Check out the new design

ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ * - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ


ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߕߌ߲ߓߌߘߌ߲   ߟߝߊߙߌ ߘߏ߫:
وَلَنُذِیْقَنَّهُمْ مِّنَ الْعَذَابِ الْاَدْنٰی دُوْنَ الْعَذَابِ الْاَكْبَرِ لَعَلَّهُمْ یَرْجِعُوْنَ ۟
२१) र निःसन्देह हामीले उनीहरूलाई (कियामतको) ठूलो सजाय बाहेक (संसारको) सानो यातनाको स्वाद चखाउने छौं, ताकि कदाचित तिनीहरू (हाम्रो तर्फ) फर्किआउन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَنْ اَظْلَمُ مِمَّنْ ذُكِّرَ بِاٰیٰتِ رَبِّهٖ ثُمَّ اَعْرَضَ عَنْهَا ؕ— اِنَّا مِنَ الْمُجْرِمِیْنَ مُنْتَقِمُوْنَ ۟۠
२२) र त्यस व्यक्तिभन्दा बढी अत्याचारी को छ? जसलाई उसको पालनकर्ताका आयातहरूबाट सावधान गरिएको थियो । तैपनि उसले मुख फर्कायो ? निश्चित जान कि हामीले पनि अपराधीहरूसित बदला लिनेवाला छौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلَقَدْ اٰتَیْنَا مُوْسَی الْكِتٰبَ فَلَا تَكُنْ فِیْ مِرْیَةٍ مِّنْ لِّقَآىِٕهٖ وَجَعَلْنٰهُ هُدًی لِّبَنِیْۤ اِسْرَآءِیْلَ ۟ۚ
२३) निःसन्देह हामीले ‘‘मूसा (अलैहिस्सलाम) लाई’’ किताब प्रदान गर्यौं । अतः तपाईंले कदापि ऊसँगको साक्षात्कारमा सन्देह नगर्नु, र हामीले उसलाई इस्राईलको सन्तानको पथप्रदर्शनको माध्यम बनाएका थियौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَجَعَلْنَا مِنْهُمْ اَىِٕمَّةً یَّهْدُوْنَ بِاَمْرِنَا لَمَّا صَبَرُوْا ؕ۫— وَكَانُوْا بِاٰیٰتِنَا یُوْقِنُوْنَ ۟
२४) र जब उनीहरूले धैर्य गरे तब हामीले उनीहरूमध्ये यस्ता नायक बनायौं, जसले हाम्रो आदेशबाट मानिसहरूलाई सही मार्ग देखाउँथे, र हाम्रा आयतहरूमाथि आस्था राख्दथे ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ رَبَّكَ هُوَ یَفْصِلُ بَیْنَهُمْ یَوْمَ الْقِیٰمَةِ فِیْمَا كَانُوْا فِیْهِ یَخْتَلِفُوْنَ ۟
२५) निश्चय नै तिम्रो पालनकर्ताले कियामतको दिन उनीहरूको बीचका ती कुराहरूको निर्णय गर्नेछ, जसमा उनीहरूले विवाद गर्दै आएका छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَوَلَمْ یَهْدِ لَهُمْ كَمْ اَهْلَكْنَا مِنْ قَبْلِهِمْ مِّنَ الْقُرُوْنِ یَمْشُوْنَ فِیْ مَسٰكِنِهِمْ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ ؕ— اَفَلَا یَسْمَعُوْنَ ۟
२६) के यस कुराले पनि तिनीहरूलाई उपदेश दिएन कि उनीहरूभन्दा पहिला कैयन् नस्लहरूलाई (समूहहरूलाई) हामीले नष्ट गरिसकेका छौं, जसका सहनका ठाउँहरूमा (बासस्थानहरूमा) उनीहरू हिंडडुल गर्दैछन् ? यसमा त धेरै निशानीहरू छन् । अनि के उनीहरू सुन्दैनन् ?
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَوَلَمْ یَرَوْا اَنَّا نَسُوْقُ الْمَآءَ اِلَی الْاَرْضِ الْجُرُزِ فَنُخْرِجُ بِهٖ زَرْعًا تَاْكُلُ مِنْهُ اَنْعَامُهُمْ وَاَنْفُسُهُمْ ؕ— اَفَلَا یُبْصِرُوْنَ ۟
२७) के उनीहरूले देख्दैनन् कि हामीले यस बाँझो भूमितिर पानी बगाएर लैजान्छौं, अनि त्यसबाट हामीले खेती उमार्छौं, जसबाट उनीहरूका चौपायाहरू खान्छन् र उनीहरू स्वयम् पनि खान्छन्, अनि के यिनीहरूले तैपनि देख्दैनन् ?
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَیَقُوْلُوْنَ مَتٰی هٰذَا الْفَتْحُ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
२८) र भन्दछन्ः कि ‘‘यदि तिमी साँचो हौ भने बताऊ यो फैसला कहिले हुनेछ ?
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ یَوْمَ الْفَتْحِ لَا یَنْفَعُ الَّذِیْنَ كَفَرُوْۤا اِیْمَانُهُمْ وَلَا هُمْ یُنْظَرُوْنَ ۟
२९) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) भनिदिनुस् ! कि ‘‘फैसलाको दिन ईमान ल्याउनुले काफिरहरूलाई कुनै पनि फाइदा पुर्याउने छैन र न उनीहरूलाई कुनै मोहलत दिइनेछ ।’’
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَاَعْرِضْ عَنْهُمْ وَانْتَظِرْ اِنَّهُمْ مُّنْتَظِرُوْنَ ۟۠
३०) (तसर्थ) अब तपाईले उनीहरूलाई उनीहरूकै अवस्थामा छाडिदिनुस्, र प्रतीक्षा गर्नुस् ! उनीहरू पनि प्रतीक्षक छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
 
ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߕߌ߲ߓߌߘߌ߲
ߝߐߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ ߞߐߜߍ ߝߙߍߕߍ
 
ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ

ߡߍ߲ ߝߘߊߣߍ߲߫ ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ ߟߋ߬ - ߣߌߔߊ߯ߟߌ߬.

ߘߊߕߎ߲߯ߠߌ߲