Check out the new design

ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ * - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ


ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߡߣߍߡߣߍ   ߟߝߊߙߌ ߘߏ߫:
وَلَقَدْ اَرْسَلْنَاۤ اِلٰی ثَمُوْدَ اَخَاهُمْ صٰلِحًا اَنِ اعْبُدُوا اللّٰهَ فَاِذَا هُمْ فَرِیْقٰنِ یَخْتَصِمُوْنَ ۟
४५) र हामीले ‘‘समूदतिर’’ उसको भाइ ‘‘सालेहलाई’’ पठायौं, कि तिमी सबै अल्लाहको पूजा गर तर तिनीहरू दुई समूहमा विभाजित भई आपसमा झगडा गर्नथाले ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قَالَ یٰقَوْمِ لِمَ تَسْتَعْجِلُوْنَ بِالسَّیِّئَةِ قَبْلَ الْحَسَنَةِ ۚ— لَوْلَا تَسْتَغْفِرُوْنَ اللّٰهَ لَعَلَّكُمْ تُرْحَمُوْنَ ۟
४६) (सालेहले) भनेः कि हे मेरो जातिबन्धुका मानिसहरू ! तिमी भलाईभन्दा अगाडि नराम्रोतिर किन शीघ्रता देखाइराखेका छौ ? र तिमी अल्लाहसित क्षमा किन माँग्दैनौं, ताकि तिमीमाथि दया गरियोस् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قَالُوا اطَّیَّرْنَا بِكَ وَبِمَنْ مَّعَكَ ؕ— قَالَ طٰٓىِٕرُكُمْ عِنْدَ اللّٰهِ بَلْ اَنْتُمْ قَوْمٌ تُفْتَنُوْنَ ۟
४७) उनीहरूले भन्नथालेः कि हामी त तिमी र तिम्रा साथीहरूलाई हाम्रो लागि अपशगुन देखिराखेका छौं । (सालेहले) भनेः कि तिम्रो अपशगुन अल्लाहको नजिक छ, बरु तिमीहरू त सजायमा परिसकेका मानिसहरू हौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَكَانَ فِی الْمَدِیْنَةِ تِسْعَةُ رَهْطٍ یُّفْسِدُوْنَ فِی الْاَرْضِ وَلَا یُصْلِحُوْنَ ۟
४८) र यस शहरमा नौं जना जथ्थेदार मानिस थिए, जसले देशमा उपद्रव गर्नेगर्दथे र सुधार गर्दैनथे ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قَالُوْا تَقَاسَمُوْا بِاللّٰهِ لَنُبَیِّتَنَّهٗ وَاَهْلَهٗ ثُمَّ لَنَقُوْلَنَّ لِوَلِیِّهٖ مَا شَهِدْنَا مَهْلِكَ اَهْلِهٖ وَاِنَّا لَصٰدِقُوْنَ ۟
४९) उनीहरूले आपसमा शपथ खाइखाइकन् प्रतीज्ञा गरे, कि रातीमा नै हामी सालेह र उसको घरवालाहरूमाथि छापा मार्नेछौं, अनि उसको उत्तराधिकारीहरूसित भन्नेछौं कि हामी त उसको घरवालाहरूको विनाश हुने ठाउँमा जाँदैगएनौ, र हामी सत्य कुरा भन्दछौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَكَرُوْا مَكْرًا وَّمَكَرْنَا مَكْرًا وَّهُمْ لَا یَشْعُرُوْنَ ۟
५०) र उनीहरूले एउटा गुप्त चाल चले र हामीले पनि एउटा चाल चल्यौं तर उनीहरूलाई थाहै भएन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَانْظُرْ كَیْفَ كَانَ عَاقِبَةُ مَكْرِهِمْ ۙ— اَنَّا دَمَّرْنٰهُمْ وَقَوْمَهُمْ اَجْمَعِیْنَ ۟
५१) तसर्थ अब हेरिहालः उनीहरूको धोकाको परिणाम कस्तो भयो । हामीले उनीहरूलाई र उनको जातिसमुदाय सबैलाई नष्ट पारिहाल्यौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَتِلْكَ بُیُوْتُهُمْ خَاوِیَةً بِمَا ظَلَمُوْا ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیَةً لِّقَوْمٍ یَّعْلَمُوْنَ ۟
५२) यी उनका घरहरू हुन् जो उनीहरूको अत्याचारको कारणले रिक्त भएका छन् । जुन मानिसहरू ज्ञानी छन्, उनीहरूको निम्ति यसमा ठूलो निशानी छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاَنْجَیْنَا الَّذِیْنَ اٰمَنُوْا وَكَانُوْا یَتَّقُوْنَ ۟
५३) र हामीले उनीहरूलाई जसले ईमान ल्याएका थिए र संयमी थिए बचाइहाल्यौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلُوْطًا اِذْ قَالَ لِقَوْمِهٖۤ اَتَاْتُوْنَ الْفَاحِشَةَ وَاَنْتُمْ تُبْصِرُوْنَ ۟
५४) र ‘‘लूतलाई’’ पनि पठायौं, जब उनले आफ्नो समुदायसित भनेः कि तिमीहरू जानिबुझी किन व्यभिचार गर्दछौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَىِٕنَّكُمْ لَتَاْتُوْنَ الرِّجَالَ شَهْوَةً مِّنْ دُوْنِ النِّسَآءِ ؕ— بَلْ اَنْتُمْ قَوْمٌ تَجْهَلُوْنَ ۟
५५) यो के कुरा छ के तिमी स्त्रीहरूलाई छाडी आफ्नो वासना प्राप्तिको निम्ति पुरुषहरूको पासमा जान्छौ ? बरु साँचो यो छ कि तिमीहरू साह्रै अज्ञानी काम गर्दैछौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
 
ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߡߣߍߡߣߍ
ߝߐߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ ߞߐߜߍ ߝߙߍߕߍ
 
ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ

ߡߍ߲ ߝߘߊߣߍ߲߫ ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ ߟߋ߬ - ߣߌߔߊ߯ߟߌ߬.

ߘߊߕߎ߲߯ߠߌ߲