Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አር-ረዕድ   አንቀጽ:
لَهٗ دَعْوَةُ الْحَقِّ ؕ— وَالَّذِیْنَ یَدْعُوْنَ مِنْ دُوْنِهٖ لَا یَسْتَجِیْبُوْنَ لَهُمْ بِشَیْءٍ اِلَّا كَبَاسِطِ كَفَّیْهِ اِلَی الْمَآءِ لِیَبْلُغَ فَاهُ وَمَا هُوَ بِبَالِغِهٖ ؕ— وَمَا دُعَآءُ الْكٰفِرِیْنَ اِلَّا فِیْ ضَلٰلٍ ۟
१४) उसैलाई पुकार्नु वास्तविक सत्य छ । जुन मानिस अरुलाई उसको बदलामा पुकार्छन् तिनीहरू उनीलाई केही पनि उत्तर दिदैनन्, बरु यो उस्तै छ जस्तो कुनै व्यक्ति आफ्नो दुवै हात पानीतर्फ फैलाएको छ कि उसको मुखमा परिजाओस् जबकि त्यो पानी उसको मुखमा जाँदैन । र काफिरहरूको गुहार सबै खेर जान्छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلِلّٰهِ یَسْجُدُ مَنْ فِی السَّمٰوٰتِ وَالْاَرْضِ طَوْعًا وَّكَرْهًا وَّظِلٰلُهُمْ بِالْغُدُوِّ وَالْاٰصَالِ ۟
१५) अल्लाहको लागि नै पृथ्वी र आकाशका सबै प्राणीहरू खुशी र बेखुशी नतमस्तक हुन्छन् र उनका छायाँहरूले पनि विहान वेलुका ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ مَنْ رَّبُّ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— قُلِ اللّٰهُ ؕ— قُلْ اَفَاتَّخَذْتُمْ مِّنْ دُوْنِهٖۤ اَوْلِیَآءَ لَا یَمْلِكُوْنَ لِاَنْفُسِهِمْ نَفْعًا وَّلَا ضَرًّا ؕ— قُلْ هَلْ یَسْتَوِی الْاَعْمٰی وَالْبَصِیْرُ ۙ۬— اَمْ هَلْ تَسْتَوِی الظُّلُمٰتُ وَالنُّوْرُ ۚ۬— اَمْ جَعَلُوْا لِلّٰهِ شُرَكَآءَ خَلَقُوْا كَخَلْقِهٖ فَتَشَابَهَ الْخَلْقُ عَلَیْهِمْ ؕ— قُلِ اللّٰهُ خَالِقُ كُلِّ شَیْءٍ وَّهُوَ الْوَاحِدُ الْقَهَّارُ ۟
१६) तपाईं सोध्नुस्ः ‘‘कि आकाशहरू र पृथ्वीको पालनकर्ता को हो ?’’। भनिदिनुस् ! ‘‘अल्लाह’’ । सोध्नुस्ः ! ‘‘के तिमी फेरि पनि उसबाहेक अरुलाई सहयोगी बनाइरहेका छौ ? जो स्वयं आफ्नो जीव ज्यानको राम्रो नराम्रोबारे कुनै अख्तियारी राख्दैनन्’’ । सोधः ‘‘के अन्धो र आँखावाला बराबर हुन सक्छन् ? के अन्धकार र प्रकाश समान हुन सक्छन् ? के जसलाई उनी अल्लाहको साझेदार ठहर्याइरहेका छन, उनले पनि अल्लाह जस्तै प्राणीहरू निर्माण गरेका छन्, जसले उनको दृष्टिमा निर्माणको फर्क शंकाको घेराभित्र आइसकेको छ’’, भनिदिनुस्ः ‘‘मात्र अल्लाह नै सबै प्राणीहरूको जन्मदाता हो त्यो एक मात्र एक्लो छ र विशाल शक्तिशाली छ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
اَنْزَلَ مِنَ السَّمَآءِ مَآءً فَسَالَتْ اَوْدِیَةٌ بِقَدَرِهَا فَاحْتَمَلَ السَّیْلُ زَبَدًا رَّابِیًا ؕ— وَمِمَّا یُوْقِدُوْنَ عَلَیْهِ فِی النَّارِ ابْتِغَآءَ حِلْیَةٍ اَوْ مَتَاعٍ زَبَدٌ مِّثْلُهٗ ؕ— كَذٰلِكَ یَضْرِبُ اللّٰهُ الْحَقَّ وَالْبَاطِلَ ؕ۬— فَاَمَّا الزَّبَدُ فَیَذْهَبُ جُفَآءً ۚ— وَاَمَّا مَا یَنْفَعُ النَّاسَ فَیَمْكُثُ فِی الْاَرْضِ ؕ— كَذٰلِكَ یَضْرِبُ اللّٰهُ الْاَمْثَالَ ۟ؕ
१७) उसैले आकाशबाट पानी वर्सायो फेरि आफ्नो–आफ्नो क्षमता अनुसार खोलाहरू बग्न थाले, फेरि पानीको भेलले माथि चढेको कूडालाई बगाएर लग्यो । र यस्तै फींज त्यस धातुमा पनि उठीहाल्छ जुन आगोमा हालेर खारिए पछि आभूषण वा अर्को (सजावटका) समान बन्दछन् । यस्तै किसिमले अल्लाह सत्य–असत्यको उदाहरण प्रस्तुत गर्दछ, । अब फीज त व्यर्थ भएर बगी हाल्छ, परन्तु जुन मान्छेलाई फाइदा पुर्याउने वस्तु छ, त्यो पृथ्वीमा अडिरहन्छ । अल्लाह यस्तै उदाहरणको वर्णन गर्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لِلَّذِیْنَ اسْتَجَابُوْا لِرَبِّهِمُ الْحُسْنٰی ؔؕ— وَالَّذِیْنَ لَمْ یَسْتَجِیْبُوْا لَهٗ لَوْ اَنَّ لَهُمْ مَّا فِی الْاَرْضِ جَمِیْعًا وَّمِثْلَهٗ مَعَهٗ لَافْتَدَوْا بِهٖ ؕ— اُولٰٓىِٕكَ لَهُمْ سُوْٓءُ الْحِسَابِ ۙ۬— وَمَاْوٰىهُمْ جَهَنَّمُ ؕ— وَبِئْسَ الْمِهَادُ ۟۠
१८) जुन मान्छेहरूले आफ्नो पालनहारको आदेशलाई पालन गरे तिनीहरूका लागि भलो हुनेछ, र जुन मान्छेहरूले उनको आदेशलाई अवहेलना गरे, यदि उनीहरूका लागि पृथ्वीमा रहेको सबै थोक र त्यति नै अरुभए पनि त्यो सबै आफ्नो मुक्तिको सट्टामा दिन तैयार हुन्छन् । यही व्यक्तिहरू नराम्रो हिसाबमा फस्नेछन्, र तिनीहरूको लागि नर्क ठेगाना छ, र जुन ज्यादै नराम्रो ठाउँ हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አር-ረዕድ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት