Check out the new design

ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ * - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ


ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߕߓߊߞߘߐߣߍ߲߫   ߟߝߊߙߌ ߘߏ߫:
وَاذْكُرُوْۤا اِذْ جَعَلَكُمْ خُلَفَآءَ مِنْ بَعْدِ عَادٍ وَّبَوَّاَكُمْ فِی الْاَرْضِ تَتَّخِذُوْنَ مِنْ سُهُوْلِهَا قُصُوْرًا وَّتَنْحِتُوْنَ الْجِبَالَ بُیُوْتًا ۚ— فَاذْكُرُوْۤا اٰلَآءَ اللّٰهِ وَلَا تَعْثَوْا فِی الْاَرْضِ مُفْسِدِیْنَ ۟
७४) र तिमी स्मरण गर त्यस समयलाई कि अल्लाहले तिमीलाई आदको समुदायपछि उत्तराधिकारी बनायो र पृथ्वीमा तिमीलाई यो स्थान प्रदान गर्यो कि आज तिमीले अल्लाहको समतल भूमिमा महल बनाउँछौ र पहाडहरूलाई काटछाँट गरी घर बनाउँदछौ । अल्लाहका वरदानहरूलाई स्मरण गर र पृथ्वीमा उपद्रव गर्दै नहिंड ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قَالَ الْمَلَاُ الَّذِیْنَ اسْتَكْبَرُوْا مِنْ قَوْمِهٖ لِلَّذِیْنَ اسْتُضْعِفُوْا لِمَنْ اٰمَنَ مِنْهُمْ اَتَعْلَمُوْنَ اَنَّ صٰلِحًا مُّرْسَلٌ مِّنْ رَّبِّهٖ ؕ— قَالُوْۤا اِنَّا بِمَاۤ اُرْسِلَ بِهٖ مُؤْمِنُوْنَ ۟
७५) अनि उनको जातिका (समुदायका) जो अभिमानी सरदार थिए उनीहरूले कम्जोर वर्गहरूसँग जसले कि ईमान ल्याइसकेका थिए भन्न थालेः कि, ‘‘के तिमीले विश्वास गर्दछौ कि सालेह(अलैहिस्सलाम) आफ्नो पालनकर्ताबाट पठाइएका हुन् ।’’ उनीहरूले भने, ‘‘हो जुन कुरा उनलाई दिएर पठाइएको छ हामीले त्यसमा निःसन्देह विश्वास गर्दछौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
قَالَ الَّذِیْنَ اسْتَكْبَرُوْۤا اِنَّا بِالَّذِیْۤ اٰمَنْتُمْ بِهٖ كٰفِرُوْنَ ۟
७६) त्यसपछि ती घमण्डी सरदारहरूले भन्न थालेः कि, जुन कुरामा तिमीले विश्वास गरेका छौ हामीले त त्यसलाई मान्दैनौं ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَعَقَرُوا النَّاقَةَ وَعَتَوْا عَنْ اَمْرِ رَبِّهِمْ وَقَالُوْا یٰصٰلِحُ ائْتِنَا بِمَا تَعِدُنَاۤ اِنْ كُنْتَ مِنَ الْمُرْسَلِیْنَ ۟
७७) अन्ततः तिनीहरूले त्यस ऊँटनीलाई घुँड़ा काटेर मारिदिए । र आफ्नो पालनकर्ताको आदेश पूर्णरूपमा उल्लंघन गरे र ‘‘सालेहसँग’’ भने कि, जुन कुराबाट तिमीले हामीलाई डराउँदथ्योै यदि तिमी अल्लाहको संदेशवाहक हौ भने त्यो हामीमाथि ल्याऊ ।’’
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَاَخَذَتْهُمُ الرَّجْفَةُ فَاَصْبَحُوْا فِیْ دَارِهِمْ جٰثِمِیْنَ ۟
७८) अनि तिनलाई भूकम्पले आइसमात्यो र तिनीहरू आफ्ना घरहरूमा लम्पसार परिरहे ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
فَتَوَلّٰی عَنْهُمْ وَقَالَ یٰقَوْمِ لَقَدْ اَبْلَغْتُكُمْ رِسَالَةَ رَبِّیْ وَنَصَحْتُ لَكُمْ وَلٰكِنْ لَّا تُحِبُّوْنَ النّٰصِحِیْنَ ۟
७९) त्यसपछि सालेह (निराश भई) फर्के र भने कि हे मेरो जाति बन्धुहरू ! मैले त तिमीहरूलाई अल्लाहको सन्देश पुर्याइहालें, तिम्रै हितको कुरा गरें, तर तिमीहरू यस्ता हौ कि शुभेच्छुकलाई मन पराउँदैनौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
وَلُوْطًا اِذْ قَالَ لِقَوْمِهٖۤ اَتَاْتُوْنَ الْفَاحِشَةَ مَا سَبَقَكُمْ بِهَا مِنْ اَحَدٍ مِّنَ الْعٰلَمِیْنَ ۟
८०) र हामीले लूतलाई पैगम्बर बनाएर पठायौं, त्यति बेला उनले आफ्नो समुदायसित भने तिमी यस्तो निर्लज्ज काम गर्दछौ कि जुन काम तिमीभन्दा अगाडि विश्वमा कसैले गरेनन् ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
اِنَّكُمْ لَتَاْتُوْنَ الرِّجَالَ شَهْوَةً مِّنْ دُوْنِ النِّسَآءِ ؕ— بَلْ اَنْتُمْ قَوْمٌ مُّسْرِفُوْنَ ۟
८१) तिमीहरूले स्वास्नी मानिसहरूलाई छाडि केटाहरूसंग कुकर्म गर्दछौ । वास्तवमा तिमीहरूले त सीमाको उल्लंघन नै गरिसकेका छौ ।
ߊߙߊߓߎߞߊ߲ߡߊ ߞߘߐߦߌߘߊ ߟߎ߬:
 
ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌ߬ߘߊ߬ߟߌ ߝߐߘߊ ߘߏ߫: ߕߓߊߞߘߐߣߍ߲߫
ߝߐߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ ߞߐߜߍ ߝߙߍߕߍ
 
ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ - ߘߟߊߡߌߘߊ ߟߎ߫ ߦߌ߬ߘߊ߬ߥߟߊ

ߡߍ߲ ߝߘߊߣߍ߲߫ ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫ ߟߋ߬ - ߣߌߔߊ߯ߟߌ߬.

ߘߊߕߎ߲߯ߠߌ߲