ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫

ߞߐߜߍ ߝߙߍߕߍ:close

external-link copy
17 : 8

فَلَمْ تَقْتُلُوْهُمْ وَلٰكِنَّ اللّٰهَ قَتَلَهُمْ ۪— وَمَا رَمَیْتَ اِذْ رَمَیْتَ وَلٰكِنَّ اللّٰهَ رَمٰی ۚ— وَلِیُبْلِیَ الْمُؤْمِنِیْنَ مِنْهُ بَلَآءً حَسَنًا ؕ— اِنَّ اللّٰهَ سَمِیْعٌ عَلِیْمٌ ۟

१७) त तिमीले तिनीहरूलाई मारेनौ, बरू अल्लाहले नै तिनीहरूलाई मार्यो र तपाईले माटोको डल्लो फ्याँक्नु भएन बरु त्यो महान अल्लाहले फ्याँक्यो, र यस कारण कि मुसलमानहरूलाई आफ्नो तर्फबाट उनीहरूको परिश्रमको राम्रो प्रतिफल देओस् । निःसन्देह अल्लाह धेरै सुन्नेवाला, धेरै जान्नेवाला छ । info
التفاسير:

external-link copy
18 : 8

ذٰلِكُمْ وَاَنَّ اللّٰهَ مُوْهِنُ كَیْدِ الْكٰفِرِیْنَ ۟

१८) एउटा कुरा त यो भयो र (दोस्रो कुरा यो छ कि) महान अल्लाहले काफिरहरूको योजनालाई कमजोर गर्नु थियो । info
التفاسير:

external-link copy
19 : 8

اِنْ تَسْتَفْتِحُوْا فَقَدْ جَآءَكُمُ الْفَتْحُ ۚ— وَاِنْ تَنْتَهُوْا فَهُوَ خَیْرٌ لَّكُمْ ۚ— وَاِنْ تَعُوْدُوْا نَعُدْ ۚ— وَلَنْ تُغْنِیَ عَنْكُمْ فِئَتُكُمْ شَیْـًٔا وَّلَوْ كَثُرَتْ ۙ— وَاَنَّ اللّٰهَ مَعَ الْمُؤْمِنِیْنَ ۟۠

१९) यदि तिमीहरू फैसला चाहन्छौ भने त्यो फैसला तिम्रो सामु मौजूदछ, र यदि यसबाट पन्छिनेछौ भने यो साह्रै राम्रो छ, र यदि तिमीले फेरि त्यही काम गर्नेछौ भने हामीले पनि फेरि त्यही काम गर्नेछौं, र तिम्रो जत्था (सम्प्रदाय) तिम्रो कुनै काम लाग्नेछैन, चाहे जति नै अधिक किन नहोस्, र सत्य कुरो यो छ कि अल्लाह ईमानवालाहरूको साथमा छ । info
التفاسير:

external-link copy
20 : 8

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اَطِیْعُوا اللّٰهَ وَرَسُوْلَهٗ وَلَا تَوَلَّوْا عَنْهُ وَاَنْتُمْ تَسْمَعُوْنَ ۟

२०) हे ईमानवालाहरू ! अल्लाहको र उसको रसूलको आदेश मान र त्यसबाट विमुख नहोऊ जबकि तिमी सुनी जानी राखेका छौ । info
التفاسير:

external-link copy
21 : 8

وَلَا تَكُوْنُوْا كَالَّذِیْنَ قَالُوْا سَمِعْنَا وَهُمْ لَا یَسْمَعُوْنَ ۟ۚ

२१) र तिमी उनीहरू जस्तो नहुनु जसले दावी गर्दछन् कि हामीले सुनें जबकि उनीहरू सुन्दैनन् । info
التفاسير:

external-link copy
22 : 8

اِنَّ شَرَّ الدَّوَآبِّ عِنْدَ اللّٰهِ الصُّمُّ الْبُكْمُ الَّذِیْنَ لَا یَعْقِلُوْنَ ۟

२२) अल्लाहको दृष्टिमा त निकृष्ट प्राणी ती हुन जो बहिरा लाटा हुन्, जसले केहि पनि बुझ्दैनन् । info
التفاسير:

external-link copy
23 : 8

وَلَوْ عَلِمَ اللّٰهُ فِیْهِمْ خَیْرًا لَّاَسْمَعَهُمْ ؕ— وَلَوْ اَسْمَعَهُمْ لَتَوَلَّوْا وَّهُمْ مُّعْرِضُوْنَ ۟

२३) यदि अल्लाहले उनीहरूमा कुनै गुण देखेको भए अवश्य नै उनीहरूलाई सुन्ने सौभाग्य प्रदान गथ्र्यो र यदि उसले उनीहरूलाई अहिले सुनाउँछ भने उनीहरू तर्केर विमुख भइहाल्थे । info
التفاسير:

external-link copy
24 : 8

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا اسْتَجِیْبُوْا لِلّٰهِ وَلِلرَّسُوْلِ اِذَا دَعَاكُمْ لِمَا یُحْیِیْكُمْ ۚ— وَاعْلَمُوْۤا اَنَّ اللّٰهَ یَحُوْلُ بَیْنَ الْمَرْءِ وَقَلْبِهٖ وَاَنَّهٗۤ اِلَیْهِ تُحْشَرُوْنَ ۟

२४) हे ईमानवालाहरू ! तिमी अल्लाह र रसूलको आदेश मान, जबकि रसूलले तिमीलाई त्यस कुरातिर बोलाउन्छन्, जसले तिमीलाई जीवन प्रदान गर्नेछ र जानिराख कि अल्लाह मानिस र उसको हृदयको बीचमा आड बन्ने गर्दछ । र निःसन्देह तिमी सबै अल्लाहकै पासमा एकत्रित हुनेछौ । info
التفاسير:

external-link copy
25 : 8

وَاتَّقُوْا فِتْنَةً لَّا تُصِیْبَنَّ الَّذِیْنَ ظَلَمُوْا مِنْكُمْ خَآصَّةً ۚ— وَاعْلَمُوْۤا اَنَّ اللّٰهَ شَدِیْدُ الْعِقَابِ ۟

२५) र तिमी त्यस विपत्तिबाट बच, जसले कि आफ्नो चपेटामा विशेषरूपले अत्याचारीहरूलाई मात्र लिने छैन, जानिराख कि अल्लाह कठोर दण्ड दिनेवाला छ । info
التفاسير: