Përkthimi i kuptimeve të Kuranit Fisnik - Përkthimi nepalisht - Shoqata "Ehlul-hadith" * - Përmbajtja e përkthimeve


Përkthimi i kuptimeve Surja: Suretu Et Tegabun   Ajeti:

सूरतुत्तगाबुन

یُسَبِّحُ لِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ۚ— لَهُ الْمُلْكُ وَلَهُ الْحَمْدُ ؗ— وَهُوَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟
१) (त्यो प्रत्येक कुरो) जुन आकाशमा छन् र धरतीमा छन्, अल्लाहकै पवित्रताको वर्णन गर्दछन् । उसैको सत्ता छ र प्रशंसा पनि, र ऊ हरेक कुरामाथि सामर्थवान छ !
Tefsiret në gjuhën arabe:
هُوَ الَّذِیْ خَلَقَكُمْ فَمِنْكُمْ كَافِرٌ وَّمِنْكُمْ مُّؤْمِنٌ ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ بَصِیْرٌ ۟
२) उसैले तिमीलाई सृष्टि गर्यो, अनि तिमीमध्ये केही इन्कार गर्नेवाला छन् र केही ईमानवाला छन् र तिमीले जे गर्दछौ अल्लाह त्यसलाई राम्ररी जान्दछ ।
Tefsiret në gjuhën arabe:
خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ بِالْحَقِّ وَصَوَّرَكُمْ فَاَحْسَنَ صُوَرَكُمْ ۚ— وَاِلَیْهِ الْمَصِیْرُ ۟
३) उसैले आकाशहरू र धरतीलाई इन्साफ र कारीगरीको साथ सृष्टि गर्यो र तिम्रो रूप बनायो, र राम्रो बनायो र उसैतिर अन्ततः जानुछ ।
Tefsiret në gjuhën arabe:
یَعْلَمُ مَا فِی السَّمٰوٰتِ وَالْاَرْضِ وَیَعْلَمُ مَا تُسِرُّوْنَ وَمَا تُعْلِنُوْنَ ؕ— وَاللّٰهُ عَلِیْمٌۢ بِذَاتِ الصُّدُوْرِ ۟
४) जे–जति आकाशहरूमा र जमिनमा छन् उसले सबै जान्दछ । र जे–जति तिमीले लुकाउँछौ र खुल्ला गर्दछौ, सबै जान्दछ । र अल्लाह त छातीभित्रको कुरा पनि जान्दछ ।
Tefsiret në gjuhën arabe:
اَلَمْ یَاْتِكُمْ نَبَؤُا الَّذِیْنَ كَفَرُوْا مِنْ قَبْلُ ؗ— فَذَاقُوْا وَبَالَ اَمْرِهِمْ وَلَهُمْ عَذَابٌ اَلِیْمٌ ۟
५) के तिमीलाई यसभन्दा पहिलाका काफिरहरूको समाचार पुगेन ? जो आफ्ना कर्महरूको स्वाद चाखिसके र जसको लागि कठोर यातना छ ।
Tefsiret në gjuhën arabe:
ذٰلِكَ بِاَنَّهٗ كَانَتْ تَّاْتِیْهِمْ رُسُلُهُمْ بِالْبَیِّنٰتِ فَقَالُوْۤا اَبَشَرٌ یَّهْدُوْنَنَا ؗ— فَكَفَرُوْا وَتَوَلَّوْا وَّاسْتَغْنَی اللّٰهُ ؕ— وَاللّٰهُ غَنِیٌّ حَمِیْدٌ ۟
६) यो यसकारण कि उनीहरूको नजिकमा संदेष्टाहरूले खुल्ला निशानीहरू लिएर आए, तब तिनीहरूले भन्दथे कि के मनुष्य हाम्रो पथप्रदर्शन गर्नेछ ? तसर्थ मानेनन् र विमुख भइहाले, तब अल्लाहले पनि उनीहरूबाट बेपर्वाह भइहाल्यो र अल्लाह निस्पृह (र) सर्वगुण सम्पन्न छ ।
Tefsiret në gjuhën arabe:
زَعَمَ الَّذِیْنَ كَفَرُوْۤا اَنْ لَّنْ یُّبْعَثُوْا ؕ— قُلْ بَلٰی وَرَبِّیْ لَتُبْعَثُنَّ ثُمَّ لَتُنَبَّؤُنَّ بِمَا عَمِلْتُمْ ؕ— وَذٰلِكَ عَلَی اللّٰهِ یَسِیْرٌ ۟
७) ती काफिरहरूले सोचे कि उनीहरू पुनः जीवित गरिने छैनन् । तपाई भनिदिनुस् कि हो, मेरो पालनकर्ताको कसम ! तिमी अवश्य नै उठाइने छौ, अनि जुन काम तिमीले गर्दै आएका छौ, तिमीलाई बताइने छ र यो अल्लाहको लागि अत्यन्त सरल छ ।
Tefsiret në gjuhën arabe:
فَاٰمِنُوْا بِاللّٰهِ وَرَسُوْلِهٖ وَالنُّوْرِ الَّذِیْۤ اَنْزَلْنَا ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ خَبِیْرٌ ۟
८) तसर्थ तिमीले अल्लाह र उसको रसूलमाथि र त्यस प्रकाशमाथि जुन हामीले अवतरित गरेका छौं ईमान ल्याऊ, र अल्लाह तिम्रो सम्पूर्ण क्रियाकलापबाट अवगत छ ।
Tefsiret në gjuhën arabe:
یَوْمَ یَجْمَعُكُمْ لِیَوْمِ الْجَمْعِ ذٰلِكَ یَوْمُ التَّغَابُنِ ؕ— وَمَنْ یُّؤْمِنْ بِاللّٰهِ وَیَعْمَلْ صَالِحًا یُّكَفِّرْ عَنْهُ سَیِّاٰتِهٖ وَیُدْخِلْهُ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَاۤ اَبَدًا ؕ— ذٰلِكَ الْفَوْزُ الْعَظِیْمُ ۟
९) जुन दिन उसले तिमी सबैलाई एकत्रित हुने दिन एकत्रित गर्नेछ, त्यो हार र जीतको दिन हुनेछ र जसले अल्लाहमाथि ईमान ल्याए र असल कर्म गरे, उसले उनीबाट उनका नराम्रा कुराहरू हटाइदिनेछ र उनलाई स्वर्गको बागहरूमा जसमुनि नहरहरू बगिराखेका छन्, प्रविष्ट गराउनेछ, तिनीहरू सधैं त्यसमा रहनेछन् । यो ठूलो सफलता हो ।
Tefsiret në gjuhën arabe:
وَالَّذِیْنَ كَفَرُوْا وَكَذَّبُوْا بِاٰیٰتِنَاۤ اُولٰٓىِٕكَ اَصْحٰبُ النَّارِ خٰلِدِیْنَ فِیْهَا ؕ— وَبِئْسَ الْمَصِیْرُ ۟۠
१०) र जसले कुफ्र गरे र हाम्रा आयतहरूलाई झूठा भने, ती नै नर्कवाला हुन् सधैं त्यसैमा रहनेछन् र त्यो नराम्रो ठाउँ हो ।
Tefsiret në gjuhën arabe:
مَاۤ اَصَابَ مِنْ مُّصِیْبَةٍ اِلَّا بِاِذْنِ اللّٰهِ ؕ— وَمَنْ یُّؤْمِنْ بِاللّٰهِ یَهْدِ قَلْبَهٗ ؕ— وَاللّٰهُ بِكُلِّ شَیْءٍ عَلِیْمٌ ۟
११) अल्लाहको आज्ञा बिना कुनै पनि संकट आउँदैन । जसले अल्लाहमाथि ईमान ल्याए अल्लाहले उनको हृदयलाई सही मार्ग देखाउँछ र अल्लाह प्रत्येक कुरा राम्ररी जान्दछ ।
Tefsiret në gjuhën arabe:
وَاَطِیْعُوا اللّٰهَ وَاَطِیْعُوا الرَّسُوْلَ ۚ— فَاِنْ تَوَلَّیْتُمْ فَاِنَّمَا عَلٰی رَسُوْلِنَا الْبَلٰغُ الْمُبِیْنُ ۟
१२) (मानिसहरू हो !) अल्लाहको आज्ञाको पालन गर र रसूलको आज्ञापालन गर । यदि तिमीले मुख फर्कायौ भने हाम्रो पैगम्बरको जिम्मामा त मात्र सन्देशलाई स्पष्टरूपमा पुर्याइदिनु हो ।
Tefsiret në gjuhën arabe:
اَللّٰهُ لَاۤ اِلٰهَ اِلَّا هُوَ ؕ— وَعَلَی اللّٰهِ فَلْیَتَوَكَّلِ الْمُؤْمِنُوْنَ ۟
१३) अल्लाह बाहेक कोही वास्तविक पूजनीय छैन र मोमिनहरूले अल्लाहमै भरोसा राख्नुपर्दछ ।
Tefsiret në gjuhën arabe:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِنَّ مِنْ اَزْوَاجِكُمْ وَاَوْلَادِكُمْ عَدُوًّا لَّكُمْ فَاحْذَرُوْهُمْ ۚ— وَاِنْ تَعْفُوْا وَتَصْفَحُوْا وَتَغْفِرُوْا فَاِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟
१४) हे मोमिनहरू ! तिम्रा स्त्रीहरू र सन्तानहरूमध्ये केही तिम्रा शत्रु पनि छन्, उनीहरूबाट सावधान रहनु र यदि तिमीले माफ गरिदिन्छौ र पन्छिहाल्छौ र क्षमा गरिदिन्छौ भने निश्चय नै अल्लाह बडो क्षमाशील अत्यन्त दयावान छ ।
Tefsiret në gjuhën arabe:
اِنَّمَاۤ اَمْوَالُكُمْ وَاَوْلَادُكُمْ فِتْنَةٌ ؕ— وَاللّٰهُ عِنْدَهٗۤ اَجْرٌ عَظِیْمٌ ۟
१५) तिम्रा माल सम्पत्ति र सन्तान त तिम्रो लागि परीक्षा हुन् र अल्लाहकहाँ ठूलो प्रतिफल छ ।
Tefsiret në gjuhën arabe:
فَاتَّقُوا اللّٰهَ مَا اسْتَطَعْتُمْ وَاسْمَعُوْا وَاَطِیْعُوْا وَاَنْفِقُوْا خَیْرًا لِّاَنْفُسِكُمْ ؕ— وَمَنْ یُّوْقَ شُحَّ نَفْسِهٖ فَاُولٰٓىِٕكَ هُمُ الْمُفْلِحُوْنَ ۟
१६) तसर्थ जहाँसम्म तिमीबाट हुनसक्छ, अल्लाहसित डर मान्ने गर र उसका आदेशहरूलाई सुन्दै र पालना गर्दै जाऊ । र उसको मार्गमा खर्च गर्नेगर, (यो) तिम्रो हकमा राम्रो छ । र जो आफ्नो मनको लोभ र कञ्जूसीबाट सुरक्षित रह्यो त उही नै सफल भयो ।
Tefsiret në gjuhën arabe:
اِنْ تُقْرِضُوا اللّٰهَ قَرْضًا حَسَنًا یُّضٰعِفْهُ لَكُمْ وَیَغْفِرْ لَكُمْ ؕ— وَاللّٰهُ شَكُوْرٌ حَلِیْمٌ ۟ۙ
१७) यदि तिमीले अल्लाहलाई राम्रो ऋण दिन्छौ भने उसले त्यसलाई तिम्रो निम्ति कैयौं गुणा वृद्धि गरिदिनेछ । र तिम्रो पाप पनि क्षमा गरिदिनेछ । अल्लाह बडो गुणग्राहक र सहनशील छ ।
Tefsiret në gjuhën arabe:
عٰلِمُ الْغَیْبِ وَالشَّهَادَةِ الْعَزِیْزُ الْحَكِیْمُ ۟۠
१८) ऊ परोक्ष र प्रत्यक्षलाई जान्दछ, अधिपत्यशाली तत्वदर्शी छ ।
Tefsiret në gjuhën arabe:
 
Përkthimi i kuptimeve Surja: Suretu Et Tegabun
Përmbajtja e sureve Numri i faqes
 
Përkthimi i kuptimeve të Kuranit Fisnik - Përkthimi nepalisht - Shoqata "Ehlul-hadith" - Përmbajtja e përkthimeve

Përkthimi i kuptimeve të Kuranit në nepalishte - Përkthyer nga xxx - Botuar nga Kompleksi Mbreti Fehd për Botimin e Mushafit Fisnik në Medinë. Viti i botimit: xxxx.

Mbyll