Check out the new design

قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى * - تەرجىمىلەر مۇندەرىجىسى


مەنالار تەرجىمىسى سۈرە: كەھپ   ئايەت:
وَدَخَلَ جَنَّتَهٗ وَهُوَ ظَالِمٌ لِّنَفْسِهٖ ۚ— قَالَ مَاۤ اَظُنُّ اَنْ تَبِیْدَ هٰذِهٖۤ اَبَدًا ۟ۙ
३५) र (घमण्डले) ऊ आफ्नो बगैँचामा गयो र आफनो हकमा अत्याचार गर्दै भन्न थाल्यो कि मलाई लाग्दैन, कि यो बगैंचा कहिले पनि नष्ट हुनेछ ।
ئەرەپچە تەپسىرلەر:
وَّمَاۤ اَظُنُّ السَّاعَةَ قَآىِٕمَةً ۙ— وَّلَىِٕنْ رُّدِدْتُّ اِلٰی رَبِّیْ لَاَجِدَنَّ خَیْرًا مِّنْهَا مُنْقَلَبًا ۟ۚ
३६) र न यो सम्झन्छुः कि कियामत हुनेछ, र यदि म आफ्नो पालनकर्तातिर फर्काइए पनि अवश्य राम्रो ठाउँ पाउनेछु ।
ئەرەپچە تەپسىرلەر:
قَالَ لَهٗ صَاحِبُهٗ وَهُوَ یُحَاوِرُهٗۤ اَكَفَرْتَ بِالَّذِیْ خَلَقَكَ مِنْ تُرَابٍ ثُمَّ مِنْ نُّطْفَةٍ ثُمَّ سَوّٰىكَ رَجُلًا ۟ؕ
३७) अनि उसको मित्रले उसँग कुराकानी गर्दै भन्यो कि के तिमीले उस अल्लाहसँग कुफ्र गर्दछौ, जसले तिमीलाई माटोले सृष्टि गर्यो अनि पानीको थोपाबाट, फेरि तिमीलाई पूरा मान्छे बनायो ।
ئەرەپچە تەپسىرلەر:
لٰكِنَّاۡ هُوَ اللّٰهُ رَبِّیْ وَلَاۤ اُشْرِكُ بِرَبِّیْۤ اَحَدًا ۟
३८) तर मेरो त यो आस्था छः कि उही अल्लाह नै मेरो पालनकर्ता हो र म आफ्नो पालनकर्तासँग अरु कसैलाई साझेदार ठहराउने छैन ।
ئەرەپچە تەپسىرلەر:
وَلَوْلَاۤ اِذْ دَخَلْتَ جَنَّتَكَ قُلْتَ مَا شَآءَ اللّٰهُ ۙ— لَا قُوَّةَ اِلَّا بِاللّٰهِ ۚ— اِنْ تَرَنِ اَنَا اَقَلَّ مِنْكَ مَالًا وَّوَلَدًا ۟ۚ
३९) जब तिमी आफ्नो बगैंचामा प्रवेश गर्यौ, त तिमीले किन भनेनौ कि अल्लाहले चाहेको हुनेवाला छ (अरु) कुनै शक्ति होइन, बरु अल्लाहको मद्दतबाट, यदि तिमीले मलाई सम्पत्ति र सन्तानमा आफूभन्दा कम देखिरहेका छौ ।
ئەرەپچە تەپسىرلەر:
فَعَسٰی رَبِّیْۤ اَنْ یُّؤْتِیَنِ خَیْرًا مِّنْ جَنَّتِكَ وَیُرْسِلَ عَلَیْهَا حُسْبَانًا مِّنَ السَّمَآءِ فَتُصْبِحَ صَعِیْدًا زَلَقًا ۟ۙ
४०) सम्भव छ कि मेरो पालनकर्ताले मलाई तिम्रो बगैंचाभन्दा राम्रो प्रदान गरोस् र तिम्रो बगैंचामाथि आकाशबाट प्रकोप पठाइदेओस्, अनि यो एउटा गैरआबाद मैदानको रूपमा परिणत भइहालोस् ।
ئەرەپچە تەپسىرلەر:
اَوْ یُصْبِحَ مَآؤُهَا غَوْرًا فَلَنْ تَسْتَطِیْعَ لَهٗ طَلَبًا ۟
४१) अथवा यसको पानी धेरै तल गइहालोस् र तिमीले त्यसलाई खोजेर ल्याउन नसक ।
ئەرەپچە تەپسىرلەر:
وَاُحِیْطَ بِثَمَرِهٖ فَاَصْبَحَ یُقَلِّبُ كَفَّیْهِ عَلٰی مَاۤ اَنْفَقَ فِیْهَا وَهِیَ خَاوِیَةٌ عَلٰی عُرُوْشِهَا وَیَقُوْلُ یٰلَیْتَنِیْ لَمْ اُشْرِكْ بِرَبِّیْۤ اَحَدًا ۟
४२) र यसका सबै फलहरूलाई (विनाशले) घेरिहाल्यो, र त्यसले जुन खर्च आफ्नो सम्पत्तिमाथि गरेको थियो, त्यसमा दुःख र अफशोचले हात मल्न थाल्यो र त्यो बगैचा त उलटपलट भइसकेको थियो र उसले भन्न थाल्यो कि काश मैले आफ्नो पालनकर्तासँग अरु कसैलाई साझेदार नठहराएको भए ।
ئەرەپچە تەپسىرلەر:
وَلَمْ تَكُنْ لَّهٗ فِئَةٌ یَّنْصُرُوْنَهٗ مِنْ دُوْنِ اللّٰهِ وَمَا كَانَ مُنْتَصِرًا ۟ؕ
४३) (तर) अल्लाह बाहेक कुनै समूह उसको सहायता गर्ने भएन र नउसले आफ्नो उद्धार आफै गर्न सक्यो ।
ئەرەپچە تەپسىرلەر:
هُنَالِكَ الْوَلَایَةُ لِلّٰهِ الْحَقِّ ؕ— هُوَ خَیْرٌ ثَوَابًا وَّخَیْرٌ عُقْبًا ۟۠
४४) यहाँबाट प्रमाणित भयो, कि अख्तियारी सबै अल्लाहकै हो, पुरस्कार दिने सबभन्दा ठूलो उही छ र सफलता दिने सबभन्दा ठूलो पनि उही हो ।
ئەرەپچە تەپسىرلەر:
وَاضْرِبْ لَهُمْ مَّثَلَ الْحَیٰوةِ الدُّنْیَا كَمَآءٍ اَنْزَلْنٰهُ مِنَ السَّمَآءِ فَاخْتَلَطَ بِهٖ نَبَاتُ الْاَرْضِ فَاَصْبَحَ هَشِیْمًا تَذْرُوْهُ الرِّیٰحُ ؕ— وَكَانَ اللّٰهُ عَلٰی كُلِّ شَیْءٍ مُّقْتَدِرًا ۟
४५) यिनीहरू समक्ष संसारको जिन्दगीको उदाहरण पनि वर्णन गर्नुस् (त्यो यस्तो छ) जस्तै पानी जसलाई हामी आकाशबाट वर्षायौं त यसबाट पृथ्वीको वनस्पति उम्रयो फेरि टुटफुट भएर घना भई परस्पर गुथिहाले तर त्यसलाई हावाले उडाइदिन्छ अल्लाह नै हरेक कुरोमाथि सामथ्र्यवान छ ।
ئەرەپچە تەپسىرلەر:
 
مەنالار تەرجىمىسى سۈرە: كەھپ
سۈرە مۇندەرىجىسى بەت نومۇرى
 
قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى - تەرجىمىلەر مۇندەرىجىسى

نىپال ئەھلى ھەدىس مەركەز جەمئىيتى چىقارغان.

تاقاش