Check out the new design

ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ * - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ


ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߣߍ߰ߝߌ߲   ߟߝߊߙߌ ߘߏ߫:
هُوَ الَّذِیْ خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ فِیْ سِتَّةِ اَیَّامٍ ثُمَّ اسْتَوٰی عَلَی الْعَرْشِ ؕ— یَعْلَمُ مَا یَلِجُ فِی الْاَرْضِ وَمَا یَخْرُجُ مِنْهَا وَمَا یَنْزِلُ مِنَ السَّمَآءِ وَمَا یَعْرُجُ فِیْهَا ؕ— وَهُوَ مَعَكُمْ اَیْنَ مَا كُنْتُمْ ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ بَصِیْرٌ ۟
४) उही हो जसले आकाशहरू र पृथ्वीलाई छः (६) दिनमा सृष्टि गर्यो अनि सिंहासनमाथि उच्च भयो । ऊ जान्दछ जे जति धरतीमा प्रवेश गर्दछ र जे–जति उसबाट निस्कन्छ, र जे–जति आकाशबाट अवतरित हुन्छ र जे–जति उसमा चढ्दछ । र तिमी जहाँसुकै भए पनि ऊ तिम्रो साथमा छ र अल्लाह देख्दछ, जे–जति तिमीले गर्दछौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
لَهٗ مُلْكُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— وَاِلَی اللّٰهِ تُرْجَعُ الْاُمُوْرُ ۟
५) आकाशहरू र धरतीको सत्ता उसैको हो र अल्लाहतिर नै सबै कुरा फर्काइन्छन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
یُوْلِجُ الَّیْلَ فِی النَّهَارِ وَیُوْلِجُ النَّهَارَ فِی الَّیْلِ ؕ— وَهُوَ عَلِیْمٌۢ بِذَاتِ الصُّدُوْرِ ۟
६) उसैले रातलाई दिनमा प्रविष्ट गराउँदछ र दिनलाई रातमा प्रविष्ट गराउँदछ । ऊ छातीमा लुकेका कुराहरू पनि जान्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اٰمِنُوْا بِاللّٰهِ وَرَسُوْلِهٖ وَاَنْفِقُوْا مِمَّا جَعَلَكُمْ مُّسْتَخْلَفِیْنَ فِیْهِ ؕ— فَالَّذِیْنَ اٰمَنُوْا مِنْكُمْ وَاَنْفَقُوْا لَهُمْ اَجْرٌ كَبِیْرٌ ۟
७) (तसर्थ) अल्लाह र उसको रसूलमाथि ईमान ल्याऊ र जुन मालसामानमा उसले तिमीलाई अन्य व्यक्तिहरूको उत्तराधिकारी बनाएको छ त्यसमध्येबाट खर्च गर । त तिमीहरूमध्ये जसले ईमान ल्याए र खर्च (दान) गरिरहे उनीहरूको निम्ति ठूलो प्रतिफल छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَا لَكُمْ لَا تُؤْمِنُوْنَ بِاللّٰهِ ۚ— وَالرَّسُوْلُ یَدْعُوْكُمْ لِتُؤْمِنُوْا بِرَبِّكُمْ وَقَدْ اَخَذَ مِیْثَاقَكُمْ اِنْ كُنْتُمْ مُّؤْمِنِیْنَ ۟
८) तिमीहरू अल्लाहमाथि ईमान किन ल्याउँदैनौ, जब कि पैगम्बरहरूले तिमीलाई तिम्रो रब (प्रतिपालक) माथि ईमान ल्याउन आमन्त्रण गरिराखेका छन् । र यदि तिमी ईमानवाला हौ भने उसले तिमीसित दृढ वचन पनि लिइसकेको छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
هُوَ الَّذِیْ یُنَزِّلُ عَلٰی عَبْدِهٖۤ اٰیٰتٍۢ بَیِّنٰتٍ لِّیُخْرِجَكُمْ مِّنَ الظُّلُمٰتِ اِلَی النُّوْرِ ؕ— وَاِنَّ اللّٰهَ بِكُمْ لَرَءُوْفٌ رَّحِیْمٌ ۟
९) उही अल्लाह हो जसले आफ्नो भक्तहरूमाथि स्पष्ट आयतहरू अवतरित गरिरहेको छ ताकि उसले तिमीलाई अन्धकारहरूबाट प्रकाशतिर ल्याओस् । वास्तविकता यो छ कि अल्लाह तिमीमाथि अत्यन्त करुणामय र दयावान छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَمَا لَكُمْ اَلَّا تُنْفِقُوْا فِیْ سَبِیْلِ اللّٰهِ وَلِلّٰهِ مِیْرَاثُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— لَا یَسْتَوِیْ مِنْكُمْ مَّنْ اَنْفَقَ مِنْ قَبْلِ الْفَتْحِ وَقٰتَلَ ؕ— اُولٰٓىِٕكَ اَعْظَمُ دَرَجَةً مِّنَ الَّذِیْنَ اَنْفَقُوْا مِنْ بَعْدُ وَقَاتَلُوْاؕ— وَكُلًّا وَّعَدَ اللّٰهُ الْحُسْنٰی ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ خَبِیْرٌ ۟۠
१०) तिमीलाई के भएको छ कि अल्लाहको बाटोमा खर्च गर्दैनौ ? जब कि आकाशहरू र जमिनको स्वामित्व अल्लाहकै निम्ति छ, तिमीहरूमध्ये जुन व्यक्तिले (मक्काको) विजयभन्दा पहिला खर्च गर्यो र लडाई गर्यो उनीहरू अरुको समान हुन सक्दैनन् । उनीहरूको दर्जा ती मानिसहरूभन्दा बढी छ, जसले पछि खर्च गरे र धर्मयुद्ध गरे । हो अल्लाहले सबैलाई भलाईको वचन त दिएको छ र जुन काम तिमीले गर्दछौ अल्लाह त्यसलाई जान्दछ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
مَنْ ذَا الَّذِیْ یُقْرِضُ اللّٰهَ قَرْضًا حَسَنًا فَیُضٰعِفَهٗ لَهٗ وَلَهٗۤ اَجْرٌ كَرِیْمٌ ۟
११) को छ जसले अल्लाहलाई राम्रो ऋण देओस्, ताकि उसले त्यसलाई कैयौं गुणा बढाएर प्रदान गरोस् । र उसको निम्ति सम्मानित प्रतिफल छ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
 
ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߣߍ߰ߝߌ߲
ߝߐߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ ߞߐߜߍ ߝߙߍߕߍ
 
ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ

ߡߍ߲ ߝߘߊߣߍ߲߫ ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ ߟߋ߬ - ߣߌߔߊ߯ߟߌ߬.

ߘߊߕߎ߲߯ߠߌ߲