Fassarar Ma'anonin Alqura'ni - Fassara a Yaren Nipaliyanci * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Suratu Alhajj   Aya:

सूरतुल् हज्ज

یٰۤاَیُّهَا النَّاسُ اتَّقُوْا رَبَّكُمْ ۚ— اِنَّ زَلْزَلَةَ السَّاعَةِ شَیْءٌ عَظِیْمٌ ۟
१) हे मानिसहरू ! आफ्नो पालनकर्तासित डर । निश्चय नै कियामतको भूकम्प साह्रै भयङ्कर कुरो हो ।
Tafsiran larabci:
یَوْمَ تَرَوْنَهَا تَذْهَلُ كُلُّ مُرْضِعَةٍ عَمَّاۤ اَرْضَعَتْ وَتَضَعُ كُلُّ ذَاتِ حَمْلٍ حَمْلَهَا وَتَرَی النَّاسَ سُكٰرٰی وَمَا هُمْ بِسُكٰرٰی وَلٰكِنَّ عَذَابَ اللّٰهِ شَدِیْدٌ ۟
२) जुन दिन त्यसलाई तिमीले देख्नेछौ, (अवस्था यो हुन्छ कि) प्रत्येक दूध ख्वाउने (आमा) आफ्ना दूध खाने बच्चाहरूलाई बिर्सिदिने छिन् र प्रत्येक गर्भवतीको गर्भपात भइजाने छ । र तिमीले मानिसहरूलाई नशा लगेको अवस्थामा देख्नेछौ, जबकि तिनीहरू नशा लागेको हुनेछैनन् । तर अल्लाहको सजाय बडो कठोर कुरो हो ।
Tafsiran larabci:
وَمِنَ النَّاسِ مَنْ یُّجَادِلُ فِی اللّٰهِ بِغَیْرِ عِلْمٍ وَّیَتَّبِعُ كُلَّ شَیْطٰنٍ مَّرِیْدٍ ۟ۙ
३) केही मानिसहरूले अल्लाहको विषयमा ज्ञान नभए पनि कुरो बनाउँछन् र अवज्ञाकारी शैतानको अनुशरण गर्दछन् ।
Tafsiran larabci:
كُتِبَ عَلَیْهِ اَنَّهٗ مَنْ تَوَلَّاهُ فَاَنَّهٗ یُضِلُّهٗ وَیَهْدِیْهِ اِلٰی عَذَابِ السَّعِیْرِ ۟
४) त्यसको लागि अल्लाको फैसला लेखिसकिएको छ कि जसले ऊसँग (शैतानसँग) मित्रताको सम्बन्ध राख्नेछ त्यसलाई उसले पथभ्रष्ट गरेर नै छाड्नेछ र त्यसलाई उसले दन्किराखेको आगोको यातनातिर लैजानेछ ।
Tafsiran larabci:
یٰۤاَیُّهَا النَّاسُ اِنْ كُنْتُمْ فِیْ رَیْبٍ مِّنَ الْبَعْثِ فَاِنَّا خَلَقْنٰكُمْ مِّنْ تُرَابٍ ثُمَّ مِنْ نُّطْفَةٍ ثُمَّ مِنْ عَلَقَةٍ ثُمَّ مِنْ مُّضْغَةٍ مُّخَلَّقَةٍ وَّغَیْرِ مُخَلَّقَةٍ لِّنُبَیِّنَ لَكُمْ ؕ— وَنُقِرُّ فِی الْاَرْحَامِ مَا نَشَآءُ اِلٰۤی اَجَلٍ مُّسَمًّی ثُمَّ نُخْرِجُكُمْ طِفْلًا ثُمَّ لِتَبْلُغُوْۤا اَشُدَّكُمْ ۚ— وَمِنْكُمْ مَّنْ یُّتَوَفّٰی وَمِنْكُمْ مَّنْ یُّرَدُّ اِلٰۤی اَرْذَلِ الْعُمُرِ لِكَیْلَا یَعْلَمَ مِنْ بَعْدِ عِلْمٍ شَیْـًٔا ؕ— وَتَرَی الْاَرْضَ هَامِدَةً فَاِذَاۤ اَنْزَلْنَا عَلَیْهَا الْمَآءَ اهْتَزَّتْ وَرَبَتْ وَاَنْۢبَتَتْ مِنْ كُلِّ زَوْجٍ بَهِیْجٍ ۟
५) हे मानिसहरू ! यदि तिमीलाई (मृत्यु पश्चात) पुर्नजीवित हुने विषयमा कुनै सन्देह छ भने सोच, हामीले तिमीलाई माटोबाट सृष्टि गर्यौं, अनि वीर्यबाट, अनि रगतको डल्लोबाट (भ्रुणबाट) अनि मासुको डल्लोबाट जुन आकार दिइएको थियो जसको कुनै रूप थिएन ताकि हामीले तिमीलाई स्पष्ट पारिदिऊँ, र हामीले जसलाई चाहन्छौं एक निर्धारित समयसम्म आमाको पेटमा राखिरहन्छौं । अनि त्यसपछि तिमीलाई एउटा बच्चाको रूपमा दुनियाँमा ल्याउँछौं । अनि तिमीले आफ्नो युवावस्था प्राप्त गर र तिमीमध्ये कोही त पहिले नै मरिहाल्छन् र केही बुढेसको जीर्ण अवस्थातिर लगिन्छन् । जसलेगर्दा धेरै कुराको ज्ञान भएर पनि अज्ञान हुन्छन् । तिमीले देख्छौ कि जमिन सुखिसकेको बन्जर छ । फेरि जब हामीले त्यसमाथि पानीको वर्षा गराउँछौं तब त्यसमा हरियाली हुन्छ र त्यसमा सजीवता आउँछ र यो हरेक प्रकारको रुख बिरुवाबाट शोभायमान हुन्छ ।
Tafsiran larabci:
ذٰلِكَ بِاَنَّ اللّٰهَ هُوَ الْحَقُّ وَاَنَّهٗ یُحْیِ الْمَوْتٰی وَاَنَّهٗ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟ۙ
६) यो यसकारण हो कि अल्लाह नै सत्य छ र उसैले मृतकहरूलाई जीवित गर्दछ र उसलाई प्रत्येक कुराको लागि सामथ्र्य छ ।
Tafsiran larabci:
وَّاَنَّ السَّاعَةَ اٰتِیَةٌ لَّا رَیْبَ فِیْهَا ۙ— وَاَنَّ اللّٰهَ یَبْعَثُ مَنْ فِی الْقُبُوْرِ ۟
७) र यो कि कियामत निश्चितरूपले आउनेवाला छ, यसमा कुनै सन्देह छैन र यो कि अवश्य महान अल्लाह सबै मानिसहरूलाई, जुन कि कब्रमा(चिहानमा) छन्, पुनः जीवित पारी उठाउनेछ ।
Tafsiran larabci:
وَمِنَ النَّاسِ مَنْ یُّجَادِلُ فِی اللّٰهِ بِغَیْرِ عِلْمٍ وَّلَا هُدًی وَّلَا كِتٰبٍ مُّنِیْرٍ ۟ۙ
८) केही मानिसहरू जो कुनै ज्ञान, मार्गदर्शन र किताब बिना अल्लाहको बारेमा झगडा गर्दछन् ।
Tafsiran larabci:
ثَانِیَ عِطْفِهٖ لِیُضِلَّ عَنْ سَبِیْلِ اللّٰهِ ؕ— لَهٗ فِی الدُّنْیَا خِزْیٌ وَّنُذِیْقُهٗ یَوْمَ الْقِیٰمَةِ عَذَابَ الْحَرِیْقِ ۟
९) केही यस्ता छन् कि घमण्डले तर्कन्छन् ताकि अल्लाहको बाटोबाट विचलित गरिदेओस्, उसको लागि संसारमा अपमान छ र कियामतको दिन पनि हामीले उसलाई नर्कमा आगोको यातनाको स्वाद चखाउनेछौं ।
Tafsiran larabci:
ذٰلِكَ بِمَا قَدَّمَتْ یَدٰكَ وَاَنَّ اللّٰهَ لَیْسَ بِظَلَّامٍ لِّلْعَبِیْدِ ۟۠
१०) ‘‘यो त्यस कर्मको कारणले हो जुन कि तिम्रा हातहरूले अगाडि पठाएका थिए र यसकारण कि अल्लाह भक्तहरूमाथि अलिकति पनि अत्याचार गर्नेछैन ।
Tafsiran larabci:
وَمِنَ النَّاسِ مَنْ یَّعْبُدُ اللّٰهَ عَلٰی حَرْفٍ ۚ— فَاِنْ اَصَابَهٗ خَیْرُ ١طْمَاَنَّ بِهٖ ۚ— وَاِنْ اَصَابَتْهُ فِتْنَةُ ١نْقَلَبَ عَلٰی وَجْهِهٖ ۫ۚ— خَسِرَ الدُّنْیَا وَالْاٰخِرَةَ ؕ— ذٰلِكَ هُوَ الْخُسْرَانُ الْمُبِیْنُ ۟
११) केही मानिसहरू यस्ता पनि छन् जो कि एउटा छेउमा रहेर अल्लाहको उपासना गर्दछन् । यदि उसलाई लाभ पुग्यो भने त्यसबाट सन्तुष्ट हुने गर्दछन् र यदि कुनै विपत्ति आइपर्यो भने उसैबेला विमुख भइहाल्छन् । उनीहरूले संसार पनि गुमाए र आखिरत पनि, यही हो खुल्ला घाटा ।
Tafsiran larabci:
یَدْعُوْا مِنْ دُوْنِ اللّٰهِ مَا لَا یَضُرُّهٗ وَمَا لَا یَنْفَعُهٗ ؕ— ذٰلِكَ هُوَ الضَّلٰلُ الْبَعِیْدُ ۟ۚ
१२) (उनीहरूले) अल्लाहलाई छाडी त्यसलाई पुकार्दछन् जसले उनलाई न हानि पुर्याउन सक्छ र न त्यसलाई लाभ पुर्याउन सक्छ, यो नै ठूलो मार्गविचलन हो ।
Tafsiran larabci:
یَدْعُوْا لَمَنْ ضَرُّهٗۤ اَقْرَبُ مِنْ نَّفْعِهٖ ؕ— لَبِئْسَ الْمَوْلٰی وَلَبِئْسَ الْعَشِیْرُ ۟
१३) त्यसलाई पुकार्दछन् जसबाट पुग्ने हानि त्यसबाट अपेक्षित लाभको अपेक्षा अधिक निकट छ । यी साह्रै नै नराम्रो संरक्षक हुन् र साह्रै नराम्रो साथी ।
Tafsiran larabci:
اِنَّ اللّٰهَ یُدْخِلُ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ ؕ— اِنَّ اللّٰهَ یَفْعَلُ مَا یُرِیْدُ ۟
१४) आस्थावान र असल कर्म गर्ने मानिसहरूलाई अल्लाह यस्ता बगैंचाहरूमा प्रवेश गराउनेछ, जसमुनि नहरहरू बगिराखेका हुनेछन् निःसन्देह अल्लाहले जे चाहन्छ त्यो गर्दछ ।
Tafsiran larabci:
مَنْ كَانَ یَظُنُّ اَنْ لَّنْ یَّنْصُرَهُ اللّٰهُ فِی الدُّنْیَا وَالْاٰخِرَةِ فَلْیَمْدُدْ بِسَبَبٍ اِلَی السَّمَآءِ ثُمَّ لْیَقْطَعْ فَلْیَنْظُرْ هَلْ یُذْهِبَنَّ كَیْدُهٗ مَا یَغِیْظُ ۟
१५) जसले यो ठान्दछ कि अल्लाहले आफ्नो रसूलको मद्दत यस संसार र आखिरत दुवै ठाउँमा गर्नेछैन, त उसले अग्लो ठाउँमा आफ्नो घाँटीमा डोरी बाँधेर (आफ्नो) घाँटी काटोस्, अनि हेरोस् कि उसको चालले त्यो कुरा अलग भइहाल्छ जुन उसलाई छट्पटाइराखेको छ ।
Tafsiran larabci:
وَكَذٰلِكَ اَنْزَلْنٰهُ اٰیٰتٍۢ بَیِّنٰتٍ ۙ— وَّاَنَّ اللّٰهَ یَهْدِیْ مَنْ یُّرِیْدُ ۟
१६) यसैप्रकार हामीले यस कुरआनलाई स्पष्ट आयतहरूको रूपमा अवतरित गर्यौं र अल्लाहले जसलाई चाहन्छ मार्ग देखाउँछ ।
Tafsiran larabci:
اِنَّ الَّذِیْنَ اٰمَنُوْا وَالَّذِیْنَ هَادُوْا وَالصّٰبِـِٕیْنَ وَالنَّصٰرٰی وَالْمَجُوْسَ وَالَّذِیْنَ اَشْرَكُوْۤا ۖۗ— اِنَّ اللّٰهَ یَفْصِلُ بَیْنَهُمْ یَوْمَ الْقِیٰمَةِ ؕ— اِنَّ اللّٰهَ عَلٰی كُلِّ شَیْءٍ شَهِیْدٌ ۟
१७) निःसन्देह जुन ईमानवाला मोमिनहरू र यहूदी र साबी र ईसाई र मजूसी र अल्लाहको साझेदार ठह्र्याउने (मुश्रिकहरू) छन्, यी सबैमा कियामतको दिन अल्लाहले निसाफ गरिदिनेछ । अल्लाह हरेक कुरोको साक्षी छ ।
Tafsiran larabci:
اَلَمْ تَرَ اَنَّ اللّٰهَ یَسْجُدُ لَهٗ مَنْ فِی السَّمٰوٰتِ وَمَنْ فِی الْاَرْضِ وَالشَّمْسُ وَالْقَمَرُ وَالنُّجُوْمُ وَالْجِبَالُ وَالشَّجَرُ وَالدَّوَآبُّ وَكَثِیْرٌ مِّنَ النَّاسِ ؕ— وَكَثِیْرٌ حَقَّ عَلَیْهِ الْعَذَابُ ؕ— وَمَنْ یُّهِنِ اللّٰهُ فَمَا لَهٗ مِنْ مُّكْرِمٍ ؕ— اِنَّ اللّٰهَ یَفْعَلُ مَا یَشَآءُ ۟
१८) के तिमीले देखेनौ कि आकाशहरूमा भएका र पृथ्वीमा भएकाहरू सूर्य र चन्द्र र ताराहरू र पहाडहरू र रुखहरू र चौपायाहरू र धेरै जसो मानिसहरू अल्लाहलाई ढोग्दैछन् र धेरै यस्ता छन् जसको सम्बन्धमा यातना प्रमाणित भइसकेको छ, र जुन मानिसलाई अल्लाहले अपमानित गर्दछ, त्यसलाई कसैले प्रतिष्ठा प्रदान गर्नसक्दैन । निःसन्देह अल्लाहले जे चाहन्छ, गर्दछ ।
Tafsiran larabci:
هٰذٰنِ خَصْمٰنِ اخْتَصَمُوْا فِیْ رَبِّهِمْ ؗ— فَالَّذِیْنَ كَفَرُوْا قُطِّعَتْ لَهُمْ ثِیَابٌ مِّنْ نَّارٍ ؕ— یُصَبُّ مِنْ فَوْقِ رُءُوْسِهِمُ الْحَمِیْمُ ۟ۚ
१९) यी दुई (समूह) आफ्नो पालनकर्ताको बारेमा विवाद गर्दछन्, अतः जुन मानिसहरूले कुफ्र गरे तिनीहरूको निमित्त आगोको वस्त्र काटिसकिएको छ । उनीहरूका टाउकोमाथि उम्लिराखेको पानी खन्याइने छ ।
Tafsiran larabci:
یُصْهَرُ بِهٖ مَا فِیْ بُطُوْنِهِمْ وَالْجُلُوْدُ ۟ؕ
२०) यसबाट जे जति उनका पेटमा भएका कुराहरू र छालाहरू पनि पग्लिहाल्नेछ ।
Tafsiran larabci:
وَلَهُمْ مَّقَامِعُ مِنْ حَدِیْدٍ ۟
२१) र उनीहरूको दण्डको लागि फलामका हथौडाहरू हुनेछन् ।
Tafsiran larabci:
كُلَّمَاۤ اَرَادُوْۤا اَنْ یَّخْرُجُوْا مِنْهَا مِنْ غَمٍّ اُعِیْدُوْا فِیْهَا ۗ— وَذُوْقُوْا عَذَابَ الْحَرِیْقِ ۟۠
२२) जतिखेर पनि उनीहरू आत्तिएर त्यहाँको कष्टबाट भाग्न चाहन्छन् त उतिखेर फेरि फर्काइनेछन् र भनिनेछ ‘‘आगोमा जल्ने यातनाको स्वाद चाखिराख’’।
Tafsiran larabci:
اِنَّ اللّٰهَ یُدْخِلُ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ یُحَلَّوْنَ فِیْهَا مِنْ اَسَاوِرَ مِنْ ذَهَبٍ وَّلُؤْلُؤًا ؕ— وَلِبَاسُهُمْ فِیْهَا حَرِیْرٌ ۟
२३) (निःसन्देह) अल्लाहले ईमानवालाहरूलाई र असल कर्म गर्नेवालाहरूलाई, यस्तो स्वर्गका बगैंचाहरूमा प्रवेश गराउनेछ जसको रुखमुनि नहरहरू बगिरहेका हुनेछन् । त्यहाँ उनीहरू सुन र मोतीबाट आभूषित गरिनेछन् र त्यहाँ उनीहरूको भेषभूषा असली रेशमी हुनेछ ।
Tafsiran larabci:
وَهُدُوْۤا اِلَی الطَّیِّبِ مِنَ الْقَوْلِ ۖۗۚ— وَهُدُوْۤا اِلٰی صِرَاطِ الْحَمِیْدِ ۟
२४) उनीहरूलाई पवित्र कुराको मार्गदर्शन गरियो र उनीहरूलाई प्रशंसित अल्लाहको मार्ग देखाइसकिएको छ ।
Tafsiran larabci:
اِنَّ الَّذِیْنَ كَفَرُوْا وَیَصُدُّوْنَ عَنْ سَبِیْلِ اللّٰهِ وَالْمَسْجِدِ الْحَرَامِ الَّذِیْ جَعَلْنٰهُ لِلنَّاسِ سَوَآءَ ١لْعَاكِفُ فِیْهِ وَالْبَادِ ؕ— وَمَنْ یُّرِدْ فِیْهِ بِاِلْحَادٍ بِظُلْمٍ نُّذِقْهُ مِنْ عَذَابٍ اَلِیْمٍ ۟۠
२५) जुन मानिसहरूले अविश्वास गरे र अल्लाहको मार्गबाट रोक्दछन् र त्यस प्रतिष्ठित मस्जिद कअ्बाबाट पनि, जसलाई हामीले मानिसहरूको निम्ति त्यहाँका बासिन्दा होस् वा बाहिरबाट आएका सबैका लागि समान गरिदिएका छौं, जुन व्यक्तिले त्यस (प्रतिष्ठित मस्जिद) मा अत्याचारको साथ विभेद गर्न चाहन्छ भने, त्यसलाई हामीले कष्टपूर्ण यातनाको स्वाद चखाउनेछौं ।
Tafsiran larabci:
وَاِذْ بَوَّاْنَا لِاِبْرٰهِیْمَ مَكَانَ الْبَیْتِ اَنْ لَّا تُشْرِكْ بِیْ شَیْـًٔا وَّطَهِّرْ بَیْتِیَ لِلطَّآىِٕفِیْنَ وَالْقَآىِٕمِیْنَ وَالرُّكَّعِ السُّجُوْدِ ۟
२६) स्मरण गर जब हामीले इब्राहीमको निम्ति अल्लाहको घर (कअ्बा) ठेगाना बनायौं, यस आदेशको साथ कि मेरो दाँजोमा कसैलाई साझेदार नठहराउनु मेरो घरलाई तवाफ (परिक्रमा) गर्ने, उपासना गर्ने नमाज पढ्ने (रुकूअ् र सिज्दा गर्नेहरू) हरूको निम्ति पवित्र राख ।
Tafsiran larabci:
وَاَذِّنْ فِی النَّاسِ بِالْحَجِّ یَاْتُوْكَ رِجَالًا وَّعَلٰی كُلِّ ضَامِرٍ یَّاْتِیْنَ مِنْ كُلِّ فَجٍّ عَمِیْقٍ ۟ۙ
२७) र मानिसहरूमा हज्जको निम्ति उद्घोषणा गरिदिनु कि तिनीहरू तिम्रो पासमा टाढा–टाढाबाट, पैदल पनि आउनेछन् र दुबला पातला ऊँटहरूबाट सवार भई अनेक बाटो भएर आउँनेछन् ।
Tafsiran larabci:
لِّیَشْهَدُوْا مَنَافِعَ لَهُمْ وَیَذْكُرُوا اسْمَ اللّٰهِ فِیْۤ اَیَّامٍ مَّعْلُوْمٰتٍ عَلٰی مَا رَزَقَهُمْ مِّنْ بَهِیْمَةِ الْاَنْعَامِ ۚ— فَكُلُوْا مِنْهَا وَاَطْعِمُوا الْبَآىِٕسَ الْفَقِیْرَ ۟ؗ
२८) (तिनीहरूले) आफ्नो लाभ प्राप्त गर्न आउन् र ती निश्चित दिनहरूमा ती चौपायाहरूमाथि अल्लाहको नाम लिउँन्, जुन पाल्तू छन् । अनि त्यसबाट स्वयम् पनि खाऊ र गरीब निमुखाहरूलाई पनि खुवाऊ ।
Tafsiran larabci:
ثُمَّ لْیَقْضُوْا تَفَثَهُمْ وَلْیُوْفُوْا نُذُوْرَهُمْ وَلْیَطَّوَّفُوْا بِالْبَیْتِ الْعَتِیْقِ ۟
२९) फेरि उनीहरूलाई आवश्यक छ कि आफ्ना फोहोर–मैला खतम पारुन् (कपाल इत्यादि सफा गरुन्) र आफ्ना कबोल गरेका कुराहरू (मन्नतहरू) पूरा गरुन् र अल्लाहको यस पूरातन घरको तवाफ (परिक्रमा) गरुन् ।
Tafsiran larabci:
ذٰلِكَ ۗ— وَمَنْ یُّعَظِّمْ حُرُمٰتِ اللّٰهِ فَهُوَ خَیْرٌ لَّهٗ عِنْدَ رَبِّهٖ ؕ— وَاُحِلَّتْ لَكُمُ الْاَنْعَامُ اِلَّا مَا یُتْلٰی عَلَیْكُمْ فَاجْتَنِبُوا الرِّجْسَ مِنَ الْاَوْثَانِ وَاجْتَنِبُوْا قَوْلَ الزُّوْرِ ۟ۙ
३०) यी कुराहरूको ध्यानराख र जो कोही अल्लाहद्वारा निर्धारित मर्यादाहरूको आदर गर्दछ, यो उसको पालनकर्ताकहाँ उसैको निम्ति राम्रो हुनेछ, र तिम्रो निम्ति चौपाया पशुहरू हलाल गरिएका छन्, ती बाहेक जुन कि तिमीलाई भनिसकिएको छ । तसर्थ तिमीहरूले मूर्तिहरूको अपवित्रताबाट बच्नुपर्छ र झूठो कुराहरूबाट पनि बच्नुपर्छ ।
Tafsiran larabci:
حُنَفَآءَ لِلّٰهِ غَیْرَ مُشْرِكِیْنَ بِهٖ ؕ— وَمَنْ یُّشْرِكْ بِاللّٰهِ فَكَاَنَّمَا خَرَّ مِنَ السَّمَآءِ فَتَخْطَفُهُ الطَّیْرُ اَوْ تَهْوِیْ بِهِ الرِّیْحُ فِیْ مَكَانٍ سَحِیْقٍ ۟
३१) अल्लाहको एकात्मकतालाई स्वीकार गर्दै उसको साथमा साझेदार नठहराउँदै र जुन अल्लाहको साथमा साझेदार ठहराउँन्छ त्यो मानिस यस्तो छ कि जस्तो आकाशबाट खसिसकेको छ, अब त्यसलाई चाहे कुनै पंक्षीले लगिदेओस् अथवा वायुले कुनै दूरस्त स्थानमा फ्याँकिदिनेछ ।
Tafsiran larabci:
ذٰلِكَ ۗ— وَمَنْ یُّعَظِّمْ شَعَآىِٕرَ اللّٰهِ فَاِنَّهَا مِنْ تَقْوَی الْقُلُوْبِ ۟
३२) यो सुन्यौ अब यी कुराहरूलाई ध्यान देऊ, जुन व्यक्तिले अल्लाहका निशानीहरूको आदर र सम्मान गर्दछ, निःसन्देह ती कुराहरू उसको हृदयको धर्मपरायणतासित सम्बन्ध राख्दछन् ।
Tafsiran larabci:
لَكُمْ فِیْهَا مَنَافِعُ اِلٰۤی اَجَلٍ مُّسَمًّی ثُمَّ مَحِلُّهَاۤ اِلَی الْبَیْتِ الْعَتِیْقِ ۟۠
३३) यसमा एक निश्चित समयसम्मको लागि तिम्रो निम्ति फाइदाहरू छन् । अनि उनीहरूलाई हलाल गर्ने ठाउँ (कुर्बानीको लागि) कअ्बा नै हो ।
Tafsiran larabci:
وَلِكُلِّ اُمَّةٍ جَعَلْنَا مَنْسَكًا لِّیَذْكُرُوا اسْمَ اللّٰهِ عَلٰی مَا رَزَقَهُمْ مِّنْ بَهِیْمَةِ الْاَنْعَامِ ؕ— فَاِلٰهُكُمْ اِلٰهٌ وَّاحِدٌ فَلَهٗۤ اَسْلِمُوْا ؕ— وَبَشِّرِ الْمُخْبِتِیْنَ ۟ۙ
३४) र हामीले प्रत्येक समुदायको लागि कुर्बानीको तरिका निर्धारित गरेका छौं ताकि अल्लाहले जुन पशुहरू उनीहरूलाई दिएको छ त्यसमाथि (हलाल गर्ने बेला) अल्लाहको नाम लेउन् । अतः बुझिराख तिम्रो पूज्य एउटै छ । तसर्थ उसैको आज्ञाकारी बन र विनम्रता अपनाउनेहरूलाई शुभसूचना सुनाइदिनु ।
Tafsiran larabci:
الَّذِیْنَ اِذَا ذُكِرَ اللّٰهُ وَجِلَتْ قُلُوْبُهُمْ وَالصّٰبِرِیْنَ عَلٰی مَاۤ اَصَابَهُمْ وَالْمُقِیْمِی الصَّلٰوةِ ۙ— وَمِمَّا رَزَقْنٰهُمْ یُنْفِقُوْنَ ۟
३५) यी त्यस्ता मानिसहरू हुन् कि जब अल्लाहको स्मरण गरिन्छ तब तिनका मुटुहरू काम्छन् र जुन दुःख उनीहरूमाथि आउँछ त्यसमा धैर्यले काम गर्छन् र नमाजलाई कायम राख्दछन्, र जे जति हामीले दिएका छौं त्यसबाट पनि खर्च गर्दछन् ।
Tafsiran larabci:
وَالْبُدْنَ جَعَلْنٰهَا لَكُمْ مِّنْ شَعَآىِٕرِ اللّٰهِ لَكُمْ فِیْهَا خَیْرٌ ۖۗ— فَاذْكُرُوا اسْمَ اللّٰهِ عَلَیْهَا صَوَآفَّ ۚ— فَاِذَا وَجَبَتْ جُنُوْبُهَا فَكُلُوْا مِنْهَا وَاَطْعِمُوا الْقَانِعَ وَالْمُعْتَرَّ ؕ— كَذٰلِكَ سَخَّرْنٰهَا لَكُمْ لَعَلَّكُمْ تَشْكُرُوْنَ ۟
३६) र कुर्बानीका उँटहरूलाई पनि हामीले तिम्रो निम्ति अल्लाहका निशानीमध्ये बनाएका छौं । तिनीहरूमा तिम्रो निम्ति फाइदाहरू छन् तसर्थ (कुर्बानी गर्ने बेलामा) पंक्तिमा बाँधेर उनीहरूमाथि अल्लाहको नाम पुकार । जब एकापट्टि ढलिहाल्छन् त त्यसबाट (आफू पनि) खाऊ र सन्तोष गरी बसिराख्ने गरिब र सवालीहरूलाई खुवाऊ यस्तै (ती पशुहरूलाई) हामीले तिम्रो अधीनस्थ गरिदिएका छौं ताकि तिमीले कृतज्ञता प्रकट गर ।
Tafsiran larabci:
لَنْ یَّنَالَ اللّٰهَ لُحُوْمُهَا وَلَا دِمَآؤُهَا وَلٰكِنْ یَّنَالُهُ التَّقْوٰی مِنْكُمْ ؕ— كَذٰلِكَ سَخَّرَهَا لَكُمْ لِتُكَبِّرُوا اللّٰهَ عَلٰی مَا هَدٰىكُمْ ؕ— وَبَشِّرِ الْمُحْسِنِیْنَ ۟
३७) कुर्बानीको मासु अल्लाहछेउ पुग्दैन नत उनीहरूको रगत अपितु उसलाई त तिम्रो हृदयको धर्मपरायणता पुग्दछ । यसप्रकार उसले उनीहरूलाई तिम्रो अधीनमा गरेको छ, ताकि तिमीले उसको मार्गदर्शनको लागि अल्लाहको प्रशंसा गर । र असल कर्म गर्नेहरूलाई शुभसूचना सुनाइदिनु ।
Tafsiran larabci:
اِنَّ اللّٰهَ یُدٰفِعُ عَنِ الَّذِیْنَ اٰمَنُوْا ؕ— اِنَّ اللّٰهَ لَا یُحِبُّ كُلَّ خَوَّانٍ كَفُوْرٍ ۟۠
३८) (हे पैगम्बर !) सुनिराख सच्चा मोमिनहरूबाट शत्रुलाई स्वयम् अल्लाहले हटाइराख्दछ । अल्लाहले कदापि कुनै विश्वासघाती, कृतध्नलाई मनपराउँदैन ।
Tafsiran larabci:
اُذِنَ لِلَّذِیْنَ یُقٰتَلُوْنَ بِاَنَّهُمْ ظُلِمُوْا ؕ— وَاِنَّ اللّٰهَ عَلٰی نَصْرِهِمْ لَقَدِیْرُ ۟ۙ
३९) जुन (मुसलमानहरू) सित (काफिरहरू) युद्ध गरिराखेका छन्, उनीहरूलाई पनि सामना गर्न अनुमति छ । किनभने उनीहरू अत्याचार (बाट) पीडीत भइराखेका छन् र निश्चय नै अल्लाह उनीहरूको सहायताको निम्ति पूर्णरूपले सामथ्र्यवान छ ।
Tafsiran larabci:
١لَّذِیْنَ اُخْرِجُوْا مِنْ دِیَارِهِمْ بِغَیْرِ حَقٍّ اِلَّاۤ اَنْ یَّقُوْلُوْا رَبُّنَا اللّٰهُ ؕ— وَلَوْلَا دَفْعُ اللّٰهِ النَّاسَ بَعْضَهُمْ بِبَعْضٍ لَّهُدِّمَتْ صَوَامِعُ وَبِیَعٌ وَّصَلَوٰتٌ وَّمَسٰجِدُ یُذْكَرُ فِیْهَا اسْمُ اللّٰهِ كَثِیْرًا ؕ— وَلَیَنْصُرَنَّ اللّٰهُ مَنْ یَّنْصُرُهٗ ؕ— اِنَّ اللّٰهَ لَقَوِیٌّ عَزِیْزٌ ۟
४०) यी ती मानिसहरू हुन् जसलाई आफ्ना घरहरूबाट बिनाकारण निकालियो, मात्र यस कुराको लागि कि तिनीहरू भन्छन् कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो ।’’ यदि अल्लाहले मानिसहरूलाई एक अर्कोबाट नहटाइराखेको भए उपासना स्थलहरू गिर्जाघर र मस्जिद, यहूदी प्रार्थना भवन र ती मस्जिदहरू पनि ढालिने थिए जसमा अल्लाहको बेस्सरी नाम लिइन्छ । अल्लाहले अवश्य नै उसको सहायता गर्नेछ, जसले उसको सहायता गर्दछ निश्चय नै अल्लाह ठूलो बलशाली सर्वशक्ति सम्पन्न छ ।
Tafsiran larabci:
اَلَّذِیْنَ اِنْ مَّكَّنّٰهُمْ فِی الْاَرْضِ اَقَامُوا الصَّلٰوةَ وَاٰتَوُا الزَّكٰوةَ وَاَمَرُوْا بِالْمَعْرُوْفِ وَنَهَوْا عَنِ الْمُنْكَرِ ؕ— وَلِلّٰهِ عَاقِبَةُ الْاُمُوْرِ ۟
४१) यी ती मानिसहरू हुन् कि यदि धरतीमा हामीले उनीहरूलाई सत्ता प्रदान गर्दछौं भने उनीहरू नमाज कायम गर्नेछन् र जकात दिनेछन् र भलाईको आदेश गर्नेछन् र नराम्रो कामबाट रोक्नेछन्, र सबै कुराहरूको अन्तिम परिणाम अल्लाहको हातमा छ ।
Tafsiran larabci:
وَاِنْ یُّكَذِّبُوْكَ فَقَدْ كَذَّبَتْ قَبْلَهُمْ قَوْمُ نُوْحٍ وَّعَادٌ وَّثَمُوْدُ ۟ۙ
४२) र यदि यिनीहरूले तपाईलाई झूठ्ठो भन्दछन् भने (कुनै आश्चर्य छैन) उनीहरूभन्दा पहिला नूहको कौम र आद र समूद (ले पनि त्यस्तै गरे) ।
Tafsiran larabci:
وَقَوْمُ اِبْرٰهِیْمَ وَقَوْمُ لُوْطٍ ۟ۙ
४३) र इब्राहीमको समुदाय र लूतको समुदायले पनि (झूठ ठाने)
Tafsiran larabci:
وَّاَصْحٰبُ مَدْیَنَ ۚ— وَكُذِّبَ مُوْسٰی فَاَمْلَیْتُ لِلْكٰفِرِیْنَ ثُمَّ اَخَذْتُهُمْ ۚ— فَكَیْفَ كَانَ نَكِیْرِ ۟
४४) र मद्यनवालाहरूले पनि आ–आफ्ना पैगम्बरहरूलाई झूठ्ठा भनिसकेका छन्, मूसालाई पनि झूठ्ठा भनिसकिएको छ । किन्तु मैले इन्कार गर्नेहरूलाई अलिकति मोहलत दिएँ, अनि तिनीहरूलाई समातिहालें, त (हेरिहाल कि) फेरि मेरो सजाय कस्तो (कठोर) थियो ?
Tafsiran larabci:
فَكَاَیِّنْ مِّنْ قَرْیَةٍ اَهْلَكْنٰهَا وَهِیَ ظَالِمَةٌ فَهِیَ خَاوِیَةٌ عَلٰی عُرُوْشِهَا ؗ— وَبِئْرٍ مُّعَطَّلَةٍ وَّقَصْرٍ مَّشِیْدٍ ۟
४५) धेरै बस्तीहरू छन् जसलाई कि हामीले नष्ट गरिहालेका थियौं किनभने तिनीहरू अत्यचारी थिए, ती सबै आफ्नो छतमुनि घोप्टे परेका छन् । र (धेरै) इनारहरू बेकार छन् र (धेरै) पक्की र उच्च महलहरू सुनसान भएका छन् ।
Tafsiran larabci:
اَفَلَمْ یَسِیْرُوْا فِی الْاَرْضِ فَتَكُوْنَ لَهُمْ قُلُوْبٌ یَّعْقِلُوْنَ بِهَاۤ اَوْ اٰذَانٌ یَّسْمَعُوْنَ بِهَا ۚ— فَاِنَّهَا لَا تَعْمَی الْاَبْصَارُ وَلٰكِنْ تَعْمَی الْقُلُوْبُ الَّتِیْ فِی الصُّدُوْرِ ۟
४६) के तिनीहरूले धरतीमा हिंडडुल गरेनन्, ताकि उनका हृदयले यी कुराहरू बुझ्न सक्थे, अथवा कान (यस्ता) हुन्थे कि जसबाट सुन्नसक्थे । कुरो यो छ कि आँखा मात्र अन्धो हुँदैन बरु ती हृदयहरू पनि, जुन छातीहरूमा छन् अन्धो बन्दछन् ।
Tafsiran larabci:
وَیَسْتَعْجِلُوْنَكَ بِالْعَذَابِ وَلَنْ یُّخْلِفَ اللّٰهُ وَعْدَهٗ ؕ— وَاِنَّ یَوْمًا عِنْدَ رَبِّكَ كَاَلْفِ سَنَةٍ مِّمَّا تَعُدُّوْنَ ۟
४७) र तिनीहरूले तपाईसित यातनाको निम्ति हतार गरिराखेका छन् ! अल्लाहले कदापि आफ्नो वचनलाई टार्नेछैन , किन्तु तपाईको पालनकर्ता नजिक एकदिन, तिम्रो गणना अनुसार, एकहजार वर्षको हुनेछ ।
Tafsiran larabci:
وَكَاَیِّنْ مِّنْ قَرْیَةٍ اَمْلَیْتُ لَهَا وَهِیَ ظَالِمَةٌ ثُمَّ اَخَذْتُهَا ۚ— وَاِلَیَّ الْمَصِیْرُ ۟۠
४८) कति यस्ता बस्तीहरू थिए जसलाई मैले मोहलत दिएँ र तिनीहरू उल्लघंनकारी थिए । अनि मैले उनीहरूलाई समातिहालें र मतिर नै फर्किआउनु पर्नेछ ।
Tafsiran larabci:
قُلْ یٰۤاَیُّهَا النَّاسُ اِنَّمَاۤ اَنَا لَكُمْ نَذِیْرٌ مُّبِیْنٌ ۟ۚ
४९) (हे पैगम्बर !) भनिदिनुस् कि मानिसहरू ! म तिमीहरूलाई खुल्लारूपले चेतावानी दिनेवाला नै हूँ ।
Tafsiran larabci:
فَالَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ لَهُمْ مَّغْفِرَةٌ وَّرِزْقٌ كَرِیْمٌ ۟
५०) तसर्थ जसले ईमान ल्याएका छन् र असल काम गरे, उनीहरूको निम्ति क्षमादान छ र सम्मानपूर्ण जीविका छ ।
Tafsiran larabci:
وَالَّذِیْنَ سَعَوْا فِیْۤ اٰیٰتِنَا مُعٰجِزِیْنَ اُولٰٓىِٕكَ اَصْحٰبُ الْجَحِیْمِ ۟
५१) र जुन मानिसहरूले हाम्रा निशानीहरूलाई तल्लोस्तरमा झार्ने प्रयास गरे, तिनीहरू नर्कवाला हुन् ।
Tafsiran larabci:
وَمَاۤ اَرْسَلْنَا مِنْ قَبْلِكَ مِنْ رَّسُوْلٍ وَّلَا نَبِیٍّ اِلَّاۤ اِذَا تَمَنّٰۤی اَلْقَی الشَّیْطٰنُ فِیْۤ اُمْنِیَّتِهٖ ۚ— فَیَنْسَخُ اللّٰهُ مَا یُلْقِی الشَّیْطٰنُ ثُمَّ یُحْكِمُ اللّٰهُ اٰیٰتِهٖ ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟ۙ
५२) तपाईभन्दा अगाडि जुन रसूल र नबीलाई हामीले पठायौं, त उनीहरूसित यस्तो भयो कि जतिखेर पनि उनले कुनै इच्छा गरे शैतानले उनको कामनामा केही मिसाइदियो । यसप्रकार जेजति पनि शैतानले मिसाउँछ अल्लाहले त्यसलाई हटाइदिन्छ । अनि अल्लाहले आफ्ना आयतहरूलाई सुदृढ गरिदिन्छ । अल्लाह सर्वज्ञ, बडो तत्वदर्शी छ ।
Tafsiran larabci:
لِّیَجْعَلَ مَا یُلْقِی الشَّیْطٰنُ فِتْنَةً لِّلَّذِیْنَ فِیْ قُلُوْبِهِمْ مَّرَضٌ وَّالْقَاسِیَةِ قُلُوْبُهُمْ ؕ— وَاِنَّ الظّٰلِمِیْنَ لَفِیْ شِقَاقٍ بَعِیْدٍ ۟ۙ
५३) यो यसकारण हो कि जुन (बाधा) शैतानले पुर्याउँछ, त्यसलाई उनीहरूको निम्ति, जसका हृदयहरूमा रोगहरू छन् र जसका हृदय कठोर छन्, अल्लाहले परीक्षाको माध्यम बनाउँछ । निःसन्देह अत्याचारीहरू नितान्त विरोधमा व्यस्त छन् ।
Tafsiran larabci:
وَّلِیَعْلَمَ الَّذِیْنَ اُوْتُوا الْعِلْمَ اَنَّهُ الْحَقُّ مِنْ رَّبِّكَ فَیُؤْمِنُوْا بِهٖ فَتُخْبِتَ لَهٗ قُلُوْبُهُمْ ؕ— وَاِنَّ اللّٰهَ لَهَادِ الَّذِیْنَ اٰمَنُوْۤا اِلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟
५४) र यसकारण पनि कि जसलाई ज्ञान प्रदान गरिएको छ, तिनीहरू विश्वास गरुन् कि यो तपाईको पालनकर्ताको तर्फबाट नै सत्य छ, । अतः उनीहरू यसमाथि ईमान ल्याउन् र उनीहरूका हृदय अल्लाहको अगाडि नतमस्तक होउन् र जुन मानिसहरूले ईमान ल्याएका छन्, अल्लाहले उनीहरूलाई सोझो बाटोतिर मार्गनिर्देशित गर्दछ ।
Tafsiran larabci:
وَلَا یَزَالُ الَّذِیْنَ كَفَرُوْا فِیْ مِرْیَةٍ مِّنْهُ حَتّٰی تَاْتِیَهُمُ السَّاعَةُ بَغْتَةً اَوْ یَاْتِیَهُمْ عَذَابُ یَوْمٍ عَقِیْمٍ ۟
५५) काफिरहरू सदैंव यस अल्लाहको सन्देशतर्फबाट सन्देहमा परिरहनेछन्, यहाँसम्म कि कियामतको समय एक्कासी उनीमाथि आइपर्छ अथवा एउटा अशुभ दिनको यातना उनीमाथि आइपर्छ ।
Tafsiran larabci:
اَلْمُلْكُ یَوْمَىِٕذٍ لِّلّٰهِ ؕ— یَحْكُمُ بَیْنَهُمْ ؕ— فَالَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ فِیْ جَنّٰتِ النَّعِیْمِ ۟
५६) त्यस दिन अल्लाहकै शासन हुनेछ । उसैले तिनीहरूबीच इन्साफ गर्नेछ । त जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरे, उनीहरू पुरस्कारले भरिएको बहिश्तहरू (स्वर्गमा) मा हुनेछन् ।
Tafsiran larabci:
وَالَّذِیْنَ كَفَرُوْا وَكَذَّبُوْا بِاٰیٰتِنَا فَاُولٰٓىِٕكَ لَهُمْ عَذَابٌ مُّهِیْنٌ ۟۠
५७) र जुन मानिसहरूले ईमान ल्याउन इन्कार गरे र हाम्रा आयतहरूलाई झूठा भने तिनीहरूको निम्ति अपमानजनक यातना हुनेछ ।
Tafsiran larabci:
وَالَّذِیْنَ هَاجَرُوْا فِیْ سَبِیْلِ اللّٰهِ ثُمَّ قُتِلُوْۤا اَوْ مَاتُوْا لَیَرْزُقَنَّهُمُ اللّٰهُ رِزْقًا حَسَنًا ؕ— وَاِنَّ اللّٰهَ لَهُوَ خَیْرُ الرّٰزِقِیْنَ ۟
५८) र जुन मानिसहरूले अल्लाहको मार्गमा हिजरत गरे अर्थात् घरबार छोडे, अनि मारिए वा मरिहाले, त अल्लाहले अवश्य नै उनीहरूलाई राम्रो आजीविका प्रदान गर्नेछ । र निःसन्देह अल्लाह नै उत्तम आजीविका प्रदान गर्नेवाला छ ।
Tafsiran larabci:
لَیُدْخِلَنَّهُمْ مُّدْخَلًا یَّرْضَوْنَهٗ ؕ— وَاِنَّ اللّٰهَ لَعَلِیْمٌ حَلِیْمٌ ۟
५९) उसले उनीहरूलाई यस्तो ठाउँमा पुर्याउनेछ जसबाट उनीहरू प्रसन्न भइहाल्नेछन् । निश्चय नै अल्लाह सर्वज्ञ, अत्यन्त सहनशील छ ।
Tafsiran larabci:
ذٰلِكَ ۚ— وَمَنْ عَاقَبَ بِمِثْلِ مَا عُوْقِبَ بِهٖ ثُمَّ بُغِیَ عَلَیْهِ لَیَنْصُرَنَّهُ اللّٰهُ ؕ— اِنَّ اللّٰهَ لَعَفُوٌّ غَفُوْرٌ ۟
६०) कुरो यही हो, जसले प्रतिशोध लियो, त्यस्तै जस्तो कि उसको साथमा गरिएको थियो र पुनः त्यसमाथि ज्यादती गरियो भने अल्लाहले अवश्य नै उसको सहायता गर्नेछ , निश्चय नै अल्लाह माफ गरिदिनेवाला अत्यन्त क्षमाशील छ ।
Tafsiran larabci:
ذٰلِكَ بِاَنَّ اللّٰهَ یُوْلِجُ الَّیْلَ فِی النَّهَارِ وَیُوْلِجُ النَّهَارَ فِی الَّیْلِ وَاَنَّ اللّٰهَ سَمِیْعٌ بَصِیْرٌ ۟
६१) यो यसकारणले कि अल्लाह रातलाई दिनमा प्रवेश गराउँदछ र दिनलाई रातमा प्रवेश गराउँदछ । र निःसन्देह अल्लाह सुन्दछ, देख्दछ ।
Tafsiran larabci:
ذٰلِكَ بِاَنَّ اللّٰهَ هُوَ الْحَقُّ وَاَنَّ مَا یَدْعُوْنَ مِنْ دُوْنِهٖ هُوَ الْبَاطِلُ وَاَنَّ اللّٰهَ هُوَ الْعَلِیُّ الْكَبِیْرُ ۟
६२) यी सबै यसकारणले कि अल्लाह नै सत्य छ र उस बाहेक जसलाई पनि यिनीहरूले पुकार्दछन् त्यो असत्य छ, र यो कि अल्लाह नै सर्वोच्च र महान छ ।
Tafsiran larabci:
اَلَمْ تَرَ اَنَّ اللّٰهَ اَنْزَلَ مِنَ السَّمَآءِ مَآءً ؗ— فَتُصْبِحُ الْاَرْضُ مُخْضَرَّةً ؕ— اِنَّ اللّٰهَ لَطِیْفٌ خَبِیْرٌ ۟ۚ
६३) के तिमीले देखेनौ कि अल्लाह आकाशबाट पानी वर्षाउँछ तब धरती हराभरा भइहाल्छ निःसन्देह अल्लाह दयालु र सबै कुराको ज्ञाता छ ।
Tafsiran larabci:
لَهٗ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— وَاِنَّ اللّٰهَ لَهُوَ الْغَنِیُّ الْحَمِیْدُ ۟۠
६४) उसैको हो जे आकाशहरूमा र जेजति धरतीमा छन् । निःसन्देह अल्लाह नै निष्पृह र प्रशंसनीय छ ।
Tafsiran larabci:
اَلَمْ تَرَ اَنَّ اللّٰهَ سَخَّرَ لَكُمْ مَّا فِی الْاَرْضِ وَالْفُلْكَ تَجْرِیْ فِی الْبَحْرِ بِاَمْرِهٖ ؕ— وَیُمْسِكُ السَّمَآءَ اَنْ تَقَعَ عَلَی الْاَرْضِ اِلَّا بِاِذْنِهٖ ؕ— اِنَّ اللّٰهَ بِالنَّاسِ لَرَءُوْفٌ رَّحِیْمٌ ۟
६५) के तपाईले देख्नुभएन कि धरतीमा जेजति छ त्यसलाई अल्लाहले नै तिम्रो निम्ति बशीभूत गरिहालेको छ र डुङ्गा पनि उसको आदेशबाट समुद्रमा चल्छन् र उसैले आकाशलाई उसको आदेश बिना धरतीमा खस्नुबाट रोकेको छ । निःसन्देह अल्लाह मानिसहरूको लागि बडो करुणाशील र दयावान छ ।
Tafsiran larabci:
وَهُوَ الَّذِیْۤ اَحْیَاكُمْ ؗ— ثُمَّ یُمِیْتُكُمْ ثُمَّ یُحْیِیْكُمْ ؕ— اِنَّ الْاِنْسَانَ لَكَفُوْرٌ ۟
६६) उसैले तिमीलाई जीवन प्रदान गर्यो । अनि उसैले तिमीलाई मृत्यु दिन्छ र फेरि उसैले तिमीलाई जीवित पार्नेछ । निःसन्देह मानव अकृतज्ञ छ ।
Tafsiran larabci:
لِكُلِّ اُمَّةٍ جَعَلْنَا مَنْسَكًا هُمْ نَاسِكُوْهُ فَلَا یُنَازِعُنَّكَ فِی الْاَمْرِ وَادْعُ اِلٰی رَبِّكَ ؕ— اِنَّكَ لَعَلٰی هُدًی مُّسْتَقِیْمٍ ۟
६७) प्रत्येक समुदायको निम्ति हामीले उपासनाको एउटा रीति (पद्धति) निर्धारित गरिसकेका छौं जसको पालना उनीहरूले गर्दछन् । तसर्थ यिनीहरूले तपाईसित यस कुरामा झगडा नगरुन् र तपाईले (मानिसहरूलाई) आफ्नो पालनकर्तातिर बोलाउँदै गर्नु , निःसन्देह तिमी सोझो मार्गमा छौ ।
Tafsiran larabci:
وَاِنْ جٰدَلُوْكَ فَقُلِ اللّٰهُ اَعْلَمُ بِمَا تَعْمَلُوْنَ ۟
६८) फेरि पनि यदि यिनीहरूले तपाईसित झगडा गर्दछन् भने, तपाई भनिदिनुस् कि तिमीहरूको कर्म अल्लाह राम्ररी जान्दछ ।
Tafsiran larabci:
اَللّٰهُ یَحْكُمُ بَیْنَكُمْ یَوْمَ الْقِیٰمَةِ فِیْمَا كُنْتُمْ فِیْهِ تَخْتَلِفُوْنَ ۟
६९) निःसन्देह तिमीहरूको विवादहरूको निर्णय अल्लाहले कियामतको दिन गरिदिनेछ ।
Tafsiran larabci:
اَلَمْ تَعْلَمْ اَنَّ اللّٰهَ یَعْلَمُ مَا فِی السَّمَآءِ وَالْاَرْضِ ؕ— اِنَّ ذٰلِكَ فِیْ كِتٰبٍ ؕ— اِنَّ ذٰلِكَ عَلَی اللّٰهِ یَسِیْرٌ ۟
७०) के तपाईलाई थाहा भएन कि जे जति आकाश र धरतीमा छ अल्लाह सबै जान्दछ । निश्चय नै त्यो (कर्मपत्र) एउटा किताबमा अंकित छ, निःसन्देह त्यो (निर्णय) अल्लाहको निम्ति अत्यन्त सरल छ ।
Tafsiran larabci:
وَیَعْبُدُوْنَ مِنْ دُوْنِ اللّٰهِ مَا لَمْ یُنَزِّلْ بِهٖ سُلْطٰنًا وَّمَا لَیْسَ لَهُمْ بِهٖ عِلْمٌ ؕ— وَمَا لِلظّٰلِمِیْنَ مِنْ نَّصِیْرٍ ۟
७१) र तिनीहरूले अल्लाह बाहेक उनीहरूको उपासना गर्दछन्, जसको निम्ति नत कुनै अल्लाहद्वारा प्रमाण उतरेको छ नत उनीहरूलाई नै त्यसको विषयमा कुनै ज्ञान छ र यी अत्याचारीहरूको कोही मद्दत गर्नेछैन ।
Tafsiran larabci:
وَاِذَا تُتْلٰی عَلَیْهِمْ اٰیٰتُنَا بَیِّنٰتٍ تَعْرِفُ فِیْ وُجُوْهِ الَّذِیْنَ كَفَرُوا الْمُنْكَرَ ؕ— یَكَادُوْنَ یَسْطُوْنَ بِالَّذِیْنَ یَتْلُوْنَ عَلَیْهِمْ اٰیٰتِنَا ؕ— قُلْ اَفَاُنَبِّئُكُمْ بِشَرٍّ مِّنْ ذٰلِكُمْ ؕ— اَلنَّارُ ؕ— وَعَدَهَا اللّٰهُ الَّذِیْنَ كَفَرُوْا ؕ— وَبِئْسَ الْمَصِیْرُ ۟۠
७२) जब उनीहरू सामु हाम्रा स्पष्ट आयातहरू पढेर सुनाइन्छन् तब तपाईले तिनीहरूको अनुहारहरूमा स्पष्टरूपले अप्रसन्नताका चिन्हहरू देख्नुहुनेछ । यस्तो लाग्छ कि जसले उनीहरूलाई हाम्रो आयातहरू पढेर सुनाउँछन्, उनीहरूमाथि जाइलाग्नेछन् । भनिदिनुस् कि के म तिनीहरूलाई यसभन्दा पनि बढी नराम्रो समाचार देऊँ । त्यो नर्कको आगो हो जसको वचन अल्लाहले काफिरहरूसित गरिसकेको छ, र त्यो अत्यन्त नराम्रो ठाउँ हो ।
Tafsiran larabci:
یٰۤاَیُّهَا النَّاسُ ضُرِبَ مَثَلٌ فَاسْتَمِعُوْا لَهٗ ؕ— اِنَّ الَّذِیْنَ تَدْعُوْنَ مِنْ دُوْنِ اللّٰهِ لَنْ یَّخْلُقُوْا ذُبَابًا وَّلَوِ اجْتَمَعُوْا لَهٗ ؕ— وَاِنْ یَّسْلُبْهُمُ الذُّبَابُ شَیْـًٔا لَّا یَسْتَنْقِذُوْهُ مِنْهُ ؕ— ضَعُفَ الطَّالِبُ وَالْمَطْلُوْبُ ۟
७३) हे मानिसहरू ! एउटा दृष्टान्त वर्णन गरिन्छ, त्यसलाई ध्यानपूर्वक सुन, कि तिमीले अल्लाह बाहेक जस जसलाई पुकार्दछौ, तिनीहरूले एउटा झिंगा पनि बनाउन सक्दैनन् । यद्यपि त्यसको निम्ति सबै एकत्रित भइहालुन् र यदि झिङ्गाले उनीहरूसित कुनै कुरा खोसेर लिएर जान्छ भने त्यसबाट तिनीहरूले त्यसलाई छोडाउन पनि सक्दैनन् । जो याचक छ ऊ पनि असमर्थ छ र जसबाट (तिनीहरूले) याचना गर्दछन् ऊ पनि असहाय छ ।
Tafsiran larabci:
مَا قَدَرُوا اللّٰهَ حَقَّ قَدْرِهٖ ؕ— اِنَّ اللّٰهَ لَقَوِیٌّ عَزِیْزٌ ۟
७४) उनीहरूले अल्लाहको हैसियत अनुसार उसको सम्मान गर्न जानेनन् । अल्लाह निश्चय नै ठूलो बलवान् र अधिपत्यशाली छ ।
Tafsiran larabci:
اَللّٰهُ یَصْطَفِیْ مِنَ الْمَلٰٓىِٕكَةِ رُسُلًا وَّمِنَ النَّاسِ ؕ— اِنَّ اللّٰهَ سَمِیْعٌ بَصِیْرٌ ۟ۚ
७५) अल्लाहले फरिश्ताहरूमध्येबाट र मानिसहरूमध्येबाट सन्देशबाहक रोज्दछ । निश्चय नै अल्लाह सबै कुरा सुन्दछ, देख्दछ ।
Tafsiran larabci:
یَعْلَمُ مَا بَیْنَ اَیْدِیْهِمْ وَمَا خَلْفَهُمْ ؕ— وَاِلَی اللّٰهِ تُرْجَعُ الْاُمُوْرُ ۟
७६) जुन उनको अगाडि छ र जुन उनको पछाडि छ अल्लाह सबै जान्दछ । र सबै कामहरू अल्लाहतिर नै फर्कन्छन् ।
Tafsiran larabci:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا ارْكَعُوْا وَاسْجُدُوْا وَاعْبُدُوْا رَبَّكُمْ وَافْعَلُوا الْخَیْرَ لَعَلَّكُمْ تُفْلِحُوْنَ ۟
७७) हे मोमिनहरू नतमस्तक हुने र ढोग्ने गर र आफ्नो पालनकर्ताको उपासनामा लागिरहनेगर र भलो कार्य गर्नेगर ताकि तिमीलाई सफलता प्राप्त होस् ।
Tafsiran larabci:
وَجَاهِدُوْا فِی اللّٰهِ حَقَّ جِهَادِهٖ ؕ— هُوَ اجْتَبٰىكُمْ وَمَا جَعَلَ عَلَیْكُمْ فِی الدِّیْنِ مِنْ حَرَجٍ ؕ— مِلَّةَ اَبِیْكُمْ اِبْرٰهِیْمَ ؕ— هُوَ سَمّٰىكُمُ الْمُسْلِمِیْنَ ۙ۬— مِنْ قَبْلُ وَفِیْ هٰذَا لِیَكُوْنَ الرَّسُوْلُ شَهِیْدًا عَلَیْكُمْ وَتَكُوْنُوْا شُهَدَآءَ عَلَی النَّاسِ ۖۚ— فَاَقِیْمُوا الصَّلٰوةَ وَاٰتُوا الزَّكٰوةَ وَاعْتَصِمُوْا بِاللّٰهِ ؕ— هُوَ مَوْلٰىكُمْ ۚ— فَنِعْمَ الْمَوْلٰی وَنِعْمَ النَّصِیْرُ ۟۠
७८) र अल्लाहको मार्गमा त्यस्तै जिहाद गर, जस्तो कि जिहाद गर्नुपर्दछ । उसैले तिमीलाई रोजेको छ र धर्मको कुरामा तिमीमाथि कुनै कुरा संकुचित पारेको छैन र तिम्रो निम्ति तिम्रो बाबु इब्राहीमको धर्मलाई रुचायो । उसले यसभन्दा अगाडि नै र यस कुरआनमा पनि तिम्रो नाम मुस्लिम (आज्ञाकारी) राखेको छ । यस उद्देश्यले ताकि रसूल तिम्रो निम्ति साक्षी होउन् । र तिमी अरु मानिसहरूको साक्षी होऊ । अतः तिमीले नमाजको आयोजना गर र जकात देऊ, र अल्लाहसँग आफ्नो सम्बन्धलाई बलियोरूपले समातिराख उही नै तिम्रो सबभन्दा राम्रो संरक्षक र मालिक हो । आहा कति राम्रो मालिक र कती उत्तम मद्दत गर्नेवाला छ ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Suratu Alhajj
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara a Yaren Nipaliyanci - Teburin Bayani kan wasu Fassarori

ترجمة معاني القرآن الكريم إلى اللغة النيبالية، ترجمة جمعية أهل الحديث المركزية - النيبال.

Rufewa