Übersetzung der Bedeutungen von dem heiligen Quran - Nepalische Übersetzung * - Übersetzungen


Übersetzung der Bedeutungen Surah / Kapitel: Al-Ahqâf   Vers:

सूरतुल् अहकाफ

حٰمٓ ۟ۚ
१) हा. मीम,
Arabische Interpretationen von dem heiligen Quran:
تَنْزِیْلُ الْكِتٰبِ مِنَ اللّٰهِ الْعَزِیْزِ الْحَكِیْمِ ۟
२) यस किताबको अवतरण अल्लाहको तर्फबाट हो, जो अधिपत्यशाली, अत्यन्त तत्वदर्शी छ ।
Arabische Interpretationen von dem heiligen Quran:
مَا خَلَقْنَا السَّمٰوٰتِ وَالْاَرْضَ وَمَا بَیْنَهُمَاۤ اِلَّا بِالْحَقِّ وَاَجَلٍ مُّسَمًّی ؕ— وَالَّذِیْنَ كَفَرُوْا عَمَّاۤ اُنْذِرُوْا مُعْرِضُوْنَ ۟
३) हामीले आकाशहरू र धरतीलाई र जे जति यी दुवैको बीचमा छन्, उच्चतम कुशलताको साथ र एउटा निश्चित अवधिसम्मको लागि सृष्टि गरेका छौं, तर जुन मानिसहरूले इन्कार गरेका छन्, तिनीहरूले त्यो कुरामा ध्यान दिंदैनन् जसबाट उनीहरूलाई सावधान गरिएको छ ।
Arabische Interpretationen von dem heiligen Quran:
قُلْ اَرَءَیْتُمْ مَّا تَدْعُوْنَ مِنْ دُوْنِ اللّٰهِ اَرُوْنِیْ مَاذَا خَلَقُوْا مِنَ الْاَرْضِ اَمْ لَهُمْ شِرْكٌ فِی السَّمٰوٰتِ ؕ— اِیْتُوْنِیْ بِكِتٰبٍ مِّنْ قَبْلِ هٰذَاۤ اَوْ اَثٰرَةٍ مِّنْ عِلْمٍ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
४) तपाई भन्नुस्, हेर जसलाई तिमीले अल्लाह बाहेक पुकार्दछौ, ? मलाई पनि देखाऊ कि उनीहरूले धरतीको कुन भागको सृष्टि गरेका छन् वा आकाशहरूमा उनीहरूको कुन भाग छ । यदि तिमी साँचो हौ भने यसभन्दा पहिलाको कुनै किताब मेरो पासमा ल्याऊ वा ज्ञानको कुनै अवशेष ।
Arabische Interpretationen von dem heiligen Quran:
وَمَنْ اَضَلُّ مِمَّنْ یَّدْعُوْا مِنْ دُوْنِ اللّٰهِ مَنْ لَّا یَسْتَجِیْبُ لَهٗۤ اِلٰی یَوْمِ الْقِیٰمَةِ وَهُمْ عَنْ دُعَآىِٕهِمْ غٰفِلُوْنَ ۟
५) त्यस व्यक्तिभन्दा बढी पथभ्रष्ट को होला ? जसले अल्लाहलाई छाडि यस्तोलाई पुकार्दछन् जसले कियामतको दिनसम्म उनीहरूको प्रार्थनालाई स्वीकार गर्न सक्दैनन्, बरु उनीहरूको पुकारबाट एकदम अज्ञान छन् ।
Arabische Interpretationen von dem heiligen Quran:
وَاِذَا حُشِرَ النَّاسُ كَانُوْا لَهُمْ اَعْدَآءً وَّكَانُوْا بِعِبَادَتِهِمْ كٰفِرِیْنَ ۟
६) र जब मानिसहरूलाई एकत्रित गरिने छ तब यिनीहरू उनीहरूको शत्रु हुनेछन्ः र तिनीहरूको उपासनाबाट स्पष्ट इन्कार गर्नेछन् ।
Arabische Interpretationen von dem heiligen Quran:
وَاِذَا تُتْلٰی عَلَیْهِمْ اٰیٰتُنَا بَیِّنٰتٍ قَالَ الَّذِیْنَ كَفَرُوْا لِلْحَقِّ لَمَّا جَآءَهُمْ ۙ— هٰذَا سِحْرٌ مُّبِیْنٌ ۟ؕ
७) र जब हाम्रा स्पष्ट आयतहरू उनीहरूलाई पढेर सुनाइन्छन्, तब सत्य आइसकेपछि त्यसलाई इन्कार गर्ने व्यक्तिहरूले भन्दछन् कि यो त खुल्ला जादू हो ।
Arabische Interpretationen von dem heiligen Quran:
اَمْ یَقُوْلُوْنَ افْتَرٰىهُ ؕ— قُلْ اِنِ افْتَرَیْتُهٗ فَلَا تَمْلِكُوْنَ لِیْ مِنَ اللّٰهِ شَیْـًٔا ؕ— هُوَ اَعْلَمُ بِمَا تُفِیْضُوْنَ فِیْهِ ؕ— كَفٰی بِهٖ شَهِیْدًا بَیْنِیْ وَبَیْنَكُمْ ؕ— وَهُوَ الْغَفُوْرُ الرَّحِیْمُ ۟
८) के उनीहरूले भन्दछन्ः कि यसलाई उनले स्वयं नै रचिहालेका छन् ? तपाई भनिदिनुस् यदि ‘‘मैले नै यसलाई स्वयं रचेको छु भने अल्लाहको विरुद्ध मेरो निम्ति तिमीलाई कुनै पनि अधिकार छैन । यस (कुरआन) को विषयमा तिमीले जुन कुरा भन्न सुन्न लागिराखेका छौ, त्यसले उसलाई राम्ररी जान्दछ, उही नै मेरो र तिम्रोबीचमा साक्षीको लागि पर्याप्त छ । र ऊ बडो क्षमाशील अत्यन्त दयावान छ ।
Arabische Interpretationen von dem heiligen Quran:
قُلْ مَا كُنْتُ بِدْعًا مِّنَ الرُّسُلِ وَمَاۤ اَدْرِیْ مَا یُفْعَلُ بِیْ وَلَا بِكُمْ ؕ— اِنْ اَتَّبِعُ اِلَّا مَا یُوْحٰۤی اِلَیَّ وَمَاۤ اَنَا اِلَّا نَذِیْرٌ مُّبِیْنٌ ۟
९) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) भनिदिनुस् ! कि ‘‘म कुनै एकदम अनौठो रसूल आएको होइन । र मलाई थाहा छैन कि मसँग र तिमीसंग के गरिनेछ म त उसको मात्र पैरवी गर्दछु, जुन मतिर वह्य पठाइन्छ र म त खुल्लम खुल्ला सावधान गर्नेवाला हूँ ।’’
Arabische Interpretationen von dem heiligen Quran:
قُلْ اَرَءَیْتُمْ اِنْ كَانَ مِنْ عِنْدِ اللّٰهِ وَكَفَرْتُمْ بِهٖ وَشَهِدَ شَاهِدٌ مِّنْ بَنِیْۤ اِسْرَآءِیْلَ عَلٰی مِثْلِهٖ فَاٰمَنَ وَاسْتَكْبَرْتُمْ ؕ— اِنَّ اللّٰهَ لَا یَهْدِی الْقَوْمَ الظّٰلِمِیْنَ ۟۠
१०) तपाई भनिदिनुस्ः कि (तिमीले सोचेको पनि छौ कि यसको के परिणाम हुनेछ)? ‘‘यदि यो कुरआन अल्लाहकहाँबाट आएको छ र तिमीले त्यसलाई इन्कार गरिहाल्यौ, र इस्राईलका सन्तानहरूमध्येबाट एउटाले त्यसैको एउटा भागको गवाही पनि दिइसकेको छ र उसले ईमान पनि ल्याइसकेको छ र तिमी घमण्डमा नै परिरह्यौ । अनि निःसंदेह अल्लाहले त अपराधीहरूलाई मार्गदर्शन गर्दैन ।
Arabische Interpretationen von dem heiligen Quran:
وَقَالَ الَّذِیْنَ كَفَرُوْا لِلَّذِیْنَ اٰمَنُوْا لَوْ كَانَ خَیْرًا مَّا سَبَقُوْنَاۤ اِلَیْهِ ؕ— وَاِذْ لَمْ یَهْتَدُوْا بِهٖ فَسَیَقُوْلُوْنَ هٰذَاۤ اِفْكٌ قَدِیْمٌ ۟
११) जुन मानिसहरूले इन्कार गरे, उनीहरूले ईमानवालाहरूको बारेमा भन्दछन्ः ‘‘यदि यो राम्रो भएको भए, उनीहरू हामीभन्दा त्यसतर्फ अग्रसर हुँदैनथे ।’’ र जब उनीहरूले उसबाट नसीहत ग्रहण गरेनन् तब अवश्य भन्नेछन्ः ‘‘यो त पुरानो असत्य हो ।’’
Arabische Interpretationen von dem heiligen Quran:
وَمِنْ قَبْلِهٖ كِتٰبُ مُوْسٰۤی اِمَامًا وَّرَحْمَةً ؕ— وَهٰذَا كِتٰبٌ مُّصَدِّقٌ لِّسَانًا عَرَبِیًّا لِّیُنْذِرَ الَّذِیْنَ ظَلَمُوْا ۖۗ— وَبُشْرٰی لِلْمُحْسِنِیْنَ ۟
१२) र यसभन्दा पहिला ‘‘मूसा (अलैहिस्सलाम)को’’ किताब पथप्रदर्शक र दयाको रूपमा थियो र यो किताब, हो समर्थन गर्नेवाला अरबी भाषामा ताकि ती मानिसहरूलाई सचेत गरोस् जसले अत्याचार गर्दछन् र उत्तम कार्यगर्नेहरूलाई शुभसूचना देओस् ।
Arabische Interpretationen von dem heiligen Quran:
اِنَّ الَّذِیْنَ قَالُوْا رَبُّنَا اللّٰهُ ثُمَّ اسْتَقَامُوْا فَلَا خَوْفٌ عَلَیْهِمْ وَلَا هُمْ یَحْزَنُوْنَ ۟ۚ
१३) निःसंदेह जुन मानिसहरूले भने कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो, अनि उनीहरू त्यसमा दृढ रहे, त उनीहरूलाई नकुनै भय हुनेछ र नत दुःखी हुनेछन् ।’’
Arabische Interpretationen von dem heiligen Quran:
اُولٰٓىِٕكَ اَصْحٰبُ الْجَنَّةِ خٰلِدِیْنَ فِیْهَا ۚ— جَزَآءً بِمَا كَانُوْا یَعْمَلُوْنَ ۟
१४) यही जन्नतवाला हुन् जो सधैं यसमा रहनेछन् । त्यसको प्रतिफल हो, जुन कि उनीहरूले गर्नेगर्दथे ।
Arabische Interpretationen von dem heiligen Quran:
وَوَصَّیْنَا الْاِنْسَانَ بِوَالِدَیْهِ اِحْسٰنًا ؕ— حَمَلَتْهُ اُمُّهٗ كُرْهًا وَّوَضَعَتْهُ كُرْهًا ؕ— وَحَمْلُهٗ وَفِصٰلُهٗ ثَلٰثُوْنَ شَهْرًا ؕ— حَتّٰۤی اِذَا بَلَغَ اَشُدَّهٗ وَبَلَغَ اَرْبَعِیْنَ سَنَةً ۙ— قَالَ رَبِّ اَوْزِعْنِیْۤ اَنْ اَشْكُرَ نِعْمَتَكَ الَّتِیْۤ اَنْعَمْتَ عَلَیَّ وَعَلٰی وَالِدَیَّ وَاَنْ اَعْمَلَ صَالِحًا تَرْضٰىهُ وَاَصْلِحْ لِیْ فِیْ ذُرِّیَّتِیْ ؕۚ— اِنِّیْ تُبْتُ اِلَیْكَ وَاِنِّیْ مِنَ الْمُسْلِمِیْنَ ۟
१५) र हामीले मानिसलाई आफ्नो आमा बाबुसँग राम्रो व्यवहार गर्न आदेश दिएका छौं । उसकी आमाले उसलाई पेटमा दुःखको साथ राखिन् र उसलाई दुःखको साथ जन्म पनि दिइन् । र उसको गर्भको अवस्थामा रहने र दूध छोडाउने अवधि ३० महिना छ । यहाँसम्म कि जब ऊ खुब तन्नेरी भयो र ४० वर्षको उमेर भयो । तब उसले भन्योः ‘‘हे मेरो पालनकर्ता ! मलाई अवसर देऊ ताकि म तिम्रो त्यस अनुकम्पाप्रति कृतज्ञता देखाऊँ जुन कि तिमीले ममाथि र मेरा मातापितामाथि गरेका छौ । र यो कि यस्तो राम्रो कार्य गरूँ जुनकि तिमीलाई प्रिय छ, र मेरो लागि मेरो सन्ततिलाई पनि असल बनाइदेऊ । म तिमीतिर प्रवृत्त हुन्छु र म आज्ञाकारीमध्ये छु ।
Arabische Interpretationen von dem heiligen Quran:
اُولٰٓىِٕكَ الَّذِیْنَ نَتَقَبَّلُ عَنْهُمْ اَحْسَنَ مَا عَمِلُوْا وَنَتَجَاوَزُ عَنْ سَیِّاٰتِهِمْ فِیْۤ اَصْحٰبِ الْجَنَّةِ ؕ— وَعْدَ الصِّدْقِ الَّذِیْ كَانُوْا یُوْعَدُوْنَ ۟
१६) यिनै ती मानिसहरू हुन् जसका राम्रा कार्यहरू हामीले स्वीकार गर्दछौं र जसका पापहरूलाई क्षमा गरिदिने छौं, र यिनै जन्नतवालाहरूमा हुनेछन् । त्यस सत्य वचनको कारण जुन उनीहरूसित गरिएको थियो ।
Arabische Interpretationen von dem heiligen Quran:
وَالَّذِیْ قَالَ لِوَالِدَیْهِ اُفٍّ لَّكُمَاۤ اَتَعِدٰنِنِیْۤ اَنْ اُخْرَجَ وَقَدْ خَلَتِ الْقُرُوْنُ مِنْ قَبْلِیْ ۚ— وَهُمَا یَسْتَغِیْثٰنِ اللّٰهَ وَیْلَكَ اٰمِنْ ۖۗ— اِنَّ وَعْدَ اللّٰهِ حَقٌّ ۚ— فَیَقُوْلُ مَا هٰذَاۤ اِلَّاۤ اَسَاطِیْرُ الْاَوَّلِیْنَ ۟
१७) र त्यो व्यक्ति जसले आफ्नो माता– पितासित भन्योः ‘‘तिमीसित म आजिज (हैरान) भइसकेको छु । तिमीले मलाई यही भनिरहन्छौ कि म मरेपछि फेरि जीवित गरिनेछु, जबकि मभन्दा पहिला पनि धेरै मानिसहरू गुज्रिसकेका छन्’’ र ती दुवैले अल्लाहसित विन्ति गर्दै भन्दछन्ः ‘‘अफशोच छ तिम्रो लागि मानिहाल ! निःसन्देह अल्लाहको वाचा सत्य छ ।’’ किन्तु त्यसले भन्दछ ‘‘यी त मात्र पहिलाका मानिसहरूका कथा हुन्” ।
Arabische Interpretationen von dem heiligen Quran:
اُولٰٓىِٕكَ الَّذِیْنَ حَقَّ عَلَیْهِمُ الْقَوْلُ فِیْۤ اُمَمٍ قَدْ خَلَتْ مِنْ قَبْلِهِمْ مِّنَ الْجِنِّ وَالْاِنْسِ ؕ— اِنَّهُمْ كَانُوْا خٰسِرِیْنَ ۟
१८) तिनीहरू हुन जसको बारेमा (अल्लाहको सजाय) को वचन पूरा हुने भएको छ । यी जिन्न र मानिसको समूहहरूका साथ जो यिनीभन्दा पहिला गुज्रिसकेका छन् । निश्चय नै उनीहरू घाटामा रहे ।
Arabische Interpretationen von dem heiligen Quran:
وَلِكُلٍّ دَرَجٰتٌ مِّمَّا عَمِلُوْا ۚ— وَلِیُوَفِّیَهُمْ اَعْمَالَهُمْ وَهُمْ لَا یُظْلَمُوْنَ ۟
१९) र मानिसहरूले जस्ता कर्म गरेका हुन्छन् सोही अनुरूप प्रत्येकलाई स्थान मिल्नेछ ताकि उनको कार्यको पूरा प्रतिफल मिलोस् र उनीमाथि अत्याचार गरिने छैन ।
Arabische Interpretationen von dem heiligen Quran:
وَیَوْمَ یُعْرَضُ الَّذِیْنَ كَفَرُوْا عَلَی النَّارِ ؕ— اَذْهَبْتُمْ طَیِّبٰتِكُمْ فِیْ حَیَاتِكُمُ الدُّنْیَا وَاسْتَمْتَعْتُمْ بِهَا ۚ— فَالْیَوْمَ تُجْزَوْنَ عَذَابَ الْهُوْنِ بِمَا كُنْتُمْ تَسْتَكْبِرُوْنَ فِی الْاَرْضِ بِغَیْرِ الْحَقِّ وَبِمَا كُنْتُمْ تَفْسُقُوْنَ ۟۠
२०) र जुन दिन काफिरहरू नर्कको सामु प्रस्तुत गरिनेछन् ! (भनिनेछ) तिमीले आफ्नो असल कार्य संसारिक जीवनमा नै बर्बाद गरिसक्यौ, र त्यसबाट फाइदा पनि उठाइसक्यौ, तसर्थ आज तिमीलाई अपमानजनक सजाय दिइनेछ यो यसको दण्ड हो कि तिमी धरतीमा अनाहक घमण्ड गर्ने गर्दथ्यौ र यसकारण कि तिमीले आज्ञाको उल्लंघन गर्दथ्यौ ।
Arabische Interpretationen von dem heiligen Quran:
وَاذْكُرْ اَخَا عَادٍ اِذْ اَنْذَرَ قَوْمَهٗ بِالْاَحْقَافِ وَقَدْ خَلَتِ النُّذُرُ مِنْ بَیْنِ یَدَیْهِ وَمِنْ خَلْفِهٖۤ اَلَّا تَعْبُدُوْۤا اِلَّا اللّٰهَ ؕ— اِنِّیْۤ اَخَافُ عَلَیْكُمْ عَذَابَ یَوْمٍ عَظِیْمٍ ۟
२१) र आदको भाइ (हूद)लाई यादगर, जबकि उनले आफ्नो कौमलाई अहकाफबाट सावधान गरे, उनीभन्दा पहिला र पछि उनीलाई सावधान गर्नेहरू गुज्रिसकेका छन् कि ‘‘तिमी अल्लाह बाहेक अरु कसैको पूजा नगर । मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।’’
Arabische Interpretationen von dem heiligen Quran:
قَالُوْۤا اَجِئْتَنَا لِتَاْفِكَنَا عَنْ اٰلِهَتِنَا ۚ— فَاْتِنَا بِمَا تَعِدُنَاۤ اِنْ كُنْتَ مِنَ الصّٰدِقِیْنَ ۟
२२) (उनको समूहले) भन्न थालेः कि ‘‘के तिमी हाम्रो पासमा यसकारण आएका हौ कि हामीलाई हाम्रा पूज्यहरूबाट विमुख गरिदेऊ ? यदि साँचो हौ भने जुन कुरोबाट हामीलाई तर्साउँछौ त्यो हामीमाथि ल्याइदेऊ ।’’
Arabische Interpretationen von dem heiligen Quran:
قَالَ اِنَّمَا الْعِلْمُ عِنْدَ اللّٰهِ ؗ— وَاُبَلِّغُكُمْ مَّاۤ اُرْسِلْتُ بِهٖ وَلٰكِنِّیْۤ اَرٰىكُمْ قَوْمًا تَجْهَلُوْنَ ۟
२३) उनले भनेः कि ‘‘यसको ज्ञान त मात्र अल्लाहलाई नै छ र म त जुन संदेश दिइएर पठाइएको हूँ त्यो तिमीलाई पुर्याइराखेको छु । तर म देख्छु कि तिमीहरू अज्ञानतामा फसिराखेका छौ ।’’
Arabische Interpretationen von dem heiligen Quran:
فَلَمَّا رَاَوْهُ عَارِضًا مُّسْتَقْبِلَ اَوْدِیَتِهِمْ ۙ— قَالُوْا هٰذَا عَارِضٌ مُّمْطِرُنَا ؕ— بَلْ هُوَ مَا اسْتَعْجَلْتُمْ بِهٖ ؕ— رِیْحٌ فِیْهَا عَذَابٌ اَلِیْمٌ ۟ۙ
२४) अनि जब उनीहरूले सजायलाई बादलको रूपमा उनीहरूका ठाउँतिर आइरहेको देखे, तब भन्नथालेः कि ‘‘यो त बादल हो जसले हामीमाथि वर्षा गर्छ,’’ (होइन) ‘‘बरु यो त्यो (सजाय) अजाब हो जसको निम्ति तिमीले हतार गथ्र्यौ हवा हो जसमा कष्टदायक यातना छ ।
Arabische Interpretationen von dem heiligen Quran:
تُدَمِّرُ كُلَّ شَیْ بِاَمْرِ رَبِّهَا فَاَصْبَحُوْا لَا یُرٰۤی اِلَّا مَسٰكِنُهُمْ ؕ— كَذٰلِكَ نَجْزِی الْقَوْمَ الْمُجْرِمِیْنَ ۟
२५) जसले हरेक वस्तुालाई आफ्नो पालनकर्ताको आदेशले नष्ट गरिदिनेछ ।’’ अतः उनीहरू यस्ता भइहाले कि उनीहरूका घरहरू बाहेक अरु केही देखिन्नथ्यो । पापीहरूलाई हामीले यस्तै प्रकारको प्रतिफल दिन्छौं ।
Arabische Interpretationen von dem heiligen Quran:
وَلَقَدْ مَكَّنّٰهُمْ فِیْمَاۤ اِنْ مَّكَّنّٰكُمْ فِیْهِ وَجَعَلْنَا لَهُمْ سَمْعًا وَّاَبْصَارًا وَّاَفْـِٕدَةً ۖؗ— فَمَاۤ اَغْنٰی عَنْهُمْ سَمْعُهُمْ وَلَاۤ اَبْصَارُهُمْ وَلَاۤ اَفْـِٕدَتُهُمْ مِّنْ شَیْءٍ اِذْ كَانُوْا یَجْحَدُوْنَ بِاٰیٰتِ اللّٰهِ وَحَاقَ بِهِمْ مَّا كَانُوْا بِهٖ یَسْتَهْزِءُوْنَ ۟۠
२६) निःसन्देह हामीले (कौमेआदलाई) त्यो सामथ्र्य प्रदान गरेका थियौं, जुन तिमीहरूलाई प्रदान गरेका छैनौं । र हामीले उनीहरूलाई कान, आँखा र हृदय पनि प्रदान गरेका थियौं । तर उनका कान आँखाहरू र उनका हृदयहरूले उनीहरूको कुनै काम आएनन् । जब उनीहरूले अल्लाहका आयतहरूलाई नकार्न थाले र जुन कुराको उनीहरूले हाँसो उडाउँथे त्यसैले उनीहरूलाई आइघेर्यो ।
Arabische Interpretationen von dem heiligen Quran:
وَلَقَدْ اَهْلَكْنَا مَا حَوْلَكُمْ مِّنَ الْقُرٰی وَصَرَّفْنَا الْاٰیٰتِ لَعَلَّهُمْ یَرْجِعُوْنَ ۟
२७) निःसन्देह हामीले तिम्रो छरछिमेकका बस्तीहरूलाई नष्ट गर्यौं र किसिम–किसिमका निशानीहरू वर्णन गर्यौं, ताकि उनीहरू प्रवृत्त होउन् ।
Arabische Interpretationen von dem heiligen Quran:
فَلَوْلَا نَصَرَهُمُ الَّذِیْنَ اتَّخَذُوْا مِنْ دُوْنِ اللّٰهِ قُرْبَانًا اٰلِهَةً ؕ— بَلْ ضَلُّوْا عَنْهُمْ ۚ— وَذٰلِكَ اِفْكُهُمْ وَمَا كَانُوْا یَفْتَرُوْنَ ۟
२८) अनि अल्लाहको सामीप्य हासिल गर्न जस–जसलाई उनीहरूले अल्लाह बाहेक आफ्ना पूज्य बनाएका थिए । तिनीहरूले उनीहरूको मद्दत किन गरेनन् ? बरु उनीहरू तिनीहरूका अगाडिबाट हराइहाले । र (वास्तवमा) यो उनीहरूको मात्र मिथ्यारोपण थियो र झूठो आरोप थियो ।
Arabische Interpretationen von dem heiligen Quran:
وَاِذْ صَرَفْنَاۤ اِلَیْكَ نَفَرًا مِّنَ الْجِنِّ یَسْتَمِعُوْنَ الْقُرْاٰنَ ۚ— فَلَمَّا حَضَرُوْهُ قَالُوْۤا اَنْصِتُوْا ۚ— فَلَمَّا قُضِیَ وَلَّوْا اِلٰی قَوْمِهِمْ مُّنْذِرِیْنَ ۟
२९) र यादगर जब हामीले जिन्नहरूको एक समूहलाई तिमीतिर प्रवृत्त गर्यौं ताकि उनीहरूले कुरआन सुनुन्, तब जब उनीहरू नबीको पासमा आए त (आपसमा) भन्न थाले कि ‘‘चुप लाग’’, अनि जब त्यो (कुरआनको पाठ) पूरा भयो त उनीहरू आफ्ना जातिबन्धुलाई सावधान गर्न त्यतातिर फर्के ।
Arabische Interpretationen von dem heiligen Quran:
قَالُوْا یٰقَوْمَنَاۤ اِنَّا سَمِعْنَا كِتٰبًا اُنْزِلَ مِنْ بَعْدِ مُوْسٰی مُصَدِّقًا لِّمَا بَیْنَ یَدَیْهِ یَهْدِیْۤ اِلَی الْحَقِّ وَاِلٰی طَرِیْقٍ مُّسْتَقِیْمٍ ۟
३०) भन्न थाले कि ‘‘हे मेरो सम्प्रदाय । हामीले निःसन्देह त्यो पुस्तक सुनेका छौं जुन मूसापछि अवतरित गरिएको छ, जुन आफूभन्दा अघिका पुस्तकहरूको प्रमाणिकरण गर्दछ, (जुन) सत्य धर्मको र सोझो मार्गको निर्देशन दिन्छ ।
Arabische Interpretationen von dem heiligen Quran:
یٰقَوْمَنَاۤ اَجِیْبُوْا دَاعِیَ اللّٰهِ وَاٰمِنُوْا بِهٖ یَغْفِرْ لَكُمْ مِّنْ ذُنُوْبِكُمْ وَیُجِرْكُمْ مِّنْ عَذَابٍ اَلِیْمٍ ۟
३१) हे मेरो कौम ! अल्लाहतिर आह्वान गर्नेवालाको कुरा मान, र उसमाथि ईमान ल्याऊ । अनि अल्लाहले तिमीहरूको त्रुटिहरू क्षमा गरिदिने छ र तिमीलाई कष्टदायक दण्डबाट मुक्ति दिनेछ ।
Arabische Interpretationen von dem heiligen Quran:
وَمَنْ لَّا یُجِبْ دَاعِیَ اللّٰهِ فَلَیْسَ بِمُعْجِزٍ فِی الْاَرْضِ وَلَیْسَ لَهٗ مِنْ دُوْنِهٖۤ اَوْلِیَآءُ ؕ— اُولٰٓىِٕكَ فِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟
३२) र जसले अल्लाहको आमन्त्रणकर्ताको आमन्त्रण स्वीकार गर्नेछैन त उसले धरतीमा (नियन्त्रणबाट) कतै भागेर उम्कन सक्ने छैन र अल्लाह बाहेक उसको कोही संरक्षक हुनेछैन । यस्ता मानिसहरूले खुल्लमखुल्ला मार्गविचलनमा छन् ।’’
Arabische Interpretationen von dem heiligen Quran:
اَوَلَمْ یَرَوْا اَنَّ اللّٰهَ الَّذِیْ خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ وَلَمْ یَعْیَ بِخَلْقِهِنَّ بِقٰدِرٍ عَلٰۤی اَنْ یُّحْیِ الْمَوْتٰی ؕ— بَلٰۤی اِنَّهٗ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟
३३) के उनीहरूले देखेनन् कि जुन अल्लाहले आकाशहरू र धरतीलाई सृष्टि गर्यो र उनीहरूको सृष्टि गर्नबाट थाकेन, त्यो निःसन्देह मृतकहरूलाई पनि जीवित पार्न सामथ्र्यवान छ ? किन नहोस ऊ निःसन्देह हरेक वस्तुमाथि सामथ्र्यवान छ ।
Arabische Interpretationen von dem heiligen Quran:
وَیَوْمَ یُعْرَضُ الَّذِیْنَ كَفَرُوْا عَلَی النَّارِ ؕ— اَلَیْسَ هٰذَا بِالْحَقِّ ؕ— قَالُوْا بَلٰی وَرَبِّنَا ؕ— قَالَ فَذُوْقُوا الْعَذَابَ بِمَا كُنْتُمْ تَكْفُرُوْنَ ۟
३४) र जुनदिन ती मानिसहरू, जसले इन्कार गरे, नर्कको अगाडि प्रस्तुत गरिनेछन्, (भनिनेछ) ‘‘के यो सत्य होइन ?’’ उनीहरूले भन्नेछन्ः कि हाम्रो पालनकर्ताको कसम !’’ (यो सत्य हो) उसले भन्नेछ– ‘‘त अब यातनाको स्वाद चाख, त्यस इन्कारको परिणामस्वरूप जो तिमीहरूले गर्ने गर्दथ्यौ ।’’
Arabische Interpretationen von dem heiligen Quran:
فَاصْبِرْ كَمَا صَبَرَ اُولُوا الْعَزْمِ مِنَ الرُّسُلِ وَلَا تَسْتَعْجِلْ لَّهُمْ ؕ— كَاَنَّهُمْ یَوْمَ یَرَوْنَ مَا یُوْعَدُوْنَ ۙ— لَمْ یَلْبَثُوْۤا اِلَّا سَاعَةً مِّنْ نَّهَارٍ ؕ— بَلٰغٌ ۚ— فَهَلْ یُهْلَكُ اِلَّا الْقَوْمُ الْفٰسِقُوْنَ ۟۠
३५) अतः (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) धैर्यधारण गर, जुन किसिमले संकल्पवान रसूलहरूले धैर्य गरे । र उनीहरूको लागि यातनाको निम्ति हतार नगर । जुनदिन यिनीहरूले त्यस कुरालाई देख्नेछन्, जसको उनीहरूसित वाचा गरिन्छ , (तब महसूस गर्नेछन्) कि मानौं संसारमा दिनको एकछिनको लागि मात्र बसेका थिए । यो कुरआन सन्देश हो, तसर्थ (अब) तिनीहरू नै नष्ट हुनेछन् जो अवज्ञाकारी थिए ।
Arabische Interpretationen von dem heiligen Quran:
 
Übersetzung der Bedeutungen Surah / Kapitel: Al-Ahqâf
Suren/ Kapiteln Liste Nummer der Seite
 
Übersetzung der Bedeutungen von dem heiligen Quran - Nepalische Übersetzung - Übersetzungen

die Nepalische Übersetzung der Quran-Bedeutung von der zentralen Gesellschaft von Ahlul-Hadith in Nepal , veröffentlicht von König Fahd Complex für den Druck des Heiligen Qur'an in Medina

Schließen