Check out the new design

Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul Hadis * - Teburin Bayani kan wasu Fassarori


Fassarar Ma'anoni Sura: Al'taubah   Aya:
كَیْفَ یَكُوْنُ لِلْمُشْرِكِیْنَ عَهْدٌ عِنْدَ اللّٰهِ وَعِنْدَ رَسُوْلِهٖۤ اِلَّا الَّذِیْنَ عٰهَدْتُّمْ عِنْدَ الْمَسْجِدِ الْحَرَامِ ۚ— فَمَا اسْتَقَامُوْا لَكُمْ فَاسْتَقِیْمُوْا لَهُمْ ؕ— اِنَّ اللّٰهَ یُحِبُّ الْمُتَّقِیْنَ ۟
७) मुश्रिकहरूको कुनै सन्धिको जिम्मेवारी अल्लाह र त्यसको रसूलमाथि कसरी बाँकी रहनसक्छ ? तर उनीहरूको कुरा यसबाट अलग्गै छ, जसले तिमीसित मस्जिदे हरामको (कअ्बाको) नजीकमा गरेका थिए, जबसम्म उनीहरू तिमीसित सन्धिको निर्वाह गर्दछन्, तिमी पनि उनीहरूसित निर्वाह गर । निश्चय नै अल्लाह सत्यनिष्ठहरूलाई प्रेम गर्दछ ।
Tafsiran larabci:
كَیْفَ وَاِنْ یَّظْهَرُوْا عَلَیْكُمْ لَا یَرْقُبُوْا فِیْكُمْ اِلًّا وَّلَا ذِمَّةً ؕ— یُرْضُوْنَكُمْ بِاَفْوَاهِهِمْ وَتَاْبٰی قُلُوْبُهُمْ ۚ— وَاَكْثَرُهُمْ فٰسِقُوْنَ ۟ۚ
८) उनीहरूको वाचाको के विश्वास गर्न सकिन्छ ? यदि यिनीहरू तिमीमाथि प्रभावी हुन्छन् भने न त निकटताको मर्यादा गर्दछन् न सम्झौता र वचनको । आफ्नो मुखले त तिमीलाई खुशी पार्दछन् तर उनको हृदयले मान्दैनन्, उनीहरूमध्ये धेरैजसो अवज्ञाकारी (दुराचारी) छन् ।
Tafsiran larabci:
اِشْتَرَوْا بِاٰیٰتِ اللّٰهِ ثَمَنًا قَلِیْلًا فَصَدُّوْا عَنْ سَبِیْلِهٖ ؕ— اِنَّهُمْ سَآءَ مَا كَانُوْا یَعْمَلُوْنَ ۟
९) उनीहरूले अल्लाहका आयतहरूलाई थोरै मूल्यमा बेचिदिएका छन् र उसको मार्गबाट रोकदैछन् । ती साह्रै नराम्रा छन् जसले यो गरिराखेका छन् ।
Tafsiran larabci:
لَا یَرْقُبُوْنَ فِیْ مُؤْمِنٍ اِلًّا وَّلَا ذِمَّةً ؕ— وَاُولٰٓىِٕكَ هُمُ الْمُعْتَدُوْنَ ۟
१०) यिनीहरू त कुनै मोमिनको हकमा न त नाता रिश्तालाई विचार गर्दछन् र न कुनै वचनलाई । र यी सीमा नाघ्नेहरू नै हुन् ।
Tafsiran larabci:
فَاِنْ تَابُوْا وَاَقَامُوا الصَّلٰوةَ وَاٰتَوُا الزَّكٰوةَ فَاِخْوَانُكُمْ فِی الدِّیْنِ ؕ— وَنُفَصِّلُ الْاٰیٰتِ لِقَوْمٍ یَّعْلَمُوْنَ ۟
११) अहिले पनि यिनीहरूले प्रायश्चित गर्छन् र नियमित नमाज कायम गर्दछन् र जकात दिन्छन्, त तिम्रा धार्मिक दाजुभाइ हुन् । र हामी त जान्ने, बुझ्नेहरूको लागि आफ्ना आयत प्रष्टरूपमा बर्णन गरिराखेका छौं ।
Tafsiran larabci:
وَاِنْ نَّكَثُوْۤا اَیْمَانَهُمْ مِّنْ بَعْدِ عَهْدِهِمْ وَطَعَنُوْا فِیْ دِیْنِكُمْ فَقَاتِلُوْۤا اَىِٕمَّةَ الْكُفْرِ ۙ— اِنَّهُمْ لَاۤ اَیْمَانَ لَهُمْ لَعَلَّهُمْ یَنْتَهُوْنَ ۟
१२) र यदि यिनीहरू सन्धि–सम्झौता पश्चात पनि आफ्ना शपथहरू तोड्दछन् र तिम्रो धर्मको खिल्ली उडाउँछन् भने तिमी पनि यी (अधर्मका) नायकहरूसित युद्ध गर । उनीहरूको शपथ केही होइन, सम्भव छ कि यसप्रकार उनीहरूले पनि आफ्नो क्रियाकलापको परित्याग गरुन् ।
Tafsiran larabci:
اَلَا تُقَاتِلُوْنَ قَوْمًا نَّكَثُوْۤا اَیْمَانَهُمْ وَهَمُّوْا بِاِخْرَاجِ الرَّسُوْلِ وَهُمْ بَدَءُوْكُمْ اَوَّلَ مَرَّةٍ ؕ— اَتَخْشَوْنَهُمْ ۚ— فَاللّٰهُ اَحَقُّ اَنْ تَخْشَوْهُ اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۟
१३) तिमीहरू उनीहरूसित युद्ध गर्न किन तयार हुँदैनौ, जसले आफ्ना शपथलाई तोडे र पैगम्बरलाई घरबाट निकाल्ने प्रयासमा छन् । र स्वयं नै पहिलोपटक उनीहरूले तिमीहरू विरुद्ध (युद्धको) पहल गरे । के तिमी उनीसित डर मान्छौ ? यदि तिमी र्इमानवाला हौ भने यसको धेरै हकदार अल्लाह छ कि तिमी ऊसित डराऊ ।
Tafsiran larabci:
 
Fassarar Ma'anoni Sura: Al'taubah
Teburin Jerin Sunayen Surori Lambar shafi
 
Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul Hadis - Teburin Bayani kan wasu Fassarori

Wanda Jam'iyyar Ahlul Hadis al-Markaziyya - Nibal suka fitar.

Rufewa