Check out the new design

قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى * - تەرجىمىلەر مۇندەرىجىسى


مەنالار تەرجىمىسى سۈرە: بەقەرە   ئايەت:
وَاقْتُلُوْهُمْ حَیْثُ ثَقِفْتُمُوْهُمْ وَاَخْرِجُوْهُمْ مِّنْ حَیْثُ اَخْرَجُوْكُمْ وَالْفِتْنَةُ اَشَدُّ مِنَ الْقَتْلِ ۚ— وَلَا تُقٰتِلُوْهُمْ عِنْدَ الْمَسْجِدِ الْحَرَامِ حَتّٰی یُقٰتِلُوْكُمْ فِیْهِ ۚ— فَاِنْ قٰتَلُوْكُمْ فَاقْتُلُوْهُمْ ؕ— كَذٰلِكَ جَزَآءُ الْكٰفِرِیْنَ ۟
१९१) तिनीहरू जहाँ फेला पर्छन् त्यहीं मार र जहाँबाट तिनीहरूले तिमीहरूलाई निष्कासित गरेका छन्, त्यहाँबाट तिमीहरूले पनि तिनीहरूलाई निकाली हाल, (र सुन) दंगा मच्चाउनु, रक्तपातभन्दा पनि गम्भीर हुन्छ र जबसम्म तिनीहरूले तिमीहरूसित मस्जिदे हराम (खानए कअ्बा) को नजिकमा आई संघर्ष गर्दैनन् तबसम्म तिमीहरूले पनि त्यहाँ तिनीहरूसँग संघर्ष नगर, तर हो ! यदि तिनीहरूले तिमीहरूसित युद्ध गर्दछन् तब तिमीहरूले पनि तिनीहरूसंग युद्ध गर । अनास्थावानहरू (काफिरहरू) को लागि बदला यही हो ।
ئەرەپچە تەپسىرلەر:
فَاِنِ انْتَهَوْا فَاِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟
१९२) परन्तु यदि (युद्धबाट) तिनीहरू स्वयम् रोकिन्छन् भने अल्लाह क्षमा प्रदान गर्नेवाला दयावान् छ ।
ئەرەپچە تەپسىرلەر:
وَقٰتِلُوْهُمْ حَتّٰی لَا تَكُوْنَ فِتْنَةٌ وَّیَكُوْنَ الدِّیْنُ لِلّٰهِ ؕ— فَاِنِ انْتَهَوْا فَلَا عُدْوَانَ اِلَّا عَلَی الظّٰلِمِیْنَ ۟
१९३) तिनीहरूसँग त्यस बेलासम्म संघर्ष (युद्ध) गर्दै गर्नु जबसम्म कि उपद्रव (कुफ्र र बहुदेववाद) समाप्त हुँदैन । र धर्म अल्लाहको निम्ति (प्रतिष्ठित) नभई जाओस् । र यदि तिनीहरू संघर्षको परित्याग गर्दछन् (भने तिमी पनि परित्याग गरिहाल), किनकि अत्याचारी बाहेक अरु कसैमाथि अत्याचार गर्नु हुँदैन ।
ئەرەپچە تەپسىرلەر:
اَلشَّهْرُ الْحَرَامُ بِالشَّهْرِ الْحَرَامِ وَالْحُرُمٰتُ قِصَاصٌ ؕ— فَمَنِ اعْتَدٰی عَلَیْكُمْ فَاعْتَدُوْا عَلَیْهِ بِمِثْلِ مَا اعْتَدٰی عَلَیْكُمْ ۪— وَاتَّقُوا اللّٰهَ وَاعْلَمُوْۤا اَنَّ اللّٰهَ مَعَ الْمُتَّقِیْنَ ۟
१९४) सम्मानको (हरामको) महीना सम्मानित महीनाको साटो छ र सम्मानका कुराहरू एक अर्काको बदला सरह हुन् तसर्थ यदि कसैले तिमीमाथि अतिक्रमण गर्छ भने जुन किसिमको अतिक्रमण त्यसले गर्दछ, त्यस्तै तिमीले त्यसमाथि गर र अल्लाहसित डर, यादराख कि अल्लाह डर मान्नेहरूको साथमा छ ।
ئەرەپچە تەپسىرلەر:
وَاَنْفِقُوْا فِیْ سَبِیْلِ اللّٰهِ وَلَا تُلْقُوْا بِاَیْدِیْكُمْ اِلَی التَّهْلُكَةِ ۛۚ— وَاَحْسِنُوْا ۛۚ— اِنَّ اللّٰهَ یُحِبُّ الْمُحْسِنِیْنَ ۟
१९५) अल्लाहको मार्गमा खर्च गर र आफैले आफूलाई विनाशमा नपार र सत्कर्म गर निःसन्देह अल्लाह भलाई गर्नेहरूलाई माया गर्दछ ।
ئەرەپچە تەپسىرلەر:
وَاَتِمُّوا الْحَجَّ وَالْعُمْرَةَ لِلّٰهِ ؕ— فَاِنْ اُحْصِرْتُمْ فَمَا اسْتَیْسَرَ مِنَ الْهَدْیِ ۚ— وَلَا تَحْلِقُوْا رُءُوْسَكُمْ حَتّٰی یَبْلُغَ الْهَدْیُ مَحِلَّهٗ ؕ— فَمَنْ كَانَ مِنْكُمْ مَّرِیْضًا اَوْ بِهٖۤ اَذًی مِّنْ رَّاْسِهٖ فَفِدْیَةٌ مِّنْ صِیَامٍ اَوْ صَدَقَةٍ اَوْ نُسُكٍ ۚ— فَاِذَاۤ اَمِنْتُمْ ۥ— فَمَنْ تَمَتَّعَ بِالْعُمْرَةِ اِلَی الْحَجِّ فَمَا اسْتَیْسَرَ مِنَ الْهَدْیِ ۚ— فَمَنْ لَّمْ یَجِدْ فَصِیَامُ ثَلٰثَةِ اَیَّامٍ فِی الْحَجِّ وَسَبْعَةٍ اِذَا رَجَعْتُمْ ؕ— تِلْكَ عَشَرَةٌ كَامِلَةٌ ؕ— ذٰلِكَ لِمَنْ لَّمْ یَكُنْ اَهْلُهٗ حَاضِرِی الْمَسْجِدِ الْحَرَامِ ؕ— وَاتَّقُوا اللّٰهَ وَاعْلَمُوْۤا اَنَّ اللّٰهَ شَدِیْدُ الْعِقَابِ ۟۠
१९६) अल्लाहको लागि हज र उमरा सम्पन्न गर, हो, यदि तिमीहरूलाई रोकियोस् तब जस्तो किसिमको बलि गर्न सक्छौ, गरिहाल । जबसम्म बलि आफ्नो ठाउँमा पुग्दैन, तबसम्म आफ्नो कपाल नफाल तर यदि तिमीहरूमध्ये कोही बिरामी छ, अथवा त्यसको टाउकोमा कुनै प्रकारको व्यथा छ, (र मुन्डन गराइदिन्छ) त त्यसको बदलामा व्रत बसोस् वा दान गरोस् वा कुर्बानी (बलि) गरोस् । फेरि जब तिमी अमनको अवस्थामा रहँदा (तिमीहरूमध्ये) जसले उमराको बेलादेखि हजसम्म लाभान्वित हुन चाहन्छ उसमा क्षमता छ भने कुर्बानी गरोस् र जसलाई कुर्बानी गर्ने क्षमता छैन उसले तीन दिनको उपवास हजका दिनहरूमा पूरा गरोस् र सात दिनको रोजा आफ्नो घर फर्केपछि । यी पूरा दश दिन भए । यो आदेश ती मानिसहरूको लागि हो जो मक्काका बासिन्दा होइनन् । अल्लाहसँग डर्नेगर, र यादराख कि, अल्लाह कठोर सजाय दिनेवाला छ ।
ئەرەپچە تەپسىرلەر:
 
مەنالار تەرجىمىسى سۈرە: بەقەرە
سۈرە مۇندەرىجىسى بەت نومۇرى
 
قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى - تەرجىمىلەر مۇندەرىجىسى

نىپال ئەھلى ھەدىس مەركەز جەمئىيتى چىقارغان.

تاقاش