तिमीले त्यस्तो व्यभिचार गर्दछौ, जुन तिमीभन्दा पहिला सम्पूर्ण संसारमा कसैले पनि गरेको थिएन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَىِٕنَّكُمْ لَتَاْتُوْنَ الرِّجَالَ وَتَقْطَعُوْنَ السَّبِیْلَ ۙ۬— وَتَاْتُوْنَ فِیْ نَادِیْكُمُ الْمُنْكَرَ ؕ— فَمَا كَانَ جَوَابَ قَوْمِهٖۤ اِلَّاۤ اَنْ قَالُوا ائْتِنَا بِعَذَابِ اللّٰهِ اِنْ كُنْتَ مِنَ الصّٰدِقِیْنَ ۟
२९) के तिमी (आनन्द प्राप्तिको लागि) पुरुषहरूसँग व्यभिचार गर्दछौ र बाटोहरूलाई बन्द गर्दछौ, र आफ्नो आम सभाहरूमा दुष्कर्म गर्दछौ ? अनि उनको कौमका मानिसहरूको उत्तर यही थियो, उनीहरूले भनेः कि यदि तिमी साँचो हौ भने हामीमाथि अल्लाहको यातना ल्याऊ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ رَبِّ انْصُرْنِیْ عَلَی الْقَوْمِ الْمُفْسِدِیْنَ ۟۠
३०) (लूतले) प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! यी उपद्रवीहरूको मुकाबिलामा मेरो सहायता गर ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَمَّا جَآءَتْ رُسُلُنَاۤ اِبْرٰهِیْمَ بِالْبُشْرٰی ۙ— قَالُوْۤا اِنَّا مُهْلِكُوْۤا اَهْلِ هٰذِهِ الْقَرْیَةِ ۚ— اِنَّ اَهْلَهَا كَانُوْا ظٰلِمِیْنَ ۟ۚۖ
३१) र जब हाम्रा फरिश्ताहरू इब्राहीमको पासमा शुभसूचना लिएर आए, त उनीहरूले भन्नथालेः कि हामीले यस बस्तीका मानिसहरूलाई नष्ट गर्नेवाला छौं । निःसन्देह यहाँ बस्ने मानिसहरू अत्याचारी हुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ اِنَّ فِیْهَا لُوْطًا ؕ— قَالُوْا نَحْنُ اَعْلَمُ بِمَنْ فِیْهَا ؗ— لَنُنَجِّیَنَّهٗ وَاَهْلَهٗۤ اِلَّا امْرَاَتَهٗ ؗ— كَانَتْ مِنَ الْغٰبِرِیْنَ ۟
३२) इब्राहीमले भने कि यसमा त लूत पनि छन् । उनीहरू भन्नथालेः ‘‘कि जुन मानिसहरू यहाँ बस्दछन्, हामीलाई सबै थाहा छ । हामीले उनलाई र उनका घरवालाहरूलाई बचाइराख्नेछौं, तर उनकी स्वास्नी बाहेक, किनभने त्यो स्त्रीपछि पर्नेहरूमध्येकी छे ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَمَّاۤ اَنْ جَآءَتْ رُسُلُنَا لُوْطًا سِیْٓءَ بِهِمْ وَضَاقَ بِهِمْ ذَرْعًا وَّقَالُوْا لَا تَخَفْ وَلَا تَحْزَنْ ۫— اِنَّا مُنَجُّوْكَ وَاَهْلَكَ اِلَّا امْرَاَتَكَ كَانَتْ مِنَ الْغٰبِرِیْنَ ۟
३३) र जब हाम्रा फरिश्ताहरू ‘‘लूतको’’ नजिक आए, त, उनीहरूको कारणले उनी दुःखी भए र मनैमनमा चिन्तित भए । फरिश्ताहरूले भनेः तपाई ‘‘डर नमान्नुहोस् र दुःख पनि नमान्नुहोस् । हामी तपाईलाई र तपाईको घरवालाहरूलाई बचाइहाल्ने छौं, तर तपाईकी स्त्री सजायको लागि पछि पर्नेहरूमध्येकी हुनेछे ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّا مُنْزِلُوْنَ عَلٰۤی اَهْلِ هٰذِهِ الْقَرْیَةِ رِجْزًا مِّنَ السَّمَآءِ بِمَا كَانُوْا یَفْسُقُوْنَ ۟
३४) हामीले यस बस्तिका मानिसहरूमाथि आकाशबाट यातना अवतरित गर्नेछौं, यसकारण कि उनीहरू अनियन्त्रित भइरहेका छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ تَّرَكْنَا مِنْهَاۤ اٰیَةً بَیِّنَةً لِّقَوْمٍ یَّعْقِلُوْنَ ۟
३५) र हामीले त्यस बस्तीलाई एउटा खुल्ला निशानी ती मानिसहरूको निम्ति बनाइदिएका छौं, जो बुद्धिले काम लिन चाहन्छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِلٰی مَدْیَنَ اَخَاهُمْ شُعَیْبًا ۙ— فَقَالَ یٰقَوْمِ اعْبُدُوا اللّٰهَ وَارْجُوا الْیَوْمَ الْاٰخِرَ وَلَا تَعْثَوْا فِی الْاَرْضِ مُفْسِدِیْنَ ۟
३६) र ‘‘मदयनतिर’’ उनको भाइ ‘‘शुऐबलाई’’ हामीले पठायौं उनले भने, ‘‘कि हे मेरो कौमका मानिस ! अल्लाहको उपासना गर र अन्तिम दिनको आशा राख र धरतीमा उत्पातको सिर्जना नगर्नेगर ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَكَذَّبُوْهُ فَاَخَذَتْهُمُ الرَّجْفَةُ فَاَصْبَحُوْا فِیْ دَارِهِمْ جٰثِمِیْنَ ۟ؗ
३७) तैपनि उनीहरूले उनलाई झूठा ठाने, अन्ततः उनलाई भूकम्पले आइसमात्यो र उनीहरू आ–आफ्नो घरहरूमा बस्दाबस्दै घोप्टो भइहाले ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَعَادًا وَّثَمُوْدَاۡ وَقَدْ تَّبَیَّنَ لَكُمْ مِّنْ مَّسٰكِنِهِمْ ۫— وَزَیَّنَ لَهُمُ الشَّیْطٰنُ اَعْمَالَهُمْ فَصَدَّهُمْ عَنِ السَّبِیْلِ وَكَانُوْا مُسْتَبْصِرِیْنَ ۟ۙ
३८) र हामीले ‘‘आद’’ र ‘‘समूदका मानिसहरूलाई’’ पनि नष्ट गरिहाल्यौं र उनीहरूको घरका अवशेषहरू तिम्रो आँखाका अगाडि़ छन् । शैतानले उनीहरूको कर्मलाई उनको निम्ति आकर्षक बनाएर देखाइदियो, र उनीहरूलाई सही बाटोबाट रोकिदियो, जबकि उनीहरू दृष्टिवाला र बुद्धिमान थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَارُوْنَ وَفِرْعَوْنَ وَهَامٰنَ ۫— وَلَقَدْ جَآءَهُمْ مُّوْسٰی بِالْبَیِّنٰتِ فَاسْتَكْبَرُوْا فِی الْاَرْضِ وَمَا كَانُوْا سٰبِقِیْنَ ۟ۚ
३९) र ‘‘कारून’’ एवं फिरऔन’’ र ‘‘हामानलाई’’ पनि (नष्ट गरिदियौं) र उनको पासमा ‘‘मूसाले’’ स्पष्ट चमत्कारहरू लिएर आएका थिए, तैपनि उनीहरू धरतीमा घमण्ड गर्नथाले, र उनीहरू (हाम्रो) नियन्त्रणबाट निस्कन सक्नेवाला थिएनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَكُلًّا اَخَذْنَا بِذَنْۢبِهٖ ۚ— فَمِنْهُمْ مَّنْ اَرْسَلْنَا عَلَیْهِ حَاصِبًا ۚ— وَمِنْهُمْ مَّنْ اَخَذَتْهُ الصَّیْحَةُ ۚ— وَمِنْهُمْ مَّنْ خَسَفْنَا بِهِ الْاَرْضَ ۚ— وَمِنْهُمْ مَّنْ اَغْرَقْنَا ۚ— وَمَا كَانَ اللّٰهُ لِیَظْلِمَهُمْ وَلٰكِنْ كَانُوْۤا اَنْفُسَهُمْ یَظْلِمُوْنَ ۟
४०) अन्ततः हामीले सबैलाई उनीहरूको अपराधको अधिकताको कारण समातिहाल्यौं, अनि उनीहरूमध्ये केही (कौमेआद) माथि हामीले ढुङ्गा बर्साउने वायु पठायौं, र केही यस्ता थिए (समूद) जसलाई भयङ्कर आवाजले आइसमात्यो र तीमध्ये केही (कारून) लाई हामीले धरतीमा पुरिदियौं र केही यस्ता थिए (फिरऔन) जसलाई हामीले डुबाइदियौं । अल्लाह यस्तो होइन कि उनीहरूमाथि अत्याचार गरोस्, किन्तु उनीहरूले आफू स्वयंमाथि नै अत्याचार गर्दथे ।
የአረብኛ ቁርኣን ማብራሪያ:
مَثَلُ الَّذِیْنَ اتَّخَذُوْا مِنْ دُوْنِ اللّٰهِ اَوْلِیَآءَ كَمَثَلِ الْعَنْكَبُوْتِ ۚ— اِتَّخَذَتْ بَیْتًا ؕ— وَاِنَّ اَوْهَنَ الْبُیُوْتِ لَبَیْتُ الْعَنْكَبُوْتِ ۘ— لَوْ كَانُوْا یَعْلَمُوْنَ ۟
४१) जुन मानिसहरूले अल्लाह बाहेक अरुलाई संरक्षक बनाएका छन्, उनको उदाहरण माकुराको जस्तो छ कि उसले पनि एउटा घर बनाउँछे र कुनै सन्देह छैन कि समस्त घरहरूमा कमजोर माकुराको घर नै हुन्छ । यिनीहरूले यो कुरा बुझ्ने भए कति राम्रो हुने थियो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ اللّٰهَ یَعْلَمُ مَا یَدْعُوْنَ مِنْ دُوْنِهٖ مِنْ شَیْءٍ ؕ— وَهُوَ الْعَزِیْزُ الْحَكِیْمُ ۟
४२) अल्लाहले ती सबैलाई जान्दछ जसलाई यिनीहरूले अल्लाह बाहेक पुकार्दछन् र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَتِلْكَ الْاَمْثَالُ نَضْرِبُهَا لِلنَّاسِ ۚ— وَمَا یَعْقِلُهَاۤ اِلَّا الْعٰلِمُوْنَ ۟
४३) यी दृष्टान्तहरू हामीले मानिसहरूलाई बुझ्नको निम्ति वर्णन गर्दछौं र यसलाई त मात्र ज्ञानवानले नै बुझ्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
خَلَقَ اللّٰهُ السَّمٰوٰتِ وَالْاَرْضَ بِالْحَقِّ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیَةً لِّلْمُؤْمِنِیْنَ ۟۠
४४) अल्लाहले आकाशहरू र धरतीलाई सत्यताको साथ सृष्टि गरेको छ । निश्चय नै यसमा ईमानवालाहरूको निम्ति ठुलो निशानी छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اُتْلُ مَاۤ اُوْحِیَ اِلَیْكَ مِنَ الْكِتٰبِ وَاَقِمِ الصَّلٰوةَ ؕ— اِنَّ الصَّلٰوةَ تَنْهٰی عَنِ الْفَحْشَآءِ وَالْمُنْكَرِ ؕ— وَلَذِكْرُ اللّٰهِ اَكْبَرُ ؕ— وَاللّٰهُ یَعْلَمُ مَا تَصْنَعُوْنَ ۟
४५) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) त्यस किताबलाई पढ्ने गर्नुस्, जुन तपाईंलाई ‘‘वह्य’’ द्वारा पठाइएको छ, र नमाज कायम गर्नुस् । निःसन्देह नमाजले अश्लीलता र नराम्रो कुराबाट रोक्दछ । र अवश्य अल्लाहको स्मरण गर्नु त अत्यन्त ठूलो कुरो हो । तिमी जे गर्दैछौ अल्लाह जान्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَا تُجَادِلُوْۤا اَهْلَ الْكِتٰبِ اِلَّا بِالَّتِیْ هِیَ اَحْسَنُ ؗ— اِلَّا الَّذِیْنَ ظَلَمُوْا مِنْهُمْ وَقُوْلُوْۤا اٰمَنَّا بِالَّذِیْۤ اُنْزِلَ اِلَیْنَا وَاُنْزِلَ اِلَیْكُمْ وَاِلٰهُنَا وَاِلٰهُكُمْ وَاحِدٌ وَّنَحْنُ لَهٗ مُسْلِمُوْنَ ۟
४६) र किताबवालाहरूसित उत्तम तरिका बाहेकले शास्त्रार्थ नगर, तर उनीहरूमध्ये जो अत्याचारी छन्, उनको कुरा अर्कै छ र स्पष्ट भनः ‘‘कि हामीले यस किताबमाथि ईमान ल्यायौं जुन हामीतिर अवतरित भयो र त्यसमाथि पनि जुन तिमीतिर अवतरित भयो । र हाम्रो तिम्रो पूज्य एउटै हो, र हामी सबै उसैको आज्ञाकारी हौं ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
وَكَذٰلِكَ اَنْزَلْنَاۤ اِلَیْكَ الْكِتٰبَ ؕ— فَالَّذِیْنَ اٰتَیْنٰهُمُ الْكِتٰبَ یُؤْمِنُوْنَ بِهٖ ۚ— وَمِنْ هٰۤؤُلَآءِ مَنْ یُّؤْمِنُ بِهٖ ؕ— وَمَا یَجْحَدُ بِاٰیٰتِنَاۤ اِلَّا الْكٰفِرُوْنَ ۟
४७) र यसै प्रकार हामीले तपाईंतिर किताब अवतरित गरेका छौं, त जसलाई हामीले किताब प्रदान गरेका छौं, उनीहरूले त्यसमाथि ईमान ल्याउँछन् र यिनीहरू (मुश्रिकहरू) मध्ये केहीले त्यसमाथि ईमान ल्याउँछन् र हाम्रा आयतहरूको इन्कार त काफिरहरूले मात्र गर्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَا كُنْتَ تَتْلُوْا مِنْ قَبْلِهٖ مِنْ كِتٰبٍ وَّلَا تَخُطُّهٗ بِیَمِیْنِكَ اِذًا لَّارْتَابَ الْمُبْطِلُوْنَ ۟
४८) यसभन्दा पहिला तपाईंले कुनै किताब पढ्नु भएको थिएन र नकुनै किताबलाई आफ्नो हातले लेख्नुहुन्थ्यो, जसबाट यी मिथ्यावादीहरू सन्देहमा पर्न सक्दथे ।
የአረብኛ ቁርኣን ማብራሪያ:
بَلْ هُوَ اٰیٰتٌۢ بَیِّنٰتٌ فِیْ صُدُوْرِ الَّذِیْنَ اُوْتُوا الْعِلْمَ ؕ— وَمَا یَجْحَدُ بِاٰیٰتِنَاۤ اِلَّا الظّٰلِمُوْنَ ۟
४९) बरु यो कुरआन त ती मानिसहरूको छातीमा विद्यमान स्पष्ट आयतहरू हुन् जसलाई ज्ञान प्रदान भएको छ । र हाम्रा आयतहरूको इन्कार त अत्याचारीहरूले मात्र गर्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالُوْا لَوْلَاۤ اُنْزِلَ عَلَیْهِ اٰیٰتٌ مِّنْ رَّبِّهٖ ؕ— قُلْ اِنَّمَا الْاٰیٰتُ عِنْدَ اللّٰهِ ؕ— وَاِنَّمَاۤ اَنَا نَذِیْرٌ مُّبِیْنٌ ۟
५०) उनीहरूको भनाई छः कि उसमाथि उसको पालनकर्ताको तर्फबाट निशानीहरू किन अवतरित भएनन् ?’’ तपाईं भनिदिनुस् कि ‘‘निशानीहरू त सबै अल्लाहकै पासमा छन् । र म त केवल स्पष्टरूपले सचेत गर्नेवाला हूँ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
اَوَلَمْ یَكْفِهِمْ اَنَّاۤ اَنْزَلْنَا عَلَیْكَ الْكِتٰبَ یُتْلٰی عَلَیْهِمْ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَرَحْمَةً وَّذِكْرٰی لِقَوْمٍ یُّؤْمِنُوْنَ ۟۠
५१) के उनीहरूको निम्ति यो पर्याप्त छैन ? कि हामीले तपाईंमाथि किताब अवतरित गर्यौं, जुन कि उनीहरूलाई पढेर सुनाइन्छ । यसमा ईमान ल्याएकाहरूको निम्ति दयालुता (पनि) छ र उपदेश (पनि) ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ كَفٰی بِاللّٰهِ بَیْنِیْ وَبَیْنَكُمْ شَهِیْدًا ۚ— یَعْلَمُ مَا فِی السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— وَالَّذِیْنَ اٰمَنُوْا بِالْبَاطِلِ وَكَفَرُوْا بِاللّٰهِ ۙ— اُولٰٓىِٕكَ هُمُ الْخٰسِرُوْنَ ۟
५२) भनिदिनुस् ! कि मेरो र तिम्रो बीचमा अल्लाह साक्षी हुनु पर्याप्त छ । जे जति आकाश र धरतीमा छ उसले सबै जान्दछ । जसले असत्यमा विश्वास गरे र अल्लाहलाई इन्कार गरे, तिनीहरूले ठूलो नोक्सानी भोग्नेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَیَسْتَعْجِلُوْنَكَ بِالْعَذَابِ ؕ— وَلَوْلَاۤ اَجَلٌ مُّسَمًّی لَّجَآءَهُمُ الْعَذَابُ ؕ— وَلَیَاْتِیَنَّهُمْ بَغْتَةً وَّهُمْ لَا یَشْعُرُوْنَ ۟
५३) यिनीहरूले तपाईंसित यातना (अल्लाहबाट दिइने अजाब) को लागि हतार गरिराखेका छन् । यदि मेरो तर्फबाट एउटा निश्चित समय निर्धारित नभइसकेको भए उनीहरूमाथि यातना पनि आइसक्ने थियो र त्यो कुनै समयमा एक्कासी उनीहरूमाथि अवश्य आएर नै छाड्नेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یَسْتَعْجِلُوْنَكَ بِالْعَذَابِ ؕ— وَاِنَّ جَهَنَّمَ لَمُحِیْطَةٌ بِالْكٰفِرِیْنَ ۟ۙ
५४) यिनीहरूले सजायको लागि हतार गर्दैछन्, (धैर्यराखुन्) नर्कले त काफिरहरूलाई घेरिहाल्नेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یَوْمَ یَغْشٰىهُمُ الْعَذَابُ مِنْ فَوْقِهِمْ وَمِنْ تَحْتِ اَرْجُلِهِمْ وَیَقُوْلُ ذُوْقُوْا مَا كُنْتُمْ تَعْمَلُوْنَ ۟
५५) त्यस दिन यातनाले उनीहरूलाई माथिदेखि तलसम्म छोपिराख्नेछ र अल्लाहको आदेश हुनेछ कि जुन (गलत) काम तिमीले गर्ने गर्दथ्यौ अब त्यसको स्वाद चाख ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰعِبَادِیَ الَّذِیْنَ اٰمَنُوْۤا اِنَّ اَرْضِیْ وَاسِعَةٌ فَاِیَّایَ فَاعْبُدُوْنِ ۟
५६) ‘‘हे मेरा ईमानवाला सेवकहरू, मेरो धरती धेरै विस्तृत छ, अतः मेरै उपासना गर ।
የአረብኛ ቁርኣን ማብራሪያ:
كُلُّ نَفْسٍ ذَآىِٕقَةُ الْمَوْتِ ۫— ثُمَّ اِلَیْنَا تُرْجَعُوْنَ ۟
५७) प्रत्येक जीवले मृत्युको स्वाद चाख्नेवाला छ, अनि तिमी सबै हामीतिरै फर्काइनेछौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ لَنُبَوِّئَنَّهُمْ مِّنَ الْجَنَّةِ غُرَفًا تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَا ؕ— نِعْمَ اَجْرُ الْعٰمِلِیْنَ ۟ۗۖ
५८) र जसले ईमानल्याए र असल कर्म गरिरहे, उनीहरूलाई निश्चय नै हामीले बहिश्त (स्वर्ग) का अग्ला–अग्ला महलहरूमा ठाउँ प्रदान गर्नेछौं, जसमुनि नहरहरू बगिराखेका छन्, जहाँ सधैं तिनीहरू बस्नेछन् । असल कर्म गर्नेहरूलाई यो कति राम्रो बदला (प्रतिफल) हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
الَّذِیْنَ صَبَرُوْا وَعَلٰی رَبِّهِمْ یَتَوَكَّلُوْنَ ۟
५९) ती जसले धैर्य गरेर आफ्नो पालनकर्तामाथि भरोसा गर्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَكَاَیِّنْ مِّنْ دَآبَّةٍ لَّا تَحْمِلُ رِزْقَهَا ۖۗؗ— اَللّٰهُ یَرْزُقُهَا وَاِیَّاكُمْ ۖؗ— وَهُوَ السَّمِیْعُ الْعَلِیْمُ ۟
६०) र धेरै जनावर यस्ता छन् जसले आफ्नो जीविका बोकी हिंडिराखेका हुदैनन् । अल्लाहले नै उनीहरूलाई जीविका प्रदान गर्दछ र तिमीलाई पनि । र ऊ सबैकुरा सुन्दछ, जान्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَىِٕنْ سَاَلْتَهُمْ مَّنْ خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ وَسَخَّرَ الشَّمْسَ وَالْقَمَرَ لَیَقُوْلُنَّ اللّٰهُ ۚ— فَاَنّٰی یُؤْفَكُوْنَ ۟
६१) र यदि तपाईले उनीहरूसँग सोध्नुहुन्छ कि आकाशहरू र धरतीलाई कसले सृष्टि गर्यो र सूर्य र चन्द्रलाई कसले काममा लगायो ? त उनीहरूले भनिहाल्नेछन् ‘‘कि अल्लाहले !’’ अनि उनीहरू कता विमुख भई जाँदैछन् ?
የአረብኛ ቁርኣን ማብራሪያ:
اَللّٰهُ یَبْسُطُ الرِّزْقَ لِمَنْ یَّشَآءُ مِنْ عِبَادِهٖ وَیَقْدِرُ لَهٗ ؕ— اِنَّ اللّٰهَ بِكُلِّ شَیْءٍ عَلِیْمٌ ۟
६२) अल्लाहले आफ्नो भक्तहरूमध्ये जसको निम्ति चाहन्छ जीविका विस्तृत गरिदिन्छ र जसको लागि चाहन्छ संकुचित गरिदिन्छ । निःसन्देह अल्लाह प्रत्येक कुरा जान्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَىِٕنْ سَاَلْتَهُمْ مَّنْ نَّزَّلَ مِنَ السَّمَآءِ مَآءً فَاَحْیَا بِهِ الْاَرْضَ مِنْ بَعْدِ مَوْتِهَا لَیَقُوْلُنَّ اللّٰهُ ؕ— قُلِ الْحَمْدُ لِلّٰهِ ؕ— بَلْ اَكْثَرُهُمْ لَا یَعْقِلُوْنَ ۟۠
६३) र यदि तपाईले उनीहरूसित सोध्नुहुन्छ कि आकाशबाट पानी कसले बर्सायो, अनि त्यसबाट धरतीलाई मृत्यु पश्चात जीवित कसले गर्यो,? त निश्चय नै उनीहरूको जवाफ हुनेछ कि ‘‘अल्लाहले !’’ तपाई भन्नुस् कि सम्पूर्ण प्रशंसा अल्लाहकै लागि छ । किन्तु उनीहरूमध्ये अधिकतरले बुद्धिले काम लिदैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَا هٰذِهِ الْحَیٰوةُ الدُّنْیَاۤ اِلَّا لَهْوٌ وَّلَعِبٌ ؕ— وَاِنَّ الدَّارَ الْاٰخِرَةَ لَهِیَ الْحَیَوَانُ ۘ— لَوْ كَانُوْا یَعْلَمُوْنَ ۟
६४) र यो सांसारिक जीवन त मात्र खेल तमाशा हो । निःसन्देह आखिरतको घरको जीवन नै वास्तविक जीवन हो । उनीहरूले यो बुझ्ने भए कति राम्रो हुने थियो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاِذَا رَكِبُوْا فِی الْفُلْكِ دَعَوُا اللّٰهَ مُخْلِصِیْنَ لَهُ الدِّیْنَ ۚ۬— فَلَمَّا نَجّٰىهُمْ اِلَی الْبَرِّ اِذَا هُمْ یُشْرِكُوْنَ ۟ۙ
६५) अनि जब यिनीहरू डुङ्गामा सवार हुन्छन् त अल्लाहलाई नै पुकार्दछन् विशुद्धरूपमा उसैको निम्ति पूजालाई खास गरी, र जब उसले तिनीहरूलाई बचाएर शुष्क भूमिमा पुर्याइदिन्छ तब तुरुन्तै (अल्लाहको) साझेदार ठहराउन थाल्छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لِیَكْفُرُوْا بِمَاۤ اٰتَیْنٰهُمْ ۙۚ— وَلِیَتَمَتَّعُوْا ۥ— فَسَوْفَ یَعْلَمُوْنَ ۟
६६) ताकि हामीले उनीहरूलाई जे प्रदान गरेका छौं, त्यसप्रति कृतघ्नता देखाउदै फाइदा पनि लिदैगरुन् । अतः शीघ्र नै उनीहरूले जानिहाल्नेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَوَلَمْ یَرَوْا اَنَّا جَعَلْنَا حَرَمًا اٰمِنًا وَّیُتَخَطَّفُ النَّاسُ مِنْ حَوْلِهِمْ ؕ— اَفَبِالْبَاطِلِ یُؤْمِنُوْنَ وَبِنِعْمَةِ اللّٰهِ یَكْفُرُوْنَ ۟
६७) के उनीहरू देखेनन्, कि हामीले हरम (मक्का)लाई शान्तिको ठाउँ बनाएका छौं, र मानिसहरू त्यसका वरिपरिबाट समातिहालिनेछन् । के यी मानिसहरूले असत्यमाथि त विश्वास गर्दछन् र अल्लाहको अनुकम्पाप्रति कृतघ्नता देखाउँछन् ?
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَنْ اَظْلَمُ مِمَّنِ افْتَرٰی عَلَی اللّٰهِ كَذِبًا اَوْ كَذَّبَ بِالْحَقِّ لَمَّا جَآءَهٗ ؕ— اَلَیْسَ فِیْ جَهَنَّمَ مَثْوًی لِّلْكٰفِرِیْنَ ۟
६८) त्यो व्यक्तिभन्दा बढी अत्याचारी को होला ? जसले अल्लाहको बारेमा मनगढन्ते कुरा रच्दछ वा सत्यलाई झूठो भन्दछ, जबकि त्यो (सत्य) उसको पासमा आइसकेको हुन्छ ? के यस्ता काफिरहरूको बस्ने ठाउँ नर्क हुनेछैन ?
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ جٰهَدُوْا فِیْنَا لَنَهْدِیَنَّهُمْ سُبُلَنَا ؕ— وَاِنَّ اللّٰهَ لَمَعَ الْمُحْسِنِیْنَ ۟۠
६९) र जुन मानिसहरूले हाम्रो बाटोमा कष्ट सहन्छन्, हामीले, उनीहरूलाई अवश्य आफ्ना मार्गहरू देखाउनेछौं र निश्चय नै अल्लाह त सुकर्मीहरूको साथी हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: ሱረቱ አል ዐንከቡት
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ - የአህሉል -ሀዲስ ማህበር ማዕከል - የትርጉሞች ማዉጫ

የተከበረው ቁርአን ኔፓልኛ መልዕክተ ትርጉም - በኔፓል የአህሉል ሓዲሥ ማህበረሰብ ማዕከል የተተረጎመ

መዝጋት