Check out the new design

قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى * - تەرجىمىلەر مۇندەرىجىسى


مەنالار تەرجىمىسى سۈرە: نەھل   ئايەت:

न्नहल

اَتٰۤی اَمْرُ اللّٰهِ فَلَا تَسْتَعْجِلُوْهُ ؕ— سُبْحٰنَهٗ وَتَعٰلٰی عَمَّا یُشْرِكُوْنَ ۟
१) अल्लाहको आदेश (सजाय) आइपुग्यो, (काफिरहरू) यसको निम्ति हतार नगर, ऊ पवित्र छ र जसलाई अल्लाहको साझेदार ठहराउँदछन् तिनीभन्दा अल्लाह उच्च छ ।
ئەرەپچە تەپسىرلەر:
یُنَزِّلُ الْمَلٰٓىِٕكَةَ بِالرُّوْحِ مِنْ اَمْرِهٖ عَلٰی مَنْ یَّشَآءُ مِنْ عِبَادِهٖۤ اَنْ اَنْذِرُوْۤا اَنَّهٗ لَاۤ اِلٰهَ اِلَّاۤ اَنَا فَاتَّقُوْنِ ۟
२) उसैले फरिश्ताहरूलाई सन्देश दिई आफ्नो आदेशले आफ्नो भक्तहरूमध्येबाट, जसलाई चाहन्छ त्यसको नजिक पठाउँछ । मानिसहरूलाई सचेत गर्न ! कि म (अल्लाह) बाहेक कोही अर्को सत्य पूजनीय छैन, तसर्थ मसित डर ।
ئەرەپچە تەپسىرلەر:
خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ بِالْحَقِّ ؕ— تَعٰلٰی عَمَّا یُشْرِكُوْنَ ۟
३) उसैले आकाशहरूलाई र पृथ्वीलाई बुद्धिमत्ताले सृष्टि गरेको छ । ऊ त्यसबाट मुक्त छ जुन मुश्रिकहरूले गर्दछन् ।
ئەرەپچە تەپسىرلەر:
خَلَقَ الْاِنْسَانَ مِنْ نُّطْفَةٍ فَاِذَا هُوَ خَصِیْمٌ مُّبِیْنٌ ۟
४) उसले मानिसलाई शुक्राणु (वीर्य) बाट सृष्टि गर्यो, तर तिनीले झगडालु बन्न पुगे ।
ئەرەپچە تەپسىرلەر:
وَالْاَنْعَامَ خَلَقَهَا لَكُمْ فِیْهَا دِفْءٌ وَّمَنَافِعُ وَمِنْهَا تَاْكُلُوْنَ ۟
५) चौपायाहरूलाई पनि उसैले सृष्टि गरेको छ, जसबाट तिमीहरूलाई गर्म पहिरन प्राप्त हुन्छ र अन्य धेरै फाइदाहरू छन् र यिनीहरूमध्ये केहीलाई तिमीले खान्छौ पनि ।
ئەرەپچە تەپسىرلەر:
وَلَكُمْ فِیْهَا جَمَالٌ حِیْنَ تُرِیْحُوْنَ وَحِیْنَ تَسْرَحُوْنَ ۪۟
६) र यिनीहरूबाट घरको रौनक पनि हुन्छ, चराउन लैजाँदा र चराएर घर फर्काएर ल्याउँदा पनि ।
ئەرەپچە تەپسىرلەر:
 
مەنالار تەرجىمىسى سۈرە: نەھل
سۈرە مۇندەرىجىسى بەت نومۇرى
 
قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى - تەرجىمىلەر مۇندەرىجىسى

نىپال ئەھلى ھەدىس مەركەز جەمئىيتى چىقارغان.

تاقاش