Check out the new design

قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى * - تەرجىمىلەر مۇندەرىجىسى


مەنالار تەرجىمىسى سۈرە: مۇمتەھىنە   ئايەت:

मुमतहिना

یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَتَّخِذُوْا عَدُوِّیْ وَعَدُوَّكُمْ اَوْلِیَآءَ تُلْقُوْنَ اِلَیْهِمْ بِالْمَوَدَّةِ وَقَدْ كَفَرُوْا بِمَا جَآءَكُمْ مِّنَ الْحَقِّ ۚ— یُخْرِجُوْنَ الرَّسُوْلَ وَاِیَّاكُمْ اَنْ تُؤْمِنُوْا بِاللّٰهِ رَبِّكُمْ ؕ— اِنْ كُنْتُمْ خَرَجْتُمْ جِهَادًا فِیْ سَبِیْلِیْ وَابْتِغَآءَ مَرْضَاتِیْ تُسِرُّوْنَ اِلَیْهِمْ بِالْمَوَدَّةِ ۖۗ— وَاَنَا اَعْلَمُ بِمَاۤ اَخْفَیْتُمْ وَمَاۤ اَعْلَنْتُمْ ؕ— وَمَنْ یَّفْعَلْهُ مِنْكُمْ فَقَدْ ضَلَّ سَوَآءَ السَّبِیْلِ ۟
१) हे मोमिनहरू ! मेरो र आफ्नो शत्रुहरूलाई आफ्नो मित्र नबनाऊ, तिमी त मित्रताबाट उनीहरूकहाँ सन्देश पठाउँछौ र तिनीहरू त्यस सत्यलाई जुन तिम्रो नजिक आइसकेको छ इन्कार गर्दछन्, पैगम्बर र तिमीलाई यसकारण मात्र निर्वासन गर्दछन् कि तिमी आफ्नो पालनकर्तामाथि ईमान राख्दछौ । यदि तिमी मेरो मार्गमा धर्मयुद्धको लागि र मेरो प्रसन्नताको खोजीमा निस्कन्छौ त तिमी उनीनिर मित्रताको सन्देश गोप्यरूपले पठाउँछौ र मलाई पूर्ण ज्ञात छ । जो तिमीले मबाट लुकाएका छौ र त्यो पनि जसलाई तिमी खुल्लारूपले गरेका हौ । तिमीहरूमध्ये जोकोही पनि यस्तो काम गर्नेछ । त्यो निःसन्देह सोझो मार्गबाट विचलित भइहाल्छ ।
ئەرەپچە تەپسىرلەر:
اِنْ یَّثْقَفُوْكُمْ یَكُوْنُوْا لَكُمْ اَعْدَآءً وَّیَبْسُطُوْۤا اِلَیْكُمْ اَیْدِیَهُمْ وَاَلْسِنَتَهُمْ بِالسُّوْٓءِ وَوَدُّوْا لَوْ تَكْفُرُوْنَ ۟ؕ
२) यदि यी नास्तिक (काफिरहरू), तिमीमाथि नियन्त्रण पाउँछन् भने तिम्रा शत्रु भइहाल्छन् र दुःख पुर्याउनका निम्ति तिमीमाथि हातपात गर्नेछन, र अपशब्द पनि भन्ने गर्छन्, र चाहन्छन् कि तिमी कुनै तरीकाले काफिर भइहाल ।
ئەرەپچە تەپسىرلەر:
لَنْ تَنْفَعَكُمْ اَرْحَامُكُمْ وَلَاۤ اَوْلَادُكُمْ ۛۚ— یَوْمَ الْقِیٰمَةِ ۛۚ— یَفْصِلُ بَیْنَكُمْ ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ بَصِیْرٌ ۟
३) कियामतको दिन न तिम्रा सम्बन्धीहरू, र न सन्तानहरू कुनै काम आउनेछन् । त्यस दिन अल्लाहले तिमीहरूबीच न्याय गर्नेछ र जे–जति तिमीले गर्दछौ, अल्लाहले त्यसलाई देख्दछ ।
ئەرەپچە تەپسىرلەر:
قَدْ كَانَتْ لَكُمْ اُسْوَةٌ حَسَنَةٌ فِیْۤ اِبْرٰهِیْمَ وَالَّذِیْنَ مَعَهٗ ۚ— اِذْ قَالُوْا لِقَوْمِهِمْ اِنَّا بُرَءٰٓؤُا مِنْكُمْ وَمِمَّا تَعْبُدُوْنَ مِنْ دُوْنِ اللّٰهِ ؗ— كَفَرْنَا بِكُمْ وَبَدَا بَیْنَنَا وَبَیْنَكُمُ الْعَدَاوَةُ وَالْبَغْضَآءُ اَبَدًا حَتّٰی تُؤْمِنُوْا بِاللّٰهِ وَحْدَهٗۤ اِلَّا قَوْلَ اِبْرٰهِیْمَ لِاَبِیْهِ لَاَسْتَغْفِرَنَّ لَكَ وَمَاۤ اَمْلِكُ لَكَ مِنَ اللّٰهِ مِنْ شَیْءٍ ؕ— رَبَّنَا عَلَیْكَ تَوَكَّلْنَا وَاِلَیْكَ اَنَبْنَا وَاِلَیْكَ الْمَصِیْرُ ۟
४) तिमीहरूको निम्ति ‘‘इब्राहीम (अलैहिस्सलाम)’’ र उनको साथीहरूमा उच्चतम नमूना छ । जबकि उनले, आफ्नो समुदायका मानिसहरूसित स्पष्टरूपले भने कि हामी तिमीसित र अल्लाहबाट हटेर जसलाई तिमीहरू पूजा गर्दछौ, उनीहरूबाट विरक्त छौं । हामीले तिम्रो इन्कार गर्दछौं र हाम्रो हाम्रोबीच सधैंको लागि शत्रुता र विद्धेष प्रकट भइसक्यो, जबसम्म तिमी एउटै अल्लाहमाथि ईमान ल्याउँदैनौ । तर इब्राहीमको आफ्नो पितासित यो भन्नु अपवाद हो कि म तपाईको लागि क्षमाको प्रार्थना अवश्य गर्नेछु र अल्लाहको सामु तपाईको सम्बन्धमा मलाई कुनै कुराको अधिकार प्राप्त छैन । हे हाम्रो पालनकर्ता, तिमीमाथि नै हाम्रो भरोसा छ र तिमीतिर नै हामी प्रवृत्त हुन्छौं, र तिमीतिर नै फर्केर आउनु पर्नेछ ।
ئەرەپچە تەپسىرلەر:
رَبَّنَا لَا تَجْعَلْنَا فِتْنَةً لِّلَّذِیْنَ كَفَرُوْا وَاغْفِرْ لَنَا رَبَّنَا ۚ— اِنَّكَ اَنْتَ الْعَزِیْزُ الْحَكِیْمُ ۟
५) हे, हाम्रो पालनकर्ता ! तिमीले हामीलाई काफिरहरूको परीक्षामा नहाल । र हे हाम्रो पालनकर्ता ! हामीलाई क्षमा गरिदेऊ । निश्चय नै तिमी अधिपत्यशाली, तत्वदर्शी छौ ।
ئەرەپچە تەپسىرلەر:
لَقَدْ كَانَ لَكُمْ فِیْهِمْ اُسْوَةٌ حَسَنَةٌ لِّمَنْ كَانَ یَرْجُوا اللّٰهَ وَالْیَوْمَ الْاٰخِرَ ؕ— وَمَنْ یَّتَوَلَّ فَاِنَّ اللّٰهَ هُوَ الْغَنِیُّ الْحَمِیْدُ ۟۠
६) निश्चय नै तिम्रो निम्ति यिनीहरूमा राम्रो आदर्श छ र त्यस व्यक्तिको निम्ति जसले अल्लाह र अन्तिम दिनको भेटको आशा राख्दछ । र जो कोही विमुख हुन्छ त अल्लाह निस्पृह, सजाय दिनेवाला र आफू स्वयंमा प्रशंसित छ ।
ئەرەپچە تەپسىرلەر:
عَسَی اللّٰهُ اَنْ یَّجْعَلَ بَیْنَكُمْ وَبَیْنَ الَّذِیْنَ عَادَیْتُمْ مِّنْهُمْ مَّوَدَّةً ؕ— وَاللّٰهُ قَدِیْرٌ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟
७) हुनसक्छ कि अल्लाहले चाँडै तिमी र तिम्रा शत्रुहरूबीच, मित्रताको सृजना गरिदिओस् । अल्लाह बडो सार्मथ्यवान छ र अल्लाह अत्यन्त क्षमाशील दयावान छ ।
ئەرەپچە تەپسىرلەر:
لَا یَنْهٰىكُمُ اللّٰهُ عَنِ الَّذِیْنَ لَمْ یُقَاتِلُوْكُمْ فِی الدِّیْنِ وَلَمْ یُخْرِجُوْكُمْ مِّنْ دِیَارِكُمْ اَنْ تَبَرُّوْهُمْ وَتُقْسِطُوْۤا اِلَیْهِمْ ؕ— اِنَّ اللّٰهَ یُحِبُّ الْمُقْسِطِیْنَ ۟
८) जुन मानिसहरूले तिमीसित धर्मको बारेमा युद्ध गरेनन् र न तिमीलाई तिम्रा घरहरूबाट निष्कासित गरे, उनीहरूसँग राम्रो र न्यायपूर्ण व्यवहार गर्नुबाट अल्लाहले तिमीलाई मनाही गर्दैन । अपितु अल्लाहले त न्याय गर्नेहरूसँग प्रेम गर्दछ ।
ئەرەپچە تەپسىرلەر:
اِنَّمَا یَنْهٰىكُمُ اللّٰهُ عَنِ الَّذِیْنَ قَاتَلُوْكُمْ فِی الدِّیْنِ وَاَخْرَجُوْكُمْ مِّنْ دِیَارِكُمْ وَظَاهَرُوْا عَلٰۤی اِخْرَاجِكُمْ اَنْ تَوَلَّوْهُمْ ۚ— وَمَنْ یَّتَوَلَّهُمْ فَاُولٰٓىِٕكَ هُمُ الظّٰلِمُوْنَ ۟
९) अल्लाहले ती मानिसहरूसँग मात्र तिमीलाई मित्रता गर्नुबाट मनाही गर्दछ, जसले तिमीसित धर्मको बारेमा लडाई गरे, र तिमीलाई तिम्रा घरहरूबाट निष्कासित गरे र तिम्रो निष्काशनमा अरुको सहायता गरे । तसर्थ जुन मानिसहरूले यस्ता मानिसहरूसँग मित्रता गर्छन्, तिनै अत्याचारी हुन् ।
ئەرەپچە تەپسىرلەر:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِذَا جَآءَكُمُ الْمُؤْمِنٰتُ مُهٰجِرٰتٍ فَامْتَحِنُوْهُنَّ ؕ— اَللّٰهُ اَعْلَمُ بِاِیْمَانِهِنَّ ۚ— فَاِنْ عَلِمْتُمُوْهُنَّ مُؤْمِنٰتٍ فَلَا تَرْجِعُوْهُنَّ اِلَی الْكُفَّارِ ؕ— لَا هُنَّ حِلٌّ لَّهُمْ وَلَا هُمْ یَحِلُّوْنَ لَهُنَّ ؕ— وَاٰتُوْهُمْ مَّاۤ اَنْفَقُوْا ؕ— وَلَا جُنَاحَ عَلَیْكُمْ اَنْ تَنْكِحُوْهُنَّ اِذَاۤ اٰتَیْتُمُوْهُنَّ اُجُوْرَهُنَّ ؕ— وَلَا تُمْسِكُوْا بِعِصَمِ الْكَوَافِرِ وَسْـَٔلُوْا مَاۤ اَنْفَقْتُمْ وَلْیَسْـَٔلُوْا مَاۤ اَنْفَقُوْا ؕ— ذٰلِكُمْ حُكْمُ اللّٰهِ ؕ— یَحْكُمُ بَیْنَكُمْ ؕ— وَاللّٰهُ عَلِیْمٌ حَكِیْمٌ ۟
१०) मोमिनहरू ! जब तिम्रो पासमा मोमिन स्त्रीहरू आप्रवासी भएर आउँछिन् भने उनीहरूलाई तिमीले जाँचीहाल । वास्तवमा उनीहरूको ईमानलाई राम्ररी परीक्षा गर्ने त अल्लाह हो तर यदि उनीहरू तिमीलाई ईमानवाली लाग्दछिन् भने, उनीहरूलाई तिमीले अब कुफ्फारको पासमा फिर्ता नपठाऊ । ती स्त्रीहरू उनीहरूको लागि वैध छैनन्, र न उनीहरू ती स्त्रीहरूको लागि वैध छन् । र जे–जति ती काफिरहरूले खर्च गरेका छन्, त्यो उनीहरूलाई फिर्ता दिइहाल । र ती स्त्रीहरूलाई महर दिएर उनीसित निकाह गर्नुमा तिमीलाई कुनै पाप छैन । र काफिर स्त्रीहरूको सतित्व आफ्नो बैवाहिक अधिकारमा नराख जे–जति तिमीले उनीहरूमाथि खर्च गरेका छौ, तिमीले उनीहरूसित माँगिहाल र जे–जति काफिरहरूले खर्च गरेका छन्, त्यो काफिरहरू माँगिहालुन्, यो अल्लाहको निर्णय हो, जसले तिमीहरूबीच फैसला गर्दछ । अल्लाह सर्वज्ञानी र तत्वदर्शी छ ।
ئەرەپچە تەپسىرلەر:
وَاِنْ فَاتَكُمْ شَیْءٌ مِّنْ اَزْوَاجِكُمْ اِلَی الْكُفَّارِ فَعَاقَبْتُمْ فَاٰتُوا الَّذِیْنَ ذَهَبَتْ اَزْوَاجُهُمْ مِّثْلَ مَاۤ اَنْفَقُوْا ؕ— وَاتَّقُوا اللّٰهَ الَّذِیْۤ اَنْتُمْ بِهٖ مُؤْمِنُوْنَ ۟
११) र यदि तिम्रो कुनै स्त्री(स्वास्नी) तिम्रो हातबाट फुत्केर काफिरहरूकहाँ गइहाल्छी र तिमीलाई उनीहरूसित बदलाको औसर प्राप्त हुन्छ भने जसका स्त्रीहरू गएकी छिन्, उनीहरूलाई त्यति दिइहाल जति उनीहरूले खर्च गरेका थिए, र अल्लाहसित डराऊ जसमाथि तिमी ईमान राख्दछौ ।
ئەرەپچە تەپسىرلەر:
یٰۤاَیُّهَا النَّبِیُّ اِذَا جَآءَكَ الْمُؤْمِنٰتُ یُبَایِعْنَكَ عَلٰۤی اَنْ لَّا یُشْرِكْنَ بِاللّٰهِ شَیْـًٔا وَّلَا یَسْرِقْنَ وَلَا یَزْنِیْنَ وَلَا یَقْتُلْنَ اَوْلَادَهُنَّ وَلَا یَاْتِیْنَ بِبُهْتَانٍ یَّفْتَرِیْنَهٗ بَیْنَ اَیْدِیْهِنَّ وَاَرْجُلِهِنَّ وَلَا یَعْصِیْنَكَ فِیْ مَعْرُوْفٍ فَبَایِعْهُنَّ وَاسْتَغْفِرْ لَهُنَّ اللّٰهَ ؕ— اِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟
१२) हे पैगम्बर जब तिम्रो पासमा मोमिना स्त्रीहरू यस कुरामा बैअत (बाचा) गर्न आउँछिन् कि उनीहरूले अल्लाहसित अरु कसैलाई साझेदार बनाउने छैनिन् न चोरी गर्नेछिन्, न व्यभिचार गर्नेछिन्, न आफ्ना सन्तानहरूको हत्या गर्नेछिन् र न आफ्ना हात र खुट्टाहरूबीच कुनै आरोप रच्नेछिन्, र कुनै राम्रो काममा न तिम्रो अवज्ञा गर्नेछिन्, तब उनीहरूसित वाचा लिइहाल्नुस् र उनीहरूको निम्ति अल्लाहसित क्षमाको प्रार्थना गर्नुस् । निश्चय नै अल्लाह बडो क्षमाशील र अत्यन्त दयावान छ ।
ئەرەپچە تەپسىرلەر:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَتَوَلَّوْا قَوْمًا غَضِبَ اللّٰهُ عَلَیْهِمْ قَدْ یَىِٕسُوْا مِنَ الْاٰخِرَةِ كَمَا یَىِٕسَ الْكُفَّارُ مِنْ اَصْحٰبِ الْقُبُوْرِ ۟۠
१३) हे ईमानवालाहरू ! तिमी यस्ता मानिसहरूसित मित्रता नगर जसमाथि अल्लाहको प्रकोप भइसकेको छ । जो परलोकबाट यसरी निराश भइसकेका छन्, जुन प्रकारले इन्कार गर्नेवालाहरू चिहान वालाहरूसित निराश भइसकेका छन् ।
ئەرەپچە تەپسىرلەر:
 
مەنالار تەرجىمىسى سۈرە: مۇمتەھىنە
سۈرە مۇندەرىجىسى بەت نومۇرى
 
قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى - تەرجىمىلەر مۇندەرىجىسى

نىپال ئەھلى ھەدىس مەركەز جەمئىيتى چىقارغان.

تاقاش