Check out the new design

قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى * - تەرجىمىلەر مۇندەرىجىسى


مەنالار تەرجىمىسى سۈرە: زۇخرۇپ   ئايەت:
وَاِنَّهٗ لَعِلْمٌ لِّلسَّاعَةِ فَلَا تَمْتَرُنَّ بِهَا وَاتَّبِعُوْنِ ؕ— هٰذَا صِرَاطٌ مُّسْتَقِیْمٌ ۟
६१) निःसन्देह उनी (ईसा मसीह) कियामतका निशानी हुन् । तसर्थ तिमीहरू कियामतमाथि शंका नगर र मेरो कुरा मान । यही सोझो बाटो हो ।
ئەرەپچە تەپسىرلەر:
وَلَا یَصُدَّنَّكُمُ الشَّیْطٰنُ ۚ— اِنَّهٗ لَكُمْ عَدُوٌّ مُّبِیْنٌ ۟
६२) र शैतानले तिमीलाई नरोकोस् त्यो त तिम्रो खुल्लारूपमा शत्रु हो ।
ئەرەپچە تەپسىرلەر:
وَلَمَّا جَآءَ عِیْسٰی بِالْبَیِّنٰتِ قَالَ قَدْ جِئْتُكُمْ بِالْحِكْمَةِ وَلِاُبَیِّنَ لَكُمْ بَعْضَ الَّذِیْ تَخْتَلِفُوْنَ فِیْهِ ۚ— فَاتَّقُوا اللّٰهَ وَاَطِیْعُوْنِ ۟
६३) र जब ‘‘ईसा(अलैहिस्सलाम)ले’’ चमत्कारहरू लिएर आए तब उनले भनेः ‘‘म तिम्रो पासमा तत्वदर्शिता लिएर आएको छु र केही यस्ता कुराहरू तिमीहरूलाई स्पष्ट गरिदिऊँ जसमा तिमीले मतभेद गर्दछौ यसर्थ तिमी अल्लाहसंग डराऊ र मेरो कुरा मान ।
ئەرەپچە تەپسىرلەر:
اِنَّ اللّٰهَ هُوَ رَبِّیْ وَرَبُّكُمْ فَاعْبُدُوْهُ ؕ— هٰذَا صِرَاطٌ مُّسْتَقِیْمٌ ۟
६४) अतः अल्लाह नै मेरो र तिम्रो पालनकर्ता हो, तसर्थ तिमीसबै उसैको उपसना गर । यही सोझो बाटो हो ।’’
ئەرەپچە تەپسىرلەر:
فَاخْتَلَفَ الْاَحْزَابُ مِنْ بَیْنِهِمْ ۚ— فَوَیْلٌ لِّلَّذِیْنَ ظَلَمُوْا مِنْ عَذَابِ یَوْمٍ اَلِیْمٍ ۟
६५) फेरि इस्राईलका सन्ततिहरूमध्येका धेरै समूहरूले आपसमा विवाद गरे । तसर्थ बर्बादी छ, एउटा दुःखद दिनको यातनाबाट, ती मानिसहरूको निम्ति जसले अत्याचार गरे ।
ئەرەپچە تەپسىرلەر:
هَلْ یَنْظُرُوْنَ اِلَّا السَّاعَةَ اَنْ تَاْتِیَهُمْ بَغْتَةً وَّهُمْ لَا یَشْعُرُوْنَ ۟
६६) यिनीहरू मात्र यस कुराको प्रतीक्षामा छन् कि कियामत उनीहरूमाथि अचानक (एक्कासी) आइपरोस् र उनीहरूलाई थाहासम्म नहोस् ।
ئەرەپچە تەپسىرلەر:
اَلْاَخِلَّآءُ یَوْمَىِٕذٍ بَعْضُهُمْ لِبَعْضٍ عَدُوٌّ اِلَّا الْمُتَّقِیْنَ ۟ؕ۠
६७) त्यस दिन घनिष्ट मित्रहरू पनि एक अर्काको शत्रु बन्न पुग्नेछन्, मात्र संयमीहरू बाहेक ।
ئەرەپچە تەپسىرلەر:
یٰعِبَادِ لَا خَوْفٌ عَلَیْكُمُ الْیَوْمَ وَلَاۤ اَنْتُمْ تَحْزَنُوْنَ ۟ۚ
६८) ‘‘हे मेरा भक्तहरू ! आज न तिमीलाई कुनै भय वा हैरानी छ र न तिमी शोकाकुल हुनछौ ।’’
ئەرەپچە تەپسىرلەر:
اَلَّذِیْنَ اٰمَنُوْا بِاٰیٰتِنَا وَكَانُوْا مُسْلِمِیْنَ ۟ۚ
६९) जुन मानिसहरूले हाम्रा आयतहरूमाथि ईमान ल्याए र उनी (आज्ञाकारी) मुस्लिम थिए ।
ئەرەپچە تەپسىرلەر:
اُدْخُلُوا الْجَنَّةَ اَنْتُمْ وَاَزْوَاجُكُمْ تُحْبَرُوْنَ ۟
७०) ‘‘तिमी र तिम्रा पत्नीहरू हर्षितरूपले स्वर्गमा प्रवेश गरिहाल ।’’
ئەرەپچە تەپسىرلەر:
یُطَافُ عَلَیْهِمْ بِصِحَافٍ مِّنْ ذَهَبٍ وَّاَكْوَابٍ ۚ— وَفِیْهَا مَا تَشْتَهِیْهِ الْاَنْفُسُ وَتَلَذُّ الْاَعْیُنُ ۚ— وَاَنْتُمْ فِیْهَا خٰلِدُوْنَ ۟ۚ
७१) उनीहरूको चारैतिर सुनका तश्तरीहरू (थालीहरू) र प्यालाहरू गुज्रनेछन् र त्यहाँ ती सबै कुरा हुनेछन् जो मन र आँखालाई रुच्छन् र आनन्दित गर्दछन् । ‘‘तिमी त्यसमा सदैव रहनेछौ ।’’
ئەرەپچە تەپسىرلەر:
وَتِلْكَ الْجَنَّةُ الَّتِیْۤ اُوْرِثْتُمُوْهَا بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ۟
७२) र यो उही स्वर्ग हो, जसको तिमी उत्तराधिकारी बनाइएका छौ, तिम्रा कर्महरूको बदलामा ।
ئەرەپچە تەپسىرلەر:
لَكُمْ فِیْهَا فَاكِهَةٌ كَثِیْرَةٌ مِّنْهَا تَاْكُلُوْنَ ۟
७३) यहाँ तिम्रो लागि धेरै प्रकारका स्वादिष्ट फलहरू छन् जुन तिमीले खाइरहने छौ ।’’
ئەرەپچە تەپسىرلەر:
 
مەنالار تەرجىمىسى سۈرە: زۇخرۇپ
سۈرە مۇندەرىجىسى بەت نومۇرى
 
قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى - تەرجىمىلەر مۇندەرىجىسى

نىپال ئەھلى ھەدىس مەركەز جەمئىيتى چىقارغان.

تاقاش