Check out the new design

ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ * - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ


ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߙߎ߯ߡߎ߲ ߠߎ߬   ߟߝߊߙߌ ߘߏ߫:
وَلَىِٕنْ اَرْسَلْنَا رِیْحًا فَرَاَوْهُ مُصْفَرًّا لَّظَلُّوْا مِنْ بَعْدِهٖ یَكْفُرُوْنَ ۟
५१) र, यदि हामीले एउटा आँधीवेरी पठाउँछौं (जसको प्रभावबाट) त्यस खेतीलाई पहेलो भएको देख्छन्, तब यस पश्चात उनीहरूले कृतध्नता प्रकट गर्न थाल्छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَاِنَّكَ لَا تُسْمِعُ الْمَوْتٰى وَلَا تُسْمِعُ الصُّمَّ الدُّعَآءَ اِذَا وَلَّوْا مُدْبِرِیْنَ ۟
५२) निःसन्देह तपाईले मृतकहरूलाई (कुरा) सुनाउन सक्नुहुन्न र न बहिराहरूलाई आफ्नो आवाज सुनाउन सक्नुहुन्छ, जब कि उनीहरू पिठ्युँ फर्काएर मुडिसकेका छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَاۤ اَنْتَ بِهٰدِ الْعُمْیِ عَنْ ضَلٰلَتِهِمْ ؕ— اِنْ تُسْمِعُ اِلَّا مَنْ یُّؤْمِنُ بِاٰیٰتِنَا فَهُمْ مُّسْلِمُوْنَ ۟۠
५३) र नत तपाईं अन्धाहरूलाई उनीहरूको मार्ग विचलनबाट (निकालेर) सोझो बाटोमा ल्याउन सक्नुहुन्छ । तपाईंले मात्र उनीहरूलाई सुनाउन सक्नुहुन्छ, जसले हाम्रा आयतहरूमाथि ईमान राख्दछन्, तसर्थ तिनीहरू नै आज्ञाकारी हुन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَللّٰهُ الَّذِیْ خَلَقَكُمْ مِّنْ ضُؔعْفٍ ثُمَّ جَعَلَ مِنْ بَعْدِ ضُؔعْفٍ قُوَّةً ثُمَّ جَعَلَ مِنْ بَعْدِ قُوَّةٍ ضُؔعْفًا وَّشَیْبَةً ؕ— یَخْلُقُ مَا یَشَآءُ ۚ— وَهُوَ الْعَلِیْمُ الْقَدِیْرُ ۟
५४) अल्लाह नै हो, जसले तिमीलाई निर्वल सृष्टि गर्यो, अनि निर्वलता पश्चात् शक्ति प्रदान गर्यो, अनि शक्ति पश्चात निर्वलता र बृद्धावस्था दियो । (त्यसले) जे चाहन्छ सृष्टि गर्दछ, ऊ सबै जान्नेवाला र सबैमाथि सामथ्र्यवान छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَیَوْمَ تَقُوْمُ السَّاعَةُ یُقْسِمُ الْمُجْرِمُوْنَ ۙ۬— مَا لَبِثُوْا غَیْرَ سَاعَةٍ ؕ— كَذٰلِكَ كَانُوْا یُؤْفَكُوْنَ ۟
५५) र जुन दिन कियामत (प्रलयको अन्तिम दिन) आइपुग्नेछ, त्यतिखेर अपराधीहरूले शपथ खानेछन् कि उनीहरू यस दुनियाँमा एक घडीभन्दा (क्षणभन्दा) बढी रहेनन्, यसै प्रकारले उनीहरू भ्रमित नै रहे ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَقَالَ الَّذِیْنَ اُوْتُوا الْعِلْمَ وَالْاِیْمَانَ لَقَدْ لَبِثْتُمْ فِیْ كِتٰبِ اللّٰهِ اِلٰى یَوْمِ الْبَعْثِ ؗ— فَهٰذَا یَوْمُ الْبَعْثِ وَلٰكِنَّكُمْ كُنْتُمْ لَا تَعْلَمُوْنَ ۟
५६) तर जुन मानिसहरूलाई ज्ञान र ईमान प्रदान गरिएको थियो, उनीहरूले भन्नेछन् कि अल्लाहको किताब अनुसार तिमी कियामतसम्म रहेका छौ र यो कियामतको दिन नै हो, तर तिमीलाई त यसको विश्वासै थिएन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَیَوْمَىِٕذٍ لَّا یَنْفَعُ الَّذِیْنَ ظَلَمُوْا مَعْذِرَتُهُمْ وَلَا هُمْ یُسْتَعْتَبُوْنَ ۟
५७) अतः त्यस दिन अत्याचारीहरूलाई उनीहरूको बहाना–सफाई कुनै काम आउने छैन, र उनीहरूबाट तौबा (प्रायश्चित) र कर्म पनि स्वीकार गरिने छैन ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَقَدْ ضَرَبْنَا لِلنَّاسِ فِیْ هٰذَا الْقُرْاٰنِ مِنْ كُلِّ مَثَلٍ ؕ— وَلَىِٕنْ جِئْتَهُمْ بِاٰیَةٍ لَّیَقُوْلَنَّ الَّذِیْنَ كَفَرُوْۤا اِنْ اَنْتُمْ اِلَّا مُبْطِلُوْنَ ۟
५८) निःसंदेह हामीले मानिसहरू समक्ष यस कुरआनमा हर प्रकारका उदाहरणहरू वर्णन गरिदिएका छौं, तपाईंले उनीहरूको अगाडि कुनै पनि निशानी प्रस्तुत गर्नुस्, यी काफिरहरूले भनिहाल्नेछन् कि तिमी झूठा हौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
كَذٰلِكَ یَطْبَعُ اللّٰهُ عَلٰى قُلُوْبِ الَّذِیْنَ لَا یَعْلَمُوْنَ ۟
५९) यसै प्रकार अल्लाहले ती मानिसहरूको हृदयमा जो बुझ्दैनन् छाप लगाइदिन्छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَاصْبِرْ اِنَّ وَعْدَ اللّٰهِ حَقٌّ وَّلَا یَسْتَخِفَّنَّكَ الَّذِیْنَ لَا یُوْقِنُوْنَ ۟۠
६०) अतः तपाईं धैर्य गर्नुस् निःसन्देह अल्लाहको वाचा सत्य छ र तपाईलाई उनीहरूले जसले ईमान राख्दैनन्, असंतोषी नबनाइदेउन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
 
ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߙߎ߯ߡߎ߲ ߠߎ߬
ߝߐߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ ߞߐߜߍ ߝߙߍߕߍ
 
ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ

ߡߍ߲ ߝߘߊߣߍ߲߫ ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ ߟߋ߬ - ߣߌߔߊ߯ߟߌ߬.

ߘߊߕߎ߲߯ߠߌ߲