የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ - የአህሉል -ሀዲስ ማህበር ማዕከል * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: ሱረቱ ሰበእ   አንቀጽ:

सूरत सबा

اَلْحَمْدُ لِلّٰهِ الَّذِیْ لَهٗ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ وَلَهُ الْحَمْدُ فِی الْاٰخِرَةِ ؕ— وَهُوَ الْحَكِیْمُ الْخَبِیْرُ ۟
१) सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हुन् । जो कि ती सबै कुराको स्वामी हो, जुन आकाशहरूमा छन् र जे धरतीमा छ । र आखिरतमा पनि उसैको लागि प्रशंसा छ । र ऊ ठूलो तत्वदर्शी र सर्वज्ञ छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یَعْلَمُ مَا یَلِجُ فِی الْاَرْضِ وَمَا یَخْرُجُ مِنْهَا وَمَا یَنْزِلُ مِنَ السَّمَآءِ وَمَا یَعْرُجُ فِیْهَا ؕ— وَهُوَ الرَّحِیْمُ الْغَفُوْرُ ۟
२) जो धरतीमुनि जान्छ र जो त्यसबाट बाहिर निस्कन्छ र जेजति आकाशबाट तल झर्छ, र जो जति त्यसमाथि चढ्छ (उक्लन्छ) ऊ सबै जान्दछ, र ऊ अत्यन्त दयालु क्षमाशील छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالَ الَّذِیْنَ كَفَرُوْا لَا تَاْتِیْنَا السَّاعَةُ ؕ— قُلْ بَلٰی وَرَبِّیْ لَتَاْتِیَنَّكُمْ ۙ— عٰلِمِ الْغَیْبِ ۚ— لَا یَعْزُبُ عَنْهُ مِثْقَالُ ذَرَّةٍ فِی السَّمٰوٰتِ وَلَا فِی الْاَرْضِ وَلَاۤ اَصْغَرُ مِنْ ذٰلِكَ وَلَاۤ اَكْبَرُ اِلَّا فِیْ كِتٰبٍ مُّبِیْنٍ ۟ۙ
३) काफिरहरूले भन्दछन्ः कि कियामतको समय ‘‘हामीमाथि आउँदैन’’ । तपाई भनिदिनुस् मलाई मेरो पालनकर्ताको कसम , त्यो तिमीहरूमाथि अवश्य आउनेछ । अल्लाहलाई जो अन्र्तयामी छ अदृश्यको ज्ञान छ, कण बराबरको सानो तिनो कुरा पनि उसबाट लुकेको छैन, आकाशहरूमा र नत धरतीमा नत त्योभंदा सानो कुनै कुरा र न ठूलो । सबै कुराहरू स्पष्ट किताबमा अंकित छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لِّیَجْزِیَ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ ؕ— اُولٰٓىِٕكَ لَهُمْ مَّغْفِرَةٌ وَّرِزْقٌ كَرِیْمٌ ۟
४) ताकि उसले उनीहरूलाई राम्रो पुरस्कार देओस्, जसले ईमान ल्याए र असल कर्म गर्दैरहे । यिनै हुन् जसको निम्ति क्षमा र सम्मानित जीविका छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ سَعَوْ فِیْۤ اٰیٰتِنَا مُعٰجِزِیْنَ اُولٰٓىِٕكَ لَهُمْ عَذَابٌ مِّنْ رِّجْزٍ اَلِیْمٌ ۟
५) र जसले हाम्रा आयातहरूलाई मात गर्न प्रयास गरे, तिनै हुन् जसको निम्ति साह्रै नै नराम्रो प्रकारको दुःखद् यातना छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَیَرَی الَّذِیْنَ اُوْتُوا الْعِلْمَ الَّذِیْۤ اُنْزِلَ اِلَیْكَ مِنْ رَّبِّكَ هُوَ الْحَقَّ ۙ— وَیَهْدِیْۤ اِلٰی صِرَاطِ الْعَزِیْزِ الْحَمِیْدِ ۟
६) र जसलाई ज्ञान छ, उनीहरूले स्वयम् देख्नेछन् कि जे जति तपाईंको पालनहारको तर्फबाट तपाईतिर अवतरित भएको छ, त्यही नै सत्य हो, र अल्लाह जो सर्वशक्ति सम्पन्न, र विशेषतावाला छ तिनलाई सोझो मार्ग देखाउँछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالَ الَّذِیْنَ كَفَرُوْا هَلْ نَدُلُّكُمْ عَلٰی رَجُلٍ یُّنَبِّئُكُمْ اِذَا مُزِّقْتُمْ كُلَّ مُمَزَّقٍ ۙ— اِنَّكُمْ لَفِیْ خَلْقٍ جَدِیْدٍ ۟ۚ
७) र काफिरहरूले भने (आऊ) ‘‘हामीले तिमीलाई एउटा यस्तो मानिसको बारेमा भनौं, जसले तिमीलाई यो खबर दिइरहेछ कि जब तिमी बिल्कुलै नष्ट भइसक्नेछौ तब फेरि तिमी पुनः जीवित हुनेछौ’’ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
اَفْتَرٰی عَلَی اللّٰهِ كَذِبًا اَمْ بِهٖ جِنَّةٌ ؕ— بَلِ الَّذِیْنَ لَا یُؤْمِنُوْنَ بِالْاٰخِرَةِ فِی الْعَذَابِ وَالضَّلٰلِ الْبَعِیْدِ ۟
८) (हामी भन्दैनौं कि) के उसले अल्लाहमाथि झूठो दोषारोपण गरेको छ, वा त्यसलाई केही उन्माद छ ? वास्तविकता यो छ जुन मानिसहरूले आखिरतमा विश्वास गर्दैनन्, उनीहरू सजाय पाउनेवाला र मार्गविचलनमा छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَفَلَمْ یَرَوْا اِلٰی مَا بَیْنَ اَیْدِیْهِمْ وَمَا خَلْفَهُمْ مِّنَ السَّمَآءِ وَالْاَرْضِ ؕ— اِنْ نَّشَاْ نَخْسِفْ بِهِمُ الْاَرْضَ اَوْ نُسْقِطْ عَلَیْهِمْ كِسَفًا مِّنَ السَّمَآءِ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیَةً لِّكُلِّ عَبْدٍ مُّنِیْبٍ ۟۠
९) के उनीहरूले आफ्नो अगाडि पछाडि आकाश र धरतीलाई देखेनन् ? हामीले चाहेको अवस्थामा उनीहरूलाई धरतीमा (धंसाउन) गाड्न सक्छौं वा उनीमाथि आकाशबाट केही टुक्राहरू खसाल्न सक्छौं । निश्चय नै यसमा एउटा प्रमाण छ, प्रत्येक त्यस मानिसको लागि जो हृदयबाट प्रवृत्त हुन्छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ اٰتَیْنَا دَاوٗدَ مِنَّا فَضْلًا ؕ— یٰجِبَالُ اَوِّبِیْ مَعَهٗ وَالطَّیْرَ ۚ— وَاَلَنَّا لَهُ الْحَدِیْدَ ۟ۙ
१०) र हामीले दाऊद (अलैहिस्सलाम) माथि आफ्नो तर्फबाट कृपा गरेका छौं ‘‘हे पर्वतहरू उसको साथमा गुणगानलाई प्रतिध्वनित गर, र पंक्षीहरू तिमीहरूले पनि’’ । र हामीले उसको निम्ति फलामलाई नरम बनाइदियौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَنِ اعْمَلْ سٰبِغٰتٍ وَّقَدِّرْ فِی السَّرْدِ وَاعْمَلُوْا صَالِحًا ؕ— اِنِّیْ بِمَا تَعْمَلُوْنَ بَصِیْرٌ ۟
११) ताकि तिमी ‘‘पूरा कवचहरू बनाइहाल र कडीहरूलाई सही अनुमानले जोड ।’’ र तिमी सबै राम्रो कर्म गर । निश्चित मान कि जे–जति तिमीले गर्दैछौ, त्यसलाई म देख्दैछु ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلِسُلَیْمٰنَ الرِّیْحَ غُدُوُّهَا شَهْرٌ وَّرَوَاحُهَا شَهْرٌ ۚ— وَاَسَلْنَا لَهٗ عَیْنَ الْقِطْرِ ؕ— وَمِنَ الْجِنِّ مَنْ یَّعْمَلُ بَیْنَ یَدَیْهِ بِاِذْنِ رَبِّهٖ ؕ— وَمَنْ یَّزِغْ مِنْهُمْ عَنْ اَمْرِنَا نُذِقْهُ مِنْ عَذَابِ السَّعِیْرِ ۟
१२) र ‘‘सुलैमानको’’ निम्ति हामीले वायुलाई बशीभूत गरिदिएका थियौं । यसको बिहानको अभिष्ट एक महिनाको बाटो हुन्थ्यो र साँझको अभिष्ट पनि (एक महिनाको थियो) र हामीले उसको निम्ति पग्लेको ताँबाको स्रोत बगाइदियौं र जिन्नहरूमध्येबाट पनि केहीलाई (उसको बशीभूत गरिदिएका थियौं) । जसले आफ्नो पालनकर्ताको अनुज्ञाले उसको अगाडि काम गर्दथे । (आदेश थियोः) ‘‘कि उनीहरूमध्ये जसले हाम्रो आदेशको उल्लंघन गर्दछ उसलाई हामीले प्रज्वलित आगोको स्वाद चखाउनेछौं’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یَعْمَلُوْنَ لَهٗ مَا یَشَآءُ مِنْ مَّحَارِیْبَ وَتَمَاثِیْلَ وَجِفَانٍ كَالْجَوَابِ وَقُدُوْرٍ رّٰسِیٰتٍ ؕ— اِعْمَلُوْۤا اٰلَ دَاوٗدَ شُكْرًا ؕ— وَقَلِیْلٌ مِّنْ عِبَادِیَ الشَّكُوْرُ ۟
१३) सुलैमानले चाहेको कुरा जिन्नातहरूले तयार गर्दथे । उदाहरणको लागि किलाहरू र प्रतिमाहरू र ठूलो डेक्चीजस्ता तलाब र चूल्होमा अडी रहने डेक्ची । हे दाऊदका सन्तति मेरो कृतज्ञता ज्ञापन गर्न असल कर्म गर ! र मेरा सेवकहरूमा कृतज्ञता ज्ञापन गर्नेहरू थोरै हुन्छन्’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَلَمَّا قَضَیْنَا عَلَیْهِ الْمَوْتَ مَا دَلَّهُمْ عَلٰی مَوْتِهٖۤ اِلَّا دَآبَّةُ الْاَرْضِ تَاْكُلُ مِنْسَاَتَهٗ ۚ— فَلَمَّا خَرَّ تَبَیَّنَتِ الْجِنُّ اَنْ لَّوْ كَانُوْا یَعْلَمُوْنَ الْغَیْبَ مَا لَبِثُوْا فِی الْعَذَابِ الْمُهِیْنِ ۟
१४) अनि जब हामीले उनको मृत्युको निम्ति आदेश दियौं त ती जिन्नहरूलाई उसको मृत्युको समाचार कसैले दिएन घुनकीरा बाहेक जसले उसको लठ्ठीलाई खाइराखेको थियो । अनि जब उनी खसिहाले, तब जिन्नहरूले थाहा पाए कि यदि उनी परोक्षका कुरा जान्नेवाला भएको भए यस अपमानजनक यातनामा परिराख्ने थिएनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَقَدْ كَانَ لِسَبَاٍ فِیْ مَسْكَنِهِمْ اٰیَةٌ ۚ— جَنَّتٰنِ عَنْ یَّمِیْنٍ وَّشِمَالٍ ؕ۬— كُلُوْا مِنْ رِّزْقِ رَبِّكُمْ وَاشْكُرُوْا لَهٗ ؕ— بَلْدَةٌ طَیِّبَةٌ وَّرَبٌّ غَفُوْرٌ ۟
१५) सबाका जातिबन्धुको लागि उनीहरूको निवासस्थानमा नै अल्लाहको शक्तिको एउटा निशानी थियो । उनको बायाँ र दायाँ दुईवटा बगैचा थिए हामीले उनलाई आदेश दिएका थियौं कि ‘‘आफ्नो पालनकर्ताले दिएको जीविका खाऊ, र उसप्रति आभार प्रकट गर । यो शहर पनि राम्रो र पालनकर्ता पनि क्षमाशील’’ छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاَعْرَضُوْا فَاَرْسَلْنَا عَلَیْهِمْ سَیْلَ الْعَرِمِ وَبَدَّلْنٰهُمْ بِجَنَّتَیْهِمْ جَنَّتَیْنِ ذَوَاتَیْ اُكُلٍ خَمْطٍ وَّاَثْلٍ وَّشَیْءٍ مِّنْ سِدْرٍ قَلِیْلٍ ۟
१६) किन्तु तिनीहरूले ध्यान दिएनन् अनि हामीले उनीहरूमाथि ठूलो बाढी पठाइदियौं र उनीहरूको दुईटै बगैंचाको सट्टामा उनीहरूलाई दुइटा अर्कै बगैंचाहरू दियौं, जसका फलहरू बेस्वाद थिए र जसमा केही झ्याउ थिए र केही झरबयरहरू थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ذٰلِكَ جَزَیْنٰهُمْ بِمَا كَفَرُوْا ؕ— وَهَلْ نُجٰزِیْۤ اِلَّا الْكَفُوْرَ ۟
१७) यो प्रतिफल हामीले उनीहरूलाई उनीहरूको अवज्ञाको कारणले दियौं । यस्तो प्रतिफल त हामीले ठूला ठूला कृतघ्न मानिसलाई नै दिन्छौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَجَعَلْنَا بَیْنَهُمْ وَبَیْنَ الْقُرَی الَّتِیْ بٰرَكْنَا فِیْهَا قُرًی ظَاهِرَةً وَّقَدَّرْنَا فِیْهَا السَّیْرَ ؕ— سِیْرُوْا فِیْهَا لَیَالِیَ وَاَیَّامًا اٰمِنِیْنَ ۟
१८) र हामीले उनीहरूको र ती बस्तीहरूको बीचमा जसलाई हामीले बरकत (पुरस्कार) दिएका थियौं केही अरु बस्तीहरू अबाद गरायौं जुन सार्वजनिक रूपले प्रकट थिए र तिनीहरूमा उनमा यात्राका अभिष्टहरू ठीक अनुमानमा राख्यौं ‘‘उनीहरूमा रातदिन निश्चिन्त भई हिंडडुल गर ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
فَقَالُوْا رَبَّنَا بٰعِدْ بَیْنَ اَسْفَارِنَا وَظَلَمُوْۤا اَنْفُسَهُمْ فَجَعَلْنٰهُمْ اَحَادِیْثَ وَمَزَّقْنٰهُمْ كُلَّ مُمَزَّقٍ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّكُلِّ صَبَّارٍ شَكُوْرٍ ۟
१९) किन्तु उनीहरूले भनेः ‘‘हे हाम्रो पालनकर्ता हाम्रा यात्राहरूलाई दूरस्थ बनाइदेऊ । उनीहरूले स्वयम् आफूमाथि नै आफ्नो कुभलो गरे । त्यसकारण हामीले (उनीहरूलाई नष्ट गरेर) उनीहरूलाई कथा बनाइदियौं, र उनीहरूलाई बिल्कुल छिन्न भिन्न गरिदियौं । निश्चय नै यसमा प्रत्येक ठूलो धैर्यवान्, कृतज्ञको निम्ति धेरै शिक्षाहरू छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ صَدَّقَ عَلَیْهِمْ اِبْلِیْسُ ظَنَّهٗ فَاتَّبَعُوْهُ اِلَّا فَرِیْقًا مِّنَ الْمُؤْمِنِیْنَ ۟
२०) र इबलीसले (शैताको नायकले) उनको विषयमा आफ्नो अनुमान सत्य साबित गरेर देखाइदियो र ईमानवालाहरूको एउटा समूह बाहेक उनीहरू सबै उसैको अनुयायी बने ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَا كَانَ لَهٗ عَلَیْهِمْ مِّنْ سُلْطٰنٍ اِلَّا لِنَعْلَمَ مَنْ یُّؤْمِنُ بِالْاٰخِرَةِ مِمَّنْ هُوَ مِنْهَا فِیْ شَكٍّ ؕ— وَرَبُّكَ عَلٰی كُلِّ شَیْءٍ حَفِیْظٌ ۟۠
२१) यद्यपि शैतानको उनीहरूमाथि कुनै जोड र दबाव थिएन, किन्तु यो यसकारण कि हामीले प्रकट गरौं उनीहरूलाई जो आखिरतमाथि ईमान राख्दछन् उनीहरूबाट जो उसको बारेमा कुनै सन्देहमा परिराखेका छन् । र तपाईंको पालनहार प्रत्येक कुराको संरक्षक छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلِ ادْعُوا الَّذِیْنَ زَعَمْتُمْ مِّنْ دُوْنِ اللّٰهِ ۚ— لَا یَمْلِكُوْنَ مِثْقَالَ ذَرَّةٍ فِی السَّمٰوٰتِ وَلَا فِی الْاَرْضِ وَمَا لَهُمْ فِیْهِمَا مِنْ شِرْكٍ وَّمَا لَهٗ مِنْهُمْ مِّنْ ظَهِیْرٍ ۟
२२) भनिदिनुस् ‘‘कि अल्लाहबाहेक जस–जसलाई तिमीले (पूज्य) ठान्दछौ, तिनीहरू सबलाई पुकारेर हेर । तिनीहरूमध्ये कसैलाई आकाशहरूमा र पृथ्वीमा एउटा कणभरी पनि कुनै कुराको अधिकार छैन र न ती दुवैमा उनको कुनै साझेदारी छ र न उनीहरूमध्ये कुनै उसको सहायक छ’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَا تَنْفَعُ الشَّفَاعَةُ عِنْدَهٗۤ اِلَّا لِمَنْ اَذِنَ لَهٗ ؕ— حَتّٰۤی اِذَا فُزِّعَ عَنْ قُلُوْبِهِمْ قَالُوْا مَاذَا ۙ— قَالَ رَبُّكُمْ ؕ— قَالُوا الْحَقَّ ۚ— وَهُوَ الْعَلِیُّ الْكَبِیْرُ ۟
२३) उसकहाँ कसैको सिफारिश लाग्दैन, किन्तु उसको मात्र जसलाई उसले अनुमति दिएको छ । यहाँसम्म कि जब उनका हृदयहरूबाट घबराहट समाप्त गरिन्छ, त तिनीहरूले सोध्छन्ः कि ‘‘तिम्रो पालनकर्ताले के भन्यो’’ ? (फरिश्ताहरूले) जवाफ दिन्छन् कि ‘‘सत्य भनेको छ ! र त्यो अत्यन्त उच्च र महान् छ’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ مَنْ یَّرْزُقُكُمْ مِّنَ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— قُلِ اللّٰهُ ۙ— وَاِنَّاۤ اَوْ اِیَّاكُمْ لَعَلٰی هُدًی اَوْ فِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟
२४) सोध्नुस् कि ‘‘तिमीलाई आकाशहरूबाट र धरतीबाट कसले जीविका प्रदान गर्दछ’’ ? स्वयम् जवाफ दिनुस् ‘‘कि अल्लाह’’ । हेर हामी वा तिमी या त सोझो बाटोमा छौं, वा खुल्लमखुल्ला मार्गविचलनमा ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ لَّا تُسْـَٔلُوْنَ عَمَّاۤ اَجْرَمْنَا وَلَا نُسْـَٔلُ عَمَّا تَعْمَلُوْنَ ۟
२५) भन्नुस् कि ‘‘जुन अपराध हामीले गरेका छौं, त्यसबापत सोधपूछ तिमीसित हुनेछैन र न त त्यस कुराको सोधपूछ हामीसित हुनेछ जुन तिमीले गरिराखेका छौ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ یَجْمَعُ بَیْنَنَا رَبُّنَا ثُمَّ یَفْتَحُ بَیْنَنَا بِالْحَقِّ ؕ— وَهُوَ الْفَتَّاحُ الْعَلِیْمُ ۟
२६) तिनलाई खबर गरिदिनुस् कि ‘‘हाम्रो पालनकर्ताले हामी सबैलाई एकत्रित गर्नेछ अनि ‘‘हाम्रोबीच ठीक–ठीक फैसला गरिदिनेछ । उही नै राम्रो फैसला गर्नेवाला र अत्यन्त ज्ञानवान् छ’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ اَرُوْنِیَ الَّذِیْنَ اَلْحَقْتُمْ بِهٖ شُرَكَآءَ كَلَّا ؕ— بَلْ هُوَ اللّٰهُ الْعَزِیْزُ الْحَكِیْمُ ۟
२७) भन्नुस् ‘‘मलाई पनि उनीहरूलाई देखाऊ, जसलाई तिमीले साझेदार बनाई अल्लाहसँग संलग्न गरेका छौ ।’’ कोही होइन, बरु उही (एक्लो) अल्लाह अत्यन्त अधिपत्यशाली, तत्वदर्शी छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَاۤ اَرْسَلْنٰكَ اِلَّا كَآفَّةً لِّلنَّاسِ بَشِیْرًا وَّنَذِیْرًا وَّلٰكِنَّ اَكْثَرَ النَّاسِ لَا یَعْلَمُوْنَ ۟
२८) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) हामीले तपाईंलाई सबै मानिसहरूको लागि शुभसूचना दिनेवाला र सावधान गर्नेवाला बनाएर पठाएका हौं, किन्तु यो सत्य हो कि धेरै मानिसहरूले बुझ्दैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَیَقُوْلُوْنَ مَتٰی هٰذَا الْوَعْدُ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
२९) सोध्छन् कि यदि तिमी साँचो हौ भने यो (कयामतको) वचन कहिले पूरा हुनेछ’’ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ لَّكُمْ مِّیْعَادُ یَوْمٍ لَّا تَسْتَاْخِرُوْنَ عَنْهُ سَاعَةً وَّلَا تَسْتَقْدِمُوْنَ ۟۠
३०) जवाफ दिनुस् कि त्यसको निम्ति एक विशेष दिनको अवधि निर्धारित छ, जसबाट न एकछिन तिमी पछि हट्ने छौ न अगाडि बढ्नेछौ’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالَ الَّذِیْنَ كَفَرُوْا لَنْ نُّؤْمِنَ بِهٰذَا الْقُرْاٰنِ وَلَا بِالَّذِیْ بَیْنَ یَدَیْهِ ؕ— وَلَوْ تَرٰۤی اِذِ الظّٰلِمُوْنَ مَوْقُوْفُوْنَ عِنْدَ رَبِّهِمْ ۖۚ— یَرْجِعُ بَعْضُهُمْ اِلٰی بَعْضِ ١لْقَوْلَ ۚ— یَقُوْلُ الَّذِیْنَ اسْتُضْعِفُوْا لِلَّذِیْنَ اسْتَكْبَرُوْا لَوْلَاۤ اَنْتُمْ لَكُنَّا مُؤْمِنِیْنَ ۟
३१) जुन मानिसहरूले इन्कार गरे उनीहरूले भन्छन्ः ‘‘हामीले यस कुरआनलाई कदापि मान्ने छैनौं र ती (किताबहरू) जुन यसभन्दा अगाडिका छन् । हे आँखावालाहरू क्या राम्रो हुने थियो तिमी त्यसबेला देख्ने भए जब अत्याचारीहरू आफ्नो पालनकर्ताको अगाडि उभ्याइनेछन् र आपसमा एक अर्कामाथि दोषारोपण गरिराख्नेछन् । कमजोर मानिसहरूले ठूला मानिसहरूसँग भन्नेछन्ः ‘‘यदि तिमीहरू नभएको भए हामी अवश्य नै ईमानवाला हुने थियौं ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ الَّذِیْنَ اسْتَكْبَرُوْا لِلَّذِیْنَ اسْتُضْعِفُوْۤا اَنَحْنُ صَدَدْنٰكُمْ عَنِ الْهُدٰی بَعْدَ اِذْ جَآءَكُمْ بَلْ كُنْتُمْ مُّجْرِمِیْنَ ۟
३२) ती ठूला मानिसहरूले कमजोर मानिसहरूलाई जवाफ दिने छन् कि ‘‘के हामीले तिमीहरूलाई नसीहत (उपदेश) आइसकेपछि पनि त्यस मार्गबाट रोकेका थियौं, (होइन) बरु तिमी आफै नै अपराधी थियौ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالَ الَّذِیْنَ اسْتُضْعِفُوْا لِلَّذِیْنَ اسْتَكْبَرُوْا بَلْ مَكْرُ الَّیْلِ وَالنَّهَارِ اِذْ تَاْمُرُوْنَنَاۤ اَنْ نَّكْفُرَ بِاللّٰهِ وَنَجْعَلَ لَهٗۤ اَنْدَادًا ؕ— وَاَسَرُّوا النَّدَامَةَ لَمَّا رَاَوُا الْعَذَابَ ؕ— وَجَعَلْنَا الْاَغْلٰلَ فِیْۤ اَعْنَاقِ الَّذِیْنَ كَفَرُوْا ؕ— هَلْ یُجْزَوْنَ اِلَّا مَا كَانُوْا یَعْمَلُوْنَ ۟
३३) कमजोरहरूले यसको प्रतिउत्तरमा ठूलासित भन्नेछन्ः ‘‘(होइन) बरु (तिम्रो)’’ रातदिनको षडयन्त्रहरूले अल्लाहसित हामीले कुफ्र गर्नु र तिम्रो आदेशले उसको साझेदार बनाउनु नै हाम्रो अनास्थाको कारण बन्यो । र जब तिनीहरूले सजाय देख्नेछन् त आफ्नो मनमा लज्जित हुनेछन् । र हामीले काफिरहरूको घाँटीमा (तौक) पट्टा हालिदिनेछौं । जुन कर्म तिनीहरूले गर्दथे, मात्र त्यसैको प्रतिफल पाउनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَاۤ اَرْسَلْنَا فِیْ قَرْیَةٍ مِّنْ نَّذِیْرٍ اِلَّا قَالَ مُتْرَفُوْهَاۤ اِنَّا بِمَاۤ اُرْسِلْتُمْ بِهٖ كٰفِرُوْنَ ۟
३४) र हामीले जुन बस्तीमा पनि कुनै सचेतकर्ता पठायौं त त्यहाँका सम्पन्न मानिसहरूले यही नै भने कि, जे जति तिमीलाई दिएर पठाइयो, हामीले त्यसलाई मान्नेवाला छैनौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالُوْا نَحْنُ اَكْثَرُ اَمْوَالًا وَّاَوْلَادًا ۙ— وَّمَا نَحْنُ بِمُعَذَّبِیْنَ ۟
३५) र (यो पनि) भने कि ‘‘हामीसित धेरै मालसम्पत्ति र सन्तानहरू छन् र हामीलाई सजाय हुनेछैन’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ اِنَّ رَبِّیْ یَبْسُطُ الرِّزْقَ لِمَنْ یَّشَآءُ وَیَقْدِرُ وَلٰكِنَّ اَكْثَرَ النَّاسِ لَا یَعْلَمُوْنَ ۟۠
३६) भनिदिनुस् कि ‘‘निःसन्देह मेरो पालनकर्ताले जसको निम्ति चाहन्छ, जीविकालाई प्रचूर गरिदिन्छ र (जसको निम्ति चाहन्छ) संकुचित गरिदिन्छ । तर धेरै मानिसहरूले बुझ्दैनन्’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَاۤ اَمْوَالُكُمْ وَلَاۤ اَوْلَادُكُمْ بِالَّتِیْ تُقَرِّبُكُمْ عِنْدَنَا زُلْفٰۤی اِلَّا مَنْ اٰمَنَ وَعَمِلَ صَالِحًا ؗ— فَاُولٰٓىِٕكَ لَهُمْ جَزَآءُ الضِّعْفِ بِمَا عَمِلُوْا وَهُمْ فِی الْغُرُفٰتِ اٰمِنُوْنَ ۟
३७) र न तिम्रा धनसम्पत्ति र नत तिम्रा सन्तानहरू यस्ता छन् जसले तिमीलाई हामीसित दर्जामा निकट गरिदिउन्। हो, जोसुकैले ईमान ल्याए र राम्रो कर्म गरे त यस्ता मानिसहरूको निम्ति त्यसले गरेको कर्मको दुईगुणा बदला छ, र उनीहरू माथिल्लो तहका कक्षहरूमा निश्चिन्ततापूर्वक रहनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ یَسْعَوْنَ فِیْۤ اٰیٰتِنَا مُعٰجِزِیْنَ اُولٰٓىِٕكَ فِی الْعَذَابِ مُحْضَرُوْنَ ۟
३८) र जुन मानिसहरू हाम्रा आयतहरूको समकक्षता निम्ति प्रयासरत रहन्छन्, उनीहरू ल्याइएर यातनाग्रस्त गरिनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ اِنَّ رَبِّیْ یَبْسُطُ الرِّزْقَ لِمَنْ یَّشَآءُ مِنْ عِبَادِهٖ وَیَقْدِرُ لَهٗ ؕ— وَمَاۤ اَنْفَقْتُمْ مِّنْ شَیْءٍ فَهُوَ یُخْلِفُهٗ ۚ— وَهُوَ خَیْرُ الرّٰزِقِیْنَ ۟
३९) भनिदिनुस् कि ‘‘मेरो पालनकर्ता आफ्ना सेवकहरूमध्ये जसको निम्ति चाहन्छ, जीविका फराकिलो गर्दछ र जसको लागि चाहन्छ संकुचित गरिदिन्छ । र जेजति तिमीले अल्लाहको बाटोमा खर्च गर्यौ, त्यसको सट्टा तिमीलाई पूरा पूरा प्रतिफल दिनेछ । र ऊ सबैभन्दा राम्रो जीविका दिनेवाला हो’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَیَوْمَ یَحْشُرُهُمْ جَمِیْعًا ثُمَّ یَقُوْلُ لِلْمَلٰٓىِٕكَةِ اَهٰۤؤُلَآءِ اِیَّاكُمْ كَانُوْا یَعْبُدُوْنَ ۟
४०) र जुन दिन उसले यी सबैलाई एकत्रित गर्नेछ, अनि फरिश्ताहरूसित भन्नेछः कि ‘‘के यी मानिसहरूले तिमीलाई पूजा गर्दथे’’ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالُوْا سُبْحٰنَكَ اَنْتَ وَلِیُّنَا مِنْ دُوْنِهِمْ ۚ— بَلْ كَانُوْا یَعْبُدُوْنَ الْجِنَّ ۚ— اَكْثَرُهُمْ بِهِمْ مُّؤْمِنُوْنَ ۟
४१) उनीहरूले भन्नेछन्ः ‘‘पवित्र छौ तिमी, हाम्रो निकटताको मधुर सम्बन्ध त तिमीसितै छ, उनीहरूसित होइन, बरु कुरा यो छ कि उनीहरूले जिन्नहरूको पूजा गर्नेगर्दथे, उनीहरूमध्ये धेरैले तिनीहरूमाथि नै विश्वास गर्दथे’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَالْیَوْمَ لَا یَمْلِكُ بَعْضُكُمْ لِبَعْضٍ نَّفْعًا وَّلَا ضَرًّا ؕ— وَنَقُوْلُ لِلَّذِیْنَ ظَلَمُوْا ذُوْقُوْا عَذَابَ النَّارِ الَّتِیْ كُنْتُمْ بِهَا تُكَذِّبُوْنَ ۟
४२) ‘‘अतः आज नत तिमी परस्पर एक अर्कालाई लाभ पुर्याउने अधिकार राख्दछौ र नत हानिको’’ । र हामीले ती अत्याचारीहरूसित भन्ने छौं किः ‘‘अब त्यस आगोको यातनाको स्वाद चाख, जसलाई तिमीले असत्य भन्दै आएका छौ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِذَا تُتْلٰی عَلَیْهِمْ اٰیٰتُنَا بَیِّنٰتٍ قَالُوْا مَا هٰذَاۤ اِلَّا رَجُلٌ یُّرِیْدُ اَنْ یَّصُدَّكُمْ عَمَّا كَانَ یَعْبُدُ اٰبَآؤُكُمْ ۚ— وَقَالُوْا مَا هٰذَاۤ اِلَّاۤ اِفْكٌ مُّفْتَرًی ؕ— وَقَالَ الَّذِیْنَ كَفَرُوْا لِلْحَقِّ لَمَّا جَآءَهُمْ ۙ— اِنْ هٰذَاۤ اِلَّا سِحْرٌ مُّبِیْنٌ ۟
४३) उनीहरूलाई जब हाम्रा स्पष्ट आयतहरू पढेर सुनाइन्छ । त उनीहरू भन्दछन्ः कि यो त मात्र यस्तो व्यक्ति हो जसले तिमीलाई तिम्रो पुर्खाका पूज्यहरूबाट रोक्न चाहन्छ । भन्दछन्ः ‘‘यो त एउटा मनगढन्त असत्य हो ।’’ र उनको पासमा सत्य आइसकेपछि पनि उनीहरू, भनिहालेः ‘‘यो त एउटा प्रत्यक्ष जादू हो ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَاۤ اٰتَیْنٰهُمْ مِّنْ كُتُبٍ یَّدْرُسُوْنَهَا وَمَاۤ اَرْسَلْنَاۤ اِلَیْهِمْ قَبْلَكَ مِنْ نَّذِیْرٍ ۟ؕ
४४) र यी मक्काबासीहरूलाई हामीले नत किताबहरू दियौं, जसलाई यिनीहरूले पढुन् र न तपाईंभन्दा पहिला उनीहरूतिर कुनै सचेतक पठाएका थियौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَكَذَّبَ الَّذِیْنَ مِنْ قَبْلِهِمْ ۙ— وَمَا بَلَغُوْا مِعْشَارَ مَاۤ اٰتَیْنٰهُمْ فَكَذَّبُوْا رُسُلِیْ ۫— فَكَیْفَ كَانَ نَكِیْرِ ۟۠
४५) र उनीहरूभन्दा पहिलाका मानिसहरूले पनि हाम्रो कुरालाई झूठा ठहराएका थिए र जेजति हामीले उनीहरूलाई दिएका थियौं यिनीहरू त्यसको दशौं भागसम्म पनि पुगेनन् । अनि उनीहरूले मेरा रसूलहरूलाई झूठा भने, त (हेर) मेरो सजाय कति कडा रह्यो ?
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ اِنَّمَاۤ اَعِظُكُمْ بِوَاحِدَةٍ ۚ— اَنْ تَقُوْمُوْا لِلّٰهِ مَثْنٰی وَفُرَادٰی ثُمَّ تَتَفَكَّرُوْا ۫— مَا بِصَاحِبِكُمْ مِّنْ جِنَّةٍ ؕ— اِنْ هُوَ اِلَّا نَذِیْرٌ لَّكُمْ بَیْنَ یَدَیْ عَذَابٍ شَدِیْدٍ ۟
४६) भनिदिनुस्ः ‘‘म तिमीलाई एउटै कुराको उपदेश गर्दछु कि अल्लाहको निम्ति दुई–दुई र एक–एक गरी उभिहाल, अनि विचार गर । तिम्रो यस साथीलाई कुनै उन्माद छैन । ऊ त एउटा कठोर यातना हुनुभन्दा अगाडि तिमीलाई सचेत गर्नेवाला नै हो’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ مَا سَاَلْتُكُمْ مِّنْ اَجْرٍ فَهُوَ لَكُمْ ؕ— اِنْ اَجْرِیَ اِلَّا عَلَی اللّٰهِ ۚ— وَهُوَ عَلٰی كُلِّ شَیْءٍ شَهِیْدٌ ۟
४७) भन्नुस्ः मैले तिमीसँग कुनै बद्ला माँगेको छु भने त्यो तिम्रै लागि नै हो । मेरो पुरस्कार त मात्र अल्लाहको जिम्मामा छ र ऊ प्रत्येक कुराको साक्षी र जानकार छ’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ اِنَّ رَبِّیْ یَقْذِفُ بِالْحَقِّ ۚ— عَلَّامُ الْغُیُوْبِ ۟
४८) भनिदिनुस् कि ‘‘मेरो पालनकर्ताले माथिबाट सत्य वह्य पठाउँछ उसले परोक्ष कुरा जान्दछ’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ جَآءَ الْحَقُّ وَمَا یُبْدِئُ الْبَاطِلُ وَمَا یُعِیْدُ ۟
४९) भनिदिनुस् ‘‘सत्य आइसकेको छ असत्यले नत अगाडि केही गर्न सक्यो र नगर्न सक्नेछ’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ اِنْ ضَلَلْتُ فَاِنَّمَاۤ اَضِلُّ عَلٰی نَفْسِیْ ۚ— وَاِنِ اهْتَدَیْتُ فَبِمَا یُوْحِیْۤ اِلَیَّ رَبِّیْ ؕ— اِنَّهٗ سَمِیْعٌ قَرِیْبٌ ۟
५०) भनिदिनुस्ः ‘‘यदि म विचलित हुन्छु भने मेरो विचलनको दोष ममाथि नै हुनेछ । र यदि म सोझो मार्गमा छु भने यसको कारण त्यो वह्य हो जुन कि मेरो पालनहारले मतिर पठाउँछ । ऊ सबै कुरा सुन्दछ र धेरै नजिक छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَوْ تَرٰۤی اِذْ فَزِعُوْا فَلَا فَوْتَ وَاُخِذُوْا مِنْ مَّكَانٍ قَرِیْبٍ ۟ۙ
५१) र यदि तपाईंले त्यो समय देख्नुहुन्छ जब काफिरहरू आत्तिएका हुनेछन्, अनि बाँचेर भाग्न सक्ने कुनै तरिका हुनेछैन र नजिकबाट समातिनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَّقَالُوْۤا اٰمَنَّا بِهٖ ۚ— وَاَنّٰی لَهُمُ التَّنَاوُشُ مِنْ مَّكَانٍ بَعِیْدٍ ۟ۚ
५२) यसबेला भन्नेछन्ः कि ‘‘हामीले यस कुरआनमाथि ईमान ल्यायौं ।’’ तर उनीहरूको निम्ति कहाँ सम्भव छ कि यति टाढा उसलाई पाउनसकुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَدْ كَفَرُوْا بِهٖ مِنْ قَبْلُ ۚ— وَیَقْذِفُوْنَ بِالْغَیْبِ مِنْ مَّكَانٍ بَعِیْدٍ ۟
५३) यसभन्दा पहिला त उनीहरूले यसको इन्कार गरे र टाढाबाट नदेखिकन्, अड्कलबाजी गरिरहे ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَحِیْلَ بَیْنَهُمْ وَبَیْنَ مَا یَشْتَهُوْنَ كَمَا فُعِلَ بِاَشْیَاعِهِمْ مِّنْ قَبْلُ ؕ— اِنَّهُمْ كَانُوْا فِیْ شَكٍّ مُّرِیْبٍ ۟۠
५४) उनीहरू र उनीहरूका इच्छाहरूको बीचमा रोक लगाइनेछ, जुन प्रकारले यसभन्दा अगाडि पनि उनका सहमार्गीहरूसँग गरियो । उनी पनि निश्चय नै (उनीहरू जस्तै) सन्देह र असमंजसमा थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: ሱረቱ ሰበእ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ - የአህሉል -ሀዲስ ማህበር ማዕከል - የትርጉሞች ማዉጫ

የተከበረው ቁርአን ኔፓልኛ መልዕክተ ትርጉም - በኔፓል የአህሉል ሓዲሥ ማህበረሰብ ማዕከል የተተረጎመ

መዝጋት