ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫

ߞߐߜߍ ߝߙߍߕߍ:close

external-link copy
20 : 4

وَاِنْ اَرَدْتُّمُ اسْتِبْدَالَ زَوْجٍ مَّكَانَ زَوْجٍ ۙ— وَّاٰتَیْتُمْ اِحْدٰىهُنَّ قِنْطَارًا فَلَا تَاْخُذُوْا مِنْهُ شَیْـًٔا ؕ— اَتَاْخُذُوْنَهٗ بُهْتَانًا وَّاِثْمًا مُّبِیْنًا ۟

२०) र, यदि तिमीले एउटी स्वास्नीको ठाउँमा दोस्रो स्वास्नी राख्न नै चाहन्छौ र तीमध्ये कसैलाई तिमीले ठूलो सम्पत्ति दिइसकेका छौ भने पनि त्यसबाट केही नलिनु । के तिमीले अनुचितरूपले वा खुल्लारूपले पाप हुने भएर पनि त्यसबाट फिर्ता लिनेछौ । info
التفاسير:

external-link copy
21 : 4

وَكَیْفَ تَاْخُذُوْنَهٗ وَقَدْ اَفْضٰی بَعْضُكُمْ اِلٰی بَعْضٍ وَّاَخَذْنَ مِنْكُمْ مِّیْثَاقًا غَلِیْظًا ۟

२१) तिमी त्यसलाई कसरी लिने छौ ? यद्यपि तिमीहरू एक अर्कासित भेटिसकेका छौ र ती स्वास्नी मानिसहरूले तिमीबाट पूर्णरूपले वाचा लिइसकेका छिन् । info
التفاسير:

external-link copy
22 : 4

وَلَا تَنْكِحُوْا مَا نَكَحَ اٰبَآؤُكُمْ مِّنَ النِّسَآءِ اِلَّا مَا قَدْ سَلَفَ ؕ— اِنَّهٗ كَانَ فَاحِشَةً وَّمَقْتًا ؕ— وَسَآءَ سَبِیْلًا ۟۠

२२) र जुन स्वास्नी मानिसहरूसँग तिम्रा बाबुहरूले विवाह गरेका छन्, तिनीहरूसँग निकाह नगर्नु, तर जे बितिसकेको छ त्यो निर्लज्जतापूर्ण काम र अप्रसन्न पार्ने कुरा र साह्रै घृणित परम्परा थियो । info
التفاسير:

external-link copy
23 : 4

حُرِّمَتْ عَلَیْكُمْ اُمَّهٰتُكُمْ وَبَنٰتُكُمْ وَاَخَوٰتُكُمْ وَعَمّٰتُكُمْ وَخٰلٰتُكُمْ وَبَنٰتُ الْاَخِ وَبَنٰتُ الْاُخْتِ وَاُمَّهٰتُكُمُ الّٰتِیْۤ اَرْضَعْنَكُمْ وَاَخَوٰتُكُمْ مِّنَ الرَّضَاعَةِ وَاُمَّهٰتُ نِسَآىِٕكُمْ وَرَبَآىِٕبُكُمُ الّٰتِیْ فِیْ حُجُوْرِكُمْ مِّنْ نِّسَآىِٕكُمُ الّٰتِیْ دَخَلْتُمْ بِهِنَّ ؗ— فَاِنْ لَّمْ تَكُوْنُوْا دَخَلْتُمْ بِهِنَّ فَلَا جُنَاحَ عَلَیْكُمْ ؗ— وَحَلَآىِٕلُ اَبْنَآىِٕكُمُ الَّذِیْنَ مِنْ اَصْلَابِكُمْ ۙ— وَاَنْ تَجْمَعُوْا بَیْنَ الْاُخْتَیْنِ اِلَّا مَا قَدْ سَلَفَ ؕ— اِنَّ اللّٰهَ كَانَ غَفُوْرًا رَّحِیْمًا ۟ۙ

२३) तिम्रो लागि तिम्रा आमाहरू र छोरीहरू र दिदी बहिनीहरू र तिम्रा फूफूहरू र तिम्रा सानी आमा, ठूली आमाहरू र भतिजीहरू र भान्जीहरू र तिम्रा ती आमाहरू जसले कि तिमीलाई दूध ख्वाएका छिन्, र (रेजाई) दिदीबहिनीहरू र तिम्रा सासूहरू र तिमीले तिम्रो गोदमा लालन पालन गरेको छोरीहरू जुन संभोग गरेको महिलाबाट जन्मेका छिन् तिम्रो लागि वर्जित छिन् । हो यदि तिमीले तिनीहरूसँग (केटीको आमासँग) यौन सम्बन्ध गरेका छैनौ भने तिमीलाई कुनै गुनाह छैन, र तिम्रा साख्खै छोराहरूका स्वास्नीहरू पनि र दुई दिदी बहिनीहरूलाई एकैसाथ बिहे गर्नु पनि त्याज्य छ । तर विगतमा जे भयो भइसक्यो । निःसन्देह अल्लाह क्षमा गर्नेवाला र दयावान छ । info
التفاسير: