Қуръони Карим маъноларининг таржимаси - Непалча таржима - Аҳлул ҳадис муассасаси * - Таржималар мундарижаси


Маънолар таржимаси Сура: Мунофиқун сураси   Оят:

सूरतुल् मुनाफिकून

اِذَا جَآءَكَ الْمُنٰفِقُوْنَ قَالُوْا نَشْهَدُ اِنَّكَ لَرَسُوْلُ اللّٰهِ ۘ— وَاللّٰهُ یَعْلَمُ اِنَّكَ لَرَسُوْلُهٗ ؕ— وَاللّٰهُ یَشْهَدُ اِنَّ الْمُنٰفِقِیْنَ لَكٰذِبُوْنَ ۟ۚ
१) हे मुहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) ! जब मुनाफिकहरू तपाई सामु आउँदछन् तब भन्दछन् कि हामी साक्षी छौं कि निश्चय नै तपाई अल्लाहको रसूल हुनुहुन्छ । अल्लाह जान्दछ कि निश्चय नै तपाई उसको रसूल हुनुहुन्छ तर अल्लाह गवाही दिन्छ कि यी मुनाफिकहरू एकदमै झूठा छन् ।
Арабча тафсирлар:
اِتَّخَذُوْۤا اَیْمَانَهُمْ جُنَّةً فَصَدُّوْا عَنْ سَبِیْلِ اللّٰهِ ؕ— اِنَّهُمْ سَآءَ مَا كَانُوْا یَعْمَلُوْنَ ۟
२) उनीहरूले आफ्नो शपथहरूलाई कवच बनाइसकेका छन् । यसप्रकार उनीहरूले अल्लाहको मार्गबाट रोकिए । निश्चय नै त्यो नराम्रो काम छ जुन यिनीहरूले गरिराखेका छन् ।
Арабча тафсирлар:
ذٰلِكَ بِاَنَّهُمْ اٰمَنُوْا ثُمَّ كَفَرُوْا فَطُبِعَ عَلٰی قُلُوْبِهِمْ فَهُمْ لَا یَفْقَهُوْنَ ۟
३) यो यसकारण कि यिनीहरूले ईमान ल्याएपछि फेरि काफिर भइहाले, तसर्थ उनीहरूको हृदयमा छाप लगाइदिइयो अब यिनीहरूले बुझ्दैनन् ।
Арабча тафсирлар:
وَاِذَا رَاَیْتَهُمْ تُعْجِبُكَ اَجْسَامُهُمْ ؕ— وَاِنْ یَّقُوْلُوْا تَسْمَعْ لِقَوْلِهِمْ ؕ— كَاَنَّهُمْ خُشُبٌ مُّسَنَّدَةٌ ؕ— یَحْسَبُوْنَ كُلَّ صَیْحَةٍ عَلَیْهِمْ ؕ— هُمُ الْعَدُوُّ فَاحْذَرْهُمْ ؕ— قَاتَلَهُمُ اللّٰهُ ؗ— اَنّٰی یُؤْفَكُوْنَ ۟
४) तपाईले उनीहरूलाई जब देख्नुहुन्छ त उनका शरीर तपाईलाई राम्रो लाग्दछन् र यदि तिनीहरूले कुरा गर्दछन् त उनका कुरा तपाई सुनिराख्नुहुन्छ । यसरी जस्तो कि उनीहरू काठहरू (थाम) हुन् जसलाई भित्ताको सहारामा उभ्याइएको छ । प्रत्येक ठूलो स्वरलाई उनीहरूले आफ्नै विरुद्धमा ठान्दछन् । तिनै वास्तविक शत्रु हुन् । अतः उनीहरूबाट पन्छिएर बस, अल्लाह उनीहरूलाई समाप्त गरोस् । उनीहरू विमुख भई कहाँ गइराखेका छन् ।
Арабча тафсирлар:
وَاِذَا قِیْلَ لَهُمْ تَعَالَوْا یَسْتَغْفِرْ لَكُمْ رَسُوْلُ اللّٰهِ لَوَّوْا رُءُوْسَهُمْ وَرَاَیْتَهُمْ یَصُدُّوْنَ وَهُمْ مُّسْتَكْبِرُوْنَ ۟
५) जब उनीसित भनिन्छ कि आऊ अल्लाहका रसूल तिम्रो निम्ति क्षमा माँगुन्, त टाउको हल्लाइदिन्छन् र तपाईले देख्नुहुनेछ कि घमण्ड गर्दै मुख फर्काइहाल्दछन् ।
Арабча тафсирлар:
سَوَآءٌ عَلَیْهِمْ اَسْتَغْفَرْتَ لَهُمْ اَمْ لَمْ تَسْتَغْفِرْ لَهُمْ ؕ— لَنْ یَّغْفِرَ اللّٰهُ لَهُمْ ؕ— اِنَّ اللّٰهَ لَا یَهْدِی الْقَوْمَ الْفٰسِقِیْنَ ۟
६) तपाईले उनको निम्ति क्षमा माँग्नु वा नमाँग्नु, दुवै समान छ । अल्लाहले उनलाई कहिल्यै क्षमा गर्दैन । निःसन्देह अल्लाहले यस्ता अवज्ञाकारीहरूलाई मार्गदर्शन प्रदान गर्दैन ।
Арабча тафсирлар:
هُمُ الَّذِیْنَ یَقُوْلُوْنَ لَا تُنْفِقُوْا عَلٰی مَنْ عِنْدَ رَسُوْلِ اللّٰهِ حَتّٰی یَنْفَضُّوْا ؕ— وَلِلّٰهِ خَزَآىِٕنُ السَّمٰوٰتِ وَالْاَرْضِ وَلٰكِنَّ الْمُنٰفِقِیْنَ لَا یَفْقَهُوْنَ ۟
७) यिनै मानिस हुन् जसले भन्दछन्ः कि जो अल्लाहको रसूलको साथमा रहन्छन्, उनीमाथि खर्च नगर, ताकि उनीहरू स्वयं यताउता छरिउन् । जबकि आकाशहरू र धरतीका सबै खजाना अल्लाहकै हुन् तर मुनाफिकहरू बुझ्दैनन् ।
Арабча тафсирлар:
یَقُوْلُوْنَ لَىِٕنْ رَّجَعْنَاۤ اِلَی الْمَدِیْنَةِ لَیُخْرِجَنَّ الْاَعَزُّ مِنْهَا الْاَذَلَّ ؕ— وَلِلّٰهِ الْعِزَّةُ وَلِرَسُوْلِهٖ وَلِلْمُؤْمِنِیْنَ وَلٰكِنَّ الْمُنٰفِقِیْنَ لَا یَعْلَمُوْنَ ۟۠
८) उनीहरू भन्दछन्ः कि यदि हामीले फर्केर मदिना जान्छौं भने अधिक मर्यादावालाहरूले अपमानितलाई त्यहाँबाट निकालिदिनेछन् हेर इज्जत र प्रतिष्ठा त अल्लाह र उसको रसूल र मोमिनहरूको निम्ति छ, तर ती मुनाफिकहरूले जान्दैनन् ।
Арабча тафсирлар:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تُلْهِكُمْ اَمْوَالُكُمْ وَلَاۤ اَوْلَادُكُمْ عَنْ ذِكْرِ اللّٰهِ ۚ— وَمَنْ یَّفْعَلْ ذٰلِكَ فَاُولٰٓىِٕكَ هُمُ الْخٰسِرُوْنَ ۟
९) हे मोमिनहरू ! तिम्रा माल, सम्पत्ति र सन्तानले तिमीलाई अल्लाहको स्मरणबाट गाफिल (अचेत) नबनाइदेओस् र जसले यस्तो गर्नेछ त्यसले घाटा बेहोर्ने छ ।
Арабча тафсирлар:
وَاَنْفِقُوْا مِنْ مَّا رَزَقْنٰكُمْ مِّنْ قَبْلِ اَنْ یَّاْتِیَ اَحَدَكُمُ الْمَوْتُ فَیَقُوْلَ رَبِّ لَوْلَاۤ اَخَّرْتَنِیْۤ اِلٰۤی اَجَلٍ قَرِیْبٍ ۙ— فَاَصَّدَّقَ وَاَكُنْ مِّنَ الصّٰلِحِیْنَ ۟
१०) र जे हामीले तिमीलाई प्रदान गरेका छौं, त्यसबाट खर्चगर यसभन्दा अगाडि कि तिमीमध्ये कसैको मृत्यु आइहालोस् र (त्यसबेला) भन्न थालोस् कि हे मेरो पालनकर्ता अरु समय किन दिएनौ ? म दान गर्दथें र असल मानिसहरूमा शम्मिलित भइहाल्थें ।
Арабча тафсирлар:
وَلَنْ یُّؤَخِّرَ اللّٰهُ نَفْسًا اِذَا جَآءَ اَجَلُهَا ؕ— وَاللّٰهُ خَبِیْرٌ بِمَا تَعْمَلُوْنَ ۟۠
११) तर अल्लाहले कुनै व्यक्तिलाई जब उसको निर्धारित समय आइपुग्दछ तब कदापि मोहलत दिंदैन । र जे तिमीले गर्दछौ अल्लाह त्यो सबैबाट अवगत छ ।
Арабча тафсирлар:
 
Маънолар таржимаси Сура: Мунофиқун сураси
Суралар мундарижаси Бет рақами
 
Қуръони Карим маъноларининг таржимаси - Непалча таржима - Аҳлул ҳадис муассасаси - Таржималар мундарижаси

Қуръон Карим маъноларининг непалча таржимаси, мутаржим: Непалдаги Аҳлул Ҳадий Марказий жамияти

Ёпиш