Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል ሐጅ   አንቀጽ:
وَكَذٰلِكَ اَنْزَلْنٰهُ اٰیٰتٍۢ بَیِّنٰتٍ ۙ— وَّاَنَّ اللّٰهَ یَهْدِیْ مَنْ یُّرِیْدُ ۟
१६) यसैप्रकार हामीले यस कुरआनलाई स्पष्ट आयतहरूको रूपमा अवतरित गर्यौं र अल्लाहले जसलाई चाहन्छ मार्ग देखाउँछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ الَّذِیْنَ اٰمَنُوْا وَالَّذِیْنَ هَادُوْا وَالصّٰبِـِٕیْنَ وَالنَّصٰرٰی وَالْمَجُوْسَ وَالَّذِیْنَ اَشْرَكُوْۤا ۖۗ— اِنَّ اللّٰهَ یَفْصِلُ بَیْنَهُمْ یَوْمَ الْقِیٰمَةِ ؕ— اِنَّ اللّٰهَ عَلٰی كُلِّ شَیْءٍ شَهِیْدٌ ۟
१७) निःसन्देह जुन ईमानवाला मोमिनहरू र यहूदी र साबी र ईसाई र मजूसी र अल्लाहको साझेदार ठह्र्याउने (मुश्रिकहरू) छन्, यी सबैमा कियामतको दिन अल्लाहले निसाफ गरिदिनेछ । अल्लाह हरेक कुरोको साक्षी छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَلَمْ تَرَ اَنَّ اللّٰهَ یَسْجُدُ لَهٗ مَنْ فِی السَّمٰوٰتِ وَمَنْ فِی الْاَرْضِ وَالشَّمْسُ وَالْقَمَرُ وَالنُّجُوْمُ وَالْجِبَالُ وَالشَّجَرُ وَالدَّوَآبُّ وَكَثِیْرٌ مِّنَ النَّاسِ ؕ— وَكَثِیْرٌ حَقَّ عَلَیْهِ الْعَذَابُ ؕ— وَمَنْ یُّهِنِ اللّٰهُ فَمَا لَهٗ مِنْ مُّكْرِمٍ ؕ— اِنَّ اللّٰهَ یَفْعَلُ مَا یَشَآءُ ۟
१८) के तिमीले देखेनौ कि आकाशहरूमा भएका र पृथ्वीमा भएकाहरू सूर्य र चन्द्र र ताराहरू र पहाडहरू र रुखहरू र चौपायाहरू र धेरै जसो मानिसहरू अल्लाहलाई ढोग्दैछन् र धेरै यस्ता छन् जसको सम्बन्धमा यातना प्रमाणित भइसकेको छ, र जुन मानिसलाई अल्लाहले अपमानित गर्दछ, त्यसलाई कसैले प्रतिष्ठा प्रदान गर्नसक्दैन । निःसन्देह अल्लाहले जे चाहन्छ, गर्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
هٰذٰنِ خَصْمٰنِ اخْتَصَمُوْا فِیْ رَبِّهِمْ ؗ— فَالَّذِیْنَ كَفَرُوْا قُطِّعَتْ لَهُمْ ثِیَابٌ مِّنْ نَّارٍ ؕ— یُصَبُّ مِنْ فَوْقِ رُءُوْسِهِمُ الْحَمِیْمُ ۟ۚ
१९) यी दुई (समूह) आफ्नो पालनकर्ताको बारेमा विवाद गर्दछन्, अतः जुन मानिसहरूले कुफ्र गरे तिनीहरूको निमित्त आगोको वस्त्र काटिसकिएको छ । उनीहरूका टाउकोमाथि उम्लिराखेको पानी खन्याइने छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یُصْهَرُ بِهٖ مَا فِیْ بُطُوْنِهِمْ وَالْجُلُوْدُ ۟ؕ
२०) यसबाट जे जति उनका पेटमा भएका कुराहरू र छालाहरू पनि पग्लिहाल्नेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَهُمْ مَّقَامِعُ مِنْ حَدِیْدٍ ۟
२१) र उनीहरूको दण्डको लागि फलामका हथौडाहरू हुनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
كُلَّمَاۤ اَرَادُوْۤا اَنْ یَّخْرُجُوْا مِنْهَا مِنْ غَمٍّ اُعِیْدُوْا فِیْهَا ۗ— وَذُوْقُوْا عَذَابَ الْحَرِیْقِ ۟۠
२२) जतिखेर पनि उनीहरू आत्तिएर त्यहाँको कष्टबाट भाग्न चाहन्छन् त उतिखेर फेरि फर्काइनेछन् र भनिनेछ ‘‘आगोमा जल्ने यातनाको स्वाद चाखिराख’’।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ اللّٰهَ یُدْخِلُ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ یُحَلَّوْنَ فِیْهَا مِنْ اَسَاوِرَ مِنْ ذَهَبٍ وَّلُؤْلُؤًا ؕ— وَلِبَاسُهُمْ فِیْهَا حَرِیْرٌ ۟
२३) (निःसन्देह) अल्लाहले ईमानवालाहरूलाई र असल कर्म गर्नेवालाहरूलाई, यस्तो स्वर्गका बगैंचाहरूमा प्रवेश गराउनेछ जसको रुखमुनि नहरहरू बगिरहेका हुनेछन् । त्यहाँ उनीहरू सुन र मोतीबाट आभूषित गरिनेछन् र त्यहाँ उनीहरूको भेषभूषा असली रेशमी हुनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል ሐጅ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት