የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ - የአህሉል -ሀዲስ ማህበር ማዕከል * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: ሱረቱ መርየም   አንቀጽ:

सूरतु मरयम

كٓهٰیٰعٓصٓ ۟
१) काफ–हा–या–ऐन–स्वाद ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ذِكْرُ رَحْمَتِ رَبِّكَ عَبْدَهٗ زَكَرِیَّا ۟ۖۚ
२) यो हो तिम्रो पालनकर्ताको त्यस कृपाको चर्चा जुन उसले आफ्नो सेवक ‘‘जकरीया’’ माथि गरेको थियो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِذْ نَادٰی رَبَّهٗ نِدَآءً خَفِیًّا ۟
३) जब उनले आफ्नो पालनकर्तासँग गोप्यरूपले प्रार्थना गर्नुभएको थियो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ رَبِّ اِنِّیْ وَهَنَ الْعَظْمُ مِنِّیْ وَاشْتَعَلَ الرَّاْسُ شَیْبًا وَّلَمْ اَكُنْ بِدُعَآىِٕكَ رَبِّ شَقِیًّا ۟
४) कि हे मेरो पालनकर्ता मेरा हड्डीहरू कमजोर भइसकेका छन् र टाउकोका कपालहरू सेता भई टल्कन थालेका छन् तर म तिमीसँग याचना गरेपछि कहिल्यै वञ्चित भएको छैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِنِّیْ خِفْتُ الْمَوَالِیَ مِنْ وَّرَآءِیْ وَكَانَتِ امْرَاَتِیْ عَاقِرًا فَهَبْ لِیْ مِنْ لَّدُنْكَ وَلِیًّا ۟ۙ
५) मलाई आफ्नो मृत्यु पश्चात मेरो आफन्त र नजिकका मानिसहरूको बारेमा भय छ र मेरी स्वास्नी पनि बाँझो छे, तसर्थ मलाई आफ्नो तर्फबाट एउटा उत्तराधिकारी प्रदान गर ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یَّرِثُنِیْ وَیَرِثُ مِنْ اٰلِ یَعْقُوْبَ ۗ— وَاجْعَلْهُ رَبِّ رَضِیًّا ۟
६) जो मेरो पनि उत्तराधिकारी होस् र ‘‘यअ्कूबको’’ सन्ततिको पनि उत्तराधिकारी होस्, र हे मेरो पालनकर्ता तिमीले त्यसलाई आफ्नो प्रिय भक्त बनाऊ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰزَكَرِیَّاۤ اِنَّا نُبَشِّرُكَ بِغُلٰمِ ١سْمُهٗ یَحْیٰی ۙ— لَمْ نَجْعَلْ لَّهٗ مِنْ قَبْلُ سَمِیًّا ۟
७) हे जकरीया हामीले तिमीलाई एउटा पुत्र प्राप्तिको शुभसन्देश दिन्छौं, जसको नाम ‘‘यह्या’’ हो । यसभन्दा अगाडि हामीले यो नाम भएको कुनै व्यक्तिको सृष्टि गरेका छैनौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ رَبِّ اَنّٰی یَكُوْنُ لِیْ غُلٰمٌ وَّكَانَتِ امْرَاَتِیْ عَاقِرًا وَّقَدْ بَلَغْتُ مِنَ الْكِبَرِ عِتِیًّا ۟
८) उनले (जकरिया अलैहिस्सलामले) भने, पालनकर्ता मकहाँ कसरी पुत्र जन्मने छ, जब कि मेरो स्वास्नी बाँझो छे र म वृद्धावस्थाको अन्तिम चरणमा पुगिसकेको छु ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ كَذٰلِكَ ۚ— قَالَ رَبُّكَ هُوَ عَلَیَّ هَیِّنٌ وَّقَدْ خَلَقْتُكَ مِنْ قَبْلُ وَلَمْ تَكُ شَیْـًٔا ۟
९) आदेश भयो कि यस्तै (हुनेछ) तिम्रो पालनकर्ताको आदेश भएको छ, मेरो लागि यो कुरो एकदम सजिलो छ र मैले अघि तिम्रो पनि सृष्टि गरिसकेको छु जब तिमी केही पनि थिएनौं
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ رَبِّ اجْعَلْ لِّیْۤ اٰیَةً ؕ— قَالَ اٰیَتُكَ اَلَّا تُكَلِّمَ النَّاسَ ثَلٰثَ لَیَالٍ سَوِیًّا ۟
१०) भन्न थाले कि मेरो पालनकर्ता मेरो निम्ति कुनै प्रतीक निर्धारित गर । आदेश भयो कि तिम्रो लागि प्रतीक यो छ कि तिमी लाटो नभएपनि कुनै मानिससँग तीन दिनसम्म नबोल्नु ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَخَرَجَ عَلٰی قَوْمِهٖ مِنَ الْمِحْرَابِ فَاَوْحٰۤی اِلَیْهِمْ اَنْ سَبِّحُوْا بُكْرَةً وَّعَشِیًّا ۟
११) तसर्थ जकरीया आफ्नो कोठाबाट निस्की आफ्नो समुदायको पासमा आएर संकेतले भने कि प्रातः र साँझ अल्लाहको गुणगान गर ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰیَحْیٰی خُذِ الْكِتٰبَ بِقُوَّةٍ ؕ— وَاٰتَیْنٰهُ الْحُكْمَ صَبِیًّا ۟ۙ
१२) ‘‘हे यह्या मेरो किताबलाई बलियो तरिकाले समातिराख’’ र हामीले यसलाई बाल्यकालदेखि नै ज्ञान (बुद्धिमत्ता) प्रदान गर्यौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَّحَنَانًا مِّنْ لَّدُنَّا وَزَكٰوةً ؕ— وَكَانَ تَقِیًّا ۟ۙ
१३) र आफ्नो तर्फबाट सबै दया र पवित्रता पनि प्रदान गर्यौं, त्यो निष्ठावान मानिस थियो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَّبَرًّا بِوَالِدَیْهِ وَلَمْ یَكُنْ جَبَّارًا عَصِیًّا ۟
१४) र आफ्नो माता–पितासँग असल व्यवहार गर्ने मानिस थियो । ऊ अट्टेरी र अवज्ञाकारी थिएन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَسَلٰمٌ عَلَیْهِ یَوْمَ وُلِدَ وَیَوْمَ یَمُوْتُ وَیَوْمَ یُبْعَثُ حَیًّا ۟۠
१५) र जुन दिन उसले जन्म लियो र जुन दिन उसको मृत्यु हुनेछ र जुन दिन पुनर्जीवित गरी उठाइनेछ, उनीमाथि शान्ति (सलाम) होस् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاذْكُرْ فِی الْكِتٰبِ مَرْیَمَ ۘ— اِذِ انْتَبَذَتْ مِنْ اَهْلِهَا مَكَانًا شَرْقِیًّا ۟ۙ
१६) यस किताबमा मरियमको कथा पनि वर्णन गर, जब कि तिनी आफ्नो परिवारबाट अलग्गिएर पूर्वतिर लागिन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاتَّخَذَتْ مِنْ دُوْنِهِمْ حِجَابًا ۫— فَاَرْسَلْنَاۤ اِلَیْهَا رُوْحَنَا فَتَمَثَّلَ لَهَا بَشَرًا سَوِیًّا ۟
१७) र तिनीहरूबाट अदृश्य हुन एउटा आवरण (पर्दा) हालिन्, त्यस बेला हामीले तिनको समीपमा आफ्नो रूह (जिब्राईल) लाई पठायौं अनि उनी तिनको अगाडि पूर्णरूपमा मानिस बनी प्रकट भए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَتْ اِنِّیْۤ اَعُوْذُ بِالرَّحْمٰنِ مِنْكَ اِنْ كُنْتَ تَقِیًّا ۟
१८) (मरियमले) भनिन् कि यदि तिमी आत्मसंयमी हौ भने म तिमीबाट रहमानको शरण चाहन्छु ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ اِنَّمَاۤ اَنَا رَسُوْلُ رَبِّكِ ۖۗ— لِاَهَبَ لَكِ غُلٰمًا زَكِیًّا ۟
१९) उनले भने कि म तिम्रो पालनकर्ताबाट पठाइएको (स्वर्गदूत) हूँ, तिमीलाई एउटा पवित्र पुत्र दिन आएको हूँ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَتْ اَنّٰی یَكُوْنُ لِیْ غُلٰمٌ وَّلَمْ یَمْسَسْنِیْ بَشَرٌ وَّلَمْ اَكُ بَغِیًّا ۟
२०) भन्न थालिन् कि मबाट पुत्र कसरी जन्मन सक्छ ? मलाई त अहिलेसम्म कुनै मानिसले स्पर्श गरेको छैन र म चरित्रहीन पनि होइन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ كَذٰلِكِ ۚ— قَالَ رَبُّكِ هُوَ عَلَیَّ هَیِّنٌ ۚ— وَلِنَجْعَلَهٗۤ اٰیَةً لِّلنَّاسِ وَرَحْمَةً مِّنَّا ۚ— وَكَانَ اَمْرًا مَّقْضِیًّا ۟
२१) उनले भने कि कुरा त यही नै हो तर तिम्रो पालनकर्ताको आदेश छ कि यो मेरो लागि सजिलो छ । र हामीले त यसलाई मानिसहरूको निम्ति एउटा निशानी बनाउने छौं र आफ्नो विशेष वरदान, र यो त एउटा निश्चित कुरो हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَحَمَلَتْهُ فَانْتَبَذَتْ بِهٖ مَكَانًا قَصِیًّا ۟
२२) अनि तिनी गर्भवती भइहालिन् र यस कारण एउटा टाढा ठाउँतिर लागिन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاَجَآءَهَا الْمَخَاضُ اِلٰی جِذْعِ النَّخْلَةِ ۚ— قَالَتْ یٰلَیْتَنِیْ مِتُّ قَبْلَ هٰذَا وَكُنْتُ نَسْیًا مَّنْسِیًّا ۟
२३) त्यसपछि प्रसवपीडाले तिनलाई एउटा खजूरको हाँगामुनि ल्यायो । भन्न थालिन् कि काश म यसभन्दा अगाडि नै मरिसकेको भए र मानिसको सम्झना र विस्मृत भइहालेको भए राम्रो हुने थियो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَنَادٰىهَا مِنْ تَحْتِهَاۤ اَلَّا تَحْزَنِیْ قَدْ جَعَلَ رَبُّكِ تَحْتَكِ سَرِیًّا ۟
२४) त्यतिखेर मुनिबाट फरिश्ताले (स्वर्गदूतले) तिनलाई आवाज दियो कि चिन्तित नहोऊ । तिम्रो पालनकर्ताले तिम्रो खुट्टामुनिबाट एउटा पानीको मूल बगाइदिएको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَهُزِّیْۤ اِلَیْكِ بِجِذْعِ النَّخْلَةِ تُسٰقِطْ عَلَیْكِ رُطَبًا جَنِیًّا ۟ؗ
२५) र त्यस खजूरको हाँगोलाई आफूतिर हल्लाऊ, यसले तिम्रो अगाडि खजूरको ताजा फल खसालिदिन्छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَكُلِیْ وَاشْرَبِیْ وَقَرِّیْ عَیْنًا ۚ— فَاِمَّا تَرَیِنَّ مِنَ الْبَشَرِ اَحَدًا ۙ— فَقُوْلِیْۤ اِنِّیْ نَذَرْتُ لِلرَّحْمٰنِ صَوْمًا فَلَنْ اُكَلِّمَ الْیَوْمَ اِنْسِیًّا ۟ۚ
२६) अब निश्चिन्त भई खाऊ पिऊ र आँखालाई शीतल पार (अर्थात नवजात शिशुलाई आफ्नो आँखाले हेरेर सन्तुष्टि प्राप्त गर) । यदि कुनै मानिस देखिन्छ भने, भनिदिनु कि मैले अल्लाह, अत्यन्त दयालुको नाममा व्रतको भाकल गरेको छु । तसर्थ म आज कोहीसित बोल्दिन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاَتَتْ بِهٖ قَوْمَهَا تَحْمِلُهٗ ؕ— قَالُوْا یٰمَرْیَمُ لَقَدْ جِئْتِ شَیْـًٔا فَرِیًّا ۟
२७) अब तिनी हजरत ‘‘ईसा’’ (अलैहिस्सलाम) लाई लिई आफ्नो समुदायतिर आइन् । तिनीहरूले भन्न थाले मरियम यो त तिमीले साह्रै नराम्रो काम गरिस् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاُخْتَ هٰرُوْنَ مَا كَانَ اَبُوْكِ امْرَاَ سَوْءٍ وَّمَا كَانَتْ اُمُّكِ بَغِیًّا ۟ۖۚ
२८) हे हारूनकी बहिनी नत तिम्रो बाबु नराम्रो थियो नत तिम्री आमा नै चरित्रहीन थिइन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاَشَارَتْ اِلَیْهِ ۫ؕ— قَالُوْا كَیْفَ نُكَلِّمُ مَنْ كَانَ فِی الْمَهْدِ صَبِیًّا ۟
२९) त्यसपछि मरियमले आफ्नो बालकतिर संकेत गरिन् । तिनीहरूले भने कि लौ हामीले काँखको बच्चासँग कसरी कुरा गर्न सक्तछौं ?
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ اِنِّیْ عَبْدُ اللّٰهِ ۫ؕ— اٰتٰىنِیَ الْكِتٰبَ وَجَعَلَنِیْ نَبِیًّا ۟ۙ
३०) बच्चाले तुरुन्त बोल्यो कि म अल्लाहको सेवक हूँ, उसले मलाई ग्रन्थ प्रदान गरेको छ र मलाई आफ्नो संदेष्टा बनाएको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَّجَعَلَنِیْ مُبٰرَكًا اَیْنَ مَا كُنْتُ ۪— وَاَوْصٰنِیْ بِالصَّلٰوةِ وَالزَّكٰوةِ مَا دُمْتُ حَیًّا ۟ۙ
३१) र म जहाँ छु (र जुन अवस्थामा छु) उसले मलाई वरदानप्राप्त बनाएको छ र जबसम्म म जीवित छु मलाई नमाज र दान (जकात) को आदेश गरेको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَّبَرًّا بِوَالِدَتِیْ ؗ— وَلَمْ یَجْعَلْنِیْ جَبَّارًا شَقِیًّا ۟
३२) र उसले मलाई आफ्नो आमाको सेवा गर्नेवाला बनाएको छ र मलाई अटेरी र अभागा बनाएको होइन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالسَّلٰمُ عَلَیَّ یَوْمَ وُلِدْتُّ وَیَوْمَ اَمُوْتُ وَیَوْمَ اُبْعَثُ حَیًّا ۟
३३) र जुन दिन मैले जन्म लिएँ र जुन दिन म मर्नेछु, र जुन दिन जीवित भई उठाइने छु, ममाथि शान्ति नै शान्ति छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ذٰلِكَ عِیْسَی ابْنُ مَرْیَمَ ۚ— قَوْلَ الْحَقِّ الَّذِیْ فِیْهِ یَمْتَرُوْنَ ۟
३४) यो हो वास्तविक कथाघटना ईसा पुत्र मरियमको यही नै त्यो साँचो कुरो हो जसमाथि मानिसहरूले शंका उपशंका गर्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
مَا كَانَ لِلّٰهِ اَنْ یَّتَّخِذَ مِنْ وَّلَدٍ ۙ— سُبْحٰنَهٗ ؕ— اِذَا قَضٰۤی اَمْرًا فَاِنَّمَا یَقُوْلُ لَهٗ كُنْ فَیَكُوْنُ ۟ؕ
३५) अल्लाहको गौरवलाई यो सुहाउँदैन कि उसको आफ्नो सन्तान होस् । ऊ त एकदम पवित्र छ । जब कुनै कुराको इच्छा गर्दछ, तब त्यसलाई यति मात्र भन्दछ कि भइहाल, अनि त्यो भइहाल्छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِنَّ اللّٰهَ رَبِّیْ وَرَبُّكُمْ فَاعْبُدُوْهُ ؕ— هٰذَا صِرَاطٌ مُّسْتَقِیْمٌ ۟
३६) अल्लाह नै मेरो र तिमी सबैको पालनकर्ता हो, तसर्थ तिमीहरू उसैको पूजा गर । यही नै सोझो मार्ग हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاخْتَلَفَ الْاَحْزَابُ مِنْ بَیْنِهِمْ ۚ— فَوَیْلٌ لِّلَّذِیْنَ كَفَرُوْا مِنْ مَّشْهَدِ یَوْمٍ عَظِیْمٍ ۟
३७) अनि यी समुदायहरूले आपसमा मतभेदका कुरा गर्नथाले । तसर्थ काफिरहरूलाई एउटा ठूलो भयङ्कर दिन आउनाको कारणले खराबी, (धिक्कार) छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَسْمِعْ بِهِمْ وَاَبْصِرْ ۙ— یَوْمَ یَاْتُوْنَنَا لٰكِنِ الظّٰلِمُوْنَ الْیَوْمَ فِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟
३८) तिनीहरू जुन दिन हाम्रो सामु आउँनेछन् । राम्ररी सुन्ने र देख्नेवाला हुनेछन्, तर अत्याचारीहरू आज खुल्लारूपले मार्गविचलित छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاَنْذِرْهُمْ یَوْمَ الْحَسْرَةِ اِذْ قُضِیَ الْاَمْرُ ۘ— وَهُمْ فِیْ غَفْلَةٍ وَّهُمْ لَا یُؤْمِنُوْنَ ۟
३९) तपाईले तिनीहरूलाई त्यस दुःख र पश्चतापको भयबाट खबरदार गरिदिनुस् जब कुराको टुङ्गो लाग्नेछ र तिनीहरू लापरवाहीमा नै रहीरहने छन् र तिनीहरू ईमान ल्याउने छैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّا نَحْنُ نَرِثُ الْاَرْضَ وَمَنْ عَلَیْهَا وَاِلَیْنَا یُرْجَعُوْنَ ۟۠
४०) हामी नै पृथ्वी र त्यसमा बस्नेहरू सबैको वारिस हुनेछौं र सबै मानिसहरू हामीतिर नै फर्काएर ल्याइने छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاذْكُرْ فِی الْكِتٰبِ اِبْرٰهِیْمَ ؕ۬— اِنَّهٗ كَانَ صِدِّیْقًا نَّبِیًّا ۟
४१) यस किताबमा इब्राहीम (अलैहिस्सलाम) को घटना बयान गर । निःसन्देह उनी एउटा सत्यनिष्ठ पैगम्बर थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِذْ قَالَ لِاَبِیْهِ یٰۤاَبَتِ لِمَ تَعْبُدُ مَا لَا یَسْمَعُ وَلَا یُبْصِرُ وَلَا یُغْنِیْ عَنْكَ شَیْـًٔا ۟
४२) जब उनले आफ्नो पितासित भने बुबा तपाईले यस्ता कुराहरूको पूजा किन गर्नुहुन्छ, जसले कि न सुन्दछन्, न देख्दछन् ? र न त तपाईको कुनै फाइदा पुर्याउन सक्तछन् ?
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَبَتِ اِنِّیْ قَدْ جَآءَنِیْ مِنَ الْعِلْمِ مَا لَمْ یَاْتِكَ فَاتَّبِعْنِیْۤ اَهْدِكَ صِرَاطًا سَوِیًّا ۟
४३) मेरो बुवा तपाई हेर्नुस् मलाई यस्तो ज्ञान प्राप्त भएको छ जुन तपाईलाई भएको छैन तसर्थ तपाईले मेरो कुरा मान्नुस्, मैले तपाईलाई एकदम सोझो मार्गमा हिंडाउने छु
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَبَتِ لَا تَعْبُدِ الشَّیْطٰنَ ؕ— اِنَّ الشَّیْطٰنَ كَانَ لِلرَّحْمٰنِ عَصِیًّا ۟
४४) पिताज्यू शैतानको पूजा नगर्नुस् । निःसन्देह शैतान त दयालु अल्लाहको आज्ञाको उल्लघंनकारी हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَبَتِ اِنِّیْۤ اَخَافُ اَنْ یَّمَسَّكَ عَذَابٌ مِّنَ الرَّحْمٰنِ فَتَكُوْنَ لِلشَّیْطٰنِ وَلِیًّا ۟
४५) पिताज्यू मलाई डर लाग्छ कि यस्तो नहोस् कि अल्लाहको सजाय तपाईमाथि आइलागोस् र त्यसपछि तपाई शैतानको साथी भइहाल्नुहोस् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ اَرَاغِبٌ اَنْتَ عَنْ اٰلِهَتِیْ یٰۤاِبْرٰهِیْمُ ۚ— لَىِٕنْ لَّمْ تَنْتَهِ لَاَرْجُمَنَّكَ وَاهْجُرْنِیْ مَلِیًّا ۟
४६) उसले जवाफ दियो कि हे इब्राहीम के तिमी हाम्रा देवताहरूबाट विमुख भइराखेका छौ, यदि तिमीले आफ्नो बाटो त्यागेनौं भने मैले तिमीलाई ढुङ्गाले हानि मारिदिनेछु, गइहाल, मबाट एउटा लामो अवधिसम्म अलग्गै बस ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ سَلٰمٌ عَلَیْكَ ۚ— سَاَسْتَغْفِرُ لَكَ رَبِّیْ ؕ— اِنَّهٗ كَانَ بِیْ حَفِیًّا ۟
४७) (इब्राहीमले) भने ठीक छ ‘‘सलामुन् अलैकुम’’ तिमीमाथि शान्ति होस् म त आफ्नो पालनकर्तासँग तपाईको छुटकराको निम्ति प्रार्थना गरिरहने छु । ऊ ममाथि अत्यन्त दयावान छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاَعْتَزِلُكُمْ وَمَا تَدْعُوْنَ مِنْ دُوْنِ اللّٰهِ وَاَدْعُوْا رَبِّیْ ۖؗ— عَسٰۤی اَلَّاۤ اَكُوْنَ بِدُعَآءِ رَبِّیْ شَقِیًّا ۟
४८) म त तपाईहरू र जस–जसलाई तपाईले अल्लाह बाहेक पुकार्नु हुन्छ, सबैलाई त्यागिराखेको छु र म मात्र आफ्नो पालनकर्तालाई पुकार्दछु । मलाई विश्वास छ म आफ्नो पालनकर्तासित प्रार्थना गरेपछि वञ्चित रहनेछैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَلَمَّا اعْتَزَلَهُمْ وَمَا یَعْبُدُوْنَ مِنْ دُوْنِ اللّٰهِ ۙ— وَهَبْنَا لَهٗۤ اِسْحٰقَ وَیَعْقُوْبَ ؕ— وَكُلًّا جَعَلْنَا نَبِیًّا ۟
४९) जब इब्राहीम उनीहरू र उनीहरूले पूजा गर्दै आएका अल्लाह बाहेकका अरुलाई छाँडेर अलग्ग भइहाले तब हामीले उनलाई ‘‘इस्हाक’’ र ‘‘यअ्कूब’’ प्रदान गर्यौं र दुवैलाई नबी (संदेष्टा) बनायौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَوَهَبْنَا لَهُمْ مِّنْ رَّحْمَتِنَا وَجَعَلْنَا لَهُمْ لِسَانَ صِدْقٍ عَلِیًّا ۟۠
५०) र उनीहरूलाई आफ्नो कृपाले धेरै कुराहरू प्रदान गर्यौं, र हामीले उनको सत्य वचनलाई उच्च सम्मान प्रदान गर्यौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاذْكُرْ فِی الْكِتٰبِ مُوْسٰۤی ؗ— اِنَّهٗ كَانَ مُخْلَصًا وَّكَانَ رَسُوْلًا نَّبِیًّا ۟
५१) यस किताबमा मूसा (अलैहिस्सलाम) को पनि चर्चा गर्नुस् । जो छानिएर पठाइएका रसूल र नबी (संदेष्टा) थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَنَادَیْنٰهُ مِنْ جَانِبِ الطُّوْرِ الْاَیْمَنِ وَقَرَّبْنٰهُ نَجِیًّا ۟
५२) हामीले उहाँलाई तूर पर्वतको दाहिनेतिरबाट पुकार्यौं र कुरा गर्नुको निम्ति उनलाई नजिक बोलायौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَوَهَبْنَا لَهٗ مِنْ رَّحْمَتِنَاۤ اَخَاهُ هٰرُوْنَ نَبِیًّا ۟
५३) र आफ्नो विशेष कृपाबाट उनलाई र उनको भाइ हारूनलाई संदेष्टा र पैगम्बरको (जिम्मेवारी) प्रदान गर्यौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاذْكُرْ فِی الْكِتٰبِ اِسْمٰعِیْلَ ؗ— اِنَّهٗ كَانَ صَادِقَ الْوَعْدِ وَكَانَ رَسُوْلًا نَّبِیًّا ۟ۚ
५४) यस किताबमा इस्माईल (अलैहिस्सलाम)को पनि चर्चा गर्नुस् । उनी आफ्नो वचनको एकदम पक्का र हामीबाट पठाइएका रसूल र नबी (संदेष्टा) थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَكَانَ یَاْمُرُ اَهْلَهٗ بِالصَّلٰوةِ وَالزَّكٰوةِ ۪— وَكَانَ عِنْدَ رَبِّهٖ مَرْضِیًّا ۟
५५) उनले आफ्नो घरका मानिसहरूलाई सधै नमाज र जकातको निर्देशन गर्दथे र आफ्नो पालनकर्ताको दृष्टिमा मनपराइएका र मर्यादित पनि थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاذْكُرْ فِی الْكِتٰبِ اِدْرِیْسَ ؗ— اِنَّهٗ كَانَ صِدِّیْقًا نَّبِیًّا ۟ۗۙ
५६) र यस किताबमा ‘‘इदरिस (अलैहिस्सलाम) को’’ पनि चर्चा गर्नुस् । उनी पनि अत्यन्त असल आचरणको नबी थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَّرَفَعْنٰهُ مَكَانًا عَلِیًّا ۟
५७) हामीले उनलाई उच्च ठाउँमा उठायौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اُولٰٓىِٕكَ الَّذِیْنَ اَنْعَمَ اللّٰهُ عَلَیْهِمْ مِّنَ النَّبِیّٖنَ مِنْ ذُرِّیَّةِ اٰدَمَ ۗ— وَمِمَّنْ حَمَلْنَا مَعَ نُوْحٍ ؗ— وَّمِنْ ذُرِّیَّةِ اِبْرٰهِیْمَ وَاِسْرَآءِیْلَ ؗ— وَمِمَّنْ هَدَیْنَا وَاجْتَبَیْنَا ؕ— اِذَا تُتْلٰی عَلَیْهِمْ اٰیٰتُ الرَّحْمٰنِ خَرُّوْا سُجَّدًا وَّبُكِیًّا ۟
५८) यिनै ती नबीहरू हुन् जसलाई अल्लाहले आफ्नो कृपा र पुरस्कार प्रदान गर्यो जो आदमका सन्ततिमध्येबाट र ती मानिसहरूको जातिबाट हुन् जसलाई हामीले नूह (अलैहिस्सलाम) को साथमा डुङ्गामा सवार गरायौं र ‘‘इब्राहीम’’ र ‘‘यअ्कूबका’’ सन्ततिहरूमध्येबाट र ती मानिसहरूमध्येबाट हुन् जसलाई हामीले मार्गदर्शन गर्यौं, जब उनको अगाडि हाम्रा आयतहरू पढिन्थे त यिनीहरू ढोग्दथे र रोइरहन्थे र गिड्गिडाएर ढलिहाल्थे ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَخَلَفَ مِنْ بَعْدِهِمْ خَلْفٌ اَضَاعُوا الصَّلٰوةَ وَاتَّبَعُوا الشَّهَوٰتِ فَسَوْفَ یَلْقَوْنَ غَیًّا ۟ۙ
५९) अनि उनीहरूपछि उनका केही यस्ता सन्तान आए जसले नमाज छोडिहाले र कामवासनाको पूर्तिमा लागिहाले त्यसकारण छिट्टै तिनीहरूको क्षति तिनीहरूको सामुन्ने आउनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِلَّا مَنْ تَابَ وَاٰمَنَ وَعَمِلَ صَالِحًا فَاُولٰٓىِٕكَ یَدْخُلُوْنَ الْجَنَّةَ وَلَا یُظْلَمُوْنَ شَیْـًٔا ۟ۙ
६०) तर हो, जसले प्रायश्चित गरे र ईमान ल्याए र सत्कर्म गरे, तिनीहरू बहिश्त (स्वर्ग) मा प्रवेश पाउनेछन् र तिनीहरूको केही पनि हानि नोक्सानी गरिने छैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
جَنّٰتِ عَدْنِ ١لَّتِیْ وَعَدَ الرَّحْمٰنُ عِبَادَهٗ بِالْغَیْبِ ؕ— اِنَّهٗ كَانَ وَعْدُهٗ مَاْتِیًّا ۟
६१) सधैंको स्वर्गमा जसको बारेमा अल्लाहले आफ्ना भक्तहरूलाई परोक्षमा वचन दिएको छ । निःसन्देह उसको वचन पूरा हुनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَا یَسْمَعُوْنَ فِیْهَا لَغْوًا اِلَّا سَلٰمًا ؕ— وَلَهُمْ رِزْقُهُمْ فِیْهَا بُكْرَةً وَّعَشِیًّا ۟
६२) तिनीहरूले त्यसमा कुनै अनर्गल कुरा सुन्ने छैनन्, मात्र शान्तिको कुरा सुन्नेछन् र तिनीहरूको निम्ति विहान–बेलुकी जीविका (खाना) तयार रहनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
تِلْكَ الْجَنَّةُ الَّتِیْ نُوْرِثُ مِنْ عِبَادِنَا مَنْ كَانَ تَقِیًّا ۟
६३) यो हो त्यो जन्नत (स्वर्ग) जसको वारिस हामीले आफ्नो भक्तहरूमध्ये त्यस्तालाई बनाउँछौं, जो आत्मसंयमी हुन्छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَا نَتَنَزَّلُ اِلَّا بِاَمْرِ رَبِّكَ ۚ— لَهٗ مَا بَیْنَ اَیْدِیْنَا وَمَا خَلْفَنَا وَمَا بَیْنَ ذٰلِكَ ۚ— وَمَا كَانَ رَبُّكَ نَسِیًّا ۟ۚ
६४) हामी तिम्रो पालनकर्ताको आज्ञा नभई अवतरित हुन सक्दैनौं, जेजति हाम्रो अगाडि छ र जेजति हाम्रो पछाडि छ र जे जति त्यसको मध्यमा छ सबै उसैको हो र तिम्रो पालनकर्ता बिर्सनेवाला छैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
رَبُّ السَّمٰوٰتِ وَالْاَرْضِ وَمَا بَیْنَهُمَا فَاعْبُدْهُ وَاصْطَبِرْ لِعِبَادَتِهٖ ؕ— هَلْ تَعْلَمُ لَهٗ سَمِیًّا ۟۠
६५) आकाश र धरती र जे दुईटैको माझमा छ सबैको मालिक उही हो, तिमी उसैको पूजा गर र उसैको आराधनामा दृढ रह, के तिम्रो जानकारीमा उस जस्तो नाम (र क्षमता) वाला छ? (कदापि छैन ।)
የአረብኛ ቁርኣን ማብራሪያ:
وَیَقُوْلُ الْاِنْسَانُ ءَاِذَا مَا مِتُّ لَسَوْفَ اُخْرَجُ حَیًّا ۟
६६) मानिसले भन्दछ कि के जब म मरिहाल्छु, त फेरि जीवित गराई बाहिर निकालिने छु ?
የአረብኛ ቁርኣን ማብራሪያ:
اَوَلَا یَذْكُرُ الْاِنْسَانُ اَنَّا خَلَقْنٰهُ مِنْ قَبْلُ وَلَمْ یَكُ شَیْـًٔا ۟
६७) के यो मानिस यति पनि स्मरण गर्दैन कि हामीले उसलाई पहिले पनि सृष्टि गरेका थियौं जबकि ऊ केही पनि थिएन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَوَرَبِّكَ لَنَحْشُرَنَّهُمْ وَالشَّیٰطِیْنَ ثُمَّ لَنُحْضِرَنَّهُمْ حَوْلَ جَهَنَّمَ جِثِیًّا ۟ۚ
६८) तिम्रो पालनकर्ताको शपथ हामीले तिनीहरूलाई र शैतानलाई एकत्रित पार्नेछौं र यी सबैलाई जहन्नमको छेउमा उपस्थित गराउने छौं (तिनीहरूले) घुँडा टेकिराखेका हुनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ لَنَنْزِعَنَّ مِنْ كُلِّ شِیْعَةٍ اَیُّهُمْ اَشَدُّ عَلَی الرَّحْمٰنِ عِتِیًّا ۟ۚ
६९) अनि प्रत्येक समूहबाट हामीले त्यस्तालाई निकालेर उभ्याउने छौं, जसले जाहिर हुन्छ कि उनीहरूमध्येको अल्लाहको आदेशको गम्भीर अवज्ञा गर्दथे ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ لَنَحْنُ اَعْلَمُ بِالَّذِیْنَ هُمْ اَوْلٰی بِهَا صِلِیًّا ۟
७०) फेरि हामी तिनीहरूलाई राम्ररी जान्दछौं जो नर्कमा प्रवेशको सजाय भोग्नेवाला छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِنْ مِّنْكُمْ اِلَّا وَارِدُهَا ۚ— كَانَ عَلٰی رَبِّكَ حَتْمًا مَّقْضِیًّا ۟ۚ
७१) तिमीमध्ये हरेक अवश्य नै त्यहाँ पुग्नेवाला छ, यो तिम्रो पालनकर्ताको निश्चितरूपले पूरा हुने आदेश हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ نُنَجِّی الَّذِیْنَ اتَّقَوْا وَّنَذَرُ الظّٰلِمِیْنَ فِیْهَا جِثِیًّا ۟
७२) अनि हामीले आत्मसंयमीहरूलाई बचाउने छौं र अवज्ञकारीहरूलाई त्यहीं घुँडाटेकेको अवस्थामा छाडिदिनेछौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِذَا تُتْلٰی عَلَیْهِمْ اٰیٰتُنَا بَیِّنٰتٍ قَالَ الَّذِیْنَ كَفَرُوْا لِلَّذِیْنَ اٰمَنُوْۤا ۙ— اَیُّ الْفَرِیْقَیْنِ خَیْرٌ مَّقَامًا وَّاَحْسَنُ نَدِیًّا ۟
७३) जब तिमीहरूको अगाडि हाम्रा स्पष्ट आयतहरूको पाठ गरिन्छ त काफिरहरूले मुसलमानहरूसित भन्दछन् कि भन हाम्रा र तिम्रा समूहहरूमध्ये कुन चाहिँ उच्च स्थानप्राप्त छ ? र कसको भेला शानदार छ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
وَكَمْ اَهْلَكْنَا قَبْلَهُمْ مِّنْ قَرْنٍ هُمْ اَحْسَنُ اَثَاثًا وَّرِﺋْﻴًﺎ ۟
७४) हामीले त तिनीहरू भन्दाअगाडिका कैयौं समूहहरूको नाश गरिसकेका छौं । जो साधन सम्पन्नतामा र नाममा उनीहरूभन्दा धेरै बढी थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ مَنْ كَانَ فِی الضَّلٰلَةِ فَلْیَمْدُدْ لَهُ الرَّحْمٰنُ مَدًّا ۚ۬— حَتّٰۤی اِذَا رَاَوْا مَا یُوْعَدُوْنَ اِمَّا الْعَذَابَ وَاِمَّا السَّاعَةَ ؕ۬— فَسَیَعْلَمُوْنَ مَنْ هُوَ شَرٌّ مَّكَانًا وَّاَضْعَفُ جُنْدًا ۟
७५) भनिदिनुस्ः कि जुन मानिस मार्गविचलनमा छ, रहमान त्यसलाई बिस्तारै लामो छूट दिइराखेको हुन्छ, जबसम्म कि तिनीहरूले ती कुराहरू देख्दैनन्, जसको वचन दिइन्छ अर्थात सजाय वा प्रलय (कियामत) । त्यतिखेर उनीहरूलाई राम्ररी थाहा हुनेछ कि को निम्न श्रेणीको छ र कुन चाहिँ कमजोर समूहको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَیَزِیْدُ اللّٰهُ الَّذِیْنَ اهْتَدَوْا هُدًی ؕ— وَالْبٰقِیٰتُ الصّٰلِحٰتُ خَیْرٌ عِنْدَ رَبِّكَ ثَوَابًا وَّخَیْرٌ مَّرَدًّا ۟
७६) र जसले मार्ग पाइहालेका छन्, अल्लाहले तिनीहरूको मार्गदर्शनमा अभिवृद्धि गर्दछ र शेष रहने असल कर्महरू तिम्रो पालनकर्ताकहाँको पुरस्कार र अन्तिम परिणामको दृष्टिकोणले उत्तम छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَفَرَءَیْتَ الَّذِیْ كَفَرَ بِاٰیٰتِنَا وَقَالَ لَاُوْتَیَنَّ مَالًا وَّوَلَدًا ۟ؕ
७७) के तिमीले त्यस व्यक्तिलाई पनि देखेका छौं जसले हाम्रा आयतहरूलाई इन्कार गर्यो र भन्न थाल्यो कि (यदि म पुनर्जीवित भएँ) त मलाई यही सम्पत्ति र सन्तान (त्यहाँ) अवश्य प्राप्त हुनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَطَّلَعَ الْغَیْبَ اَمِ اتَّخَذَ عِنْدَ الرَّحْمٰنِ عَهْدًا ۟ۙ
७८) के उसले अदृश्यको समाचार पाइसकेको छ, वा अल्लाहकहाँबाट वाचा प्राप्त गरिसकेको छ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
كَلَّا ؕ— سَنَكْتُبُ مَا یَقُوْلُ وَنَمُدُّ لَهٗ مِنَ الْعَذَابِ مَدًّا ۟ۙ
७९) कदापि होइन यसले जे भन्दैछ हामीले त्यसलाई अवश्य लेख्दै जानेछौं र उसको लागि बिस्तारै सजायमा वृद्धि गर्दै जानेछौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَّنَرِثُهٗ مَا یَقُوْلُ وَیَاْتِیْنَا فَرْدًا ۟
८०) उसले जुन कुराहरूबारे भनिराखेको छ, ती सबै हामीले पछि लिइहाल्ने छौं र त्यो एक्लै हाम्रो सामु उपस्थित हुनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاتَّخَذُوْا مِنْ دُوْنِ اللّٰهِ اٰلِهَةً لِّیَكُوْنُوْا لَهُمْ عِزًّا ۟ۙ
८१) उनीहरूले अल्लाह बाहेक आफ्ना केही अन्य पूज्य बनाइराखेका छन्, ताकि तिनीहरू उनीहरूको निम्ति सम्मानको कारण बनुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
كَلَّا ؕ— سَیَكْفُرُوْنَ بِعِبَادَتِهِمْ وَیَكُوْنُوْنَ عَلَیْهِمْ ضِدًّا ۟۠
८२) तर यस्तो कदापि हुनेछैन, ती झूठा पूज्यहरू उनीहरूको पूजाबाट इन्कार गर्नेछन्, र उल्टै उनका शत्रु भइहाल्ने छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَلَمْ تَرَ اَنَّاۤ اَرْسَلْنَا الشَّیٰطِیْنَ عَلَی الْكٰفِرِیْنَ تَؤُزُّهُمْ اَزًّا ۟ۙ
८३) के तिमीले देखेनौ कि हामीले काफिरहरूको पासमा शैतानहरूलाई पठाउँछौं, जसले तिनीहरूलाई निकै उचाल्ने गर्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَلَا تَعْجَلْ عَلَیْهِمْ ؕ— اِنَّمَا نَعُدُّ لَهُمْ عَدًّا ۟ۚ
८४) तिमीले तिनीहरूको बारेमा हतार नगर । हामीले त स्वयं तिनीहरूको निम्ति दिनको गणना गरिराखेका छौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یَوْمَ نَحْشُرُ الْمُتَّقِیْنَ اِلَی الرَّحْمٰنِ وَفْدًا ۟ۙ
८५) (त्यस दिनलाई स्मरण गर) जब हामीले परहेजगराहरूलाई रहमानको समक्ष अतिथिको रूपमा एकत्रित गर्नेछौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَّنَسُوْقُ الْمُجْرِمِیْنَ اِلٰی جَهَنَّمَ وِرْدًا ۟ۘ
८६) र अपराधिहरूलाई निकै तिर्खाएको अवस्थामा नर्कतिर धपाउँदै लग्नेछौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَا یَمْلِكُوْنَ الشَّفَاعَةَ اِلَّا مَنِ اتَّخَذَ عِنْدَ الرَّحْمٰنِ عَهْدًا ۟ۘ
८७) कसैलाई उनीहरूको सिफारिशगर्ने अधिकार प्राप्त हुनेछैन । तर हो त्यो व्यक्ति यातनाबाट सुरक्षित रहनेछ जसले रहमानकहाँबाट अनुमोदन प्राप्त गरिसकेको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالُوا اتَّخَذَ الرَّحْمٰنُ وَلَدًا ۟ؕ
८८) उनीहरूले भन्दछन्ः रहमानले (अल्लाहले) आफ्नो सन्तान बनाएको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَقَدْ جِئْتُمْ شَیْـًٔا اِدًّا ۟ۙ
८९) निःसन्देह अत्यन्त गम्भीर कुरा हो जुन कि तिमीहरूले (मन गढन्तरूपमा) रचेर ल्याएका छौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
تَكَادُ السَّمٰوٰتُ یَتَفَطَّرْنَ مِنْهُ وَتَنْشَقُّ الْاَرْضُ وَتَخِرُّ الْجِبَالُ هَدًّا ۟ۙ
९०) निकट छ यस कुराबाट आकाशमा विष्फोट भइहालोस् र धरती टुक्रा–टुक्रा भइहालोस् र पहाडहरू क्षतविक्षत भई खसिहालोस् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَنْ دَعَوْا لِلرَّحْمٰنِ وَلَدًا ۟ۚ
९१) किनभने तिनीहरूले रहमानको (अल्लाहको) सन्तानको दावी गरे ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَا یَنْۢبَغِیْ لِلرَّحْمٰنِ اَنْ یَّتَّخِذَ وَلَدًا ۟ؕ
९२) यो कुरा अल्लाहको प्रतिष्ठाको प्रतिकूल छ कि उसले कसैलाई आफ्नो सन्तान बनाओस् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنْ كُلُّ مَنْ فِی السَّمٰوٰتِ وَالْاَرْضِ اِلَّاۤ اٰتِی الرَّحْمٰنِ عَبْدًا ۟ؕ
९३) आकाशहरू र धरतीमा जो पनि छन् सबै अल्लाहका दासका रूपमा आउनेवाला छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَقَدْ اَحْصٰىهُمْ وَعَدَّهُمْ عَدًّا ۟ؕ
९४) त्यसले तिनीहरूको आँकलन गरिसकेको छ र तिनीहरूको राम्ररी गणना गरिसकेको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَكُلُّهُمْ اٰتِیْهِ یَوْمَ الْقِیٰمَةِ فَرْدًا ۟
९५) तिनीहरू सबका सब कियामतको दिन एक्लै त्यस (रहमान) को सामु उपस्थित हुनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ سَیَجْعَلُ لَهُمُ الرَّحْمٰنُ وُدًّا ۟
९६) निःसन्देह जसले ईमान ल्याएका छन् र असल कर्म गरे, शीघ्र नै अल्लाहले तिनीहरूको निम्ति प्रेम उत्पन्न गरिदिने छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاِنَّمَا یَسَّرْنٰهُ بِلِسَانِكَ لِتُبَشِّرَ بِهِ الْمُتَّقِیْنَ وَتُنْذِرَ بِهٖ قَوْمًا لُّدًّا ۟
९७) हामीले यस कुरआनलाई तपाईको भाषामा निकै सरल बनाइदिएका छौं, ताकि यसबाट तपाईले डर मान्नेहरूलाई शुभसूचना दिनुस् र झगडा गर्नेहरूलाई यसबाट डराउनुस् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَكَمْ اَهْلَكْنَا قَبْلَهُمْ مِّنْ قَرْنٍ ؕ— هَلْ تُحِسُّ مِنْهُمْ مِّنْ اَحَدٍ اَوْ تَسْمَعُ لَهُمْ رِكْزًا ۟۠
९८) हामीले उनीहरूभन्दा अघिका धेरै समुदायहरूलाई नष्ट गरिसकेका छौं । के तिनीहरूमध्ये कुनै एकको बारेमा तिमी चाल पाउँछौ अथवा तिनीहरूको आवाज तिम्रो कानहरूले सुन्दछन् ?
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: ሱረቱ መርየም
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ - የአህሉል -ሀዲስ ማህበር ማዕከል - የትርጉሞች ማዉጫ

የተከበረው ቁርአን ኔፓልኛ መልዕክተ ትርጉም - በኔፓል የአህሉል ሓዲሥ ማህበረሰብ ማዕከል የተተረጎመ

መዝጋት