Check out the new design

ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ * - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ


ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߌߡߎ߬ߙߊ߲߬ ߞߐߙߍ   ߟߝߊߙߌ ߘߏ߫:

अाले इम्रान

الٓمَّٓ ۟ۙۚ
१) अलिफ्–लाम–मीम
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اللّٰهُ لَاۤ اِلٰهَ اِلَّا هُوَ الْحَیُّ الْقَیُّوْمُ ۟ؕ
२) अल्लाह, नै वास्तविक सत्य पूजनीय हो, उस बाहेक अरु कोही पूज्य छैन, जो सधैं रहिरहने र सबैको रक्षक हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
نَزَّلَ عَلَیْكَ الْكِتٰبَ بِالْحَقِّ مُصَدِّقًا لِّمَا بَیْنَ یَدَیْهِ وَاَنْزَلَ التَّوْرٰىةَ وَالْاِنْجِیْلَ ۟ۙ
३) उसले (हे मुहम्मद) तपाईमाथि सत्यताको साथ ग्रन्थ (कुरआन) उतार्यो, जसले कि आफूभन्दा पहिलाका (किताबहरूको) पुष्टि गर्दछ र उसैले तौरात र इञ्जील उतार्यो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
مِنْ قَبْلُ هُدًی لِّلنَّاسِ وَاَنْزَلَ الْفُرْقَانَ ؕ۬— اِنَّ الَّذِیْنَ كَفَرُوْا بِاٰیٰتِ اللّٰهِ لَهُمْ عَذَابٌ شَدِیْدٌ ؕ— وَاللّٰهُ عَزِیْزٌ ذُو انْتِقَامٍ ۟ؕ
४) यसभन्दा पहिला मानिसहरूको मार्गदर्शनको निम्ति पहिला (तौरात र इञ्जील) र पछि कुरआन पनि उसैले उतार्यो । जुन मानिसहरू अल्लाहका आयतहरूको इन्कार गर्दछन्, तिनको लागि कठोर सजाय छ । र अल्लाह सर्वशक्तिमान र बदला लिनेवाला छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ اللّٰهَ لَا یَخْفٰی عَلَیْهِ شَیْءٌ فِی الْاَرْضِ وَلَا فِی السَّمَآءِ ۟ؕ
५) निःसन्देह अल्लाहबाट पृथ्वी र आकाशको कुनै वस्तु लुकेको छैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
هُوَ الَّذِیْ یُصَوِّرُكُمْ فِی الْاَرْحَامِ كَیْفَ یَشَآءُ ؕ— لَاۤ اِلٰهَ اِلَّا هُوَ الْعَزِیْزُ الْحَكِیْمُ ۟
६) ऊ आमाको गर्भमा जस्तो चाहन्छ तिम्रा रूपहरू बनाउँछ । उस सर्वशक्तिमान र बुद्धिमता सम्पन्न बाहेक अरु कोहि वास्तविक पूज्य छैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
هُوَ الَّذِیْۤ اَنْزَلَ عَلَیْكَ الْكِتٰبَ مِنْهُ اٰیٰتٌ مُّحْكَمٰتٌ هُنَّ اُمُّ الْكِتٰبِ وَاُخَرُ مُتَشٰبِهٰتٌ ؕ— فَاَمَّا الَّذِیْنَ فِیْ قُلُوْبِهِمْ زَیْغٌ فَیَتَّبِعُوْنَ مَا تَشَابَهَ مِنْهُ ابْتِغَآءَ الْفِتْنَةِ وَابْتِغَآءَ تَاْوِیْلِهٖ ؔۚ— وَمَا یَعْلَمُ تَاْوِیْلَهٗۤ اِلَّا اللّٰهُ ۘؐ— وَالرّٰسِخُوْنَ فِی الْعِلْمِ یَقُوْلُوْنَ اٰمَنَّا بِهٖ ۙ— كُلٌّ مِّنْ عِنْدِ رَبِّنَا ۚ— وَمَا یَذَّكَّرُ اِلَّاۤ اُولُوا الْاَلْبَابِ ۟
७) उही अल्लाहले नै हो जसले तिमीलाई किताब प्रदान गर्यो, जसमा केही आधारभूत आयतहरू छन्, त्यही वास्तविक किताब हो र केही सामान्य प्रकृतिका छन् । अनि जसको हृदयमा कुटिलता हुन्छ तिनले फसाद गर्ने मनसाय र गलत व्याख्याको नीयतले यिनै सामान्य आयातको पछाडि लागिपर्दछन् । तर यसको वास्तविक अर्थ अल्लाह बाहेक अरु कसैलाई थाहा छैन । जुन मानिसहरू ठोस र गहिरो ज्ञान राख्दछन्, तिनीहरू भन्दछन् कि हामीले उनीमाथि आस्था राखीसकेका छौं । यी सबै हाम्रो पालनकर्ताको तर्फबाट हुन्, नसीहत (उपदेश) त बुझ्नेले मात्र ग्रहण गर्दछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
رَبَّنَا لَا تُزِغْ قُلُوْبَنَا بَعْدَ اِذْ هَدَیْتَنَا وَهَبْ لَنَا مِنْ لَّدُنْكَ رَحْمَةً ۚ— اِنَّكَ اَنْتَ الْوَهَّابُ ۟
८) हे हाम्रा रब (प्रतिपालक) ! तिमीले हामीलाई सही मार्ग निर्देशन प्रदान गरिसके पछि त्यस उपरान्त हाम्रो हृदयमा विकृति उत्पन्न नगर । र हामीलाई आफूकहाँबाट कृपा प्रदान गर, निःसन्देह तिमी नै परम् दानी (दाता) हौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
رَبَّنَاۤ اِنَّكَ جَامِعُ النَّاسِ لِیَوْمٍ لَّا رَیْبَ فِیْهِ ؕ— اِنَّ اللّٰهَ لَا یُخْلِفُ الْمِیْعَادَ ۟۠
९) हे हाम्रो पालनकर्ता ! तिमीले निःसन्देह त्यसदिन जसको आगमनमा कुनै शंका छैन, सबै मानिसहरूलाई भेला गराउने छौ । निःसन्देह अल्लाह आफ्नो वाचा विपरीत गर्दैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ الَّذِیْنَ كَفَرُوْا لَنْ تُغْنِیَ عَنْهُمْ اَمْوَالُهُمْ وَلَاۤ اَوْلَادُهُمْ مِّنَ اللّٰهِ شَیْـًٔا ؕ— وَاُولٰٓىِٕكَ هُمْ وَقُوْدُ النَّارِ ۟ۙ
१०) काफिरहरूलाई तिनको धन सम्पत्ति र तिनका सन्तानले अल्लाहको (सजायबाट) तिनलाई बचाउन सक्दैनन् । र यी मानिसहरू नै नर्कको आगोका इन्धन हुनेछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
كَدَاْبِ اٰلِ فِرْعَوْنَ ۙ— وَالَّذِیْنَ مِنْ قَبْلِهِمْ ؕ— كَذَّبُوْا بِاٰیٰتِنَا ۚ— فَاَخَذَهُمُ اللّٰهُ بِذُنُوْبِهِمْ ؕ— وَاللّٰهُ شَدِیْدُ الْعِقَابِ ۟
११) यिनको अवस्था पनि आले फिरऔन र तिनीभन्दा अगाडिका मानिसहरू जस्तो हुनेछ, जसले हाम्रा आयातहरूलाई झूठ ठाने, अनि अल्लाहले पनि तिनलाई तिनका गुनाहलेगर्दा समातिहाल्यो र अल्लाह कठोर सजाय दिनेवाला छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ لِّلَّذِیْنَ كَفَرُوْا سَتُغْلَبُوْنَ وَتُحْشَرُوْنَ اِلٰی جَهَنَّمَ ؕ— وَبِئْسَ الْمِهَادُ ۟
१२) (हे पैगम्बर !) काफिरहरूलाई भनिदिनुस् कि तिमीहरू छिटै पराजित हुनेछौ र अन्तिम दिन नर्कको बाटोमा जम्मा गरिने छौ, (जुन कि) साह्रै नराम्रो ठाउँ हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قَدْ كَانَ لَكُمْ اٰیَةٌ فِیْ فِئَتَیْنِ الْتَقَتَا ؕ— فِئَةٌ تُقَاتِلُ فِیْ سَبِیْلِ اللّٰهِ وَاُخْرٰی كَافِرَةٌ یَّرَوْنَهُمْ مِّثْلَیْهِمْ رَاْیَ الْعَیْنِ ؕ— وَاللّٰهُ یُؤَیِّدُ بِنَصْرِهٖ مَنْ یَّشَآءُ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَعِبْرَةً لِّاُولِی الْاَبْصَارِ ۟
१३) तिम्रा निम्ति दुई समूह, जो कि (बद्रको युद्धको दिन) आपसमा संघर्षरत भए (अल्लाहको शक्तिको) प्रतीक थियो । एक समूह थियो, त्यो अल्लाहको मार्गमा युद्धरत थियो, र दोस्रो समूह काफिरहरूको थियो जसले तिनलाई आफ्नो आँखाले आफूभन्दा दोब्बर देखिराखेका थिए । र अल्लाह आफ्नो तर्फबाट जसलाई चाहन्छ सहयोगबाट शक्ति पुर्याउँछ । निःसन्देह यसमा आँखा भएकाहरूका लागि ठूलो पाठ छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
زُیِّنَ لِلنَّاسِ حُبُّ الشَّهَوٰتِ مِنَ النِّسَآءِ وَالْبَنِیْنَ وَالْقَنَاطِیْرِ الْمُقَنْطَرَةِ مِنَ الذَّهَبِ وَالْفِضَّةِ وَالْخَیْلِ الْمُسَوَّمَةِ وَالْاَنْعَامِ وَالْحَرْثِ ؕ— ذٰلِكَ مَتَاعُ الْحَیٰوةِ الدُّنْیَا ۚ— وَاللّٰهُ عِنْدَهٗ حُسْنُ الْمَاٰبِ ۟
१४) मानिसहरूमा तिनलाई मनपर्ने चीजहरूको माया समाविष्ट गराइयो अर्थात् स्वास्नीहरू, छोराहरू र सुनचाँदीको खर खजाना र शान्दार घोडाहरू, र पशुहरू र खेतीपाती यी संसारिक जिन्दगीका सरसामान हुन, र फर्कने राम्रो ठाउँ त अल्लाहकहाँ नै छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ اَؤُنَبِّئُكُمْ بِخَیْرٍ مِّنْ ذٰلِكُمْ ؕ— لِلَّذِیْنَ اتَّقَوْا عِنْدَ رَبِّهِمْ جَنّٰتٌ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَا وَاَزْوَاجٌ مُّطَهَّرَةٌ وَّرِضْوَانٌ مِّنَ اللّٰهِ ؕ— وَاللّٰهُ بَصِیْرٌ بِالْعِبَادِ ۟ۚ
१५) (हे पैगम्बर ! तिनीहरूसित) भनिदिनुस् कि के म तिमीलाई यस्तो कुरा बताउँ जुन यी कुराहरूभन्दा धेरै राम्रो छ ? धर्मपरायण (संयमी) मानिसहरूका निम्ति अल्लाहकहाँ स्वर्ग छ जहाँ बगैंचाहरू छन् जसमुनि नहरहरू बगिराखेका छन् जहाँ तिनीहरू सँधै बस्ने छन्, र पवित्र स्वास्नीहरू छिन् र अल्लाहको प्रसन्नता छ । अल्लाह आफ्नो असल भक्तहरूलाई देखिरहेको छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلَّذِیْنَ یَقُوْلُوْنَ رَبَّنَاۤ اِنَّنَاۤ اٰمَنَّا فَاغْفِرْ لَنَا ذُنُوْبَنَا وَقِنَا عَذَابَ النَّارِ ۟ۚ
१६) जो अल्लाहसित विन्ति गर्दछन् कि हे हाम्रो पालनकर्ता ! हामीले ईमान ल्यायौं, तसर्थ हाम्रा त्रुटिहरू क्षमा गर, र नर्कको यातनाबाट बचाऊ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلصّٰبِرِیْنَ وَالصّٰدِقِیْنَ وَالْقٰنِتِیْنَ وَالْمُنْفِقِیْنَ وَالْمُسْتَغْفِرِیْنَ بِالْاَسْحَارِ ۟
१७) यी धैर्य राख्नेवाला र सत्य बोल्नेवाला र आज्ञा पालन गर्नेवाला र अल्लाहको मार्गमा सम्पत्ति दान गर्नेवाला र प्रातःकालमा आफ्ना भूल त्रुटिका लागि क्षमायाचना गर्नेवाला हुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
شَهِدَ اللّٰهُ اَنَّهٗ لَاۤ اِلٰهَ اِلَّا هُوَ ۙ— وَالْمَلٰٓىِٕكَةُ وَاُولُوا الْعِلْمِ قَآىِٕمًا بِالْقِسْطِ ؕ— لَاۤ اِلٰهَ اِلَّا هُوَ الْعَزِیْزُ الْحَكِیْمُ ۟ؕ
१८) अल्लाह, फरिश्ताहरू र ज्ञानीहरूले यस कुराको गवाही दिन्छन् कि अल्लाह बाहेक अरु कोही सत्य पूज्य छैन । उही न्याय कायम राख्नेवाला हो । यस्तो सर्वशक्तिमान र सर्वबुद्धि सम्पन्न बाहेक अरु कोही आराध्य छैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ الدِّیْنَ عِنْدَ اللّٰهِ الْاِسْلَامُ ۫— وَمَا اخْتَلَفَ الَّذِیْنَ اُوْتُوا الْكِتٰبَ اِلَّا مِنْ بَعْدِ مَا جَآءَهُمُ الْعِلْمُ بَغْیًا بَیْنَهُمْ ؕ— وَمَنْ یَّكْفُرْ بِاٰیٰتِ اللّٰهِ فَاِنَّ اللّٰهَ سَرِیْعُ الْحِسَابِ ۟
१९) निःसन्देह अल्लाहको नजिक इस्लाम नै (साँचो) धर्म हो र अह्ले किताबले (किताबवालाहरूले) ज्ञान प्राप्त गरिसकेपछि आपसी रिस–रागको कारण विरोध गरेका हुन् र जुन मानिसले अल्लाहका आयातहरूलाई मानेनन् (इन्कार गरे), अल्लाहले उसको शीघ्र हिसाब लिनेछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَاِنْ حَآجُّوْكَ فَقُلْ اَسْلَمْتُ وَجْهِیَ لِلّٰهِ وَمَنِ اتَّبَعَنِ ؕ— وَقُلْ لِّلَّذِیْنَ اُوْتُوا الْكِتٰبَ وَالْاُمِّیّٖنَ ءَاَسْلَمْتُمْ ؕ— فَاِنْ اَسْلَمُوْا فَقَدِ اهْتَدَوْا ۚ— وَاِنْ تَوَلَّوْا فَاِنَّمَا عَلَیْكَ الْبَلٰغُ ؕ— وَاللّٰهُ بَصِیْرٌ بِالْعِبَادِ ۟۠
२०) (हे पैगम्बर !) यदि यी मानिसहरू तपाईसँग वादविवाद गर्दछन् भने भनिदिनुस् म र मेरा अनुयायीहरूले सम्पूर्ण रूपमा अल्लाहमा समर्पित भइसकेका छौं र किताबवाला र अनपढहरूसित भनिदिनुस् कि के तिमीहरूले पनि अनुशरण गर्दछौ ? यदि यिनीहरू पनि अनुयायी बन्दछन् भने निःसन्देह मार्गदर्शन प्राप्त गर्नेछन्, र यदि मान्दैनन् (विमुख हुन्छन्) भने तपाईको काम मात्र अल्लाहको सन्देश पुर्याइदिने हो । र अल्लाह (आफ्नो) भक्तहरूलाई राम्ररी देखिराखेको छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ الَّذِیْنَ یَكْفُرُوْنَ بِاٰیٰتِ اللّٰهِ وَیَقْتُلُوْنَ النَّبِیّٖنَ بِغَیْرِ حَقٍّ ۙ— وَّیَقْتُلُوْنَ الَّذِیْنَ یَاْمُرُوْنَ بِالْقِسْطِ مِنَ النَّاسِ ۙ— فَبَشِّرْهُمْ بِعَذَابٍ اَلِیْمٍ ۟
२१) जुन मानिसहहरू अल्लाहका आयतहरूलाई मान्दैनन् (इन्कार गर्दछन्) र अल्लाहका संदेशबाहकहरूलाई अनाहक मारिदिन्छन् र जसले न्यायका कुरा गर्नेहरूलाई पनि मारिदिन्छन् त हे नबी तिनलाई कष्टपूर्ण सजायको सन्देश सुनाइदिनु ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اُولٰٓىِٕكَ الَّذِیْنَ حَبِطَتْ اَعْمَالُهُمْ فِی الدُّنْیَا وَالْاٰخِرَةِ ؗ— وَمَا لَهُمْ مِّنْ نّٰصِرِیْنَ ۟
२२) यिनी यस्ता मानिसहरू हुन् जसका कर्महरू यस लोक र परलोक दुवैका लागि निरर्थक छन्, र तिनीहरूलाई सहायता गर्ने कोही हुने छैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلَمْ تَرَ اِلَی الَّذِیْنَ اُوْتُوْا نَصِیْبًا مِّنَ الْكِتٰبِ یُدْعَوْنَ اِلٰی كِتٰبِ اللّٰهِ لِیَحْكُمَ بَیْنَهُمْ ثُمَّ یَتَوَلّٰی فَرِیْقٌ مِّنْهُمْ وَهُمْ مُّعْرِضُوْنَ ۟
२३) के तपार्इले तिनलाई देखेनौं जसलाई किताब (तौरात) को केही भाग दिइएको छ, र तिनीहरूको आपसी फैसलाको लागि अल्लाहको किताबतिर बोलाइन्छ, तैपनि तिनीहरूमध्ये एउटा समूहले अस्वीकार गरी अर्कैतिर मुख फर्काएर पल्टिहाल्छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
ذٰلِكَ بِاَنَّهُمْ قَالُوْا لَنْ تَمَسَّنَا النَّارُ اِلَّاۤ اَیَّامًا مَّعْدُوْدٰتٍ ۪— وَّغَرَّهُمْ فِیْ دِیْنِهِمْ مَّا كَانُوْا یَفْتَرُوْنَ ۟
२४) यसको कारण तिनीहरूको यो भनाई हो कि (नर्कको) आगोले हामीलाई केही दिन मात्र पोल्न छ, र यिनको यसै मिथ्या कुराले यिनीहरूलाई धर्मको बारेमा भ्रममा राखेको छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَكَیْفَ اِذَا جَمَعْنٰهُمْ لِیَوْمٍ لَّا رَیْبَ فِیْهِ ۫— وَوُفِّیَتْ كُلُّ نَفْسٍ مَّا كَسَبَتْ وَهُمْ لَا یُظْلَمُوْنَ ۟
२५) अनि, त्यस बेला के अवस्था हुनेछ जब हामीले तिनलाई एकत्रित गर्ने छौं ?। जसको आगमनमा कुनै शंका छैन । र प्रत्येक व्यक्तिले गरेको आ–आफ्ना कर्महरूको पूर्ण प्रतिफल पाउने छ र तिनीहरूप्रति केही पनि अत्याचार गरिने छैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلِ اللّٰهُمَّ مٰلِكَ الْمُلْكِ تُؤْتِی الْمُلْكَ مَنْ تَشَآءُ وَتَنْزِعُ الْمُلْكَ مِمَّنْ تَشَآءُ ؗ— وَتُعِزُّ مَنْ تَشَآءُ وَتُذِلُّ مَنْ تَشَآءُ ؕ— بِیَدِكَ الْخَیْرُ ؕ— اِنَّكَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟
२६) तपार्इ भनिदिनुस् कि हे अल्लाह, हे ब्रह्माण्डको स्वामी ! तिमीले जसलाई चाहन्छौ राजसत्ता प्रदान गर्दछौ र जसबाट चाहन्छौ उसको सत्ता खोसिहाल्छौ र जसलाई इच्छा गर्दछौ मर्यादित बनाउँछौ र जसलाई चाहन्छौ उसलाई अपमानित गर्छौ । तिम्रै हातमा प्रत्येक किसिमका भलाई छन् । निःसन्देह तिमी प्रत्येक कुराको लागि सर्वशक्ति सम्पन्न छौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
تُوْلِجُ الَّیْلَ فِی النَّهَارِ وَتُوْلِجُ النَّهَارَ فِی الَّیْلِ ؗ— وَتُخْرِجُ الْحَیَّ مِنَ الْمَیِّتِ وَتُخْرِجُ الْمَیِّتَ مِنَ الْحَیِّ ؗ— وَتَرْزُقُ مَنْ تَشَآءُ بِغَیْرِ حِسَابٍ ۟
२७) तिमीले नै रातिलाई दिनमा प्रवेश गराउँछौ र दिनलाई रातिमा प्रवेश गराउँदछौ । तिमीले नै निस्प्राणमा प्राण हाल्दछौ र तिमी नै प्राणवानबाट प्राणहीन बनाउँछौ र तिमीले नै जसलाई चाहन्छौ अत्यधिक (असंख्य) जीविका प्रदान गर्दछौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَا یَتَّخِذِ الْمُؤْمِنُوْنَ الْكٰفِرِیْنَ اَوْلِیَآءَ مِنْ دُوْنِ الْمُؤْمِنِیْنَ ۚ— وَمَنْ یَّفْعَلْ ذٰلِكَ فَلَیْسَ مِنَ اللّٰهِ فِیْ شَیْءٍ اِلَّاۤ اَنْ تَتَّقُوْا مِنْهُمْ تُقٰىةً ؕ— وَیُحَذِّرُكُمُ اللّٰهُ نَفْسَهٗ ؕ— وَاِلَی اللّٰهِ الْمَصِیْرُ ۟
२८) मोमिनहरूलार्इ चाहियो कि ईमानवालाहरू बाहेक अनास्थावानहरूलाई मित्र नबनाउन् । र जस कसैले यस्तो गर्दछ भने त्यसको अल्लाहसँग कुनै सम्बन्ध हुँदैन, त्यस अवस्था बाहेक जब कि तिमीले आफूलाई तिनका नोक्सानबाट बचाउन चाहन्छौ । र अल्लाहले तिमीलाई आफ्नो डर देखाइरहेछ र अल्लाहतिरै नै फर्केर जानु छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ اِنْ تُخْفُوْا مَا فِیْ صُدُوْرِكُمْ اَوْ تُبْدُوْهُ یَعْلَمْهُ اللّٰهُ ؕ— وَیَعْلَمُ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— وَاللّٰهُ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟
२९) (हे पैगम्बर !) भनिदिनुस् ! कि तिमीले कुनै कुरा आफ्नो छातीभित्र लुकाइराख वा प्रकट गर, अल्लाहलाई थाहा छ । जे आकाश र पृथ्वीमा छ, सबैको बारेमा उसलाई थाहा छ । र हरेक कुरा अल्लाहको अधीनमा छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یَوْمَ تَجِدُ كُلُّ نَفْسٍ مَّا عَمِلَتْ مِنْ خَیْرٍ مُّحْضَرًا ۖۚۛ— وَّمَا عَمِلَتْ مِنْ سُوْٓءٍ ۛۚ— تَوَدُّ لَوْ اَنَّ بَیْنَهَا وَبَیْنَهٗۤ اَمَدًاۢ بَعِیْدًا ؕ— وَیُحَذِّرُكُمُ اللّٰهُ نَفْسَهٗ ؕ— وَاللّٰهُ رَءُوْفٌۢ بِالْعِبَادِ ۟۠
३०) जुनदिन प्रत्येक व्यक्ति आफ्नो सत्कर्मको र आफ्नो दुष्कर्मको फल आफ्नो अगाडि पाउनेछ । तब उसले कामना गर्नेछ, कि उसको र उसका पाप कर्महरूको दूरी धेरै भइदिए हुन्थ्यो । अल्लाह तिमीलाई आफ्नो डर देखाइरहेको छ र अल्लाह आफ्ना भक्तहरूप्रति अत्यन्त दयालु छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ اِنْ كُنْتُمْ تُحِبُّوْنَ اللّٰهَ فَاتَّبِعُوْنِیْ یُحْبِبْكُمُ اللّٰهُ وَیَغْفِرْ لَكُمْ ذُنُوْبَكُمْ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟
३१) (हे पैगम्बर ! मानिसहरूसित) भनिदिनुस् कि यदि तिमी अल्लाहलाई प्रेम गर्दछौ भने मेरो अनुशरण गर, अल्लाहले तिमीलाई प्रेम गर्नेछ र तिम्रा पापहरूलाई क्षमा गरिदिनेछ र अल्लाह अत्यन्त क्षमादान गर्ने दयालु छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ اَطِیْعُوا اللّٰهَ وَالرَّسُوْلَ ۚ— فَاِنْ تَوَلَّوْا فَاِنَّ اللّٰهَ لَا یُحِبُّ الْكٰفِرِیْنَ ۟
३२) भनिदिनु ! कि अल्लाह र रसूलको आदेश पालन गर । यदि मान्दैनन् भने अल्लाहले पनि काफिरहरूलाई प्रेम गर्दैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ اللّٰهَ اصْطَفٰۤی اٰدَمَ وَنُوْحًا وَّاٰلَ اِبْرٰهِیْمَ وَاٰلَ عِمْرٰنَ عَلَی الْعٰلَمِیْنَ ۟ۙ
३३) निःसंदेह अल्लाहले आदम (अलै.), नूह (अलै.), इब्राहीम(अलै.)को वंश र इम्रानको वंशलाई सम्पूर्ण संसारका मानिसहरूमध्येबाट रोजी सक्यो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
ذُرِّیَّةً بَعْضُهَا مِنْ بَعْضٍ ؕ— وَاللّٰهُ سَمِیْعٌ عَلِیْمٌ ۟ۚ
३४) तिनी आपसमा एक अर्काको वंशबाट छन् । र अल्लाह सुन्दछ र जान्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِذْ قَالَتِ امْرَاَتُ عِمْرٰنَ رَبِّ اِنِّیْ نَذَرْتُ لَكَ مَا فِیْ بَطْنِیْ مُحَرَّرًا فَتَقَبَّلْ مِنِّیْ ۚ— اِنَّكَ اَنْتَ السَّمِیْعُ الْعَلِیْمُ ۟
३५) (स्मरणीय छ) जब इम्रानको स्वास्नीले भनिन् कि हे पालनकर्ता ! मैले भाकल मानें कि जुन (शिशु) मेरो गर्भमा छ, त्यसलाई म तिम्रो नाममा आजाद (स्वतन्त्र) गर्दछु । त्यसलाई तिमी मेरो तर्फबाट स्वीकार गर । निश्चय नै तिमी सबै सुन्ने (र) सबै जान्नेवाला हौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَلَمَّا وَضَعَتْهَا قَالَتْ رَبِّ اِنِّیْ وَضَعْتُهَاۤ اُ ؕ— وَاللّٰهُ اَعْلَمُ بِمَا وَضَعَتْ ؕ— وَلَیْسَ الذَّكَرُ كَالْاُ ۚ— وَاِنِّیْ سَمَّیْتُهَا مَرْیَمَ وَاِنِّیْۤ اُعِیْذُهَا بِكَ وَذُرِّیَّتَهَا مِنَ الشَّیْطٰنِ الرَّجِیْمِ ۟
३६) जब तिनले छोरी जन्माइन, त तिनले भन्न थालिन कि हे पालनकर्ता ! मैले त छोरी पाएकी छु । र जे जन्मएको थियो, त्यो अल्लाहलाई थाहा नै छ । र छोरी छोरा जस्तो हुन सक्दैनथ्योे । मैले उसको नाम मरियम राखेको छु र मैले उसलाई र उसको सन्तानलाई तिरस्कृत शैतानबाट मुक्त राख्न् तिम्रो शरणमा दिन्छु ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَتَقَبَّلَهَا رَبُّهَا بِقَبُوْلٍ حَسَنٍ وَّاَنْۢبَتَهَا نَبَاتًا حَسَنًا ۙ— وَّكَفَّلَهَا زَكَرِیَّا ؕ— كُلَّمَا دَخَلَ عَلَیْهَا زَكَرِیَّا الْمِحْرَابَ ۙ— وَجَدَ عِنْدَهَا رِزْقًا ۚ— قَالَ یٰمَرْیَمُ اَنّٰی لَكِ هٰذَا ؕ— قَالَتْ هُوَ مِنْ عِنْدِ اللّٰهِ ؕ— اِنَّ اللّٰهَ یَرْزُقُ مَنْ یَّشَآءُ بِغَیْرِ حِسَابٍ ۟
३७) त पालनहारले त्यसलाई सहर्ष स्वीकार गर्याे र त्यसलाई राम्री हेर चाह प्रदान गर्यो र जकरीयालाई उसको हेरचाह गर्नेवाला बनायो । जकरीया (अलै.) जतिखेर पनि उसको कोठाभित्र जान्थे, पासमा खाना पाउँदथे । उनले मरियमसँग सोध्नेगर्दथे कि मरियम ! यो खाना तिम्रो पासमा कहाँबाट आउँछ ? उनी भन्थिन कि अल्लाहकहाँबाट आउँछ । निःसन्देह जसलाई अल्लाह चाहन्छ प्रशस्त रोजी (जीविका) प्रदान गर्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
هُنَالِكَ دَعَا زَكَرِیَّا رَبَّهٗ ۚ— قَالَ رَبِّ هَبْ لِیْ مِنْ لَّدُنْكَ ذُرِّیَّةً طَیِّبَةً ۚ— اِنَّكَ سَمِیْعُ الدُّعَآءِ ۟
३८) त्यसै बेला जकरीयाले आफ्नो पालनकर्तासित प्रार्थना गरे, कि हे मेरो पालनकर्ता ! मलाई आफ्नोतर्फबाट पवित्र पुत्र प्रदान गर । निःसन्देह तिमी प्रार्थना सुन्नेवाला हौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَنَادَتْهُ الْمَلٰٓىِٕكَةُ وَهُوَ قَآىِٕمٌ یُّصَلِّیْ فِی الْمِحْرَابِ ۙ— اَنَّ اللّٰهَ یُبَشِّرُكَ بِیَحْیٰی مُصَدِّقًا بِكَلِمَةٍ مِّنَ اللّٰهِ وَسَیِّدًا وَّحَصُوْرًا وَّنَبِیًّا مِّنَ الصّٰلِحِیْنَ ۟
३९) उनी कोठामा उभिई नमाज पढिराखेका थिए कि यत्तिकैमा फरिश्ताहरूले उहाँलाई आवाज दिए कि (जकरिया !) अल्लाहले तिमीलाई यहयाको निश्चित शुभसन्देश दिन्छ, जसले कि अल्लाहको वचनलाई प्रमाणित गर्नेछ र नायक हुनेछ र लिप्सामुक्त अल्लाहको नबी अनि सत्य निष्ठावान मानिसमध्ये हुनेछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قَالَ رَبِّ اَنّٰی یَكُوْنُ لِیْ غُلٰمٌ وَّقَدْ بَلَغَنِیَ الْكِبَرُ وَامْرَاَتِیْ عَاقِرٌ ؕ— قَالَ كَذٰلِكَ اللّٰهُ یَفْعَلُ مَا یَشَآءُ ۟
४०) जकरीयाले भनेः, हे पालनकर्ता ! मलाई पुत्रप्राप्ति कसरी हुन्छ जब कि म धेरै बुढो भइसकेको छु र मेरो स्वास्नी बाँझो छिन् । अल्लाहको आदेश भयो, यस्तै प्रकारले, अल्लाहले जे चाहदछ गर्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قَالَ رَبِّ اجْعَلْ لِّیْۤ اٰیَةً ؕ— قَالَ اٰیَتُكَ اَلَّا تُكَلِّمَ النَّاسَ ثَلٰثَةَ اَیَّامٍ اِلَّا رَمْزًا ؕ— وَاذْكُرْ رَّبَّكَ كَثِیْرًا وَّسَبِّحْ بِالْعَشِیِّ وَالْاِبْكَارِ ۟۠
४१) (जकरीयाले भने, परवरदिगार (पालनकर्ता) ! (मेरो लागि) उसको कुनै निशानी निर्धारित गर । अल्लाहले भन्यो, निशानी यो हो कि तिमी मानिसहरूसित तीन दिनसम्म संकेत बाहेक कुरा नगर्नु । (ती दिनहरूमा) तिमी बढीभन्दा बढी आफ्नो पालनकर्ताको स्मरण गर्नु र बिहान बेलुका उसैको नाम लिनेगर (जपगर) ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاِذْ قَالَتِ الْمَلٰٓىِٕكَةُ یٰمَرْیَمُ اِنَّ اللّٰهَ اصْطَفٰىكِ وَطَهَّرَكِ وَاصْطَفٰىكِ عَلٰی نِسَآءِ الْعٰلَمِیْنَ ۟
४२) र जब दूतहरूले (मरियमसित) भने कि मरियम अल्लाहले तिमीलाई रोजेको छ र पवित्र बनाएको छ र संसारकी सबै नारीहरूमध्येबाट तिमीलाई रोजेको छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰمَرْیَمُ اقْنُتِیْ لِرَبِّكِ وَاسْجُدِیْ وَارْكَعِیْ مَعَ الرّٰكِعِیْنَ ۟
४३) हे मरियम ! तिमीले आफ्नो परवरदिगारको आदेश पालना गर्नु र ढोग गर्नु र रुकूअ् गर्नेहरूसँग रुकूअ् गरिराख्नु ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
ذٰلِكَ مِنْ اَنْۢبَآءِ الْغَیْبِ نُوْحِیْهِ اِلَیْكَ ؕ— وَمَا كُنْتَ لَدَیْهِمْ اِذْ یُلْقُوْنَ اَقْلَامَهُمْ اَیُّهُمْ یَكْفُلُ مَرْیَمَ ۪— وَمَا كُنْتَ لَدَیْهِمْ اِذْ یَخْتَصِمُوْنَ ۟
४४) यी कुराहरू अदृश्यमा भएका समाचारहरूमध्येका हुन्, जसलाई हामीले तिम्रो छेउमा वह्य (कुरआनका आयात)को माध्यमबाट पठाउँछौ र तिमी उनीहरूबीच थिएनौ जब तिनीहरूले आफ्ना कलमहरू हालिराखेका थिए कि मरियमलाई कसले पाल्नेछ ? र त्यस बेला पनि तिनीहरूबीच थिएनौ, जबकि तिनीहरू आपसमा झगडा गरिराखेका थिए ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِذْ قَالَتِ الْمَلٰٓىِٕكَةُ یٰمَرْیَمُ اِنَّ اللّٰهَ یُبَشِّرُكِ بِكَلِمَةٍ مِّنْهُ ۙۗ— اسْمُهُ الْمَسِیْحُ عِیْسَی ابْنُ مَرْیَمَ وَجِیْهًا فِی الدُّنْیَا وَالْاٰخِرَةِ وَمِنَ الْمُقَرَّبِیْنَ ۟ۙ
४५) जब फरिश्ताहरूले भने कि मरियम ! अल्लाहले तिमीलाई आफ्नो एउटा शब्दद्वारा (पुत्रको) शुभसमाचार दिन्छ, जसको नाम मसीह (प्रख्यात) ईसा बिन मरियम हुनेछ । संसार र आखिरतमा मर्यादित र मेरो विशिष्टहरूमध्ये एउटा हुनेछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَیُكَلِّمُ النَّاسَ فِی الْمَهْدِ وَكَهْلًا وَّمِنَ الصّٰلِحِیْنَ ۟
४६) उसले आमाको काँखमा हुर्केको अवस्थामा र ठूलो भएपछि दुवै अवस्थाहरूमा मानिसहरूसित कुरा गर्नेछ र ऊ सदाचारीहरूमध्येबाट हुनेछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قَالَتْ رَبِّ اَنّٰی یَكُوْنُ لِیْ وَلَدٌ وَّلَمْ یَمْسَسْنِیْ بَشَرٌ ؕ— قَالَ كَذٰلِكِ اللّٰهُ یَخْلُقُ مَا یَشَآءُ ؕ— اِذَا قَضٰۤی اَمْرًا فَاِنَّمَا یَقُوْلُ لَهٗ كُنْ فَیَكُوْنُ ۟
४७) मरियमले भनिन् हे पालनहारः मलाई पुत्रप्राप्ति कसरी हुन्छ जब कि कुनै मनुष्यले मलाई स्पर्शसम्म पनि गरेको छैन । फरिश्ताले भने कि, अल्लाहले यस्तै जे चाहन्छ पैदा गर्दछ । जब त्यसले कुनै काम गर्न चाहन्छ त त्यसको हुकुम गर्दछ कि भइहाल, अनि त्यो भइहाल्छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَیُعَلِّمُهُ الْكِتٰبَ وَالْحِكْمَةَ وَالتَّوْرٰىةَ وَالْاِنْجِیْلَ ۟ۚ
४८) अल्लाहले उसलाई लेख्न (पढ्न) र बुद्धि प्रदान गर्नेछ र तौरात र इञ्जील सिकाउने छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَرَسُوْلًا اِلٰی بَنِیْۤ اِسْرَآءِیْلَ ۙ۬— اَنِّیْ قَدْ جِئْتُكُمْ بِاٰیَةٍ مِّنْ رَّبِّكُمْ ۙۚ— اَنِّیْۤ اَخْلُقُ لَكُمْ مِّنَ الطِّیْنِ كَهَیْـَٔةِ الطَّیْرِ فَاَنْفُخُ فِیْهِ فَیَكُوْنُ طَیْرًا بِاِذْنِ اللّٰهِ ۚ— وَاُبْرِئُ الْاَكْمَهَ وَالْاَبْرَصَ وَاُحْیِ الْمَوْتٰی بِاِذْنِ اللّٰهِ ۚ— وَاُنَبِّئُكُمْ بِمَا تَاْكُلُوْنَ وَمَا تَدَّخِرُوْنَ ۙ— فِیْ بُیُوْتِكُمْ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیَةً لَّكُمْ اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۟ۚ
४९) र ऊ बनी इस्राईलतिर पैगम्बर भएर जानेछ । (भन्नेछ) कि म तिमीहरू छेउ तिम्रो पालनहारको तर्फबाट निशानी लिएर आएको छु । त्यो के भने तिम्रो अगाडि माटोको पंक्षीको रूपको आकार बनाउँछु । फेरि त्यसमा फुक्छु त त्यो अल्लाहको आदेशले (साँच्चै) पंक्षी भइहाल्छ । र अल्लाहको आदेशले म जन्मैदेखिको अन्धो र महारोगीलाई स्वस्थ्य पारिदिन्छु र मुर्दामा प्राण हालिदिन्छु र जे जति तिमी खान्छौ र जेजति आफ्ना घरहरूमा थुपारेर राखेका छौ, सबै तिमीलाई बताइदिन्छु । यदि तिमी ईमान ल्याएको भए यी कुराहरूमा तिम्रो निम्ति अल्लाहको सामथ्र्यको निशानी छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمُصَدِّقًا لِّمَا بَیْنَ یَدَیَّ مِنَ التَّوْرٰىةِ وَلِاُحِلَّ لَكُمْ بَعْضَ الَّذِیْ حُرِّمَ عَلَیْكُمْ وَجِئْتُكُمْ بِاٰیَةٍ مِّنْ رَّبِّكُمْ ۫— فَاتَّقُوا اللّٰهَ وَاَطِیْعُوْنِ ۟
५०) र म त्यसलाई पुष्टि गर्दछु जुन मेरो अगाडि तौरात छ र यस कारणले पनि म आएको छु कि केही कुराहरू जुन कि तिम्रो निम्ति वर्जित थिए, तिनलाई वैध (हलाल) बनाइदिऊँ र म त तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो लागि निशानी लिएर आएको छु । यसर्थ तिमी अल्लाहसित डर मान र मैले भनेको मान ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ اللّٰهَ رَبِّیْ وَرَبُّكُمْ فَاعْبُدُوْهُ ؕ— هٰذَا صِرَاطٌ مُّسْتَقِیْمٌ ۟
५१) निःसन्देह अल्लाह नै मेरो र तिम्रो पालनहार हो, त्यसैले तिमी सबै उसैको उपासना गर । यही नै सत्य मार्ग हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَلَمَّاۤ اَحَسَّ عِیْسٰی مِنْهُمُ الْكُفْرَ قَالَ مَنْ اَنْصَارِیْۤ اِلَی اللّٰهِ ؕ— قَالَ الْحَوَارِیُّوْنَ نَحْنُ اَنْصَارُ اللّٰهِ ۚ— اٰمَنَّا بِاللّٰهِ ۚ— وَاشْهَدْ بِاَنَّا مُسْلِمُوْنَ ۟
५२) तर जब ईसाले उनीहरूको अनास्था सूचक नियतको (कुफ्रको) अनुभव गर्नुभयो त भन्नथाले कि अल्लाहको मार्गमा मेरो सहायता गर्ने को–को छन् ? हवारीहरूले जवाफ दिए कि हामी अल्लाहको मार्गको पक्षधर हौं । हामी अल्लाहमाथि आस्था राख्यौं र तपाई साक्षी हुनु कि हामी आदेश पालना गर्नेवाला हौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
رَبَّنَاۤ اٰمَنَّا بِمَاۤ اَنْزَلْتَ وَاتَّبَعْنَا الرَّسُوْلَ فَاكْتُبْنَا مَعَ الشّٰهِدِیْنَ ۟
५३) हे हाम्रो पालनकर्ता पूजनीय ! हामीले तिमीले अवतरित गरेको किताबमाथि पूर्ण विश्वास गर्दछौ र तिम्रो पैगम्बरका अनुयायी बनिसकेका छौं । तसर्थ हामीलाई साक्षीदिनेहरूमा लेखिहाल ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَكَرُوْا وَمَكَرَ اللّٰهُ ؕ— وَاللّٰهُ خَیْرُ الْمٰكِرِیْنَ ۟۠
५४) तिनीहरले षडयन्त्रपूर्ण योजना बनाए, र अल्लाहले पनि त्यसबाट बचाउने योजना बनायो, र अल्लाह सबैभन्दा राम्रो योजनाकार हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِذْ قَالَ اللّٰهُ یٰعِیْسٰۤی اِنِّیْ مُتَوَفِّیْكَ وَرَافِعُكَ اِلَیَّ وَمُطَهِّرُكَ مِنَ الَّذِیْنَ كَفَرُوْا وَجَاعِلُ الَّذِیْنَ اتَّبَعُوْكَ فَوْقَ الَّذِیْنَ كَفَرُوْۤا اِلٰی یَوْمِ الْقِیٰمَةِ ۚ— ثُمَّ اِلَیَّ مَرْجِعُكُمْ فَاَحْكُمُ بَیْنَكُمْ فِیْمَا كُنْتُمْ فِیْهِ تَخْتَلِفُوْنَ ۟
५५) जब अल्लाहबाट आदेश भयो कि ईसा । मैले तिम्रो संसारमा रहने अवधि पूरा गरी तिमीलाई आफूतिर उठाउने र तिमीलाई काफिरहरूबाट पवित्र गर्नेछु । र, तिम्रो अनुशरण गर्नेहरूलाई काफिरहरूभन्दा शक्तिशाली बनाउने छु कयामतको दिनसम्म, अनि तिमी सबै म छेउ फर्केर आउनेछौ, त जुन कुरामा तिमीहरू विवाद गर्दथ्यौ, त्यस दिन त्यसको निर्णय मैले नै गर्नेछु ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَاَمَّا الَّذِیْنَ كَفَرُوْا فَاُعَذِّبُهُمْ عَذَابًا شَدِیْدًا فِی الدُّنْیَا وَالْاٰخِرَةِ ؗ— وَمَا لَهُمْ مِّنْ نّٰصِرِیْنَ ۟
५६) फेरि अनास्थावानहरूलाई संसार र आखिरत दुवैमा कठोर सजाय दिनेछु र तिनको कोही सहायक हुँदैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاَمَّا الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ فَیُوَفِّیْهِمْ اُجُوْرَهُمْ ؕ— وَاللّٰهُ لَا یُحِبُّ الظّٰلِمِیْنَ ۟
५७) र जसले ईमान ल्याए, र सत्कर्म गरिराखे, तिनलाई अल्लाह पूर्णरूपले त्यसको प्रतिफल प्रदान गर्नेछ र अल्लाह अन्याय गर्नेहरूलाई प्रेम गर्दैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
ذٰلِكَ نَتْلُوْهُ عَلَیْكَ مِنَ الْاٰیٰتِ وَالذِّكْرِ الْحَكِیْمِ ۟
५८) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) यो जुन हामीले तिम्रो सामु पढ़दैछौं आयतहरू हुन् र बुद्धिमतापूर्ण निर्देशनहरू हुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ مَثَلَ عِیْسٰی عِنْدَ اللّٰهِ كَمَثَلِ اٰدَمَ ؕ— خَلَقَهٗ مِنْ تُرَابٍ ثُمَّ قَالَ لَهٗ كُنْ فَیَكُوْنُ ۟
५९) ईसाको हाल अल्लाह छेउ आदम जस्तै छ जसलाई माटोले तयार गरी आदेश गरे कि भइहाल अनि ऊ (मानव) भइहाल्यो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلْحَقُّ مِنْ رَّبِّكَ فَلَا تَكُنْ مِّنَ الْمُمْتَرِیْنَ ۟
६०) तिम्रो पालनकर्ताबाट सत्य यही नै हो । तसर्थ खबरदार तिमी कहिल्यै शंका गर्नेहरूमध्येको नहुनु ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَمَنْ حَآجَّكَ فِیْهِ مِنْ بَعْدِ مَا جَآءَكَ مِنَ الْعِلْمِ فَقُلْ تَعَالَوْا نَدْعُ اَبْنَآءَنَا وَاَبْنَآءَكُمْ وَنِسَآءَنَا وَنِسَآءَكُمْ وَاَنْفُسَنَا وَاَنْفُسَكُمْ ۫— ثُمَّ نَبْتَهِلْ فَنَجْعَلْ لَّعْنَتَ اللّٰهِ عَلَی الْكٰذِبِیْنَ ۟
६१) यसकारण जुन मानिसले तपाईनिर सत्य कुरा आएपछि पनि तपाईसित विवाद गर्छन त तपाईले तिनीसित भन्नु कि आऊ हामी र तिमी आ–आफ्ना छोराहरू र स्त्रीहरूलाई पनि र हामी आफै पनि आऔं, अनि दुवै समूहले प्रर्थाना गरौं र झूठाहरूमाथि अल्लाहको धिक्कार भनौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ هٰذَا لَهُوَ الْقَصَصُ الْحَقُّ ۚ— وَمَا مِنْ اِلٰهٍ اِلَّا اللّٰهُ ؕ— وَاِنَّ اللّٰهَ لَهُوَ الْعَزِیْزُ الْحَكِیْمُ ۟
६२) निश्चय नै यी भनाइहरू नै सत्य हुन् र अल्लाह बाहेक अरु कोही पूजा योग्य छैन । निःसन्देह अल्लाह सामथ्र्यपूर्ण र कौशल सम्पन्न छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَاِنْ تَوَلَّوْا فَاِنَّ اللّٰهَ عَلِیْمٌۢ بِالْمُفْسِدِیْنَ ۟۠
६३) तापनि यदि तिनीहरूले स्वीकार गर्दैनन् त अल्लाह पनि उत्पातीहरूलाई राम्ररी जान्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ یٰۤاَهْلَ الْكِتٰبِ تَعَالَوْا اِلٰی كَلِمَةٍ سَوَآءٍ بَیْنَنَا وَبَیْنَكُمْ اَلَّا نَعْبُدَ اِلَّا اللّٰهَ وَلَا نُشْرِكَ بِهٖ شَیْـًٔا وَّلَا یَتَّخِذَ بَعْضُنَا بَعْضًا اَرْبَابًا مِّنْ دُوْنِ اللّٰهِ ؕ— فَاِنْ تَوَلَّوْا فَقُوْلُوا اشْهَدُوْا بِاَنَّا مُسْلِمُوْنَ ۟
६४) भनिदिनुस् कि हे अहले किताब ! यस्तो कुरातर्फ आऊ जुन हाम्रो र तिम्रो बीचमा समान छ । त्यो यो हो कि अल्लाह बाहेक अरु कसैलाई हामी पूजा नगरौं र उससँग अरुको साझेदारी नठहराऔं र अल्लाह बाहेक हामीमध्ये कसैलाई पालनहार नबनाऔ । यदि यिनीहरू मान्दैनन् भने भनिदिनुस् कि ! तिमी साक्षी हौ कि हामी मुसलमान हौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰۤاَهْلَ الْكِتٰبِ لِمَ تُحَآجُّوْنَ فِیْۤ اِبْرٰهِیْمَ وَمَاۤ اُنْزِلَتِ التَّوْرٰىةُ وَالْاِنْجِیْلُ اِلَّا مِنْ بَعْدِهٖ ؕ— اَفَلَا تَعْقِلُوْنَ ۟
६५) हे अहले किताब ! तिमीहरू इब्राहीमको बारेमा आपसमा किन झगडा गर्दछौ, जबकि तौरात र इञ्जील उनीभन्दा पछाडि आएको हो । के तिमी फेरि पनि बुझ्दैनौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
هٰۤاَنْتُمْ هٰۤؤُلَآءِ حَاجَجْتُمْ فِیْمَا لَكُمْ بِهٖ عِلْمٌ فَلِمَ تُحَآجُّوْنَ فِیْمَا لَیْسَ لَكُمْ بِهٖ عِلْمٌ ؕ— وَاللّٰهُ یَعْلَمُ وَاَنْتُمْ لَا تَعْلَمُوْنَ ۟
६६) हेर, यस्तो कुरामा तिमीहरूले झगडा गरिसक्यौ, जसको बारेमा तिमीलाई ज्ञान थियो, तर फेरि यस्ता कुरामा किन झगडा गर्दछौ जसको सम्बन्धमा तिमीलाई केही पनि ज्ञान छैन । अल्लाहलाई थाहा छ र तिमीलाई थाहा छैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
مَا كَانَ اِبْرٰهِیْمُ یَهُوْدِیًّا وَّلَا نَصْرَانِیًّا وَّلٰكِنْ كَانَ حَنِیْفًا مُّسْلِمًا ؕ— وَمَا كَانَ مِنَ الْمُشْرِكِیْنَ ۟
६७) इब्राहीम न त यहूदी थिए न ईसाई बरु उनी एक सच्चा मुसलमान थिए र मुश्रिकहरूमध्येका थिएनन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ اَوْلَی النَّاسِ بِاِبْرٰهِیْمَ لَلَّذِیْنَ اتَّبَعُوْهُ وَهٰذَا النَّبِیُّ وَالَّذِیْنَ اٰمَنُوْا ؕ— وَاللّٰهُ وَلِیُّ الْمُؤْمِنِیْنَ ۟
६८) इब्राहीमसँग सबभन्दा नजिकका सम्बन्ध राख्ने ती मानिसहरू हुन् जो उनका अनुयायी भए र यिनी पैगम्बर (मुहम्मद स.) र ती मानिसहरू जसले कि आस्था राखेका हुन् । अल्लाह नै मोमिनहरूको पक्षधर र सहारा हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَدَّتْ طَّآىِٕفَةٌ مِّنْ اَهْلِ الْكِتٰبِ لَوْ یُضِلُّوْنَكُمْ ؕ— وَمَا یُضِلُّوْنَ اِلَّاۤ اَنْفُسَهُمْ وَمَا یَشْعُرُوْنَ ۟
६९) (हे इस्लामका अनुयायीहरू !) अहले किताबको एक समूह तिमीलाई असल पथबाट विचलित गराउन चाहन्छ, तर यिनीहरूले वास्तवमा आफैलाई पथविचलित गरिराखेका छन् तर बुझ्दैनन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰۤاَهْلَ الْكِتٰبِ لِمَ تَكْفُرُوْنَ بِاٰیٰتِ اللّٰهِ وَاَنْتُمْ تَشْهَدُوْنَ ۟
७०) हे अहले किताब ! तिमीहरू गवाह भए पछि पनि अल्लाहका आयतहरूलाई किन इन्कार गरिराखेका छौ ?
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰۤاَهْلَ الْكِتٰبِ لِمَ تَلْبِسُوْنَ الْحَقَّ بِالْبَاطِلِ وَتَكْتُمُوْنَ الْحَقَّ وَاَنْتُمْ تَعْلَمُوْنَ ۟۠
७१) हे अहले किताब ! जान्दा जान्दै पनि तिमीले सत्यलाई असत्यसँग किन गुटमुट गरिराखका छौ ? र सत्यलाई किन लुकाउँछौ ?
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَقَالَتْ طَّآىِٕفَةٌ مِّنْ اَهْلِ الْكِتٰبِ اٰمِنُوْا بِالَّذِیْۤ اُنْزِلَ عَلَی الَّذِیْنَ اٰمَنُوْا وَجْهَ النَّهَارِ وَاكْفُرُوْۤا اٰخِرَهٗ لَعَلَّهُمْ یَرْجِعُوْنَ ۟ۚۖ
७२) र अहले किताबको एउटा समूहले एक अर्कासित भन्यो कि जुन पुस्तक मोमिनहरूहरूमाथि उतारिएको छ, त्यसमाथि दिनको प्रारम्भमा विश्वास गर्दैगर र साँझपर्दा इन्कार गर्दैगर, जसलेगर्दा तिनीहरू पनि (इस्लामबाट) विमुख भइहालुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَا تُؤْمِنُوْۤا اِلَّا لِمَنْ تَبِعَ دِیْنَكُمْ ؕ— قُلْ اِنَّ الْهُدٰی هُدَی اللّٰهِ ۙ— اَنْ یُّؤْتٰۤی اَحَدٌ مِّثْلَ مَاۤ اُوْتِیْتُمْ اَوْ یُحَآجُّوْكُمْ عِنْدَ رَبِّكُمْ ؕ— قُلْ اِنَّ الْفَضْلَ بِیَدِ اللّٰهِ ۚ— یُؤْتِیْهِ مَنْ یَّشَآءُ ؕ— وَاللّٰهُ وَاسِعٌ عَلِیْمٌ ۟ۚۙ
७३) र आफ्नो धर्मका अनुयायीहरू बाहेक अरु कसैको विश्वास नगर्नु । हे पैगम्बर ! भनिदिनुस् कि पथप्रदर्शन त निःसंदेह अल्लाहको पथप्रदर्शन नै हो । तिनीहरू यो पनि भन्दछन् कि यस कुरामा पनि विश्वास नगर्नु कि जुन कुरो तिमीलाई प्रदान गरिएको हो, त्यस्तो अरु कसैलाई प्रदान गरिन्छ । वा तिनीहरूले तिमीसँग अल्लाहको अगाडि झगडा गर्नेछन् । यो पनि भनिदिनुस् ! कि बुजुर्गि (अनुग्रह) त अल्लाहको हातमा छ । उसले जसलाई चाहन्छ, प्रदान गर्दछ र अल्लाह सर्वव्यापी (र) सर्वज्ञ छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یَّخْتَصُّ بِرَحْمَتِهٖ مَنْ یَّشَآءُ ؕ— وَاللّٰهُ ذُو الْفَضْلِ الْعَظِیْمِ ۟
७४) उसले आफ्नो कृपाबाट जसलाई चाहन्छ विशिष्ट स्थान प्रदान गर्दछ र अल्लाह ठूलो कृपाको स्वामी हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمِنْ اَهْلِ الْكِتٰبِ مَنْ اِنْ تَاْمَنْهُ بِقِنْطَارٍ یُّؤَدِّهٖۤ اِلَیْكَ ۚ— وَمِنْهُمْ مَّنْ اِنْ تَاْمَنْهُ بِدِیْنَارٍ لَّا یُؤَدِّهٖۤ اِلَیْكَ اِلَّا مَا دُمْتَ عَلَیْهِ قَآىِٕمًا ؕ— ذٰلِكَ بِاَنَّهُمْ قَالُوْا لَیْسَ عَلَیْنَا فِی الْاُمِّیّٖنَ سَبِیْلٌ ۚ— وَیَقُوْلُوْنَ عَلَی اللّٰهِ الْكَذِبَ وَهُمْ یَعْلَمُوْنَ ۟
७५) ‘‘अहले किताब’’ मध्ये केही त यस्ता छन् कि यदि तिमीले उनलाई प्रशस्त धनराशी नासो स्वरूपमा राख्न दिन्छौ भने उनले तिमीलाई त्यो फिर्ता गरिदिन्छन् र केही यस्ता छन् कि उनीलाई एक दिनार पनि नासो राख्न दिन्छौ भने फिर्ता गर्दैनन् जबसम्म तिमीले उनको टाउकोमै बसी फिर्ता गर्न आग्रह गर्दैनौ । यो यसकारणले कि तिनीहरूले भन्दछन् कि अनपढ़हरूको सम्बन्धमा हाम्रो कुनै सोधपूछ हुनेछैन । यिनीहरूले जान्दा जान्दै अल्लाहको (विरोधमा) झूठो कुरा गर्दछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
بَلٰی مَنْ اَوْفٰی بِعَهْدِهٖ وَاتَّقٰی فَاِنَّ اللّٰهَ یُحِبُّ الْمُتَّقِیْنَ ۟
७६) हो, जुन मानिसले आफूले गरेको करार पूरा गर्दछ र अल्लाहसँग डराउँछ भने, अवश्य अल्लाह यस्ता संयमीहरूसित प्रेम गर्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ الَّذِیْنَ یَشْتَرُوْنَ بِعَهْدِ اللّٰهِ وَاَیْمَانِهِمْ ثَمَنًا قَلِیْلًا اُولٰٓىِٕكَ لَا خَلَاقَ لَهُمْ فِی الْاٰخِرَةِ وَلَا یُكَلِّمُهُمُ اللّٰهُ وَلَا یَنْظُرُ اِلَیْهِمْ یَوْمَ الْقِیٰمَةِ وَلَا یُزَكِّیْهِمْ ۪— وَلَهُمْ عَذَابٌ اَلِیْمٌ ۟
७७) निःसन्देह जुन मानिसहरूले अल्लाहसँगको आफ्नो प्रतिज्ञा र शपथ सस्तो मोलमा बेच्दछन् त्यस्ताको लागि अन्तिम दिनमा कुनै भाग हुँदैन । अल्लाह तिनीहरूसित न त कुरो गर्नेछ न त कियामतको दिन तिनीहरूतिर हेर्नेछ र न त तिनलाई पवित्र पार्नेछ र तिनलाई कष्टदायक सजाय हुनेछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاِنَّ مِنْهُمْ لَفَرِیْقًا یَّلْوٗنَ اَلْسِنَتَهُمْ بِالْكِتٰبِ لِتَحْسَبُوْهُ مِنَ الْكِتٰبِ وَمَا هُوَ مِنَ الْكِتٰبِ ۚ— وَیَقُوْلُوْنَ هُوَ مِنْ عِنْدِ اللّٰهِ وَمَا هُوَ مِنْ عِنْدِ اللّٰهِ ۚ— وَیَقُوْلُوْنَ عَلَی اللّٰهِ الْكَذِبَ وَهُمْ یَعْلَمُوْنَ ۟
७८) निःसन्देह यिनीहरूमध्ये एउटा समूह यस्तो पनि छ जसले कि किताब पढदा आफ्नो जिब्रो बटारेर पढ्छ, ताकि तिमीलाई आभास होस् कि यिनीहरूले उतारिएको किताब नै पढिरहेका छन्, तर वास्तवमा त्यो किताबबाट हुँदैन, र भन्ने गर्दछन् कि त्यो अल्लाहबाट उतारिएको हो तर त्यो अल्लाहबाट उतारिएको हैन, र तिनीहरूले अल्लाहको विरोधमा जानीजानी असत्य बोल्दछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
مَا كَانَ لِبَشَرٍ اَنْ یُّؤْتِیَهُ اللّٰهُ الْكِتٰبَ وَالْحُكْمَ وَالنُّبُوَّةَ ثُمَّ یَقُوْلَ لِلنَّاسِ كُوْنُوْا عِبَادًا لِّیْ مِنْ دُوْنِ اللّٰهِ وَلٰكِنْ كُوْنُوْا رَبّٰنِیّٖنَ بِمَا كُنْتُمْ تُعَلِّمُوْنَ الْكِتٰبَ وَبِمَا كُنْتُمْ تَدْرُسُوْنَ ۟ۙ
७९) कुनै यस्तो मानिस जसलाई कि अल्लाहले किताब, तत्वज्ञान र ‘‘नबूवत’’ (दूतत्व) प्रदान गरेको छ यो ठिक होइन कि उसले मानिसहरूलाई भनोस् कि अल्लाहलाई छोडेर मेरो भक्त भइहाल बरु (उसले के भन्नेछ कि) तिमी सबै अल्लाहको भइहाल, यस कारण कि तिमीले उनीहरूलाई किताब सिकाउने गर्छौ र त्यसलार्इ पढ्ने कारणले पनि ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَا یَاْمُرَكُمْ اَنْ تَتَّخِذُوا الْمَلٰٓىِٕكَةَ وَالنَّبِیّٖنَ اَرْبَابًا ؕ— اَیَاْمُرُكُمْ بِالْكُفْرِ بَعْدَ اِذْ اَنْتُمْ مُّسْلِمُوْنَ ۟۠
८०) र कदापि हुन सक्दैन कि उसले फरिश्ता र पैगम्बरहरूलाई पालनहार बनाउने आदेश देओस् । के तिमी ‘‘मुसलमान’’ भइसकेपछि पनि उसले तिमीलाई काफिर हुन आदेश दिनेछ ?
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاِذْ اَخَذَ اللّٰهُ مِیْثَاقَ النَّبِیّٖنَ لَمَاۤ اٰتَیْتُكُمْ مِّنْ كِتٰبٍ وَّحِكْمَةٍ ثُمَّ جَآءَكُمْ رَسُوْلٌ مُّصَدِّقٌ لِّمَا مَعَكُمْ لَتُؤْمِنُنَّ بِهٖ وَلَتَنْصُرُنَّهٗ ؕ— قَالَ ءَاَقْرَرْتُمْ وَاَخَذْتُمْ عَلٰی ذٰلِكُمْ اِصْرِیْ ؕ— قَالُوْۤا اَقْرَرْنَا ؕ— قَالَ فَاشْهَدُوْا وَاَنَا مَعَكُمْ مِّنَ الشّٰهِدِیْنَ ۟
८१) जब अल्लाहले पैगम्बरहरूसँग वाचा गरायो कि जे जति मैले तिमीलाई किताब र ज्ञान प्रदान गर्दछु, अनि तिम्रो नजिकमा कुनै पैगम्बर आउँछ जसले तिम्रो किताबको पुष्टि गर्दछ त तिमीले अवश्य नै त्यसमाथि विश्वास गर्नुपर्दछ र उसको मद्दत गर्नुपर्ने छ । (वाचा लिएपछि) सोध्यो, के तिमीले वचन दियौ र यस वचनबद्धतामा मलाई संरक्षणको रूपमा ठहरायौ ? तिनीहरूले भने (हो) हामीले वाचा गर्यौं । (अल्लाहले) भन्यो तिमीहरू साक्षी भइराख र म पनि तिम्रो साथमा साक्षी रहनेछु ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَمَنْ تَوَلّٰی بَعْدَ ذٰلِكَ فَاُولٰٓىِٕكَ هُمُ الْفٰسِقُوْنَ ۟
८२) यसपछि पनि जो विमुख हुन्छन्, तिनी पथभ्रष्ट अवज्ञाकारी हुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَفَغَیْرَ دِیْنِ اللّٰهِ یَبْغُوْنَ وَلَهٗۤ اَسْلَمَ مَنْ فِی السَّمٰوٰتِ وَالْاَرْضِ طَوْعًا وَّكَرْهًا وَّاِلَیْهِ یُرْجَعُوْنَ ۟
८३) के तिनीहरू अल्लाहको धर्म बाहेक कुनै अरु धर्मको खोजीमा छन् ? जबकि सबै आकाशहरू र पृथ्वीका सबै प्राणीहरू चाहँदा वा नचाहँदै अल्लाहको आज्ञाकारी हुन्छन् र सबै उसैतिर फर्काइनेछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ اٰمَنَّا بِاللّٰهِ وَمَاۤ اُنْزِلَ عَلَیْنَا وَمَاۤ اُنْزِلَ عَلٰۤی اِبْرٰهِیْمَ وَاِسْمٰعِیْلَ وَاِسْحٰقَ وَیَعْقُوْبَ وَالْاَسْبَاطِ وَمَاۤ اُوْتِیَ مُوْسٰی وَعِیْسٰی وَالنَّبِیُّوْنَ مِنْ رَّبِّهِمْ ۪— لَا نُفَرِّقُ بَیْنَ اَحَدٍ مِّنْهُمْ ؗ— وَنَحْنُ لَهٗ مُسْلِمُوْنَ ۟
८४) हे मुहम्मद ! तपाई भनिदिनुस् कि हामीले अल्लाहमाथि ईमान ल्यायौं र जुन किताब हाम्रोलागि आकाशबाट उतारियो र जुन ग्रन्थहरू ‘‘इब्राहीम’’, ‘‘इसमाईल’’, ‘‘इस्हाक’’, ‘‘यअ्कूब’’ र तिनका सन्ततिहरूलाई प्रदान गरियो र जुन किताबहरू मूसा, ईसा र अन्य नबीहरूलाई तिनका पालनहारको तर्फबाट प्रदान गरियो ती सबैमाथि ईमान ल्यायौं । हामी यी पैगम्बरहरूमध्ये कसैको बारेमा भेदभावको व्यवहार गर्दैनौं र हामी एउटै अल्लाहको आज्ञाकारी हौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَنْ یَّبْتَغِ غَیْرَ الْاِسْلَامِ دِیْنًا فَلَنْ یُّقْبَلَ مِنْهُ ۚ— وَهُوَ فِی الْاٰخِرَةِ مِنَ الْخٰسِرِیْنَ ۟
८५) जुन मानिस इस्लाम बाहेक कुनै अन्य धर्मको खोजी गर्दछ भने उसको धर्म स्वीकार गरिने छैन र उसले आखिरतमा घाटामा पर्नेहरूमध्येको हुनेछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
كَیْفَ یَهْدِی اللّٰهُ قَوْمًا كَفَرُوْا بَعْدَ اِیْمَانِهِمْ وَشَهِدُوْۤا اَنَّ الرَّسُوْلَ حَقٌّ وَّجَآءَهُمُ الْبَیِّنٰتُ ؕ— وَاللّٰهُ لَا یَهْدِی الْقَوْمَ الظّٰلِمِیْنَ ۟
८६) अल्लाहले त्यस्ता मानिसहरूलाई कसरी मार्गदर्शन गर्दछ जो आफूले ईमान ल्याएको, र रसूलको सच्चाईको गवाही दिएको र आफूसंग स्पष्ट प्रमाण आइसकेपछि पनि काफिर भइदिन्छन् । अल्लाहले यस्ता अन्यायीहरूलाई मार्गदर्शन गर्दैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اُولٰٓىِٕكَ جَزَآؤُهُمْ اَنَّ عَلَیْهِمْ لَعْنَةَ اللّٰهِ وَالْمَلٰٓىِٕكَةِ وَالنَّاسِ اَجْمَعِیْنَ ۟ۙ
८७) ती मानिसहरूको सजाय यो हो कि तिनीमाथि अल्लाहको र फरिश्ताहरूको र सबै मानिसहरूको धिक्कार होस् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
خٰلِدِیْنَ فِیْهَا ۚ— لَا یُخَفَّفُ عَنْهُمُ الْعَذَابُ وَلَا هُمْ یُنْظَرُوْنَ ۟ۙ
८८) सँधै धिक्कारमा नै रहनेछन् । तिनीहरूको सजाय न त कम हुनेछ न त त्यसबाट उनीहरू छुटकारा पाउने छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِلَّا الَّذِیْنَ تَابُوْا مِنْ بَعْدِ ذٰلِكَ وَاَصْلَحُوْا ۫— فَاِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟
८९) तर जसले त्यसपछि प्रायश्चित गरी आफ्नो अवस्था सुधार्छन् भने अल्लाह क्षमा प्रदान गर्नेवाला, दयावान छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ الَّذِیْنَ كَفَرُوْا بَعْدَ اِیْمَانِهِمْ ثُمَّ ازْدَادُوْا كُفْرًا لَّنْ تُقْبَلَ تَوْبَتُهُمْ ۚ— وَاُولٰٓىِٕكَ هُمُ الضَّآلُّوْنَ ۟
९०) निःसन्देह जुन मानिसहरूले ईमान ल्याएपछि कुफ्र गरे, अनि (कुफ्र) अनास्थातर्फ बढ्दै गए । त्यस्ताको पश्चाताप कहिल्यै स्वीकार गरिने छैन र यी मानिसहरू नै पथभ्रष्ट हुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ الَّذِیْنَ كَفَرُوْا وَمَاتُوْا وَهُمْ كُفَّارٌ فَلَنْ یُّقْبَلَ مِنْ اَحَدِهِمْ مِّلْءُ الْاَرْضِ ذَهَبًا وَّلَوِ افْتَدٰی بِهٖ ؕ— اُولٰٓىِٕكَ لَهُمْ عَذَابٌ اَلِیْمٌۙ— وَّمَا لَهُمْ مِّنْ نّٰصِرِیْنَ ۟۠
९१) हाँ जुन मानिसहरू ‘‘काफिर’’ भए र ‘‘कुफ्रकै’’ अवस्थामा मरिहाले, तिनीहरूमध्ये यदि कसैले मुक्तिको लागि जमिन भरिको सुनै दिए पनि कहिल्यै स्वीकार गरिने छैन । यिनीहरू नै हुन् जसको लागि कष्टदायक सजाय हुनेछ र तिनको कोही सहायता गर्ने छैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَنْ تَنَالُوا الْبِرَّ حَتّٰی تُنْفِقُوْا مِمَّا تُحِبُّوْنَ ؕ۬— وَمَا تُنْفِقُوْا مِنْ شَیْءٍ فَاِنَّ اللّٰهَ بِهٖ عَلِیْمٌ ۟
९२) (मोमिनहरू !) जबसम्म जुन कुराहरू तिमीलाई प्रिय छन् (अल्लाहको मार्गमा) त्यसबाट खर्च गर्ने छैनौ, तबसम्म कदापि पुण्य प्राप्त गर्न सक्ने छैनौ र जुन कुरो तिमीले खर्च गर्नेछौ, त्यो अल्लाहलाई राम्ररी थाहा छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
كُلُّ الطَّعَامِ كَانَ حِلًّا لِّبَنِیْۤ اِسْرَآءِیْلَ اِلَّا مَا حَرَّمَ اِسْرَآءِیْلُ عَلٰی نَفْسِهٖ مِنْ قَبْلِ اَنْ تُنَزَّلَ التَّوْرٰىةُ ؕ— قُلْ فَاْتُوْا بِالتَّوْرٰىةِ فَاتْلُوْهَاۤ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
९३) सबै खानेकुरा बनी इस्राईलको निम्ति तौरात उतारिनुभन्दा अगाडि हलाल थिए, ती कुरा बाहेक जुनकि यअ्कूबले आफ्नो लागि वर्जित गरेका थिए । (हे मुहम्मद) भनिदिनुस् कि, यदि तिमी सत्य हौ भने तौरात ल्याऊ र त्यसलाई पढेर सुनाऊ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَمَنِ افْتَرٰی عَلَی اللّٰهِ الْكَذِبَ مِنْ بَعْدِ ذٰلِكَ فَاُولٰٓىِٕكَ هُمُ الظّٰلِمُوْنَ ۟ؔ
९४) यस पश्चात पनि जुन मानिसहरू अल्लाहमाथि झूठा आरोप लगाउँछन् ती नै अन्यायी हुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ صَدَقَ اللّٰهُ ۫— فَاتَّبِعُوْا مِلَّةَ اِبْرٰهِیْمَ حَنِیْفًا ؕ— وَمَا كَانَ مِنَ الْمُشْرِكِیْنَ ۟
९५) भनिदेऊ ! कि अल्लाह सच्चा हो । तिमी सबै इब्राहीमको धर्मको पालना गर, जो मुश्रिकहरूमध्येबाट थिएनन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ اَوَّلَ بَیْتٍ وُّضِعَ لِلنَّاسِ لَلَّذِیْ بِبَكَّةَ مُبٰرَكًا وَّهُدًی لِّلْعٰلَمِیْنَ ۟ۚ
९६) (अल्लाहको) पहिलो घर जुन मानिसहरूको निमित्त पूजाको लागि निर्धारित गरिएको थियो, त्यहि नै हो जुन मक्कामा अवस्थित छ, कल्याणकारी र पूर्ण विश्वको निम्ति मार्गदर्शक छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فِیْهِ اٰیٰتٌۢ بَیِّنٰتٌ مَّقَامُ اِبْرٰهِیْمَ ۚ۬— وَمَنْ دَخَلَهٗ كَانَ اٰمِنًا ؕ— وَلِلّٰهِ عَلَی النَّاسِ حِجُّ الْبَیْتِ مَنِ اسْتَطَاعَ اِلَیْهِ سَبِیْلًا ؕ— وَمَنْ كَفَرَ فَاِنَّ اللّٰهَ غَنِیٌّ عَنِ الْعٰلَمِیْنَ ۟
९७) यसमा स्पष्ट निशानीहरू छन्, जसमध्ये एउटा इब्राहीमको उभिने स्थल (मुकामे इब्राहीम) हो। जो यसमा प्रवेश गर्दछ, त्यसले अमन (शान्ति) प्राप्त गर्दछ । मानिसहरूमाथि अल्लाहको हक छ कि जसले त्यस घरसम्म पुग्ने सामथ्र्य राख्दछ, त्यसले हज (धार्मिक यात्रा) गरोस् । यदि कसैले यस आदेशको पालना गर्दैन भने अल्लाह उससित बरु पूर्ण संसारबाट निस्पृह छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ یٰۤاَهْلَ الْكِتٰبِ لِمَ تَكْفُرُوْنَ بِاٰیٰتِ اللّٰهِ ۖۗ— وَاللّٰهُ شَهِیْدٌ عَلٰی مَا تَعْمَلُوْنَ ۟
९८) तपाई भन्नुस् कि हे किताबवालाहरू (यहुदी–ईसाई) ! तिमी अल्लाहका निशानीहरूलाई किन नकारिराखेका छौ ? र अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापको साक्षी छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ یٰۤاَهْلَ الْكِتٰبِ لِمَ تَصُدُّوْنَ عَنْ سَبِیْلِ اللّٰهِ مَنْ اٰمَنَ تَبْغُوْنَهَا عِوَجًا وَّاَنْتُمْ شُهَدَآءُ ؕ— وَمَا اللّٰهُ بِغَافِلٍ عَمَّا تَعْمَلُوْنَ ۟
९९) भन कि हे अहले किताब ! तिमी मानिसहरूलाई अल्लाहको मार्गबाट किन रोक्ने गर्दछौ र यसमा अवगुण खोज्दैछौ, जबकि तिमीहरू आफै साक्षी छौ र अल्लाह तिम्रा क्रियाकलापसित असावधान छैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِنْ تُطِیْعُوْا فَرِیْقًا مِّنَ الَّذِیْنَ اُوْتُوا الْكِتٰبَ یَرُدُّوْكُمْ بَعْدَ اِیْمَانِكُمْ كٰفِرِیْنَ ۟
१००) हे मोमिनहरू ! यदि तिमी अहले किताबको कुनै समूहको कुरा मान्नेछौ भने तिनीहरूले तिमीलाई ईमान ल्याइसकेपछि पनि काफिर बनाइदिन्छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَكَیْفَ تَكْفُرُوْنَ وَاَنْتُمْ تُتْلٰی عَلَیْكُمْ اٰیٰتُ اللّٰهِ وَفِیْكُمْ رَسُوْلُهٗ ؕ— وَمَنْ یَّعْتَصِمْ بِاللّٰهِ فَقَدْ هُدِیَ اِلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟۠
१०१) (स्पष्ट छ कि) तिमीहरूले कसरी ईमान परित्याग गर्छौ जबकि तिमीलाई अल्लाहका आयतहरू पढेर सुनाइन्छ र तिम्रो माझमा अल्लाहका रसूल बस्दछन् र जसले अल्लाहको धर्मको डोरीलाई दृढतापूर्वक समात्यो, निःसंदेह उसलाई सोझो मार्ग प्राप्त भइसक्ने छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا اتَّقُوا اللّٰهَ حَقَّ تُقٰتِهٖ وَلَا تَمُوْتُنَّ اِلَّا وَاَنْتُمْ مُّسْلِمُوْنَ ۟
१०२) हे मोमिनहरू ! अल्लाहसँग यति डर जति उसँग डर्नु पर्ने हो, र हेर मर्ने बेलासम्म मुसलमान नै रहनु ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاعْتَصِمُوْا بِحَبْلِ اللّٰهِ جَمِیْعًا وَّلَا تَفَرَّقُوْا ۪— وَاذْكُرُوْا نِعْمَتَ اللّٰهِ عَلَیْكُمْ اِذْ كُنْتُمْ اَعْدَآءً فَاَلَّفَ بَیْنَ قُلُوْبِكُمْ فَاَصْبَحْتُمْ بِنِعْمَتِهٖۤ اِخْوَانًا ۚ— وَكُنْتُمْ عَلٰی شَفَا حُفْرَةٍ مِّنَ النَّارِ فَاَنْقَذَكُمْ مِّنْهَا ؕ— كَذٰلِكَ یُبَیِّنُ اللّٰهُ لَكُمْ اٰیٰتِهٖ لَعَلَّكُمْ تَهْتَدُوْنَ ۟
१०३) सबै मिलेर अल्लाहको डोरीलाई दृढतापूर्वक समातिराख्नु र विभाजित नहुनु र अल्लाहको त्यस अनुकम्पालाई यादगर कि जब तिमी एक अर्काको शत्रु थियौ, त उसले तिम्रा हृदयहरूमा प्रेमको सृजना गर्यो र उसको कृपाले तिमीहरू आपसमा भाइ–भाइ भइहाल्यौ, र तिमी आगोको खाल्डो छेउ पुगिसकेका थियौ, त अल्लाहले तिमीलाई त्यसबाट बचाइहाल्यो । यस प्रकार अल्लाहले तिमीलाई आफ्नो निशानीहरूको वर्णन गर्दछ ताकि तिमी मार्गदर्शन प्राप्त गर्नसकौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلْتَكُنْ مِّنْكُمْ اُمَّةٌ یَّدْعُوْنَ اِلَی الْخَیْرِ وَیَاْمُرُوْنَ بِالْمَعْرُوْفِ وَیَنْهَوْنَ عَنِ الْمُنْكَرِ ؕ— وَاُولٰٓىِٕكَ هُمُ الْمُفْلِحُوْنَ ۟
१०४) तिमीमध्ये एउटा समूह यस्तो हुनुपर्छ जसले कि मानिसहरूलाई सदाचारतिर आमन्त्रित गरोस् र सत्कर्मको सन्देश देओस् र दुष्कर्मबाट रोकोस् र तिनै मानिसहरूले मुक्ति प्राप्त गर्नेहरू हुन्छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَا تَكُوْنُوْا كَالَّذِیْنَ تَفَرَّقُوْا وَاخْتَلَفُوْا مِنْ بَعْدِ مَا جَآءَهُمُ الْبَیِّنٰتُ ؕ— وَاُولٰٓىِٕكَ لَهُمْ عَذَابٌ عَظِیْمٌ ۟ۙ
१०५) तिमी ती मानिसहरू जस्तो नहुनु जसले आफू समक्ष स्पष्ट आदेशहरू आइपुगेपछि पनि एकअर्कासँग विवाद र मतभेद गर्नथाले । यी त्यस्ता मानिसहरू हुन् जसले ठूलो सजाय भोगने छन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یَّوْمَ تَبْیَضُّ وُجُوْهٌ وَّتَسْوَدُّ وُجُوْهٌ ۚ— فَاَمَّا الَّذِیْنَ اسْوَدَّتْ وُجُوْهُهُمْ ۫— اَكَفَرْتُمْ بَعْدَ اِیْمَانِكُمْ فَذُوْقُوا الْعَذَابَ بِمَا كُنْتُمْ تَكْفُرُوْنَ ۟
१०६) जुन दिन धेरै अनुहारहरू उज्यालो देखिने छन् र धेरै अनुहारहरू कालो हुनेछन्, त जुन मानिसहरूका अनुहार कालो हुनेछन्, (तिनीहरूसँग अल्लाहले सोध्ने छ) के तिमीहरूले ईमान ल्याएपछि फेरि कुफ्र गर्यौ, अब आफ्नो कुफ्रको कारण सजाय भोग ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاَمَّا الَّذِیْنَ ابْیَضَّتْ وُجُوْهُهُمْ فَفِیْ رَحْمَةِ اللّٰهِ ؕ— هُمْ فِیْهَا خٰلِدُوْنَ ۟
१०७) जुन मानिसहरूका अनुहार उज्यालो हुनेछन् तिनीहरू अल्लाहको अनुकम्पाभित्र हुनेछन्, र त्यसैमा सधैं बास गर्नेछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
تِلْكَ اٰیٰتُ اللّٰهِ نَتْلُوْهَا عَلَیْكَ بِالْحَقِّ ؕ— وَمَا اللّٰهُ یُرِیْدُ ظُلْمًا لِّلْعٰلَمِیْنَ ۟
१०८) हे नबी ! यी अल्लाहका सत्य आयतहरूलाई हामीले तपाईको लागि राम्ररी पढेर सुनाउँदछौं र अल्लाह मानिसहरूमाथि अन्याय गर्न चाहँदैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— وَاِلَی اللّٰهِ تُرْجَعُ الْاُمُوْرُ ۟۠
१०९) जे जति आकाशहरूमा र पृथ्वीमा छन्, सबै अल्लाहकै हुन् र सबै कुरा (अन्तमा) अल्लाहतिर नै फर्कने छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
كُنْتُمْ خَیْرَ اُمَّةٍ اُخْرِجَتْ لِلنَّاسِ تَاْمُرُوْنَ بِالْمَعْرُوْفِ وَتَنْهَوْنَ عَنِ الْمُنْكَرِ وَتُؤْمِنُوْنَ بِاللّٰهِ ؕ— وَلَوْ اٰمَنَ اَهْلُ الْكِتٰبِ لَكَانَ خَیْرًا لَّهُمْ ؕ— مِنْهُمُ الْمُؤْمِنُوْنَ وَاَكْثَرُهُمُ الْفٰسِقُوْنَ ۟
११०) (मोमिनहरू !) मानिसहरूको लागि पैदा गरिएको सबै सम्प्रदायहरूमध्ये तिमीहरू सबैभन्दा उत्तम हौ किनकि सत्कर्म गर्न भन्दछौ र दुष्कर्मबाट टाढा रहन सिकाउँदछौ र अल्लाहमाथि आस्था राख्दछौ र यदि अहले किताबले पनि आस्था राखेको भए तिनीहरूको निम्ति धेरै राम्रो हुने थियो । तिनीहरूमध्ये ईमानवालाहरू पनि छन् र धेरै जसो अवज्ञाकारीहरू छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَنْ یَّضُرُّوْكُمْ اِلَّاۤ اَذًی ؕ— وَاِنْ یُّقَاتِلُوْكُمْ یُوَلُّوْكُمُ الْاَدْبَارَ ۫— ثُمَّ لَا یُنْصَرُوْنَ ۟
१११) तिनीहरूले तिमीलाई साधारण दुःख दिन बाहेक कुनै ठूलो हानि पुर्याउन सक्दैनन् र यदि तिमीसँग संघर्षको अवसर आएमा भागिहाल्ने छन्, फेरि तिनीहरूले (कतैबाट) मद्दत पनि पाउने छैनन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
ضُرِبَتْ عَلَیْهِمُ الذِّلَّةُ اَیْنَ مَا ثُقِفُوْۤا اِلَّا بِحَبْلٍ مِّنَ اللّٰهِ وَحَبْلٍ مِّنَ النَّاسِ وَبَآءُوْ بِغَضَبٍ مِّنَ اللّٰهِ وَضُرِبَتْ عَلَیْهِمُ الْمَسْكَنَةُ ؕ— ذٰلِكَ بِاَنَّهُمْ كَانُوْا یَكْفُرُوْنَ بِاٰیٰتِ اللّٰهِ وَیَقْتُلُوْنَ الْاَنْۢبِیَآءَ بِغَیْرِ حَقٍّ ؕ— ذٰلِكَ بِمَا عَصَوْا وَّكَانُوْا یَعْتَدُوْنَ ۟ۗ
११२) यिनीहरूमाथि जहाँ पनि धिक्कार र अपमान भयो, अल्लाह र मानिसहरूको शरणमा गएकाहरू बाहेक । यिनीहरू अल्लाहको क्रोधको भागी भइसकेका छन् । र दरिद्रताले घेरिएका छन् । यो यसकारणले कि यिनीहरूले अल्लाहका आयतहरूलाई इन्कार गर्दथे र उसका दूतहरूलाई अकारण मारिदिन्थे, यो बदला हो यिनीहरूको अवज्ञाकारिता र अत्याचारको ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَیْسُوْا سَوَآءً ؕ— مِنْ اَهْلِ الْكِتٰبِ اُمَّةٌ قَآىِٕمَةٌ یَّتْلُوْنَ اٰیٰتِ اللّٰهِ اٰنَآءَ الَّیْلِ وَهُمْ یَسْجُدُوْنَ ۟
११३) यिनीहरू सबै एक समान छैनन् । बरु यी अहले किताबमध्ये केही मानिसहरू सत्यमार्गमा कायम रहनेहरू पनि छन् । जसले रातिको समयमा पनि अल्लाहका आयतहरू पढ्दछन् र सज्दा पनि गर्दछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یُؤْمِنُوْنَ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ وَیَاْمُرُوْنَ بِالْمَعْرُوْفِ وَیَنْهَوْنَ عَنِ الْمُنْكَرِ وَیُسَارِعُوْنَ فِی الْخَیْرٰتِ ؕ— وَاُولٰٓىِٕكَ مِنَ الصّٰلِحِیْنَ ۟
११४) यिनीहरू अल्लाहमाथि र आखिरतको दिनमाथि आस्था पनि राख्दछन् र सत्कर्म गर्न भन्दछन् र दुष्कर्मबाट मनाही गर्दछन् र सदाचारतिर अग्रसर हुन्छन् । यिनी सदाचारीमध्येका हुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَا یَفْعَلُوْا مِنْ خَیْرٍ فَلَنْ یُّكْفَرُوْهُ ؕ— وَاللّٰهُ عَلِیْمٌۢ بِالْمُتَّقِیْنَ ۟
११५) यिनीहरूले जति सत्कर्म गर्दछन् त्यसको उपेक्षा गर्नु हुँदैन । र, अल्लाह आत्मसंयमीहरूलाई राम्ररी जान्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ الَّذِیْنَ كَفَرُوْا لَنْ تُغْنِیَ عَنْهُمْ اَمْوَالُهُمْ وَلَاۤ اَوْلَادُهُمْ مِّنَ اللّٰهِ شَیْـًٔا ؕ— وَاُولٰٓىِٕكَ اَصْحٰبُ النَّارِ ۚ— هُمْ فِیْهَا خٰلِدُوْنَ ۟
११६) काफिरहरूको लागि तिनीहरूको धन–सम्पत्ति र सन्तान अल्लाहकहाँ केही काम लाग्दैनन् । यिनीहरू त नारकीय हुन्, सधै त्यसैमा रहनेछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
مَثَلُ مَا یُنْفِقُوْنَ فِیْ هٰذِهِ الْحَیٰوةِ الدُّنْیَا كَمَثَلِ رِیْحٍ فِیْهَا صِرٌّ اَصَابَتْ حَرْثَ قَوْمٍ ظَلَمُوْۤا اَنْفُسَهُمْ فَاَهْلَكَتْهُ ؕ— وَمَا ظَلَمَهُمُ اللّٰهُ وَلٰكِنْ اَنْفُسَهُمْ یَظْلِمُوْنَ ۟
११७) यी अनास्थावादीले यो जीवनमा जुन धन खर्च गर्दछन् त्यसको उदाहरण त्यस हिउँले भरिएको बतास जस्तो छ, जुन अन्याय गर्ने मानिसहरूको खेतीको माथि चल्यो र त्यसलाई तहस नहस पारिदियो । अल्लाहले तिनीहरूमाथि कुनै अत्याचार गरेको छैन, बरु तिनीहरू आफैले आफूमाथि अत्याचार गरिराखेका छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَتَّخِذُوْا بِطَانَةً مِّنْ دُوْنِكُمْ لَا یَاْلُوْنَكُمْ خَبَالًا ؕ— وَدُّوْا مَا عَنِتُّمْ ۚ— قَدْ بَدَتِ الْبَغْضَآءُ مِنْ اَفْوَاهِهِمْ ۖۚ— وَمَا تُخْفِیْ صُدُوْرُهُمْ اَكْبَرُ ؕ— قَدْ بَیَّنَّا لَكُمُ الْاٰیٰتِ اِنْ كُنْتُمْ تَعْقِلُوْنَ ۟
११८) हे मोमिनहरू ! ईमान ल्याएका बाहेक अरुलाई आफ्नो घनिष्ट मित्र नबनाऊ । तिमी त देख्दैनौ, यी मानिसहरूले तिमीहरूलाई बर्बाद पार्नुमा कुनै कसर बाँकी राख्दैनन् र यिनीहरू चाहन्छन् कि (जसरी पनि) तिमीलाई कष्ट पुगोस् । तिनीहरूका मुखबाट त शत्रुता प्रकट भइसकेको छ र जुन (छलकपट) तिनका छातीमा लुकेको छ, त्यो त झन् धेरै छ । हामीले तिमीलाई आफ्ना आयतहरू स्पष्ट गरिदिइसकेका छौं यदि तिमी बुझदछौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
هٰۤاَنْتُمْ اُولَآءِ تُحِبُّوْنَهُمْ وَلَا یُحِبُّوْنَكُمْ وَتُؤْمِنُوْنَ بِالْكِتٰبِ كُلِّهٖ ۚ— وَاِذَا لَقُوْكُمْ قَالُوْۤا اٰمَنَّا ۖۗۚ— وَاِذَا خَلَوْا عَضُّوْا عَلَیْكُمُ الْاَنَامِلَ مِنَ الْغَیْظِ ؕ— قُلْ مُوْتُوْا بِغَیْظِكُمْ ؕ— اِنَّ اللّٰهَ عَلِیْمٌۢ بِذَاتِ الصُّدُوْرِ ۟
११९) तिमीहरूसंग बुद्धि भए आफै हेरिहाल कि तिमी त तिनीहरूलाई चाहन्छौ तर तिनीहरू तिमीसँग प्रेम गर्दैनन् । तिमी सबै ग्रन्थहरूमा विश्वास गर्दछौ । (तिनीहरू मान्दैनन्) तिनीहरूले तिमी सामु ईमान ल्याएको स्वीकार गर्दछन् र जब तिमीबाट अलग हुन्छन् त तिमीसँग क्रोधको कारणले आफ्नै औंला टोक्न थाल्दछन् । भनिदेऊ ! कि तिमीहरू अफ्नै क्रोधमा मरिहाल, अल्लाह तिम्रा हृदयका रहस्यहरूलाई राम्ररी बुझ्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنْ تَمْسَسْكُمْ حَسَنَةٌ تَسُؤْهُمْ ؗ— وَاِنْ تُصِبْكُمْ سَیِّئَةٌ یَّفْرَحُوْا بِهَا ؕ— وَاِنْ تَصْبِرُوْا وَتَتَّقُوْا لَا یَضُرُّكُمْ كَیْدُهُمْ شَیْـًٔا ؕ— اِنَّ اللّٰهَ بِمَا یَعْمَلُوْنَ مُحِیْطٌ ۟۠
१२०) यदि तिमीलाई भलाई प्राप्त हुन्छ भने तिनलाई नराम्रो लाग्छद, यदि तिमीलाई दुःख हुन्छ भने तिनीहरू खुशी हुन्छन् । यदि तिमीले संतोषगरी अल्लाहबाट डर मान्छौ भने, तिनका षड्यन्त्रले तिमीलाई केही पनि नोक्सान पुर्याउन सक्ने छैन । अल्लाहले तिनीहरूले गर्ने क्रियाकलापको घेराबन्दी गरिसकेको छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاِذْ غَدَوْتَ مِنْ اَهْلِكَ تُبَوِّئُ الْمُؤْمِنِیْنَ مَقَاعِدَ لِلْقِتَالِ ؕ— وَاللّٰهُ سَمِیْعٌ عَلِیْمٌ ۟ۙ
१२१) हे नबी, त्यस समयलाई पनि स्मरण गर जब बिहान–बिहानै तपाईले आफ्नो घरबाट शीघ्र प्रस्थान गरी ईमानवालाहरूलाई युद्ध क्षेत्रका मोर्चाहरूमा (जङ्गे उहुद्) सुव्यवस्थित तरिकाले खटाइराखेका थियौ । र अल्लाह सबै कुरा सुन्ने र जान्नेवाला हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِذْ هَمَّتْ طَّآىِٕفَتٰنِ مِنْكُمْ اَنْ تَفْشَلَا ۙ— وَاللّٰهُ وَلِیُّهُمَا ؕ— وَعَلَی اللّٰهِ فَلْیَتَوَكَّلِ الْمُؤْمِنُوْنَ ۟
१२२) जुनबेला तिमीमध्येबाट दुई समूहले (बनू हारसा र बनू सल्मा) हिम्मत छोड्ने इच्छा गरेका थिए, अल्लाह नै तिनको मद्दतकर्ता हो । मोमिनहरूलाई अल्लाहमाथि नै भरोसा गर्नुपर्छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَقَدْ نَصَرَكُمُ اللّٰهُ بِبَدْرٍ وَّاَنْتُمْ اَذِلَّةٌ ۚ— فَاتَّقُوا اللّٰهَ لَعَلَّكُمْ تَشْكُرُوْنَ ۟
१२३) अल्लाहले बद्रको युद्धमा पनि ठीक त्यस बेला तिम्रो सहायता गरेको थियो, जब तिमी धेरै कमजोर अवस्थामा पुगिसकेका थियौ । तसर्थ अल्लाहसँग मात्र डर जसबाट तिमी आभार प्रकट गर्नसक ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِذْ تَقُوْلُ لِلْمُؤْمِنِیْنَ اَلَنْ یَّكْفِیَكُمْ اَنْ یُّمِدَّكُمْ رَبُّكُمْ بِثَلٰثَةِ اٰلٰفٍ مِّنَ الْمَلٰٓىِٕكَةِ مُنْزَلِیْنَ ۟ؕ
१२४) जब तपाईले मोमिनहरूलाई भरोसा दिइरहनु भएको थियो, कि के यो पर्याप्त छैन कि पालनकर्ताले तीन हजार दूतहरू (फरिश्ता) पठाई तपाईलाई मद्दत गर्यो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
بَلٰۤی ۙ— اِنْ تَصْبِرُوْا وَتَتَّقُوْا وَیَاْتُوْكُمْ مِّنْ فَوْرِهِمْ هٰذَا یُمْدِدْكُمْ رَبُّكُمْ بِخَمْسَةِ اٰلٰفٍ مِّنَ الْمَلٰٓىِٕكَةِ مُسَوِّمِیْنَ ۟
१२५) हो, यदि तिमी संतोष र धैर्य राख्दछौ र तिनीहरू यसैबेला तिमीमाथि आइलाग्छन् भने तिम्रो रबले (प्रतिपालकले) पाँच हजार दूतहरू (फरिश्ताहरू), जिनमाथि चिन्हहरू हुनेछन्, तिम्रो सहायताको लागि पठाउने छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَا جَعَلَهُ اللّٰهُ اِلَّا بُشْرٰی لَكُمْ وَلِتَطْمَىِٕنَّ قُلُوْبُكُمْ بِهٖ ؕ— وَمَا النَّصْرُ اِلَّا مِنْ عِنْدِ اللّٰهِ الْعَزِیْزِ الْحَكِیْمِ ۟ۙ
१२६) र त्यो मद्दतलाई त अल्लाहले तिम्रो खुशी र सन्तुष्टिको लागि गर्यो अन्यथा सहायता त अल्लाहकै तर्फबाट हुन्छ, जो सर्वशक्तिमान र कौशल सम्पन्न छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لِیَقْطَعَ طَرَفًا مِّنَ الَّذِیْنَ كَفَرُوْۤا اَوْ یَكْبِتَهُمْ فَیَنْقَلِبُوْا خَآىِٕبِیْنَ ۟
१२७) (यस कारणले त्यो मद्दत गर्यो कि) काफिरहरूको एउटा समूहलाई निर्मूल वा अपमानित गरिहालोस् जसलेगर्दा ती सबै असफल भई फर्किहालुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَیْسَ لَكَ مِنَ الْاَمْرِ شَیْءٌ اَوْ یَتُوْبَ عَلَیْهِمْ اَوْ یُعَذِّبَهُمْ فَاِنَّهُمْ ظٰلِمُوْنَ ۟
१२८) हे पैगम्बर ! यसमा तपाईको अख्तियारमा केही छैन । अल्लाहले चाहेमा तिनीहरूको प्रायश्चित स्वीकार गर्दछ अथवा तिनीलाई सजाय दिन्छ किनभने तिनीहरू अत्याचारी हुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— یَغْفِرُ لِمَنْ یَّشَآءُ وَیُعَذِّبُ مَنْ یَّشَآءُ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟۠
१२९) आकाशहरूमा र धरतीमा जे छ, सबै अल्लाहकै हो । उसले आफ्नो इच्छा अनुसार जसलाई चाहन्छ क्षमा गरिदिन्छ र जसलाई चाहन्छ दण्ड दिन्छ, र अल्लाह क्षमादाता र दयावान छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَاْكُلُوا الرِّبٰۤوا اَضْعَافًا مُّضٰعَفَةً ۪— وَّاتَّقُوا اللّٰهَ لَعَلَّكُمْ تُفْلِحُوْنَ ۟ۚ
१३०) हे ईमानवालाहरू ! बढाई–चढाई व्याज नखाऊ, अल्लाहसँग डर ताकि तिमी मुक्ति प्राप्त गर्नसकौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاتَّقُوا النَّارَ الَّتِیْۤ اُعِدَّتْ لِلْكٰفِرِیْنَ ۟ۚ
१३१) र त्यस आगोबाट डर, जुन काफिरहरूको लागि तयार गरिएको छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاَطِیْعُوا اللّٰهَ وَالرَّسُوْلَ لَعَلَّكُمْ تُرْحَمُوْنَ ۟ۚ
१३२) अल्लाह र उसको रसूलको आज्ञापालन गर ताकि तिमीमाथि कृपा गरियोस् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَسَارِعُوْۤا اِلٰی مَغْفِرَةٍ مِّنْ رَّبِّكُمْ وَجَنَّةٍ عَرْضُهَا السَّمٰوٰتُ وَالْاَرْضُ ۙ— اُعِدَّتْ لِلْمُتَّقِیْنَ ۟ۙ
१३३) र, आफ्नो प्रतिपालकको क्षमा र त्यस स्वर्गतर्फ अगाडि बढ जसको चौडाई आकाश र पृथ्वी जतिको छ, र जुन अल्लाहसँग डर मान्नेहरूको निम्ति बनाइएको छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
الَّذِیْنَ یُنْفِقُوْنَ فِی السَّرَّآءِ وَالضَّرَّآءِ وَالْكٰظِمِیْنَ الْغَیْظَ وَالْعَافِیْنَ عَنِ النَّاسِ ؕ— وَاللّٰهُ یُحِبُّ الْمُحْسِنِیْنَ ۟ۚ
१३४) जसले सुख र दुःखमा (अल्लाहको मार्गमा) खर्च गर्दछन् र क्रोधलाई नियन्त्रणमा राख्दछन् र मानिसहरूका त्रुटिहरू क्षमा गरिदिन्छन्, अल्लाह ती सत्कर्म गर्नेहरूलाई प्रेम गर्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَالَّذِیْنَ اِذَا فَعَلُوْا فَاحِشَةً اَوْ ظَلَمُوْۤا اَنْفُسَهُمْ ذَكَرُوا اللّٰهَ فَاسْتَغْفَرُوْا لِذُنُوْبِهِمْ۫— وَمَنْ یَّغْفِرُ الذُّنُوْبَ اِلَّا اللّٰهُ ۪۫— وَلَمْ یُصِرُّوْا عَلٰی مَا فَعَلُوْا وَهُمْ یَعْلَمُوْنَ ۟
१३५) जब तिनीहरूले खुलारूपमा कुनै गल्ती वा गुनाह गर्दछन् त तत्कालै अल्लाहलाई स्मरण गर्दछन् र आफ्ना भूलहरूका लागि क्षमायाचना गर्दछन् । तथ्य यो छ कि अल्लाह बाहेक कसले क्षमादान गर्न सक्छ ? तिनीहरू जानी जानी आफ्नो गलत कामहरूको लागि अडान लिदैनन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اُولٰٓىِٕكَ جَزَآؤُهُمْ مَّغْفِرَةٌ مِّنْ رَّبِّهِمْ وَجَنّٰتٌ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَا ؕ— وَنِعْمَ اَجْرُ الْعٰمِلِیْنَ ۟ؕ
१३६) यस्तै मानिसहरूका लागि पुरस्कार, तिनको पालनकर्ताको तर्फबाट माफी, र स्वर्ग छ, जसमुनि नहरहरू बगरिहेका छन्, तिनीहरू त्यसमा सधैं बस्नेछन् । ती असल कर्म गर्नेहरूको पुरस्कार कस्तो राम्रो छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قَدْ خَلَتْ مِنْ قَبْلِكُمْ سُنَنٌ ۙ— فَسِیْرُوْا فِی الْاَرْضِ فَانْظُرُوْا كَیْفَ كَانَ عَاقِبَةُ الْمُكَذِّبِیْنَ ۟
१३७) तिमीहरूभन्दा अगाडि पनि यस्ता घटनाहरू घटिसकेका छन्, तसर्थ पृथ्वीमा भ्रमण गरी हेर कि अल्लाहका आदेशलाई इन्कार गर्नेहरूको परिणाम के भयो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
هٰذَا بَیَانٌ لِّلنَّاسِ وَهُدًی وَّمَوْعِظَةٌ لِّلْمُتَّقِیْنَ ۟
१३८) सामान्य मानिसहरूको निम्ति यो (कुरआन) एउटा वक्तव्य हो र अल्लाहका सेवकहरूको लागि पथप्रदर्शन र नसीहत (उपदेश) हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَا تَهِنُوْا وَلَا تَحْزَنُوْا وَاَنْتُمُ الْاَعْلَوْنَ اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۟
१३९) हेर, तिमी न अल्छी गर न चिन्तित होऊ । यदि तिमी ईमानवाला हौ भने तिम्रै वर्चस्व कायम हुनेछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنْ یَّمْسَسْكُمْ قَرْحٌ فَقَدْ مَسَّ الْقَوْمَ قَرْحٌ مِّثْلُهٗ ؕ— وَتِلْكَ الْاَیَّامُ نُدَاوِلُهَا بَیْنَ النَّاسِ ۚ— وَلِیَعْلَمَ اللّٰهُ الَّذِیْنَ اٰمَنُوْا وَیَتَّخِذَ مِنْكُمْ شُهَدَآءَ ؕ— وَاللّٰهُ لَا یُحِبُّ الظّٰلِمِیْنَ ۟ۙ
१४०) यदि तिमीलाई (पराजयको) चोट पुगेको छ भने विरोधीहरू पनि घाइते भइसकेका छन् । यी दिनहरूलाई मानिसहरूमाझ हामीले परिवर्तन गरिराख्दछौ, (उहुद पराजयको) यो पनि उद्देश्य थियो कि अल्लाहले ईमान भएकाहरूलाई अलग गरिहालोस् र तिमीहरूमध्येबाट केहीलाई शहादत प्रदान गरोस् । अल्लाह अत्याचारीहरूलाई प्रेम गर्दैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلِیُمَحِّصَ اللّٰهُ الَّذِیْنَ اٰمَنُوْا وَیَمْحَقَ الْكٰفِرِیْنَ ۟
१४१) (र यो पनि कि) अल्लाहले ईमान भएकाहरूलाई बिल्कुल अलग गरेर काफिरहरूलाई निर्मूल पारिदेओस् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَمْ حَسِبْتُمْ اَنْ تَدْخُلُوا الْجَنَّةَ وَلَمَّا یَعْلَمِ اللّٰهُ الَّذِیْنَ جٰهَدُوْا مِنْكُمْ وَیَعْلَمَ الصّٰبِرِیْنَ ۟
१४२) के तिमीले यो ठानिसकेका छौ कि (बिना परीक्षा) तिमीहरू स्वर्गमा प्रवेश पाउने छौ, यद्यपि अहिलेसम्म अल्लाहले यो स्पष्ट गरेको छैन कि तिमीहरूमध्येका जिहादी को हुन् र संतोष गर्नेहरू को हुन् ?
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَقَدْ كُنْتُمْ تَمَنَّوْنَ الْمَوْتَ مِنْ قَبْلِ اَنْ تَلْقَوْهُ ۪— فَقَدْ رَاَیْتُمُوْهُ وَاَنْتُمْ تَنْظُرُوْنَ ۟۠
१४३) युद्ध हुनुभन्दा पहिला त तिमी शहादतको इच्छुक थियौ, अब त तिमीले त्यसलाई आफ्नै आँखाले देखिहाल्यौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَا مُحَمَّدٌ اِلَّا رَسُوْلٌ ۚ— قَدْ خَلَتْ مِنْ قَبْلِهِ الرُّسُلُ ؕ— اَفَاۡىِٕنْ مَّاتَ اَوْ قُتِلَ انْقَلَبْتُمْ عَلٰۤی اَعْقَابِكُمْ ؕ— وَمَنْ یَّنْقَلِبْ عَلٰی عَقِبَیْهِ فَلَنْ یَّضُرَّ اللّٰهَ شَیْـًٔا ؕ— وَسَیَجْزِی اللّٰهُ الشّٰكِرِیْنَ ۟
१४४) मुहम्मद (सल्ललाहु अलैहे वसल्लम) त मात्र अल्लाहका रसूल हुन् । उनीभन्दा पहिला पनि धेरै रसूलहरू गुज्री सकेका छन् । यदि उनको मृत्यु हुन्छ अथवा उनी शहीद भइहाले भने के तिमी इस्लामबाट तत्काल फर्किहाल्छौ ? र यदि जो कोही विचलित भइहाल्छ भने त्यसले अल्लाहको केही बिगार्न सक्तैन र अल्लाहले कृतज्ञहरूलाई छिट्टै राम्रो प्रतिफल प्रदान गर्नेछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَا كَانَ لِنَفْسٍ اَنْ تَمُوْتَ اِلَّا بِاِذْنِ اللّٰهِ كِتٰبًا مُّؤَجَّلًا ؕ— وَمَنْ یُّرِدْ ثَوَابَ الدُّنْیَا نُؤْتِهٖ مِنْهَا ۚ— وَمَنْ یُّرِدْ ثَوَابَ الْاٰخِرَةِ نُؤْتِهٖ مِنْهَا ؕ— وَسَنَجْزِی الشّٰكِرِیْنَ ۟
१४५) अल्लाहको अनुमति बिना कुनै जीवित मर्दैन, सबैको समयावधि निर्धारित गरिएको छ र जुन व्यक्ति संसारमा फल चाहन्छ, त्यसलाई हामीले दुनिया मै केही फल दिन्छौ र जो आखिरतमा फल प्राप्तिको इच्छुक छ, उसलाई हामीले त्यो पनि दिनेछौं र कृतज्ञहरूलाई हामीले राम्रो प्रतिफल प्रदान गर्नेछौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَكَاَیِّنْ مِّنْ نَّبِیٍّ قٰتَلَ ۙ— مَعَهٗ رِبِّیُّوْنَ كَثِیْرٌ ۚ— فَمَا وَهَنُوْا لِمَاۤ اَصَابَهُمْ فِیْ سَبِیْلِ اللّٰهِ وَمَا ضَعُفُوْا وَمَا اسْتَكَانُوْا ؕ— وَاللّٰهُ یُحِبُّ الصّٰبِرِیْنَ ۟
१४६) धेरै नबीहरूका सहयात्री भएर अल्लाहका धेरै उपासकहरू अल्लाहका शत्रुहरूसित युद्ध गरेका छन् । तिनीहरूलाई पनि अल्लाहको मार्गमा दुःख पर्यो, तर त्यसबाट तिनीहरूले कहिल्यै न त साहस गुमाए, न अल्छी भए र न त शत्रुबाट हार माने । अल्लाह सहनशीलहरूलाई नै चाहन्छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَا كَانَ قَوْلَهُمْ اِلَّاۤ اَنْ قَالُوْا رَبَّنَا اغْفِرْ لَنَا ذُنُوْبَنَا وَاِسْرَافَنَا فِیْۤ اَمْرِنَا وَثَبِّتْ اَقْدَامَنَا وَانْصُرْنَا عَلَی الْقَوْمِ الْكٰفِرِیْنَ ۟
१४७) (यस्तो अवस्थामा पनि) तिनीहरूले यो भन्दै गरे कि हे पालनहारः हाम्रा पापहरू माफ गरिदेऊ र हाम्रा काममा भएका भूलहरू क्षमा गरिदेऊ र हामीलाई दृढ र अटल राख र काफिरहरूमाथि विजय प्राप्त गर्न हाम्रो सहायता गर ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَاٰتٰىهُمُ اللّٰهُ ثَوَابَ الدُّنْیَا وَحُسْنَ ثَوَابِ الْاٰخِرَةِ ؕ— وَاللّٰهُ یُحِبُّ الْمُحْسِنِیْنَ ۟۠
१४८) अल्लाहले तिनलाई संसारमा पनि पुरस्कृत गर्यो र आखिरतमा पनि धेरै राम्रो प्रतिफलको खूबी प्रदान गर्यो । र अल्लाह सदाचारीहरूलाई मायाँ गर्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِنْ تُطِیْعُوا الَّذِیْنَ كَفَرُوْا یَرُدُّوْكُمْ عَلٰۤی اَعْقَابِكُمْ فَتَنْقَلِبُوْا خٰسِرِیْنَ ۟
१४९) मोमिनहरू हो ! यदि तिमी काफिरहरूको भनाई मान्छौ भने, तिनीहरूले तिमीलाई तुरुन्तै विचलित गराइदिनेछन्, अनि तिमीलाई ठूलै हानि हुनेछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
بَلِ اللّٰهُ مَوْلٰىكُمْ ۚ— وَهُوَ خَیْرُ النّٰصِرِیْنَ ۟
१५०) अपितु अल्लाह नै तिम्रो मालिक हो र उही नै सबभन्दा राम्रो मद्दतगार हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
سَنُلْقِیْ فِیْ قُلُوْبِ الَّذِیْنَ كَفَرُوا الرُّعْبَ بِمَاۤ اَشْرَكُوْا بِاللّٰهِ مَا لَمْ یُنَزِّلْ بِهٖ سُلْطٰنًا ۚ— وَمَاْوٰىهُمُ النَّارُ ؕ— وَبِئْسَ مَثْوَی الظّٰلِمِیْنَ ۟
१५१) हामीले छिट्टै काफिरहरूको हृदयमा तिम्रो भयको सृजना गरिदिनेछौं, किनभने तिनीहरूले अल्लाहसित अरुहरूको साझेदारी ठहराउँछन्, जसको कि अल्लाहले कुनै प्रमाण पठाएको छैन र तिनको आश्रय नर्क हुनेछ । र त्यो अत्याचारीहरूको लागि सबैभन्दा नराम्रो बासस्थान हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَقَدْ صَدَقَكُمُ اللّٰهُ وَعْدَهٗۤ اِذْ تَحُسُّوْنَهُمْ بِاِذْنِهٖ ۚ— حَتّٰۤی اِذَا فَشِلْتُمْ وَتَنَازَعْتُمْ فِی الْاَمْرِ وَعَصَیْتُمْ مِّنْ بَعْدِ مَاۤ اَرٰىكُمْ مَّا تُحِبُّوْنَ ؕ— مِنْكُمْ مَّنْ یُّرِیْدُ الدُّنْیَا وَمِنْكُمْ مَّنْ یُّرِیْدُ الْاٰخِرَةَ ۚ— ثُمَّ صَرَفَكُمْ عَنْهُمْ لِیَبْتَلِیَكُمْ ۚ— وَلَقَدْ عَفَا عَنْكُمْ ؕ— وَاللّٰهُ ذُوْ فَضْلٍ عَلَی الْمُؤْمِنِیْنَ ۟
१५२) अल्लाहले आफ्नो वचन पूरा गरेर देखाइहाल्यो, जब तिमीले उसको आदेशले काफिरहरूलाई मरिराखेका थियौ, यहाँसम्म कि जब तिमीले आफ्नो साहस गुमाउन लागेका थियौ र काममा झगडा गर्न थाल्यौ र उसको आदेशको अवज्ञा गर्यौ, यस पश्चात पनि कि तिमीले चाहेको चीज उसले तिमीलाई देखाइदियो । तिमीहरूमध्ये केही त सांसारिक लाभ प्राप्तिको इच्छा गरिराखेका थिए र केही परलोकको आकांक्षा राख्दथे । फेरि अल्लाहले तिमीलाई तिनीहरूकोसँगबाट फर्काइहाल्यो ताकि तिम्रो परीक्षा गरोस् र निःसंदेह उसले तिम्रो सम्पूर्ण त्रुटिहरूलाई क्षमा गरिदियो र अल्लाह आस्थावानहरूमाथि धेरै दया गर्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِذْ تُصْعِدُوْنَ وَلَا تَلْوٗنَ عَلٰۤی اَحَدٍ وَّالرَّسُوْلُ یَدْعُوْكُمْ فِیْۤ اُخْرٰىكُمْ فَاَثَابَكُمْ غَمًّا بِغَمٍّ لِّكَیْلَا تَحْزَنُوْا عَلٰی مَا فَاتَكُمْ وَلَا مَاۤ اَصَابَكُمْ ؕ— وَاللّٰهُ خَبِیْرٌ بِمَا تَعْمَلُوْنَ ۟
१५३) जब तिमीहरू टाढा भाग्दै थियौ र कसैको वास्ता गरिराखेका थिएनौ र अल्लाहका रसूलले तिमीलाई तिम्रो पछाडिबाट आवाज दिइरहनु भएको थियो । तिमीमाथि एक कष्ट पछि अर्को दुःख पुग्यो ताकि जुन कुरो तिम्रो हातबाट हराउँदै थियो त्यसबाट दुःखी नहोऊ र नपुगेको कष्टको लागि उदास नहोऊ । अल्लाह सबै क्रियाकलापको जानकारी राख्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
ثُمَّ اَنْزَلَ عَلَیْكُمْ مِّنْ بَعْدِ الْغَمِّ اَمَنَةً نُّعَاسًا یَّغْشٰی طَآىِٕفَةً مِّنْكُمْ ۙ— وَطَآىِٕفَةٌ قَدْ اَهَمَّتْهُمْ اَنْفُسُهُمْ یَظُنُّوْنَ بِاللّٰهِ غَیْرَ الْحَقِّ ظَنَّ الْجَاهِلِیَّةِ ؕ— یَقُوْلُوْنَ هَلْ لَّنَا مِنَ الْاَمْرِ مِنْ شَیْءٍ ؕ— قُلْ اِنَّ الْاَمْرَ كُلَّهٗ لِلّٰهِ ؕ— یُخْفُوْنَ فِیْۤ اَنْفُسِهِمْ مَّا لَا یُبْدُوْنَ لَكَ ؕ— یَقُوْلُوْنَ لَوْ كَانَ لَنَا مِنَ الْاَمْرِ شَیْءٌ مَّا قُتِلْنَا هٰهُنَا ؕ— قُلْ لَّوْ كُنْتُمْ فِیْ بُیُوْتِكُمْ لَبَرَزَ الَّذِیْنَ كُتِبَ عَلَیْهِمُ الْقَتْلُ اِلٰی مَضَاجِعِهِمْ ۚ— وَلِیَبْتَلِیَ اللّٰهُ مَا فِیْ صُدُوْرِكُمْ وَلِیُمَحِّصَ مَا فِیْ قُلُوْبِكُمْ ؕ— وَاللّٰهُ عَلِیْمٌۢ بِذَاتِ الصُّدُوْرِ ۟
१५४) अनि त्यस कष्टपछि अल्लाहले तिमीलाई सन्तुष्टि प्रदान गर्यो जसबाट तिमीहरूमध्येको एउटा समूहलाई शान्तिको निद्रा आउन लाग्यो, जबकि अर्कोतर्फ एउटा त्यो समूह पनि थियो, जसलाई आफ्नो प्राणको चिन्ता थियो उनीहरूले अल्लाहप्रति मूर्खतापूर्ण शंकाको कुरा गरिरहेका थिए र भन्दथे कि के हामीलाई पनि कुनै कुराको अधिकार छ र ? तपाई भनिदिनुस् कि सबै कुराहरू अल्लाहको अधिकार अन्तर्गत पर्दछन् । तिनीहरूले आफ्नो मनमा लुकाएर राखेका कुरा तपाई सम्मुख प्रकट गर्दैनन् । भन्दथे कि यदि हाम्रो अधिकारभित्र केही कुरा भएको भए हामी यहाँ किन मारिन्थ्यौं ?। तपाई भनिदिनुस् कि यदि मारिनु नै तिम्रो भाग्य भएको भए, तिमी आफ्नो घरहरूमा भए पनि निश्चितरूपमा आफ्नो मृत्युस्थलतिरै निस्किजाने थियौ । कि अल्लाहले तिम्रो छाती भित्रको कुराको परीक्षा गर्नु र तिम्रो हृदयमा जे छ त्यसलाई पवित्र गर्नु थियो र अल्लाह हृदयहरूमा भएका भित्री कुराहरू राम्ररी जान्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ الَّذِیْنَ تَوَلَّوْا مِنْكُمْ یَوْمَ الْتَقَی الْجَمْعٰنِ ۙ— اِنَّمَا اسْتَزَلَّهُمُ الشَّیْطٰنُ بِبَعْضِ مَا كَسَبُوْا ۚ— وَلَقَدْ عَفَا اللّٰهُ عَنْهُمْ ؕ— اِنَّ اللّٰهَ غَفُوْرٌ حَلِیْمٌ ۟۠
१५५) तिमीहरूमध्ये जुन मानिसहरू भागिहाले, त्यसदिन जब दुई समूहहरूको बीच भिडन्त भएको थियो, । तिनीहरू आफ्ना केही क्रियाकलापका कारण शैतानको जालमा परिहाले, तर अल्लाहले तिनका त्रुटिहरूलाई क्षमा गरिदियो निःसन्देह अल्लाह क्षमाकर्ता र सहनकर्ता छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَكُوْنُوْا كَالَّذِیْنَ كَفَرُوْا وَقَالُوْا لِاِخْوَانِهِمْ اِذَا ضَرَبُوْا فِی الْاَرْضِ اَوْ كَانُوْا غُزًّی لَّوْ كَانُوْا عِنْدَنَا مَا مَاتُوْا وَمَا قُتِلُوْا ۚ— لِیَجْعَلَ اللّٰهُ ذٰلِكَ حَسْرَةً فِیْ قُلُوْبِهِمْ ؕ— وَاللّٰهُ یُحْیٖ وَیُمِیْتُ ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ بَصِیْرٌ ۟
१५६) हे मोमिनहरू ! तिमी ती मानिसहरू जस्तो नहुनु जसले ‘‘कुफ्र’’ गरे र आफ्ना भाइहरूको बारेमा जो यात्रा गरिरहेको अथवा जिहादमा संलग्न हुन्छन् भन्नथाले कि यदि तिनीहरू हाम्रो साथमा भएको भए न त मर्दथे, न त मारिन्थे, यसको कारण यो थियो कि अल्लाहले तिनीहरूको हृदयमा त्यस्तो आकांक्षाको सृजना गरिदिन्छ । र जीवन र मृत्यु त अल्लाह नै दिन्छ र अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापलाई हेरिराखेको छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَىِٕنْ قُتِلْتُمْ فِیْ سَبِیْلِ اللّٰهِ اَوْ مُتُّمْ لَمَغْفِرَةٌ مِّنَ اللّٰهِ وَرَحْمَةٌ خَیْرٌ مِّمَّا یَجْمَعُوْنَ ۟
१५७) र यदि तिमीहरू अल्लाहको मार्गमा शहीद हुन्छौ अथवा आफ्नो मृत्यु मर्दछौ भने निःसंदेह यिनीहरूले संकलन गरिरहेको (धनसम्पत्ति) भन्दा अल्लाहको क्षमादान र दया धेरै राम्रो छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَىِٕنْ مُّتُّمْ اَوْ قُتِلْتُمْ لَاۡاِلَی اللّٰهِ تُحْشَرُوْنَ ۟
१५८) निश्चितरूपले यदि तिमी मर्दछौ अथवा मारिन्छौ, त यादराख कि अल्लाहको सम्मुख अवश्य नै प्रस्तुत गरिनेछौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَبِمَا رَحْمَةٍ مِّنَ اللّٰهِ لِنْتَ لَهُمْ ۚ— وَلَوْ كُنْتَ فَظًّا غَلِیْظَ الْقَلْبِ لَانْفَضُّوْا مِنْ حَوْلِكَ ۪— فَاعْفُ عَنْهُمْ وَاسْتَغْفِرْ لَهُمْ وَشَاوِرْهُمْ فِی الْاَمْرِ ۚ— فَاِذَا عَزَمْتَ فَتَوَكَّلْ عَلَی اللّٰهِ ؕ— اِنَّ اللّٰهَ یُحِبُّ الْمُتَوَكِّلِیْنَ ۟
१५९) (हे मुहम्मद !) अल्लाहको कृपाले तपाईको मन यिनीहरूप्रति नरम छ र यदि तपाई कटु वचन र कठोर हृदयको भएको भए यिनीहरू तपाईबाट टाढा भागिहाल्दथे, तसर्थ तिनीहरूलाई क्षमा गरिदिनुस् र तिनीहरूको निम्ति क्षमाको लागि प्रार्थना गर्नुस् र आफ्ना कामहरूमा यिनीहरूसँग सरसल्लाह गर्नेगर्नुस्, र जब कुनै कामबारे दृढ निश्चय गर्दछौ भने अल्लाहमाथि पूर्ण भरोसा राख । निःसन्देह अल्लाह भरोसा गर्नेहरूलाई प्रेम गर्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنْ یَّنْصُرْكُمُ اللّٰهُ فَلَا غَالِبَ لَكُمْ ۚ— وَاِنْ یَّخْذُلْكُمْ فَمَنْ ذَا الَّذِیْ یَنْصُرُكُمْ مِّنْ بَعْدِهٖ ؕ— وَعَلَی اللّٰهِ فَلْیَتَوَكَّلِ الْمُؤْمِنُوْنَ ۟
१६०) यदि अल्लाह तिम्रो मद्दत गर्दछ भने कसैले तिमीलाई पराजित गर्न सक्दैन । र यदि अल्लाहले तिमीलाई छोडिदिन्छ भने, को छ उसपछि जसले तिम्रो सहायता गर्न सकोस् ? तसर्थ मोमिनहरूलाई अल्लाहमाथि नै भरोसा गर्नुपर्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَا كَانَ لِنَبِیٍّ اَنْ یَّغُلَّ ؕ— وَمَنْ یَّغْلُلْ یَاْتِ بِمَا غَلَّ یَوْمَ الْقِیٰمَةِ ۚ— ثُمَّ تُوَفّٰی كُلُّ نَفْسٍ مَّا كَسَبَتْ وَهُمْ لَا یُظْلَمُوْنَ ۟
१६१) यो असम्भव छ कि रसूलले बेइमानी गरुन् । र प्रत्येक बेइमानी गर्नेले कियामतको दिन बेइमानी गरिएको कुरा समेत लिएर प्रस्तुत हुनुपर्ने छ, त्यसपछि प्रत्येक मानिसलाई उसले गरेको कर्तव्यको पूरापूर प्रतिफल दिइने छ, र तिनीहरूमाथि अन्याय गरिने छैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَفَمَنِ اتَّبَعَ رِضْوَانَ اللّٰهِ كَمَنْ بَآءَ بِسَخَطٍ مِّنَ اللّٰهِ وَمَاْوٰىهُ جَهَنَّمُ ؕ— وَبِئْسَ الْمَصِیْرُ ۟
१६२) के त्यो मानिस जसले अल्लाहको सदिच्छा प्राप्तिको लागि प्रयत्नशील छ, त्यस मानिस जस्तो हुनसक्छ जसले अल्लाहको क्रोध लिएर फर्कन्छ ? र जसको बासस्थान जहन्नम छ जो अत्यन्तै नराम्रो ठाउँ हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
هُمْ دَرَجٰتٌ عِنْدَ اللّٰهِ ؕ— وَاللّٰهُ بَصِیْرٌ بِمَا یَعْمَلُوْنَ ۟
१६३) अल्लाहकहाँ तिनीहरूको भिन्न–भिन्न श्रेणीहरू छन् र अल्लाहले तिनीहरूका सम्पूर्ण क्रियाकलापलाई देखिराखेको छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَقَدْ مَنَّ اللّٰهُ عَلَی الْمُؤْمِنِیْنَ اِذْ بَعَثَ فِیْهِمْ رَسُوْلًا مِّنْ اَنْفُسِهِمْ یَتْلُوْا عَلَیْهِمْ اٰیٰتِهٖ وَیُزَكِّیْهِمْ وَیُعَلِّمُهُمُ الْكِتٰبَ وَالْحِكْمَةَ ۚ— وَاِنْ كَانُوْا مِنْ قَبْلُ لَفِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟
१६४) निःसंदेह अल्लाहको मोमिनहरूमाथि ठूलो अनुकम्पा छ कि उसले तिनीहरूको माझमा तिनीहरूमध्येबाटै एउटा रसूल पठायो जसले कि अल्लाहका आयतहरू पढेर उनीहरूलाई सुनाउँदछ र तिनलाई पवित्र गर्दछ र उनलाई किताब र बुद्धिमता सिकाउँदछ, यिनीहरू यसभन्दा पहिला खुल्लारूपमा पथविचलित थिए ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَوَلَمَّاۤ اَصَابَتْكُمْ مُّصِیْبَةٌ قَدْ اَصَبْتُمْ مِّثْلَیْهَا ۙ— قُلْتُمْ اَنّٰی هٰذَا ؕ— قُلْ هُوَ مِنْ عِنْدِ اَنْفُسِكُمْ ؕ— اِنَّ اللّٰهَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟
१६५) (यस्तो किन) कि जब तिमीलाई एउटा कष्ट दिइयो, जबकि यसको दुई–गुणा कष्ट तिम्रो हातबाट तिनीहरूमाथि परिसकेको थियो, त तिमीहरू भन्नथाल्यौ कि यस्तो संकट कहाँबाट आइपर्यो ?। तपाई भनिदिनुस् कि यो तिमीहरूकै तर्फबाट आइपुगेको हो । निःसन्देह अल्लाह सम्पूर्ण कुराहरूमाथि सार्मथ्य राख्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَاۤ اَصَابَكُمْ یَوْمَ الْتَقَی الْجَمْعٰنِ فَبِاِذْنِ اللّٰهِ وَلِیَعْلَمَ الْمُؤْمِنِیْنَ ۟ۙ
१६६) तिमीलाई जे जति त्यो दिन पुगे, जुनदिन दुई समूहमा भिडन्त भयो, त्यो जम्मै अल्लाहकै आदेशले भएको थियो र यसकारण कि अल्लाहले मोमिनहरूलाई राम्ररी जान्न सकोस् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلِیَعْلَمَ الَّذِیْنَ نَافَقُوْا ۖۚ— وَقِیْلَ لَهُمْ تَعَالَوْا قَاتِلُوْا فِیْ سَبِیْلِ اللّٰهِ اَوِ ادْفَعُوْا ؕ— قَالُوْا لَوْ نَعْلَمُ قِتَالًا لَّاتَّبَعْنٰكُمْ ؕ— هُمْ لِلْكُفْرِ یَوْمَىِٕذٍ اَقْرَبُ مِنْهُمْ لِلْاِیْمَانِ ۚ— یَقُوْلُوْنَ بِاَفْوَاهِهِمْ مَّا لَیْسَ فِیْ قُلُوْبِهِمْ ؕ— وَاللّٰهُ اَعْلَمُ بِمَا یَكْتُمُوْنَ ۟ۚ
१६७) साथै मुनाफिकहरूलाई छुट्याउनको निम्ति पनि जोसंग भनियो कि आऊ अल्लाहको मार्गमा युद्ध गर अथवा काफिरहरूको आक्रमणलाई रोक । त भन्नथाले कि यदि हामीलाई युद्धबारे थाहा भएको भए, हामी अवश्य नै तिम्रो साथ दिने थिएँ । त्यसदिन यिनीहरू ईमानको दाँजोमा कुफ्रको नजिक थिए । आफ्नो मुखले तिनीहरूले ती कुराहरू भन्दछन् जुन तिनका हृदयमा छैनन् । र यिनले जे–जति कुरा लुकाउँछन्, अल्लाहलाई त्यसबारे सबै राम्ररी थाहा छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلَّذِیْنَ قَالُوْا لِاِخْوَانِهِمْ وَقَعَدُوْا لَوْ اَطَاعُوْنَا مَا قُتِلُوْا ؕ— قُلْ فَادْرَءُوْا عَنْ اَنْفُسِكُمُ الْمَوْتَ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
१६८) यी ती मानिस हुन जो आफू पनि बसिराखेका थिए, र आफ्ना दाजुभाइहरूको बारेमा भने कि यदि हाम्रो आग्रह तिनीहरूले मानेको भए मारिने थिएनन् । भनिदिनुस् ! कि यदि तिमी साँचो हौ भने आफूलाई मृत्युबाट बचाऊ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَا تَحْسَبَنَّ الَّذِیْنَ قُتِلُوْا فِیْ سَبِیْلِ اللّٰهِ اَمْوَاتًا ؕ— بَلْ اَحْیَآءٌ عِنْدَ رَبِّهِمْ یُرْزَقُوْنَ ۟ۙ
१६९) जुन मानिसहरूले अल्लाहको बाटोमा शहादत पाए, तिनलाई कदापि मुर्दा नठान्नु । बरु जीवितै छन् र तिनले आफ्ना रबबाट जीविका प्राप्त गरिराखेका छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَرِحِیْنَ بِمَاۤ اٰتٰىهُمُ اللّٰهُ مِنْ فَضْلِهٖ ۙ— وَیَسْتَبْشِرُوْنَ بِالَّذِیْنَ لَمْ یَلْحَقُوْا بِهِمْ مِّنْ خَلْفِهِمْ ۙ— اَلَّا خَوْفٌ عَلَیْهِمْ وَلَا هُمْ یَحْزَنُوْنَ ۟ۘ
१७०) अल्लाहले तिनलाई आफ्नो कृपाले जे जति प्रदान गरेको छ, त्यसमा तिनीहरू अति खुशी छन् र खुशीयाली मनाइरहेका छन् उनीहरूका लागि जो अहिलेसम्म तिनीहरूमा शम्मिलित हुन सकेनन् र पछाडि छन्, यस कारण हर्षित छन् कि तिनलाई पनि न त कुनै भय–त्रास हुन्छ र न त तिनी दुःखी हुनेछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یَسْتَبْشِرُوْنَ بِنِعْمَةٍ مِّنَ اللّٰهِ وَفَضْلٍ ۙ— وَّاَنَّ اللّٰهَ لَا یُضِیْعُ اَجْرَ الْمُؤْمِنِیْنَ ۟
१७१) र अल्लाहबाट प्रदान गरिएको पुरस्कारबाट तिनीहरू खुशी भइराखेका छन् र यस कुराबाट पनि कि अल्लाह मोमिनहरूको परिश्रम कहिल्यै खेर फाल्दैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلَّذِیْنَ اسْتَجَابُوْا لِلّٰهِ وَالرَّسُوْلِ مِنْ بَعْدِ مَاۤ اَصَابَهُمُ الْقَرْحُ ۛؕ— لِلَّذِیْنَ اَحْسَنُوْا مِنْهُمْ وَاتَّقَوْا اَجْرٌ عَظِیْمٌ ۟ۚ
१७२) जसले घाइते भएको बावजूद पनि अल्लाह र रसूलको आदेश स्वीकार गरे, यिनिहरूमध्ये जसले पुण्यको काम गरे र सदाचार गरे उनीहरूको लागि निकै ठूलो पुरस्कार छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلَّذِیْنَ قَالَ لَهُمُ النَّاسُ اِنَّ النَّاسَ قَدْ جَمَعُوْا لَكُمْ فَاخْشَوْهُمْ فَزَادَهُمْ اِیْمَانًا ۖۗ— وَّقَالُوْا حَسْبُنَا اللّٰهُ وَنِعْمَ الْوَكِیْلُ ۟
१७३) (जब) तिनीहरूसित मानिसहरू आएर भने कि काफिरहरूले तिमीहरूभन्दा ठूलो सेना एकत्रित गरिसकेका छन्, तसर्थ उनीहरूसित डर मान त यस कुराले तिनको ईमानमा झन् बृद्धि गरिहाल्यो र भन्न थाले कि हामीलाई अल्लाह नै प्रयाप्त छ र ऊ सर्वोत्तम योजनाकार छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَانْقَلَبُوْا بِنِعْمَةٍ مِّنَ اللّٰهِ وَفَضْلٍ لَّمْ یَمْسَسْهُمْ سُوْٓءٌ ۙ— وَّاتَّبَعُوْا رِضْوَانَ اللّٰهِ ؕ— وَاللّٰهُ ذُوْ فَضْلٍ عَظِیْمٍ ۟
१७४) (परिणाम यो भयो कि) अल्लाहको उपहार र कृपाका साथ फर्के, तिनीलाई कुनै हानि पुगेन र तिनीहरू अल्लाहको प्रसन्नताको निम्ति नतमस्तक रहे र अल्लाह अपार दानशील छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّمَا ذٰلِكُمُ الشَّیْطٰنُ یُخَوِّفُ اَوْلِیَآءَهٗ ۪— فَلَا تَخَافُوْهُمْ وَخَافُوْنِ اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۟
१७५) यो समाचार दिने त शैतान नै हो; जसले कि आफ्ना मतियारहरूबाट भय सृजना गराउँदछ । तिमीहरू उसबाट नडर, तिमी यदि साँच्चै मोमिन हौ भने मसित नै डर्नेगर ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَا یَحْزُنْكَ الَّذِیْنَ یُسَارِعُوْنَ فِی الْكُفْرِ ۚ— اِنَّهُمْ لَنْ یَّضُرُّوا اللّٰهَ شَیْـًٔا ؕ— یُرِیْدُ اللّٰهُ اَلَّا یَجْعَلَ لَهُمْ حَظًّا فِی الْاٰخِرَةِ ۚ— وَلَهُمْ عَذَابٌ عَظِیْمٌ ۟
१७६) र जुन मानिसहरू कुफ्रतिर तीव्र गतिले बढिराखेका छन्, तिनले तिमीलाई भयभीत नगरुन्, निश्चितरूपले स्वीकार गर कि यिनले अल्लाहको केही हानि नोक्सानी गर्न सक्दैनन् । अल्लाह चाहन्छ कि आखिरतको दिनमा तिनलाई अंश नदेओस् र तिनको निम्ति ठूलो सजाय तयार छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ الَّذِیْنَ اشْتَرَوُا الْكُفْرَ بِالْاِیْمَانِ لَنْ یَّضُرُّوا اللّٰهَ شَیْـًٔا ۚ— وَلَهُمْ عَذَابٌ اَلِیْمٌ ۟
१७७) ईमानको बदलामा कुफ्र किन्नेहरूले कदापि अल्लाहको केही बिगार्न सक्दैनन् र तिनकै लागि कष्टदायक सजाय हुनेछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَا یَحْسَبَنَّ الَّذِیْنَ كَفَرُوْۤا اَنَّمَا نُمْلِیْ لَهُمْ خَیْرٌ لِّاَنْفُسِهِمْ ؕ— اِنَّمَا نُمْلِیْ لَهُمْ لِیَزْدَادُوْۤا اِثْمًا ۚ— وَلَهُمْ عَذَابٌ مُّهِیْنٌ ۟
१७८) काफिरहरूले हामीले तिनलाई दिएको छूटलाई आफ्नो पक्षमा राम्रो नठानुन् । बरु हामीले तिनलाई यो छूट यसकारणले दिइराखेका छौं कि तिनीहरू बढी पाप गरिहालुन् । अन्ततः तिनलाई अपमानजनक सजाय हुनेछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
مَا كَانَ اللّٰهُ لِیَذَرَ الْمُؤْمِنِیْنَ عَلٰی مَاۤ اَنْتُمْ عَلَیْهِ حَتّٰی یَمِیْزَ الْخَبِیْثَ مِنَ الطَّیِّبِ ؕ— وَمَا كَانَ اللّٰهُ لِیُطْلِعَكُمْ عَلَی الْغَیْبِ وَلٰكِنَّ اللّٰهَ یَجْتَبِیْ مِنْ رُّسُلِهٖ مَنْ یَّشَآءُ ۪— فَاٰمِنُوْا بِاللّٰهِ وَرُسُلِهٖ ۚ— وَاِنْ تُؤْمِنُوْا وَتَتَّقُوْا فَلَكُمْ اَجْرٌ عَظِیْمٌ ۟
१७९) जबसम्म अल्लाहले अपवित्रलाई पवित्रबाट अलग गर्दैन, मोमिनहरूलाई यस अवस्थामा जसमा कि तिमी छौ, कहिल्यै रहन दिनेछैन । अल्लाहले तिमीलाई अदृश्य कुराबाट पनि अवगत गराउँदैन । (तर) हो, अल्लाहले आफ्ना रसूलहरूमध्ये जसलाई चाहन्छ रोज्दछ । तसर्थ तिमीले अल्लाह र उसका रसूलहरूमाथि आस्था राख, यदि आस्था राख्दछौ र आत्मसंयमी हुन्छौ भने त्यसको अति ठूलो प्रतिफल प्राप्त गर्ने छौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَا یَحْسَبَنَّ الَّذِیْنَ یَبْخَلُوْنَ بِمَاۤ اٰتٰىهُمُ اللّٰهُ مِنْ فَضْلِهٖ هُوَ خَیْرًا لَّهُمْ ؕ— بَلْ هُوَ شَرٌّ لَّهُمْ ؕ— سَیُطَوَّقُوْنَ مَا بَخِلُوْا بِهٖ یَوْمَ الْقِیٰمَةِ ؕ— وَلِلّٰهِ مِیْرَاثُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ خَبِیْرٌ ۟۠
१८०) जुन मानिसहरूलाई जे जति धन सम्पत्ति अल्लाहले आफ्नो कृपाले प्रदान गरेको छ, तिनले त्यसमा कञ्जूस्यायीलाई आफ्नो हकमा राम्रो नठानुन् बरु (त्यो) तिनको निम्ति अहितकर छ । तिनीहरूले जुन धनमा कञ्जूसी गर्दछन् कियामतको दिन त्यसको तौक (पांग्रा) पहिराइने छन् । आकाशहरू र पृथ्वीको वेरासतको वास्तविक मालिक अल्लाह नै हो । र जुन क्रियाकलाप तिमीले गर्दछौ, अल्लाहलाई राम्री थाहा छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَقَدْ سَمِعَ اللّٰهُ قَوْلَ الَّذِیْنَ قَالُوْۤا اِنَّ اللّٰهَ فَقِیْرٌ وَّنَحْنُ اَغْنِیَآءُ ۘ— سَنَكْتُبُ مَا قَالُوْا وَقَتْلَهُمُ الْاَنْۢبِیَآءَ بِغَیْرِ حَقٍّ ۙۚ— وَّنَقُوْلُ ذُوْقُوْا عَذَابَ الْحَرِیْقِ ۟
१८१) निश्चय नै अल्लाहले तिनको भनाई पनि सुनिहाल्यो जसले भन्दछन् कि अल्लाह गरिब छ र हामी धनी छौं । उनको यस भनाईलाई हामीले लेखिलिने छौं र उनीहरूले पैगम्बरहरूलाई बिना दोष मारिराखेको कुरा पनि, र हामीले भन्ने छौ कि बलिरहेको आगोको सजाय भोगिराख ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
ذٰلِكَ بِمَا قَدَّمَتْ اَیْدِیْكُمْ وَاَنَّ اللّٰهَ لَیْسَ بِظَلَّامٍ لِّلْعَبِیْدِ ۟ۚ
१८२) यो तिमीले गरेको कर्महरूको प्रतिफल हो, र अल्लाह आफ्ना भक्तहरूमाथि कहिल्यै अत्याचार गर्दैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَلَّذِیْنَ قَالُوْۤا اِنَّ اللّٰهَ عَهِدَ اِلَیْنَاۤ اَلَّا نُؤْمِنَ لِرَسُوْلٍ حَتّٰی یَاْتِیَنَا بِقُرْبَانٍ تَاْكُلُهُ النَّارُ ؕ— قُلْ قَدْ جَآءَكُمْ رُسُلٌ مِّنْ قَبْلِیْ بِالْبَیِّنٰتِ وَبِالَّذِیْ قُلْتُمْ فَلِمَ قَتَلْتُمُوْهُمْ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
१८३) यी त्यस्ता मानिस हुन् जो भन्दछन् कि अल्लाहले आदेश गरे अनुसार जबसम्म कुनै पैगम्बर हामी छेउ यस्तो कुर्बानी लिएर आउँदैन जसलाई आगोले खाइदेओस् तबसम्म हामीले विश्वास गर्दैनौ । भनिदिनुस् कि यदि तिमी साँचो हौ भने मभन्दा अघि कैयौं पैगम्बरहरू तिम्रा छेउ खुल्लारूपमा अनेक चमत्कारहरूका साथ यो पनि ल्याए जुन तिमीहरूले भनिराखेका छौ । फेरि उनीहरूलाई तिमीहरूले किन मार्यौ ?
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَاِنْ كَذَّبُوْكَ فَقَدْ كُذِّبَ رُسُلٌ مِّنْ قَبْلِكَ جَآءُوْ بِالْبَیِّنٰتِ وَالزُّبُرِ وَالْكِتٰبِ الْمُنِیْرِ ۟
१८४) फेरि पनि यदि यिनीहरूले तपाईलाई साँचो मान्दैनन् भने यस्तै तपाईभन्दा अगाडि धेरै पैगम्बरहरू झुटलाइएका छन् जुन् खुला निशानी, तर्क र उज्यालो किताबहरू लिएर आइसकेका छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
كُلُّ نَفْسٍ ذَآىِٕقَةُ الْمَوْتِ ؕ— وَاِنَّمَا تُوَفَّوْنَ اُجُوْرَكُمْ یَوْمَ الْقِیٰمَةِ ؕ— فَمَنْ زُحْزِحَ عَنِ النَّارِ وَاُدْخِلَ الْجَنَّةَ فَقَدْ فَازَ ؕ— وَمَا الْحَیٰوةُ الدُّنْیَاۤ اِلَّا مَتَاعُ الْغُرُوْرِ ۟
१८५) प्रत्येक ज्यानले मृत्युको स्वाद चाख्नु पर्नेछ र तिमीलाई कियामतको दिन तिम्रा क्रियाकलापहरूको पूरापूर प्रतिफल प्रदान गरिने छ, तसर्थ जुन मानिसलाई नर्कको आगोबाट टाढा राखिनेछ र स्वर्गमा प्रवेश गराइनेछ, निश्चय नै उही सफल हुनेछ र संसारिक जीवन त भ्रमको सामान मात्र हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَتُبْلَوُنَّ فِیْۤ اَمْوَالِكُمْ وَاَنْفُسِكُمْ ۫— وَلَتَسْمَعُنَّ مِنَ الَّذِیْنَ اُوْتُوا الْكِتٰبَ مِنْ قَبْلِكُمْ وَمِنَ الَّذِیْنَ اَشْرَكُوْۤا اَذًی كَثِیْرًا ؕ— وَاِنْ تَصْبِرُوْا وَتَتَّقُوْا فَاِنَّ ذٰلِكَ مِنْ عَزْمِ الْاُمُوْرِ ۟
१८६) तिम्रा ज्यान र सम्पदाबाट तिम्रो परीक्षा गरिनेछ र तिमीले अहले किताब र ती मानिसहरूबाट जुन मुश्रिक छन्, कष्टदायक कुराहरू सुन्नु पर्नेछ । तसर्थ यदि तिमीले धैर्य र आत्मसंयम अपनाइराख्दछौ भने निःसंदेह यी ठूला साहसका काम हुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاِذْ اَخَذَ اللّٰهُ مِیْثَاقَ الَّذِیْنَ اُوْتُوا الْكِتٰبَ لَتُبَیِّنُنَّهٗ لِلنَّاسِ وَلَا تَكْتُمُوْنَهٗ ؗۗ— فَنَبَذُوْهُ وَرَآءَ ظُهُوْرِهِمْ وَاشْتَرَوْا بِهٖ ثَمَنًا قَلِیْلًا ؕ— فَبِئْسَ مَا یَشْتَرُوْنَ ۟
१८७) र जब अल्लाहले किताबवालासित वचन लियो, कि सबैका लागि यसको वर्णन गर्ने छौ र त्यसको कुनै कुरा लुकाउँदैनौ, (तर) त्यसपछि तिनीहरूले त्यस वचनलाई अर्कोतिर फाली बेवास्ता गरिहाले र त्यसलाई थोरै मूल्यमा बेचिदिए । यिनीहरूले गरेको यो व्यापार अत्यन्त नराम्रो छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَا تَحْسَبَنَّ الَّذِیْنَ یَفْرَحُوْنَ بِمَاۤ اَتَوْا وَّیُحِبُّوْنَ اَنْ یُّحْمَدُوْا بِمَا لَمْ یَفْعَلُوْا فَلَا تَحْسَبَنَّهُمْ بِمَفَازَةٍ مِّنَ الْعَذَابِ ۚ— وَلَهُمْ عَذَابٌ اَلِیْمٌ ۟
१८८) जुन मानिसहरू आफ्ना कर्महरूबाट खुशी हुन्छन् र आफूले नगरेको कामको प्रशंसा पनि चाहन्छन् त्यस्ताको सम्बन्धमा यो नसोच्नु कि तिनीहरू सजायबाट मुक्त हुन सक्दछन्, तिनीहरूलाई कष्टदायक सजाय हुनेछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلِلّٰهِ مُلْكُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— وَاللّٰهُ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟۠
१८९) आकाशहरू र पृथ्वीको राज्य अल्लाह कै लागि हो र अल्लाह प्रत्येक कुरोमाथि सर्वशक्ति सम्पन्न छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ فِیْ خَلْقِ السَّمٰوٰتِ وَالْاَرْضِ وَاخْتِلَافِ الَّیْلِ وَالنَّهَارِ لَاٰیٰتٍ لِّاُولِی الْاَلْبَابِ ۟ۚۖ
१९०) निःसन्देह आकाशमण्डल र पृथ्वीको सृष्टि र रात र दिनको चक्रमा बुद्धिमान मानिसहरूको लागि निशानीहरू छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
الَّذِیْنَ یَذْكُرُوْنَ اللّٰهَ قِیٰمًا وَّقُعُوْدًا وَّعَلٰی جُنُوْبِهِمْ وَیَتَفَكَّرُوْنَ فِیْ خَلْقِ السَّمٰوٰتِ وَالْاَرْضِ ۚ— رَبَّنَا مَا خَلَقْتَ هٰذَا بَاطِلًا ۚ— سُبْحٰنَكَ فَقِنَا عَذَابَ النَّارِ ۟
१९१) जुन मानिसहरूले उठदा, बस्दा र पल्टिरहँदा अल्लाहको स्मरण गर्दछन् र आकाशमण्डल र पृथ्वीको सृष्टिमाथि चिन्तन गर्दछन् र भन्दछन् कि हे हाम्रो पालनकर्ता ! तिमीले यी सबै निरुद्देश्य सृष्टि गरेको होइन । तिमी पवित्र छौ, हामीलाई नर्कको आगोबाट बचाऊ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
رَبَّنَاۤ اِنَّكَ مَنْ تُدْخِلِ النَّارَ فَقَدْ اَخْزَیْتَهٗ ؕ— وَمَا لِلظّٰلِمِیْنَ مِنْ اَنْصَارٍ ۟
१९२) हे हाम्रो पालनकर्ता ! जसलाई तिमीले नर्कमा हाल्यौ, त्यसलाई तिरस्कृत गर्यौ र यस्ता अत्याचारीहरूको सहायता गर्ने कोही हुँदैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
رَبَّنَاۤ اِنَّنَا سَمِعْنَا مُنَادِیًا یُّنَادِیْ لِلْاِیْمَانِ اَنْ اٰمِنُوْا بِرَبِّكُمْ فَاٰمَنَّا ۖۗ— رَبَّنَا فَاغْفِرْ لَنَا ذُنُوْبَنَا وَكَفِّرْ عَنَّا سَیِّاٰتِنَا وَتَوَفَّنَا مَعَ الْاَبْرَارِ ۟ۚ
१९३) हे हाम्रो पालनकर्ता ! हामीले एउटा आह्वान गर्नेको आवाज सुन्याैं जसले ईमानतिर आमन्त्रित गरिराखेको छ कि मानिसहरू हो आफ्नो पालनकर्तामाथि ईमान ल्याऊ । अनि हामीले ईमान ल्यायौं । हे रब! अब त हाम्रा सम्पूर्ण पापहरू क्षमा गर र हाम्रा दुर्गुणहरू हामीबाट टाढा गरिदेऊ र हाम्रो मृत्यु असल मानिसहरूको साथ गर ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
رَبَّنَا وَاٰتِنَا مَا وَعَدْتَّنَا عَلٰی رُسُلِكَ وَلَا تُخْزِنَا یَوْمَ الْقِیٰمَةِ ؕ— اِنَّكَ لَا تُخْلِفُ الْمِیْعَادَ ۟
१९४) हे हाम्रो पालनकर्ता ! तिमीले हामीलाई आफ्ना रसूलहरू मार्फत जुन वचन दिएका छौ, ती कुरा प्रदान गर र कियामतको दिन हामीलाई तिरस्कृत नगर्नु । यसमा कुनै सन्देह छैन कि तिमीले वचन विपरीत गर्दैनौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَاسْتَجَابَ لَهُمْ رَبُّهُمْ اَنِّیْ لَاۤ اُضِیْعُ عَمَلَ عَامِلٍ مِّنْكُمْ مِّنْ ذَكَرٍ اَوْ اُ ۚ— بَعْضُكُمْ مِّنْ بَعْضٍ ۚ— فَالَّذِیْنَ هَاجَرُوْا وَاُخْرِجُوْا مِنْ دِیَارِهِمْ وَاُوْذُوْا فِیْ سَبِیْلِیْ وَقٰتَلُوْا وَقُتِلُوْا لَاُكَفِّرَنَّ عَنْهُمْ سَیِّاٰتِهِمْ وَلَاُدْخِلَنَّهُمْ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ ۚ— ثَوَابًا مِّنْ عِنْدِ اللّٰهِ ؕ— وَاللّٰهُ عِنْدَهٗ حُسْنُ الثَّوَابِ ۟
१९५) तसर्थ तिनका रबले तिनको प्रार्थना स्वीकार गरिहाल्यो । कि तिमीमध्ये कर्तव्य गर्नेहरूको कामको चाहे त्यो नर होस् वा नारी, खेर फालिंदैन । धर्म र पुण्य कार्यमा तिमीहरू आपसमा एक अर्का जस्तै हौ, अतः जुन मानिसहरू मेरो निम्ति आफ्ना घरहरू परित्याग गरी बसाई सारे वा आफ्ना घरहरूबाट निष्कासित भए र उत्पीडित गरिए र जसले मेरो लागि धर्मयुद्ध गरे र शहीद भए, निश्चय नै म उनका पापहरू निर्मूल गर्नेछु र तिनलाई त्यस्तो स्वर्गमा प्रवेश दिनेछु, जसमुनिबाट नहरहरू बगिराखेका छन् । (यो) अल्लाहको तर्फबाट पुरस्कार हो र अल्लाहकहाँ नै राम्रो पुरस्कार छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَا یَغُرَّنَّكَ تَقَلُّبُ الَّذِیْنَ كَفَرُوْا فِی الْبِلَادِ ۟ؕ
१९६) गाउँघरमा अनास्थावानहरूको भाग दौड तिमिहरूलाई धोकामा नपारोस् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
مَتَاعٌ قَلِیْلٌ ۫— ثُمَّ مَاْوٰىهُمْ جَهَنَّمُ ؕ— وَبِئْسَ الْمِهَادُ ۟
१९७) यो त अत्यन्त थोरै सुख सामग्री हो, यसपछि उनीहरूको ठेगाना नर्कमा छ, र त्यो अति नराम्रो बासस्थान हो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لٰكِنِ الَّذِیْنَ اتَّقَوْا رَبَّهُمْ لَهُمْ جَنّٰتٌ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَا نُزُلًا مِّنْ عِنْدِ اللّٰهِ ؕ— وَمَا عِنْدَ اللّٰهِ خَیْرٌ لِّلْاَبْرَارِ ۟
१९८) तर जुन मानिसहरू आफ्नो पालनहारसँग डर मान्दछन्, तिनका निम्ति जन्नतहरू (स्वर्गहरू) छन् जसको मुनिबाट सरिताहरू प्रवाहित छन् (र) त्यसमा तिनीहरू सधैं रहनेछन् । यो अल्लाहबाट असल कर्म गर्नेहरूलाई पुरस्कार हो अल्लाहको तर्फबाट, र जे जति अल्लाहकहाँ छ, त्यो धेरै राम्रो छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاِنَّ مِنْ اَهْلِ الْكِتٰبِ لَمَنْ یُّؤْمِنُ بِاللّٰهِ وَمَاۤ اُنْزِلَ اِلَیْكُمْ وَمَاۤ اُنْزِلَ اِلَیْهِمْ خٰشِعِیْنَ لِلّٰهِ ۙ— لَا یَشْتَرُوْنَ بِاٰیٰتِ اللّٰهِ ثَمَنًا قَلِیْلًا ؕ— اُولٰٓىِٕكَ لَهُمْ اَجْرُهُمْ عِنْدَ رَبِّهِمْ ؕ— اِنَّ اللّٰهَ سَرِیْعُ الْحِسَابِ ۟
१९९) निःसंदेह अहले किताबमध्ये केही यस्ता पनि छन्, जो कि अल्लाहमाथि र त्यसमाथि जुन तिमीलाई प्रदान गरिएको छ, र त्यसमाथि जुन तिनीहरूलाई प्रदान गरिएको छ, आस्था राख्दछन् र अल्लाहको अगाडि नतमस्तक हुन्छन् र अल्लाहको आयतलाई सानो तिनो मूल्यमा बेच्दैनन् । यस्ता मानिसहरूको प्रतिफल अल्लाहकहाँ तयार छ र निश्चय नै अल्लाह शीघ्र हिसाब लिनेवाला छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا اصْبِرُوْا وَصَابِرُوْا وَرَابِطُوْا ۫— وَاتَّقُوا اللّٰهَ لَعَلَّكُمْ تُفْلِحُوْنَ ۟۠
२००) हे अहले ईमान ! धैर्य धारण गरिराख र कठिनाईमा दृढ रह, र धर्मयुद्धको लागि तयार रह, र अल्लाहसित डर ताकि तिमीहरू सफल हुनसकौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
 
ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߌߡߎ߬ߙߊ߲߬ ߞߐߙߍ
ߝߐߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ ߞߐߜߍ ߝߙߍߕߍ
 
ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ

ߡߍ߲ ߝߘߊߣߍ߲߫ ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ ߟߋ߬ - ߣߌߔߊ߯ߟߌ߬.

ߘߊߕߎ߲߯ߠߌ߲