Check out the new design

قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى * - تەرجىمىلەر مۇندەرىجىسى


مەنالار تەرجىمىسى سۈرە: ياسىن   ئايەت:
وَمَاۤ اَنْزَلْنَا عَلٰی قَوْمِهٖ مِنْ بَعْدِهٖ مِنْ جُنْدٍ مِّنَ السَّمَآءِ وَمَا كُنَّا مُنْزِلِیْنَ ۟
२८) त्यस पश्चात उसको समुदायमाथि हामीले आकाशबाट कुनै सेना उतारेनौं र हामीले यसप्रकार उतार्ने पनि गर्दैनौं ।
ئەرەپچە تەپسىرلەر:
اِنْ كَانَتْ اِلَّا صَیْحَةً وَّاحِدَةً فَاِذَا هُمْ خٰمِدُوْنَ ۟
२९) त्यो त मात्र एउटा प्रचण्ड चित्कार थियो । सो उनीहरू सबै एक्कासी निभिहाले ।
ئەرەپچە تەپسىرلەر:
یٰحَسْرَةً عَلَی الْعِبَادِ ۣۚ— مَا یَاْتِیْهِمْ مِّنْ رَّسُوْلٍ اِلَّا كَانُوْا بِهٖ یَسْتَهْزِءُوْنَ ۟
३०) अफसोच छ (यस्ता) सेवकहरूमाथि ! कि जो रसूल पनि उनीहरूको पासमा आयो, उनीहरूले उसको उपहास गरे ।
ئەرەپچە تەپسىرلەر:
اَلَمْ یَرَوْا كَمْ اَهْلَكْنَا قَبْلَهُمْ مِّنَ الْقُرُوْنِ اَنَّهُمْ اِلَیْهِمْ لَا یَرْجِعُوْنَ ۟
३१) के उनीहरूले देखेनन् कि उनीहरूभन्दा पहिला कति नस्लहरूलाई हामीले नष्ट गर्यौं, अब तिनीहरू उनीतिर फर्केर आउनेछैनन् ।
ئەرەپچە تەپسىرلەر:
وَاِنْ كُلٌّ لَّمَّا جَمِیْعٌ لَّدَیْنَا مُحْضَرُوْنَ ۟۠
३२) जति पनि समूह छन् सबै हामी, सम्मुख (समक्ष) उपस्थित गराइनेछन् ।
ئەرەپچە تەپسىرلەر:
وَاٰیَةٌ لَّهُمُ الْاَرْضُ الْمَیْتَةُ ۖۚ— اَحْیَیْنٰهَا وَاَخْرَجْنَا مِنْهَا حَبًّا فَمِنْهُ یَاْكُلُوْنَ ۟
३३) र एउटा निशानी उनीहरूको लागि सुख्खा (मृत) भूमि हो । हामीले त्यसलाई जीवित पार्यौं र त्यसबाट अन्न उब्जायौं, जसबाट यिनीहरू खान्छन् ।
ئەرەپچە تەپسىرلەر:
وَجَعَلْنَا فِیْهَا جَنّٰتٍ مِّنْ نَّخِیْلٍ وَّاَعْنَابٍ وَّفَجَّرْنَا فِیْهَا مِنَ الْعُیُوْنِ ۟ۙ
३४) र हामीले त्यसमा खजूर र अँगूरहरूका बगैंचाहरू सृजित गर्यौं र त्यसमा हामीले झरना जारी गरिदिएका छौं ।
ئەرەپچە تەپسىرلەر:
لِیَاْكُلُوْا مِنْ ثَمَرِهٖ ۙ— وَمَا عَمِلَتْهُ اَیْدِیْهِمْ ؕ— اَفَلَا یَشْكُرُوْنَ ۟
३५) ताकि मानिसहरूले त्यसका फल खाउन् र उनका हातहरूले त्यसलाई बनाएको होइनन्, अनि फेरि किन उनीहरूले आभार प्रकट गर्दैनन् ?
ئەرەپچە تەپسىرلەر:
سُبْحٰنَ الَّذِیْ خَلَقَ الْاَزْوَاجَ كُلَّهَا مِمَّا تُنْۢبِتُ الْاَرْضُ وَمِنْ اَنْفُسِهِمْ وَمِمَّا لَا یَعْلَمُوْنَ ۟
३६) अति पवित्र छ अल्लाह जसले सबैको जोडी सृष्टि गर्यो, चाहे त्यो माटोमा उमारिएका कुराहरू होउन्, चाहे स्वयम् तिनीहरूका (अस्तित्वका) चिन्हहरू होउन् चाहे ती वस्तुहरू होउन् जसबारे तिनीहरू जान्दैनन् ।
ئەرەپچە تەپسىرلەر:
وَاٰیَةٌ لَّهُمُ الَّیْلُ ۖۚ— نَسْلَخُ مِنْهُ النَّهَارَ فَاِذَا هُمْ مُّظْلِمُوْنَ ۟ۙ
३७) र उनीहरूको लागि एउटा निशानी रात हो । जसबाट हामीले दिनलाई तानिहाल्छौं (झिकिदिन्छौं), अनि त्यसबेला उनीहरू एक्कासी अँध्यारोमा पर्न जान्छन् ।
ئەرەپچە تەپسىرلەر:
وَالشَّمْسُ تَجْرِیْ لِمُسْتَقَرٍّ لَّهَا ؕ— ذٰلِكَ تَقْدِیْرُ الْعَزِیْزِ الْعَلِیْمِ ۟ؕ
३८) र सूर्य आफ्नो निर्धारित मार्गमा हिँडिराख्छ । यो निर्धारित गरिएको हो, अधिपत्यशाली, सर्वज्ञानी अल्लाहको तर्फबाट ।
ئەرەپچە تەپسىرلەر:
وَالْقَمَرَ قَدَّرْنٰهُ مَنَازِلَ حَتّٰی عَادَ كَالْعُرْجُوْنِ الْقَدِیْمِ ۟
३९) र चन्द्रको हामीले ठाउँहरू निर्धारित गरेका छौं, यहाँसम्म कि फर्केर (घट्दा–घट्दै) पूरानो हाँगाको जस्तै भइहाल्छ ।
ئەرەپچە تەپسىرلەر:
لَا الشَّمْسُ یَنْۢبَغِیْ لَهَاۤ اَنْ تُدْرِكَ الْقَمَرَ وَلَا الَّیْلُ سَابِقُ النَّهَارِ ؕ— وَكُلٌّ فِیْ فَلَكٍ یَّسْبَحُوْنَ ۟
४०) न सूर्यबाट नै यो हुनसक्छ कि उसले चाँदलाई गएर समातिहालोस् र न रात नै दिनभन्दा पहिला आउन सक्छ । र सबै आफ्नो परिधिमा निरन्तर घुमिराखेका छन् ।
ئەرەپچە تەپسىرلەر:
 
مەنالار تەرجىمىسى سۈرە: ياسىن
سۈرە مۇندەرىجىسى بەت نومۇرى
 
قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى - تەرجىمىلەر مۇندەرىجىسى

نىپال ئەھلى ھەدىس مەركەز جەمئىيتى چىقارغان.

تاقاش