ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫

ߞߐߜߍ ߝߙߍߕߍ:close

external-link copy
32 : 9

یُرِیْدُوْنَ اَنْ یُّطْفِـُٔوْا نُوْرَ اللّٰهِ بِاَفْوَاهِهِمْ وَیَاْبَی اللّٰهُ اِلَّاۤ اَنْ یُّتِمَّ نُوْرَهٗ وَلَوْ كَرِهَ الْكٰفِرُوْنَ ۟

३२) उनीहरू चाहन्छन् कि अल्लाहको प्रकाशलाई आफ्नो मुखले निभाइदिउन्, तर अल्लाह आफ्नो प्रकाशलाई पूर्ण नगरि छाड्नेछैन, चाहे इन्कार गर्नेहरूलाई जतिसुकै अप्रिय लागोस् । info
التفاسير:

external-link copy
33 : 9

هُوَ الَّذِیْۤ اَرْسَلَ رَسُوْلَهٗ بِالْهُدٰی وَدِیْنِ الْحَقِّ لِیُظْهِرَهٗ عَلَی الدِّیْنِ كُلِّهٖ ۙ— وَلَوْ كَرِهَ الْمُشْرِكُوْنَ ۟

३३) उसैले आफ्नो रसूललाई मार्गदर्शन र सत्य धर्मसहित पठाएको छ ताकि यसलाई अरु अन्य धर्महरूमाथि अधिपत्य प्रदान गरोस् । यद्यपि मुश्रिकहरूलाई नराम्रो लागोस् । info
التفاسير:

external-link copy
34 : 9

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِنَّ كَثِیْرًا مِّنَ الْاَحْبَارِ وَالرُّهْبَانِ لَیَاْكُلُوْنَ اَمْوَالَ النَّاسِ بِالْبَاطِلِ وَیَصُدُّوْنَ عَنْ سَبِیْلِ اللّٰهِ ؕ— وَالَّذِیْنَ یَكْنِزُوْنَ الذَّهَبَ وَالْفِضَّةَ وَلَا یُنْفِقُوْنَهَا فِیْ سَبِیْلِ اللّٰهِ ۙ— فَبَشِّرْهُمْ بِعَذَابٍ اَلِیْمٍ ۟ۙ

३४) हे ईमानवालाहरू ! निःसन्देह धेरै जसो धर्मज्ञाता र उपासकहरू यस्ता छन्, जसले मानिसहरूको माल अनुचित तरिकाले खान्छन्, र अल्लाहको मार्गबाट रोक्दछन्, र जसले सुन चाँदीका खजाना (एकत्र) गरिराख्दछन् । र अल्लाहको मार्गमा खर्च गर्दैनन्, त उनीहरूलाई कष्टदायक यातनाको समाचार पुर्याइदिनुस् । info
التفاسير:

external-link copy
35 : 9

یَّوْمَ یُحْمٰی عَلَیْهَا فِیْ نَارِ جَهَنَّمَ فَتُكْوٰی بِهَا جِبَاهُهُمْ وَجُنُوْبُهُمْ وَظُهُوْرُهُمْ ؕ— هٰذَا مَا كَنَزْتُمْ لِاَنْفُسِكُمْ فَذُوْقُوْا مَا كُنْتُمْ تَكْنِزُوْنَ ۟

३५) जुन दिन त्यस सम्पत्तिलाई नर्कको आगोमा तताईन्छ अनि त्यसले उनीहरूका निधार र कोखा र पिठ्युहरू दागिन्छन् (र भनिनेछ) ‘‘यहि हो जुन तिमीले आफ्नो निम्ति खजाना बनाएर राखेका थियौ त आफनो खजानाहरूको स्वाद (मज्जा) चाख ।’’ info
التفاسير:

external-link copy
36 : 9

اِنَّ عِدَّةَ الشُّهُوْرِ عِنْدَ اللّٰهِ اثْنَا عَشَرَ شَهْرًا فِیْ كِتٰبِ اللّٰهِ یَوْمَ خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ مِنْهَاۤ اَرْبَعَةٌ حُرُمٌ ؕ— ذٰلِكَ الدِّیْنُ الْقَیِّمُ ۙ۬— فَلَا تَظْلِمُوْا فِیْهِنَّ اَنْفُسَكُمْ ۫— وَقَاتِلُوا الْمُشْرِكِیْنَ كَآفَّةً كَمَا یُقَاتِلُوْنَكُمْ كَآفَّةً ؕ— وَاعْلَمُوْۤا اَنَّ اللّٰهَ مَعَ الْمُتَّقِیْنَ ۟

३६) अल्लाह नजिक महिनाहरूको संख्या त्यस दिनदेखि जब उसले आकाशहरू र धर्तीको सृष्टि गर्यो बाह्र छन् । उनीहरूमध्ये चार आदर र सम्मानका हुन्, यही सोझो सटीक धर्म हो । अतः तिमी यी महिनाहरूमा आफूमाथि अत्याचार नगर र मुश्रिकहरूसित सबैमिलेर जिहाद गर, जुन प्रकारले उनीहरू सबै मिलेर तिमीसित लड्दछन् । र जानिराख कि अल्लाह आत्मसंयमीहरूको साथमा छ । info
التفاسير: