Check out the new design

ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ * - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ


ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߞߐ߲߬ߞߍ   ߟߝߊߙߌ ߘߏ߫:
اَفَسِحْرٌ هٰذَاۤ اَمْ اَنْتُمْ لَا تُبْصِرُوْنَ ۟
१५) त के यो जादू हो अथवा तिमीहरू देख्दैनौ ?
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِصْلَوْهَا فَاصْبِرُوْۤا اَوْ لَا تَصْبِرُوْا ۚ— سَوَآءٌ عَلَیْكُمْ ؕ— اِنَّمَا تُجْزَوْنَ مَا كُنْتُمْ تَعْمَلُوْنَ ۟
१६) यसमा प्रवेश गरिहाल र धैर्य गर वा नगर, तिम्रो निम्ति समान छ, जुन काम तिमीले गर्ने गर्दथ्यौ, त्यसैको तिमीलाई प्रतिफल दिइनेछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّ الْمُتَّقِیْنَ فِیْ جَنّٰتٍ وَّنَعِیْمٍ ۟ۙ
१७) निःसन्देह संयमीहरू (धर्मनिष्ठहरू) स्वर्गमा र अनुकम्पाहरूमा रहनेछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فٰكِهِیْنَ بِمَاۤ اٰتٰىهُمْ رَبُّهُمْ ۚ— وَوَقٰىهُمْ رَبُّهُمْ عَذَابَ الْجَحِیْمِ ۟
१८) जेजति उनीहरूको पालनकर्ताले उनीहरूलाई प्रदान गरेको छ त्यसबाट आनन्दित भइरहनेछन्, र उनको पालनकर्ताले उनीहरूलाई नर्कको सजायबाट बचाइहाल्यो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
كُلُوْا وَاشْرَبُوْا هَنِیْٓـًٔا بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟ۙ
१९) तिमी आफ्ना कर्महरूको प्रतिफल स्वरूप, जुन तिमी गर्दथ्यौ आनन्दसित खाऊ र पिऊ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
مُتَّكِـِٕیْنَ عَلٰی سُرُرٍ مَّصْفُوْفَةٍ ۚ— وَزَوَّجْنٰهُمْ بِحُوْرٍ عِیْنٍ ۟
२०) पंक्तिबद्ध बिछाइएका शानदार तख्ताहरूमा तकिया लगाएर, र हामीले ठूला–ठूला आँखा भएकी सुन्दरी (अप्सरा)हरूसंग उनीहरूको विवाह गरिदिने छौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَالَّذِیْنَ اٰمَنُوْا وَاتَّبَعَتْهُمْ ذُرِّیَّتُهُمْ بِاِیْمَانٍ اَلْحَقْنَا بِهِمْ ذُرِّیَّتَهُمْ وَمَاۤ اَلَتْنٰهُمْ مِّنْ عَمَلِهِمْ مِّنْ شَیْءٍ ؕ— كُلُّ امْرِىۢ بِمَا كَسَبَ رَهِیْنٌ ۟
२१) र जसले ईमान ल्याए र उनका सन्तानहरूले पनि ईमानमा उनको अनुशरण गरे, हामीले उनको सन्तानहरूलाई पनि उनीहरूसम्म पुर्याइदिनेछौं र उनका कर्महरूबाट केही कम गर्ने छैनौं । प्रत्येक व्यक्ति आफ्नो कर्मजालमा फँसेको छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاَمْدَدْنٰهُمْ بِفَاكِهَةٍ وَّلَحْمٍ مِّمَّا یَشْتَهُوْنَ ۟
२२) र हामीले उनीहरूको लागि स्वादिलो फलहरू र मनपराएका मासु पर्याप्त प्रदान गर्नेछौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یَتَنَازَعُوْنَ فِیْهَا كَاْسًا لَّا لَغْوٌ فِیْهَا وَلَا تَاْثِیْمٌ ۟
२३) त्यहाँ उनीहरू एक–अर्कासित पान–पत्र (मदिरा) आदानप्रदान गर्नेछन्, जसमा न कुनै फजूलपना हुनेछ न कुनै पाप ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَیَطُوْفُ عَلَیْهِمْ غِلْمَانٌ لَّهُمْ كَاَنَّهُمْ لُؤْلُؤٌ مَّكْنُوْنٌ ۟
२४) उनीहरूको आसपासमा नवयुवक सेवकहरू हिंडिराख्नेछन् जो सुरक्षित मोतीहरू जस्तो हुनेछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَاَقْبَلَ بَعْضُهُمْ عَلٰی بَعْضٍ یَّتَسَآءَلُوْنَ ۟
२५) र एक अर्कातिर ध्यान दिएर आपसमा कुराकानी गर्नेछन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قَالُوْۤا اِنَّا كُنَّا قَبْلُ فِیْۤ اَهْلِنَا مُشْفِقِیْنَ ۟
२६) भन्नेछन्ः कि यसभन्दा पहिला हामी आफ्ना घरहरूमा (अल्लाहसित) धेरै डराउने तर्सने गर्दथ्यौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَمَنَّ اللّٰهُ عَلَیْنَا وَوَقٰىنَا عَذَابَ السَّمُوْمِ ۟
२७) अनि अल्लाहले हामीमाथि ठूलो अनुकम्पा गर्यो र हामीलाई बिषालु लूको यातनाबाट बचाइहाल्यो ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّا كُنَّا مِنْ قَبْلُ نَدْعُوْهُ ؕ— اِنَّهٗ هُوَ الْبَرُّ الرَّحِیْمُ ۟۠
२८) यसभन्दा पहिला नै हामीले उसको (अल्लाहको) प्रार्थना गर्ने गर्दथ्यौं । निःसन्देह ऊ अनुकम्पा गर्नेवाला दयावान् छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَذَكِّرْ فَمَاۤ اَنْتَ بِنِعْمَتِ رَبِّكَ بِكَاهِنٍ وَّلَا مَجْنُوْنٍ ۟ؕ
२९) अतः (हे पैगम्बर) तपाई सम्झाउँदै गर्नुस् किनभने तपाई आफ्नो पालनकर्ताको कृपाले न शकुनविचार गर्नेवाला र नत पागल हुनुहुन्छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اَمْ یَقُوْلُوْنَ شَاعِرٌ نَّتَرَبَّصُ بِهٖ رَیْبَ الْمَنُوْنِ ۟
३०) के इन्कार गर्नेहरूले भन्दछन्ः कि त्यो कवि हो जसको निम्ति हामी कालचक्र अर्थात मृत्युको प्रतीक्षा गरिराखेका छौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قُلْ تَرَبَّصُوْا فَاِنِّیْ مَعَكُمْ مِّنَ الْمُتَرَبِّصِیْنَ ۟ؕ
३१) भनिदिनुस् कि तिमी प्रतीक्षा गर्दैजाऊ । म पनि तिम्रो साथमा प्रतीक्षा गर्दैछु ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
 
ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߞߐ߲߬ߞߍ
ߝߐߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ ߞߐߜߍ ߝߙߍߕߍ
 
ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ

ߡߍ߲ ߝߘߊߣߍ߲߫ ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ ߟߋ߬ - ߣߌߔߊ߯ߟߌ߬.

ߘߊߕߎ߲߯ߠߌ߲