Check out the new design

ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ * - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ


ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߦߋߟߋ߲   ߟߝߊߙߌ ߘߏ߫:

न्नूर

سُوْرَةٌ اَنْزَلْنٰهَا وَفَرَضْنٰهَا وَاَنْزَلْنَا فِیْهَاۤ اٰیٰتٍۢ بَیِّنٰتٍ لَّعَلَّكُمْ تَذَكَّرُوْنَ ۟
१) यो एउटा सूरः हो जसलाई हामीले अवतरित गरेका छौं र यसलाई हामीले अनिवार्य गरेका छौं, र यसमा हामीले स्पष्ट आयतहरू अवतरित गरेका छौं, ताकि तिमीले शिक्षा ग्रहण गर ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلزَّانِیَةُ وَالزَّانِیْ فَاجْلِدُوْا كُلَّ وَاحِدٍ مِّنْهُمَا مِائَةَ جَلْدَةٍ ۪— وَّلَا تَاْخُذْكُمْ بِهِمَا رَاْفَةٌ فِیْ دِیْنِ اللّٰهِ اِنْ كُنْتُمْ تُؤْمِنُوْنَ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ ۚ— وَلْیَشْهَدْ عَذَابَهُمَا طَآىِٕفَةٌ مِّنَ الْمُؤْمِنِیْنَ ۟
२) व्यभिचारिणी र व्यभिचारी, स्त्री, पुरुष यी दुवैलाई सय–सय कोर्रा हान र अल्लाहको धर्मको विषयमा तिमीलाई दया नआओस्, यदि तिमी अल्लाह र अन्तिम दिनलाई मान्दछौ, र उनीहरूलाई दण्ड दिने बेलामा मुस्लिमहरूको एक समूह त्यहाँ उपस्थित हुनुपर्छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلزَّانِیْ لَا یَنْكِحُ اِلَّا زَانِیَةً اَوْ مُشْرِكَةً ؗ— وَّالزَّانِیَةُ لَا یَنْكِحُهَاۤ اِلَّا زَانٍ اَوْ مُشْرِكٌ ۚ— وَحُرِّمَ ذٰلِكَ عَلَی الْمُؤْمِنِیْنَ ۟
३) व्यभिचारी मानिस कुनै व्यभिचारिणी वा बहुदेववादी (मुश्रिक) स्त्रीसित नै विवाहको सम्बन्ध जोड्दछ, र यसैप्रकार व्यभिचारिणी स्त्री कुनै व्यभिचारी वा बहुदेववादी पुरुषसंग मात्र आफ्नो विवाहको सम्बन्ध जोड्दछे, र मोमिनहरूको लागि यी दुबै हराम गरिदिइएका छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَالَّذِیْنَ یَرْمُوْنَ الْمُحْصَنٰتِ ثُمَّ لَمْ یَاْتُوْا بِاَرْبَعَةِ شُهَدَآءَ فَاجْلِدُوْهُمْ ثَمٰنِیْنَ جَلْدَةً وَّلَا تَقْبَلُوْا لَهُمْ شَهَادَةً اَبَدًا ۚ— وَاُولٰٓىِٕكَ هُمُ الْفٰسِقُوْنَ ۟ۙ
४) र जुन मानिसहरूले सच्चरित्र र पवित्र स्त्रीहरूमाथि व्यभिचारको दोषारोपण गर्दछन् अनि चारजना साक्षीहरू जुटाउन सक्दैनन् भने उनीहरूलाई अस्सी कोर्रा हान, र उनीहरूलाई साक्षीको रूपमा कहिल्यै स्वीकार नगर, तिनै हुन् जो अवज्ञाकारी छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِلَّا الَّذِیْنَ تَابُوْا مِنْ بَعْدِ ذٰلِكَ وَاَصْلَحُوْا ۚ— فَاِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟
५) तर ती मानिसहरू जसले यस पश्चात तौबा (प्रायश्चित) गर्दछन् र सुधार गर्छन । त अल्लाह धेरै क्षमाशील अत्यन्त दयावान छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَالَّذِیْنَ یَرْمُوْنَ اَزْوَاجَهُمْ وَلَمْ یَكُنْ لَّهُمْ شُهَدَآءُ اِلَّاۤ اَنْفُسُهُمْ فَشَهَادَةُ اَحَدِهِمْ اَرْبَعُ شَهٰدٰتٍۢ بِاللّٰهِ ۙ— اِنَّهٗ لَمِنَ الصّٰدِقِیْنَ ۟
६) र जुन मानिसहरू आफ्नो श्रीमतीमाथि व्यभिचारको दोषारोपण गर्दछन् र उनीहरूको सामु स्वयम् उनीहरू बाहेक साक्षीहरू छैनन् भने, उनीहरूमध्येबाट एउटाले (पति) चार पटक अल्लाहको शपथ खाएर यो गवाही देओस् कि त्यो बिल्कुलै सत्य छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَالْخَامِسَةُ اَنَّ لَعْنَتَ اللّٰهِ عَلَیْهِ اِنْ كَانَ مِنَ الْكٰذِبِیْنَ ۟
७) र पाँचौं पटक गवाही देओस् कि यदि त्यो असत्य भए त्यसमाथि अल्लाहको तिरस्कार होस् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَیَدْرَؤُا عَنْهَا الْعَذَابَ اَنْ تَشْهَدَ اَرْبَعَ شَهٰدٰتٍۢ بِاللّٰهِ ۙ— اِنَّهٗ لَمِنَ الْكٰذِبِیْنَ ۟ۙ
८) र पत्नीबाट पनि यो कुराले सजाय हटाउन सकिन्छ, कि त्यसले चार पटक अल्लाहको शपथ खाएर गवाही देओस् कि उसको पति झूठ बोल्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَالْخَامِسَةَ اَنَّ غَضَبَ اللّٰهِ عَلَیْهَاۤ اِنْ كَانَ مِنَ الصّٰدِقِیْنَ ۟
९) र पाँचौं पटक यो भनोस्ः कि उसमाथि (स्त्रीमाथि) अल्लाहको प्रकोप होस् यदि उसको (पति) सत्य छ भने ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَوْلَا فَضْلُ اللّٰهِ عَلَیْكُمْ وَرَحْمَتُهٗ وَاَنَّ اللّٰهَ تَوَّابٌ حَكِیْمٌ ۟۠
१०) यदि तिमीमाथि अल्लाहको कृपा र दया नभएको भए (तिमी संकटमा परिहाल्थ्यौ) र अल्लाह तौबा (प्रयश्चित) स्वीकार गर्नेवाला अत्यन्त सूक्ष्मदर्शी छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
 
ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߦߋߟߋ߲
ߝߐߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ ߞߐߜߍ ߝߙߍߕߍ
 
ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ

ߡߍ߲ ߝߘߊߣߍ߲߫ ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ ߟߋ߬ - ߣߌߔߊ߯ߟߌ߬.

ߘߊߕߎ߲߯ߠߌ߲