Check out the new design

ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ * - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ


ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߕߊߟߏ߲ߕߊߟߏ߲ߓߊ   ߟߝߊߙߌ ߘߏ߫:
وَلَا تُجَادِلُوْۤا اَهْلَ الْكِتٰبِ اِلَّا بِالَّتِیْ هِیَ اَحْسَنُ ؗ— اِلَّا الَّذِیْنَ ظَلَمُوْا مِنْهُمْ وَقُوْلُوْۤا اٰمَنَّا بِالَّذِیْۤ اُنْزِلَ اِلَیْنَا وَاُنْزِلَ اِلَیْكُمْ وَاِلٰهُنَا وَاِلٰهُكُمْ وَاحِدٌ وَّنَحْنُ لَهٗ مُسْلِمُوْنَ ۟
४६) र किताबवालाहरूसित उत्तम तरिका बाहेकले शास्त्रार्थ नगर, तर उनीहरूमध्ये जो अत्याचारी छन्, उनको कुरा अर्कै छ र स्पष्ट भनः ‘‘कि हामीले यस किताबमाथि ईमान ल्यायौं जुन हामीतिर अवतरित भयो र त्यसमाथि पनि जुन तिमीतिर अवतरित भयो । र हाम्रो तिम्रो पूज्य एउटै हो, र हामी सबै उसैको आज्ञाकारी हौं ।’’
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَكَذٰلِكَ اَنْزَلْنَاۤ اِلَیْكَ الْكِتٰبَ ؕ— فَالَّذِیْنَ اٰتَیْنٰهُمُ الْكِتٰبَ یُؤْمِنُوْنَ بِهٖ ۚ— وَمِنْ هٰۤؤُلَآءِ مَنْ یُّؤْمِنُ بِهٖ ؕ— وَمَا یَجْحَدُ بِاٰیٰتِنَاۤ اِلَّا الْكٰفِرُوْنَ ۟
४७) र यसै प्रकार हामीले तपाईंतिर किताब अवतरित गरेका छौं, त जसलाई हामीले किताब प्रदान गरेका छौं, उनीहरूले त्यसमाथि ईमान ल्याउँछन् र यिनीहरू (मुश्रिकहरू) मध्ये केहीले त्यसमाथि ईमान ल्याउँछन् र हाम्रा आयतहरूको इन्कार त काफिरहरूले मात्र गर्दछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَا كُنْتَ تَتْلُوْا مِنْ قَبْلِهٖ مِنْ كِتٰبٍ وَّلَا تَخُطُّهٗ بِیَمِیْنِكَ اِذًا لَّارْتَابَ الْمُبْطِلُوْنَ ۟
४८) यसभन्दा पहिला तपाईंले कुनै किताब पढ्नु भएको थिएन र नकुनै किताबलाई आफ्नो हातले लेख्नुहुन्थ्यो, जसबाट यी मिथ्यावादीहरू सन्देहमा पर्न सक्दथे ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
بَلْ هُوَ اٰیٰتٌۢ بَیِّنٰتٌ فِیْ صُدُوْرِ الَّذِیْنَ اُوْتُوا الْعِلْمَ ؕ— وَمَا یَجْحَدُ بِاٰیٰتِنَاۤ اِلَّا الظّٰلِمُوْنَ ۟
४९) बरु यो कुरआन त ती मानिसहरूको छातीमा विद्यमान स्पष्ट आयतहरू हुन् जसलाई ज्ञान प्रदान भएको छ । र हाम्रा आयतहरूको इन्कार त अत्याचारीहरूले मात्र गर्दछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَقَالُوْا لَوْلَاۤ اُنْزِلَ عَلَیْهِ اٰیٰتٌ مِّنْ رَّبِّهٖ ؕ— قُلْ اِنَّمَا الْاٰیٰتُ عِنْدَ اللّٰهِ ؕ— وَاِنَّمَاۤ اَنَا نَذِیْرٌ مُّبِیْنٌ ۟
५०) उनीहरूको भनाई छः कि उसमाथि उसको पालनकर्ताको तर्फबाट निशानीहरू किन अवतरित भएनन् ?’’ तपाईं भनिदिनुस् कि ‘‘निशानीहरू त सबै अल्लाहकै पासमा छन् । र म त केवल स्पष्टरूपले सचेत गर्नेवाला हूँ ।’’
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَوَلَمْ یَكْفِهِمْ اَنَّاۤ اَنْزَلْنَا عَلَیْكَ الْكِتٰبَ یُتْلٰی عَلَیْهِمْ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَرَحْمَةً وَّذِكْرٰی لِقَوْمٍ یُّؤْمِنُوْنَ ۟۠
५१) के उनीहरूको निम्ति यो पर्याप्त छैन ? कि हामीले तपाईंमाथि किताब अवतरित गर्यौं, जुन कि उनीहरूलाई पढेर सुनाइन्छ । यसमा ईमान ल्याएकाहरूको निम्ति दयालुता (पनि) छ र उपदेश (पनि) ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ كَفٰی بِاللّٰهِ بَیْنِیْ وَبَیْنَكُمْ شَهِیْدًا ۚ— یَعْلَمُ مَا فِی السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— وَالَّذِیْنَ اٰمَنُوْا بِالْبَاطِلِ وَكَفَرُوْا بِاللّٰهِ ۙ— اُولٰٓىِٕكَ هُمُ الْخٰسِرُوْنَ ۟
५२) भनिदिनुस् ! कि मेरो र तिम्रो बीचमा अल्लाह साक्षी हुनु पर्याप्त छ । जे जति आकाश र धरतीमा छ उसले सबै जान्दछ । जसले असत्यमा विश्वास गरे र अल्लाहलाई इन्कार गरे, तिनीहरूले ठूलो नोक्सानी भोग्नेछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
 
ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߕߊߟߏ߲ߕߊߟߏ߲ߓߊ
ߝߐߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ ߞߐߜߍ ߝߙߍߕߍ
 
ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ

ߡߍ߲ ߝߘߊߣߍ߲߫ ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ ߟߋ߬ - ߣߌߔߊ߯ߟߌ߬.

ߘߊߕߎ߲߯ߠߌ߲