Check out the new design

Firo maanaaji al-quraan tedduɗo oo - Eggo maanaaji Kur'aana e hala Nepal - Kawtal yimɓe Hadis * - Tippudi firooji ɗii


Firo maanaaji Simoore: Simoore Al-saariyaat   Aaya:
كَذٰلِكَ مَاۤ اَتَی الَّذِیْنَ مِنْ قَبْلِهِمْ مِّنْ رَّسُوْلٍ اِلَّا قَالُوْا سَاحِرٌ اَوْ مَجْنُوْنٌ ۟۫
५२) यस्तै यिनीहरूभन्दा पहिलेका मानिसहरूको पासमा जुन पैगम्बर आउँथ्यो उनीहरूले उनलाई जादूगर वा दीवाना भन्दथे ।
Faccirooji aarabeeji:
اَتَوَاصَوْا بِهٖ ۚ— بَلْ هُمْ قَوْمٌ طَاغُوْنَ ۟ۚ
५३) के यिनीहरूले एकअर्कालाई यस कुराको निम्ति इच्छाउँदै (उपदेश दिदै) गएका छन् ? (होइन) बरु यिनीहरू सबै अवज्ञाकारी हुन् ।
Faccirooji aarabeeji:
فَتَوَلَّ عَنْهُمْ فَمَاۤ اَنْتَ بِمَلُوْمٍ ۟ؗ
५४) तपाई यिनीहरूबाट पन्छिनुस् । तपार्इमाथि दोषारोपण हुनेछैन ।
Faccirooji aarabeeji:
وَّذَكِّرْ فَاِنَّ الذِّكْرٰی تَنْفَعُ الْمُؤْمِنِیْنَ ۟
५५) र उपदेश गर्दैगर्नुस् किनकि उपदेशले आस्थावानहरूलाई लाभ पुर्याउँछ ।
Faccirooji aarabeeji:
وَمَا خَلَقْتُ الْجِنَّ وَالْاِنْسَ اِلَّا لِیَعْبُدُوْنِ ۟
५६) मैले जिन्न र मानिसहरूलाई यसकारण मात्र सृष्टि गरेको छु ताकि मेरो उपासना गरुन् ।
Faccirooji aarabeeji:
مَاۤ اُرِیْدُ مِنْهُمْ مِّنْ رِّزْقٍ وَّمَاۤ اُرِیْدُ اَنْ یُّطْعِمُوْنِ ۟
५७) म उनीहरूबाट जीविका चाहन्न र न यो चाहन्छु कि मलाई खुवाउन् ।
Faccirooji aarabeeji:
اِنَّ اللّٰهَ هُوَ الرَّزَّاقُ ذُو الْقُوَّةِ الْمَتِیْنُ ۟
५८) निःसन्देह अल्लाह स्वयं जीविका प्रदान गर्नेवाला अति शक्तिशाली, दृढ छ ।
Faccirooji aarabeeji:
فَاِنَّ لِلَّذِیْنَ ظَلَمُوْا ذَنُوْبًا مِّثْلَ ذَنُوْبِ اَصْحٰبِهِمْ فَلَا یَسْتَعْجِلُوْنِ ۟
५९) अतः जसले अत्याचार गरेका छन् उनीहरूको निम्ति पनि सजायको भाग निर्धारित छ, जुन प्रकार उनीहरूका साथीहरूको निम्ति निर्धारित थियो । अतः उनीहरू मसित हतार नगरुन् ।
Faccirooji aarabeeji:
فَوَیْلٌ لِّلَّذِیْنَ كَفَرُوْا مِنْ یَّوْمِهِمُ الَّذِیْ یُوْعَدُوْنَ ۟۠
६०) जुन दिनको यी काफिरहरूसित वाचा गरिन्छ, त्यसबाट उनको निम्ति खराबी (सर्वनाश) छ ।
Faccirooji aarabeeji:
 
Firo maanaaji Simoore: Simoore Al-saariyaat
Tippudi cimooje Tonngoode hello ngoo
 
Firo maanaaji al-quraan tedduɗo oo - Eggo maanaaji Kur'aana e hala Nepal - Kawtal yimɓe Hadis - Tippudi firooji ɗii

Wonande ko fedde Ahlul Hadiis to Nipaal.

Uddude