የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ - የአህሉል -ሀዲስ ማህበር ማዕከል * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: ሱረቱ አል-ሙዕሚኑን   አንቀጽ:

सूरतुल् मुमिनून

قَدْ اَفْلَحَ الْمُؤْمِنُوْنَ ۟ۙ
१) निःसन्देह ईमानवालाहरू सफल भइहाले ।
የአረብኛ ቁርኣን ማብራሪያ:
الَّذِیْنَ هُمْ فِیْ صَلَاتِهِمْ خٰشِعُوْنَ ۟ۙ
२) जसले आफ्नो नमाजमा विनम्रता अपनाउँछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ هُمْ عَنِ اللَّغْوِ مُعْرِضُوْنَ ۟ۙ
३) र जो अनर्गल कुराहरूबाट पन्छिन्छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ هُمْ لِلزَّكٰوةِ فٰعِلُوْنَ ۟ۙ
४) र जो जकात दिन्छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ هُمْ لِفُرُوْجِهِمْ حٰفِظُوْنَ ۟ۙ
५) र जो आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِلَّا عَلٰۤی اَزْوَاجِهِمْ اَوْ مَا مَلَكَتْ اَیْمَانُهُمْ فَاِنَّهُمْ غَیْرُ مَلُوْمِیْنَ ۟ۚ
६) तर आफ्नो पत्नीहरू र आफ्नो अधीनस्थ दासी स्वास्नीहरूसँग सम्बन्ध राख्दा उनीहरू निन्दनीय छैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَمَنِ ابْتَغٰی وَرَآءَ ذٰلِكَ فَاُولٰٓىِٕكَ هُمُ الْعٰدُوْنَ ۟ۚ
७) जो कोही यस बाहेक अरु केही चाहन्छन् त्यस्ता मानिसहरू सीमाको उल्लघंन गर्नेवाला हुनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ هُمْ لِاَمٰنٰتِهِمْ وَعَهْدِهِمْ رٰعُوْنَ ۟ۙ
८) र जसले आफ्ना अमानतहरू (नासो) र आफ्नो प्रतिज्ञाको रक्षा गर्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ هُمْ عَلٰی صَلَوٰتِهِمْ یُحَافِظُوْنَ ۟ۘ
९) र जसले आफ्नो नमाजहरूको रक्षा गर्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اُولٰٓىِٕكَ هُمُ الْوٰرِثُوْنَ ۟ۙ
१०) यीनै (मानिसहरू) वारिस हुनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
الَّذِیْنَ یَرِثُوْنَ الْفِرْدَوْسَ ؕ— هُمْ فِیْهَا خٰلِدُوْنَ ۟
११) जसले स्वर्गको (फिर्दौसको) वारिस हुनेछन् । र त्यसमा सधैं रहनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ خَلَقْنَا الْاِنْسَانَ مِنْ سُلٰلَةٍ مِّنْ طِیْنٍ ۟ۚ
१२) र निःसन्देह हामीले मानवलाई माटोको तत्वबाट सृष्टि गरेका हौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ جَعَلْنٰهُ نُطْفَةً فِیْ قَرَارٍ مَّكِیْنٍ ۪۟
१३) अनि उसलाई एउटा बलियो सुरक्षित ठाउँमा शुक्र बनाएर राख्यौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ خَلَقْنَا النُّطْفَةَ عَلَقَةً فَخَلَقْنَا الْعَلَقَةَ مُضْغَةً فَخَلَقْنَا الْمُضْغَةَ عِظٰمًا فَكَسَوْنَا الْعِظٰمَ لَحْمًا ۗ— ثُمَّ اَنْشَاْنٰهُ خَلْقًا اٰخَرَ ؕ— فَتَبٰرَكَ اللّٰهُ اَحْسَنُ الْخٰلِقِیْنَ ۟ؕ
१४) फेरि शुक्रको एउटा डल्लो बनायौं, फेरि डल्लोबाट भ्रुण बनायौं, अनि भ्रुणबाट हाडहरू बनायौं, अनि हाडहरूमाथि मासुको पत्र राख्यौं, अनि त्यसलाई नयाँ आकारमा बनाइदियौं तसर्थ अल्लाह साह्रै नै बर्कतवाला,(कल्याणकारी) सबभन्दा उत्तम स्रष्टा हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ اِنَّكُمْ بَعْدَ ذٰلِكَ لَمَیِّتُوْنَ ۟ؕ
१५) अनि यस पश्चात निश्चितरूपले तिमी सबै मर्छौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ اِنَّكُمْ یَوْمَ الْقِیٰمَةِ تُبْعَثُوْنَ ۟
१६) अनि कियामतको दिन तिमी निश्चय नै उठाइने छौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ خَلَقْنَا فَوْقَكُمْ سَبْعَ طَرَآىِٕقَ ۖۗ— وَمَا كُنَّا عَنِ الْخَلْقِ غٰفِلِیْنَ ۟
१७) हामीले तिमीमाथि सात आकाशहरू सृष्टि गरेका छौं र हामी प्राणीहरूबाट असावधान छैनौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاَنْزَلْنَا مِنَ السَّمَآءِ مَآءً بِقَدَرٍ فَاَسْكَنّٰهُ فِی الْاَرْضِ ۖۗ— وَاِنَّا عَلٰی ذَهَابٍ بِهٖ لَقٰدِرُوْنَ ۟ۚ
१८) र हामीले आकाशबाट एउटा ठीक अन्दाजले पानी बर्षाउँछौं, अनि हामीले त्यसलाई धर्तीमा रोक्छौं, र त्यसलाई विलुप्त गर्ने सामथ्र्य पनि हामीमा छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاَنْشَاْنَا لَكُمْ بِهٖ جَنّٰتٍ مِّنْ نَّخِیْلٍ وَّاَعْنَابٍ ۘ— لَكُمْ فِیْهَا فَوَاكِهُ كَثِیْرَةٌ وَّمِنْهَا تَاْكُلُوْنَ ۟ۙ
१९) अनि हामीले त्यसै पानीबाट तिम्रो निम्ति खजूर र अङ्गूरका बगैंचाहरू उत्पन्न गर्यौं । तिम्रो निम्ति त्यसमा धेरै फल–फूल छन् र तिनैबाट तिमीले खान्छौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَشَجَرَةً تَخْرُجُ مِنْ طُوْرِ سَیْنَآءَ تَنْۢبُتُ بِالدُّهْنِ وَصِبْغٍ لِّلْاٰكِلِیْنَ ۟
२०) र त्यो रुख (पनि हामीले नै सृष्टि गरेका छौं ।) जुन ‘‘तूरे सीना’’ पहाडबाट उत्पन्न हुन्छ जुन खानेहरूको लागि तेल र सालन लिएर उम्रन्छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِنَّ لَكُمْ فِی الْاَنْعَامِ لَعِبْرَةً ؕ— نُسْقِیْكُمْ مِّمَّا فِیْ بُطُوْنِهَا وَلَكُمْ فِیْهَا مَنَافِعُ كَثِیْرَةٌ وَّمِنْهَا تَاْكُلُوْنَ ۟ۙ
२१) र निश्चय नै तिम्रा निम्ति चौपायहरूमा पनि धेरै शिक्षा छ, तिनीहरूको पेटबाट हामीले तिमीलाई दूध खुवाउँछौं । र तिम्रो निम्ति तिनीहरूमा धेरै फाइदाहरू छन् र तिनीहरूमध्ये केहीलाई तिमी खान्छौ पनि ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَعَلَیْهَا وَعَلَی الْفُلْكِ تُحْمَلُوْنَ ۟۠
२२) र तिनीहरूमाथि र डुङ्गाहरूमा तिमी सवार हुन्छौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ اَرْسَلْنَا نُوْحًا اِلٰی قَوْمِهٖ فَقَالَ یٰقَوْمِ اعْبُدُوا اللّٰهَ مَا لَكُمْ مِّنْ اِلٰهٍ غَیْرُهٗ ؕ— اَفَلَا تَتَّقُوْنَ ۟
२३) निःसन्देह हामीले नूहलाई उनको समुदायतिर रसूल बनाएर पठायौं, र उनले तिनीहरूसित भनेकि हे समुदायका मानिसहरू ! अल्लाहकै पूजा गर, उस बाहेक तिम्रो अरु कोही पूज्य छैन, के तिमी डर्दैनौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَقَالَ الْمَلَؤُا الَّذِیْنَ كَفَرُوْا مِنْ قَوْمِهٖ مَا هٰذَاۤ اِلَّا بَشَرٌ مِّثْلُكُمْ ۙ— یُرِیْدُ اَنْ یَّتَفَضَّلَ عَلَیْكُمْ ؕ— وَلَوْ شَآءَ اللّٰهُ لَاَنْزَلَ مَلٰٓىِٕكَةً ۖۚ— مَّا سَمِعْنَا بِهٰذَا فِیْۤ اٰبَآىِٕنَا الْاَوَّلِیْنَ ۟ۚۖ
२४) तब उनको समुदायको नायकले जो काफिर थिए, स्पष्टसंग भन्नथालेः कि यो त तिमी जस्तै मानिस हो, तिमीमाथि श्रेष्ठता प्राप्त गर्न चाहन्छ र यदि अल्लाहले चाहेको भए कुनै फरिश्ताहरूलाई (स्वर्गदूतहरूलाई) पठाउने थियो । हामीले त आफ्नो पूर्वजहरूबाट यो कुरा कहिल्यै पनि सुनेनौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنْ هُوَ اِلَّا رَجُلٌۢ بِهٖ جِنَّةٌ فَتَرَبَّصُوْا بِهٖ حَتّٰی حِیْنٍ ۟
२५) यो त पक्कै उन्मादग्रस्त व्यक्ति हो अतः एक निश्चित अवधिसम्म तिमीले यसलाई छूट देऊ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ رَبِّ انْصُرْنِیْ بِمَا كَذَّبُوْنِ ۟
२६) (नूहले) प्रार्थना गरे कि हे पालनकर्ता ! उनीहरूले मलाई झूठा भनेका छन्, तिमीले मेरो मद्दत गर ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاَوْحَیْنَاۤ اِلَیْهِ اَنِ اصْنَعِ الْفُلْكَ بِاَعْیُنِنَا وَوَحْیِنَا فَاِذَا جَآءَ اَمْرُنَا وَفَارَ التَّنُّوْرُ ۙ— فَاسْلُكْ فِیْهَا مِنْ كُلٍّ زَوْجَیْنِ اثْنَیْنِ وَاَهْلَكَ اِلَّا مَنْ سَبَقَ عَلَیْهِ الْقَوْلُ مِنْهُمْ ۚ— وَلَا تُخَاطِبْنِیْ فِی الَّذِیْنَ ظَلَمُوْا ۚ— اِنَّهُمْ مُّغْرَقُوْنَ ۟
२७) तब हामीले उनीतिर ‘‘वह्य’’ पठायौं कि हाम्रो आँखाको अगाडि र हाम्रो ‘‘वह्य’’ अनुसार एउटा डुङ्गा बनाऊ, अनि जब हाम्रो आदेश आउँछ र जब पानीको बाढी आउँछ तब प्रत्येक प्रजातिहरूमध्येबाट एक–एक जोडी त्यसमा राखिहाल, र आफन्तहरूलाई पनि, तर उनी बाहेक जसको विरुद्ध हामीले निर्णय दिइसकेका छौं र अत्याचारीहरूको विषयमा मसित कुरा नगर्नु । तिनीहरू त डुबाइने नै छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاِذَا اسْتَوَیْتَ اَنْتَ وَمَنْ مَّعَكَ عَلَی الْفُلْكِ فَقُلِ الْحَمْدُ لِلّٰهِ الَّذِیْ نَجّٰىنَا مِنَ الْقَوْمِ الظّٰلِمِیْنَ ۟
२८) र जब तिमी र तिम्रा साथीहरू डुङ्गामा राम्रोसंग बसिहाल्छौ तब (अल्लाहप्रति आभार प्रकट गर्नु र) भन्नु कि प्रशंसा अल्लाहकै लागि हो, जसले कि हामीलाई अत्याचारीहरूबाट छुटकारा प्रदान गर्यो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقُلْ رَّبِّ اَنْزِلْنِیْ مُنْزَلًا مُّبٰرَكًا وَّاَنْتَ خَیْرُ الْمُنْزِلِیْنَ ۟
२९) र त्यो पनि प्रार्थना गर्नु कि हे पालनकर्ता ! हामीलाई कल्याणकारी ठाउँमा उर्तानु र तिमी नै सबैभन्दा राम्रो उतार्नेवाला हौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ وَّاِنْ كُنَّا لَمُبْتَلِیْنَ ۟
३०) निःसन्देह यस (घटना) मा निशानीहरू छन् र हामीले त परीक्षा गर्नुछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ اَنْشَاْنَا مِنْ بَعْدِهِمْ قَرْنًا اٰخَرِیْنَ ۟ۚ
३१) फेरि उनीहरू पश्चात हामीले अरु समुदायहरू पनि सृष्टि गर्यौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاَرْسَلْنَا فِیْهِمْ رَسُوْلًا مِّنْهُمْ اَنِ اعْبُدُوا اللّٰهَ مَا لَكُمْ مِّنْ اِلٰهٍ غَیْرُهٗ ؕ— اَفَلَا تَتَّقُوْنَ ۟۠
३२) फेरि उनीहरूमध्येबाटै पैगम्बर सन्देष्टा पठायौं, कि तिमीहरू सबै अल्लाहको पूजा गर, उस बाहेक तिम्रो कोही पूज्य छैन । अनि के तिमी डर्दैनौ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالَ الْمَلَاُ مِنْ قَوْمِهِ الَّذِیْنَ كَفَرُوْا وَكَذَّبُوْا بِلِقَآءِ الْاٰخِرَةِ وَاَتْرَفْنٰهُمْ فِی الْحَیٰوةِ الدُّنْیَا ۙ— مَا هٰذَاۤ اِلَّا بَشَرٌ مِّثْلُكُمْ ۙ— یَاْكُلُ مِمَّا تَاْكُلُوْنَ مِنْهُ وَیَشْرَبُ مِمَّا تَشْرَبُوْنَ ۟ۙ
३३) अनि उनको समुदायका सरदारहरूले जो काफिर थिए र आखिरतको आगमनलाई झूठा ठान्दथे र जसलाई हामीले सांसारिक जीवनमा सुख प्रदान गरेका थियौं, तिनीहरूले जवाफ दिन थालेः कि यो त तिमी जस्तै एउटा मानिस हो । जुन किसिमले खाना तिमीले खान्छौ, त्यस्तै प्रकारको खाना यसले पनि खान्छ, र जुन पानी तिमी पिउँदछौ, त्यस्तै यसले पनि पिउँछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَىِٕنْ اَطَعْتُمْ بَشَرًا مِّثْلَكُمْ ۙ— اِنَّكُمْ اِذًا لَّخٰسِرُوْنَ ۟ۙ
३४) यदि तिमीले आफू जस्तै एउटा मानिसले भनेको मान्यौ भने तिमी धेरै घाटामा परिहाल्छौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَیَعِدُكُمْ اَنَّكُمْ اِذَا مِتُّمْ وَكُنْتُمْ تُرَابًا وَّعِظَامًا اَنَّكُمْ مُّخْرَجُوْنَ ۟
३५) के यसले तिमीसित यस कुराको वचन गर्दछ कि जब तिमी मरेर हाँड र माटो भइहाल्छौ तब तिमी फेरि जिन्दा (जीवित) गरिने छौ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
هَیْهَاتَ هَیْهَاتَ لِمَا تُوْعَدُوْنَ ۟
३६) होइन–होइन जुन कुराको तिमीलाई वचन दिइन्छ, त्यो धेरै धेरै टाढा छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنْ هِیَ اِلَّا حَیَاتُنَا الدُّنْیَا نَمُوْتُ وَنَحْیَا وَمَا نَحْنُ بِمَبْعُوْثِیْنَ ۟
३७) जिन्दगी भनेको यही हाम्रो संसारिक जीवन नै हो, हामी मर्दै र बाँच्दै रहनेछौं र हामी फेरि उठाइने छैनौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنْ هُوَ اِلَّا رَجُلُ ١فْتَرٰی عَلَی اللّٰهِ كَذِبًا وَّمَا نَحْنُ لَهٗ بِمُؤْمِنِیْنَ ۟
३८) यो त यस्तो मान्छे हो जसले कि अल्लाहको बारेमा मनगढन्ते कुरा गर्दछ र यसको कुरामाथि हामीले ईमान ल्याउने छैनौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ رَبِّ انْصُرْنِیْ بِمَا كَذَّبُوْنِ ۟
३९) (पैगम्बरले) भनेः कि पालनकर्ता ! उनीहरूले मलाई झूठा ठान्दछन्, तिमीले मेरो सहायता गर ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ عَمَّا قَلِیْلٍ لَّیُصْبِحُنَّ نٰدِمِیْنَ ۟ۚ
४०) जवाफ आयो यिनीहरूले शीघ्र नै लज्जित हुनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاَخَذَتْهُمُ الصَّیْحَةُ بِالْحَقِّ فَجَعَلْنٰهُمْ غُثَآءً ۚ— فَبُعْدًا لِّلْقَوْمِ الظّٰلِمِیْنَ ۟
४१) अन्ततः गत्वा न्यायको माँग अनुसार तिनीहरूलाई एउटा प्रचण्ड चित्कारले समातिहाल्यो र तिनीहरूलाई कूडा–करकट बनाइहाल्यौ । अतः धिक्कार छ यस्ता अत्याचारीहरूलाई ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ اَنْشَاْنَا مِنْ بَعْدِهِمْ قُرُوْنًا اٰخَرِیْنَ ۟ؕ
४२) अनि हामीले तिनीहरू पश्चात अन्य धेरै समुदायहरू (नस्ल)लाई सृष्टि गर्यौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
مَا تَسْبِقُ مِنْ اُمَّةٍ اَجَلَهَا وَمَا یَسْتَاْخِرُوْنَ ۟ؕ
४३) न कुनै पनि समुदाय आफ्नो निर्धारित समयभन्दा अगाडि जान सक्तछ न पछाडि रहन सक्तछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ اَرْسَلْنَا رُسُلَنَا تَتْرَا ؕ— كُلَّ مَا جَآءَ اُمَّةً رَّسُوْلُهَا كَذَّبُوْهُ فَاَتْبَعْنَا بَعْضَهُمْ بَعْضًا وَّجَعَلْنٰهُمْ اَحَادِیْثَ ۚ— فَبُعْدًا لِّقَوْمٍ لَّا یُؤْمِنُوْنَ ۟
४४) अनि हामीले (एकपछि अर्को) निरन्तर आफ्नो रसूलहरू पठायौं । जहिले पनि कुनै समुदायमा उसको रसूल आयो त्यसका मानिसहरूले त्यसलाई असत्य भने । अतः हामीले एकलाई अर्काको पछाडि (विनाशको लागि) लगाउँदै गर्यौं र हामीले उनीहरूलाई यस्तो गरिहाल्यौं, कि उनीहरू कथाहरूको रूपमा मात्र बाँकी रहे । तसर्थ धिक्कार छ तिनीहरूमाथि जसले ईमान ल्याउँदैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ اَرْسَلْنَا مُوْسٰی وَاَخَاهُ هٰرُوْنَ ۙ۬— بِاٰیٰتِنَا وَسُلْطٰنٍ مُّبِیْنٍ ۟ۙ
४५) अनि हामीले ‘‘मूसा’’ र उनको भाइ ‘‘हारून’’ लाई आफ्ना निशानीहरू र स्पष्ट प्रमाणहरू दिएर पठायौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِلٰی فِرْعَوْنَ وَمَلَاۡىِٕهٖ فَاسْتَكْبَرُوْا وَكَانُوْا قَوْمًا عَالِیْنَ ۟ۚ
४६) फिरऔन र त्यसका सरदारहरूतिर तब उनीहरूले घमण्ड गरे, र उनीहरू अट्टेरी नै थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَقَالُوْۤا اَنُؤْمِنُ لِبَشَرَیْنِ مِثْلِنَا وَقَوْمُهُمَا لَنَا عٰبِدُوْنَ ۟ۚ
४७) (अनि तिनीहरू) भन्न थालेः कि के हामीले आफू जस्तै दुईजना मानिसहरूमाथि ईमान ल्याउँछौं, जबकि उनको समुदाय पनि हाम्रो अधीनमा छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَكَذَّبُوْهُمَا فَكَانُوْا مِنَ الْمُهْلَكِیْنَ ۟
४८) अतः उनीहरूले ती दुईटैलाई झूठा भने र अन्तमा तिनीहरू पनि नष्ट हुनेहरूमा शम्मिलित भइहाले ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ اٰتَیْنَا مُوْسَی الْكِتٰبَ لَعَلَّهُمْ یَهْتَدُوْنَ ۟
४९) र हामीले त मूसालाई किताब प्रदान गर्यौं ताकि उनीहरू सही मार्गदर्शन प्राप्त गर्न सकुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَجَعَلْنَا ابْنَ مَرْیَمَ وَاُمَّهٗۤ اٰیَةً وَّاٰوَیْنٰهُمَاۤ اِلٰی رَبْوَةٍ ذَاتِ قَرَارٍ وَّمَعِیْنٍ ۟۠
५०) हामीले ‘‘मरियम’’ र उनको छोरा (ईसा) लाई एउटा निशानी बनाएका थियौं र उनीहरूलाई एउटा उच्च ठाउँमा जुन बस्न लायक थियो र जहाँ स्वच्छ पानी बगिराखेको थियो, त्यहाँ शरण प्रदान गर्यौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا الرُّسُلُ كُلُوْا مِنَ الطَّیِّبٰتِ وَاعْمَلُوْا صَالِحًا ؕ— اِنِّیْ بِمَا تَعْمَلُوْنَ عَلِیْمٌ ۟ؕ
५१) हे पैगम्बरहरू ! पवित्र कुरा खाऊ र असल कर्म गर । जुन क्रियाकलाप तिमीले गर्दछौ, त्यो मलाई थाहा छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِنَّ هٰذِهٖۤ اُمَّتُكُمْ اُمَّةً وَّاحِدَةً وَّاَنَا رَبُّكُمْ فَاتَّقُوْنِ ۟
५२) तिम्रो यो धर्म निश्चितरूपले वास्तवमा एउटै धर्म हो । र म तिम्रो पालनकर्ता हूँ, तसर्थ मसित डर ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَتَقَطَّعُوْۤا اَمْرَهُمْ بَیْنَهُمْ زُبُرًا ؕ— كُلُّ حِزْبٍۭ بِمَا لَدَیْهِمْ فَرِحُوْنَ ۟
५३) किन्तु उनीहरूले स्वयम् आफ्नो काम (धर्म) लाई परस्पर टुक्रा–टुक्रा गरिहाले । प्रत्येक समूह त्यसैमा मग्न छ जुन उसको पासमा छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَذَرْهُمْ فِیْ غَمْرَتِهِمْ حَتّٰی حِیْنٍ ۟
५४) तसर्थ तपाईले उनीहरूलाई एउटा निश्चित समयसम्म उनीहरूकै अज्ञानतामा रहनदिनुस् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَیَحْسَبُوْنَ اَنَّمَا نُمِدُّهُمْ بِهٖ مِنْ مَّالٍ وَّبَنِیْنَ ۟ۙ
५५) के यिनीहरूले यो सम्झनछन् कि, हामीले जुन तिनीहरूको सन्तान र धन बढाइरहेका छौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
نُسَارِعُ لَهُمْ فِی الْخَیْرٰتِ ؕ— بَلْ لَّا یَشْعُرُوْنَ ۟
५६) त यो उनीहरूको हितको निम्ति शीघ्रता गरिराखेका छौं । होइन, बरु उनीहरूलाई यसको अनुभूति छैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ الَّذِیْنَ هُمْ مِّنْ خَشْیَةِ رَبِّهِمْ مُّشْفِقُوْنَ ۟ۙ
५७) निःसन्देह जुन मानिसहरू आफ्नो पालनकर्तासित तर्सन्छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ هُمْ بِاٰیٰتِ رَبِّهِمْ یُؤْمِنُوْنَ ۟ۙ
५८) र जसले आफ्नो पालनकर्ताका प्रतीकहरूमाथि आस्था राख्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ هُمْ بِرَبِّهِمْ لَا یُشْرِكُوْنَ ۟ۙ
५९) र जसले आफ्नो पालनकर्तासित अरु कसैको साझेदारी ठहराउँदैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ یُؤْتُوْنَ مَاۤ اٰتَوْا وَّقُلُوْبُهُمْ وَجِلَةٌ اَنَّهُمْ اِلٰی رَبِّهِمْ رٰجِعُوْنَ ۟ۙ
६०) र जे दिन सक्दछन् दिन्छन् र उनीहरूको हृदय यस कुराबाट काम्ने गर्दछन् कि उनीहरूलाई आफ्नो पालनकर्तातिर फर्केर जानुछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اُولٰٓىِٕكَ یُسٰرِعُوْنَ فِی الْخَیْرٰتِ وَهُمْ لَهَا سٰبِقُوْنَ ۟
६१) यी नै ती मानिसहरू हुन्, जसले भलोको काममा शीघ्रता गर्दछन् र यही त्यसमा अग्रसर रहनेवाला छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَا نُكَلِّفُ نَفْسًا اِلَّا وُسْعَهَا وَلَدَیْنَا كِتٰبٌ یَّنْطِقُ بِالْحَقِّ وَهُمْ لَا یُظْلَمُوْنَ ۟
६२) हामीले कुनैपनि व्यक्तिलाई उसको क्षमताभन्दा बढी कष्ट दिदैनौं । र हाम्रो साथमा यस्तो किताब छ जुन सत्य बोल्दछ र ती (मानिसहरू) माथि केही अत्याचार गरिनेछैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
بَلْ قُلُوْبُهُمْ فِیْ غَمْرَةٍ مِّنْ هٰذَا وَلَهُمْ اَعْمَالٌ مِّنْ دُوْنِ ذٰلِكَ هُمْ لَهَا عٰمِلُوْنَ ۟
६३) तर उनीहरका हृदय यी (कुराहरू) तिर अज्ञानतामा परिराखेका छन्, र यस बाहेक अरु कर्महरू छन् जुन् कि यिनीहर गर्दै गर्नेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
حَتّٰۤی اِذَاۤ اَخَذْنَا مُتْرَفِیْهِمْ بِالْعَذَابِ اِذَا هُمْ یَجْـَٔرُوْنَ ۟ؕ
६३) तर उनीहरूका हृदय यी (कुराहरू) तिर अज्ञानतामा परिराखेका छन्, र यस बाहेक अरु कर्महरू छन् जुन् कि यिनीहरू गर्दै गर्नेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَا تَجْـَٔرُوا الْیَوْمَ ۫— اِنَّكُمْ مِّنَّا لَا تُنْصَرُوْنَ ۟
६५) आज विलाप नगर, निश्चय नै तिमीले हाम्रो विरुद्ध कुनै सहायता पाउने छैनौ’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَدْ كَانَتْ اٰیٰتِیْ تُتْلٰی عَلَیْكُمْ فَكُنْتُمْ عَلٰۤی اَعْقَابِكُمْ تَنْكِصُوْنَ ۟ۙ
६६) मेरा आयतहरू तिम्रो सामु पढेर सुनाइन्थे, तैपनि तिमीले उल्टै फर्किहाल्थ्यौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
مُسْتَكْبِرِیْنَ ۖۚۗ— بِهٖ سٰمِرًا تَهْجُرُوْنَ ۟
६७) अकडका साथ र बकवास गर्दै त्यसलाई छाडि दिन्थ्यौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَفَلَمْ یَدَّبَّرُوا الْقَوْلَ اَمْ جَآءَهُمْ مَّا لَمْ یَاْتِ اٰبَآءَهُمُ الْاَوَّلِیْنَ ۟ؗ
६८) के उनीहरूले यस कुरामाथि ध्यानै दिएनन् ? वा उनीहरू नजिक त्यो आयो जुन उनको बाबु बाजे नजिक आएको थिएन ?
የአረብኛ ቁርኣን ማብራሪያ:
اَمْ لَمْ یَعْرِفُوْا رَسُوْلَهُمْ فَهُمْ لَهٗ مُنْكِرُوْنَ ۟ؗ
६९) वा यिनीहरूले आफ्नो पैगम्बरलाई चिनेनन् यसकारण उसलाई मान्दैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَمْ یَقُوْلُوْنَ بِهٖ جِنَّةٌ ؕ— بَلْ جَآءَهُمْ بِالْحَقِّ وَاَكْثَرُهُمْ لِلْحَقِّ كٰرِهُوْنَ ۟
७०) वा यो भन्छन् कि यो उन्मादी हो । जबकि उसले उनीहरूको सामु सत्य कुरा लिएर आएको छ । हो, उनीहरूमध्ये अधिकांशलाई सत्य अप्रिय छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَوِ اتَّبَعَ الْحَقُّ اَهْوَآءَهُمْ لَفَسَدَتِ السَّمٰوٰتُ وَالْاَرْضُ وَمَنْ فِیْهِنَّ ؕ— بَلْ اَتَیْنٰهُمْ بِذِكْرِهِمْ فَهُمْ عَنْ ذِكْرِهِمْ مُّعْرِضُوْنَ ۟ؕ
७१) यदि सत्य, उनीहरूको इच्छाको पछि– पछि हिँड्ने भएको भए समस्त आकाश र धर्ती र जे जति उनीहरूको बीचमा छ, सबैमा विगार उत्पन्न भइहाल्ने थियो । होइन, बरु सत्य यो हो कि हामीले उनीहरूको सामु उनीहरूको (भागको) उपदेश पुर्याइदिएका छौं । तर उनीहरू आफ्नो उपदेशबाट मुख फर्काइरहेका छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَمْ تَسْـَٔلُهُمْ خَرْجًا فَخَرَاجُ رَبِّكَ خَیْرٌ ۖۗ— وَّهُوَ خَیْرُ الرّٰزِقِیْنَ ۟
७२) के तपाईले उनीहरूसित केही पारिश्रमिक माँगी रहनुभएको छ ? यादराख्नुस् तपाईको स्वामीबाट प्रदान गरिएको कुरा नै उत्तम छ र त्यो सबभन्दा राम्रो जीविका प्रदान गर्नेवाला हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِنَّكَ لَتَدْعُوْهُمْ اِلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟
७३) र वास्तवमा तपाईले उनीहरूलाई सोझो मार्गमा बोलाइरहनु भएको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِنَّ الَّذِیْنَ لَا یُؤْمِنُوْنَ بِالْاٰخِرَةِ عَنِ الصِّرَاطِ لَنٰكِبُوْنَ ۟
७४) निश्चितरूपले जुन मानिसहरू आखिरतमाथि आस्था राख्दैनन् उनीहरू यस मार्गबाट विचलित भई हिड्नेवाला छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَوْ رَحِمْنٰهُمْ وَكَشَفْنَا مَا بِهِمْ مِّنْ ضُرٍّ لَّلَجُّوْا فِیْ طُغْیَانِهِمْ یَعْمَهُوْنَ ۟
७५) र यदि हामीले उनीहरूमाथि दया गथ्र्यौ र उनीहरूको कष्ट हटायाैं भने उनीहरू आफ्नो अट्टेरीपनामा अरु बहकी रहनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ اَخَذْنٰهُمْ بِالْعَذَابِ فَمَا اسْتَكَانُوْا لِرَبِّهِمْ وَمَا یَتَضَرَّعُوْنَ ۟
७६) यद्यपि हामीले उनीहरूलाई यातनामा समात्यौं तैपनि उनीहरू न आफ्नो पालनकर्ताको अगाडि नतमस्तक भए नत उनीहरू याचना नै गरे ।
የአረብኛ ቁርኣን ማብራሪያ:
حَتّٰۤی اِذَا فَتَحْنَا عَلَیْهِمْ بَابًا ذَا عَذَابٍ شَدِیْدٍ اِذَا هُمْ فِیْهِ مُبْلِسُوْنَ ۟۠
७७) यहाँसम्म कि हामीले जब उनीहरूमाथि तीव्र सजायको ढोका खोलिदियौं तब त्यसबेला उनीहरू निराश भइहाले ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَهُوَ الَّذِیْۤ اَنْشَاَ لَكُمُ السَّمْعَ وَالْاَبْصَارَ وَالْاَفْـِٕدَةَ ؕ— قَلِیْلًا مَّا تَشْكُرُوْنَ ۟
७८) र त्यही अल्लाह हो जसले तिम्रो लागि कान र आँखाहरू तथा हृदयहरू बनायो । तर तिमीले थोरै कृतज्ञता प्रकट गर्दछौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَهُوَ الَّذِیْ ذَرَاَكُمْ فِی الْاَرْضِ وَاِلَیْهِ تُحْشَرُوْنَ ۟
७९) र उही त हो जसले तिमीलाई सृष्टि गरेर पृथ्वीमा फैलाइदियो र उसैतिर तिमी एकत्रित गरिने छौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَهُوَ الَّذِیْ یُحْیٖ وَیُمِیْتُ وَلَهُ اخْتِلَافُ الَّیْلِ وَالنَّهَارِ ؕ— اَفَلَا تَعْقِلُوْنَ ۟
८०) र उही हो जसले जीवन प्रदान गर्दछ, र मृत्यु दिन्छ र एकपछि अर्को आउने रात र दिन उसैको अधिकारमा छ, के तिमीले बुझ्दैनौ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
بَلْ قَالُوْا مِثْلَ مَا قَالَ الْاَوَّلُوْنَ ۟
८१) कुरा यो छ कि जुन कुरा अघिकाले भन्दथे, उस्तै प्रकारको कुरा यिनीहरूले पनि भन्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالُوْۤا ءَاِذَا مِتْنَا وَكُنَّا تُرَابًا وَّعِظَامًا ءَاِنَّا لَمَبْعُوْثُوْنَ ۟
८२) (भन्दछन्ः) कि जब हामी मरेर माटो र हड्डीहरू भइहाल्नेछौं तै पनि के हामी फेरि उठाइने छौं र ?
የአረብኛ ቁርኣን ማብራሪያ:
لَقَدْ وُعِدْنَا نَحْنُ وَاٰبَآؤُنَا هٰذَا مِنْ قَبْلُ اِنْ هٰذَاۤ اِلَّاۤ اَسَاطِیْرُ الْاَوَّلِیْنَ ۟
८३) यो वाचा हामीसित र हामीभन्दा पहिला हाम्रा बाबु बाजेहरूसित पनि हुँदै आएको छ, यो त मात्र अघिका मानिसहरूका कथाहरू हुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ لِّمَنِ الْاَرْضُ وَمَنْ فِیْهَاۤ اِنْ كُنْتُمْ تَعْلَمُوْنَ ۟
८४) सोध्नुस् त जमिन, र जेजति जमिनमा छन् (सबै) कसका सम्पत्ति हुन् बताऊ यदि थाह छ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
سَیَقُوْلُوْنَ لِلّٰهِ ؕ— قُلْ اَفَلَا تَذَكَّرُوْنَ ۟
८५) तुरुन्त जवाफ दिनेछन्ः कि अल्लाहको । भन्नुस् त्यसो भए तिमी किन उपदेश मान्दैनौ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ مَنْ رَّبُّ السَّمٰوٰتِ السَّبْعِ وَرَبُّ الْعَرْشِ الْعَظِیْمِ ۟
८६) सोध्नुस् किः सात आकाशहरूको स्वामी को हो र महान सत्तासनको मालिक को हो ?
የአረብኛ ቁርኣን ማብራሪያ:
سَیَقُوْلُوْنَ لِلّٰهِ ؕ— قُلْ اَفَلَا تَتَّقُوْنَ ۟
८७) उनीहरूले जवाफ दिनेछन्ः कि अल्लाह नै हो, भन्नुस् कि त्यसो भए किन डर मान्दैनौ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ مَنْ بِیَدِهٖ مَلَكُوْتُ كُلِّ شَیْءٍ وَّهُوَ یُجِیْرُ وَلَا یُجَارُ عَلَیْهِ اِنْ كُنْتُمْ تَعْلَمُوْنَ ۟
८८) सोध्नुस् कि यदि तिमी जान्दछौ भने भनकि त्यो को हो जसको हातमा हरेक कुराको आधिपत्य छ र उसले शरण दिन्छ र उसको दाँजोमा कसैले कसैलाई शरण दिन सक्दैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
سَیَقُوْلُوْنَ لِلّٰهِ ؕ— قُلْ فَاَنّٰی تُسْحَرُوْنَ ۟
८९) यही जवाफ दिनेछन्ः कि अल्लाह नै हो । भन्नुस् किः त्यसो भए तिमीमाथि जादू कहाँबाट चल्छ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
بَلْ اَتَیْنٰهُمْ بِالْحَقِّ وَاِنَّهُمْ لَكٰذِبُوْنَ ۟
९०) सत्य यो छ कि हामीले उनीहरूको सामु सत्य कुरा पुर्याइदिएका छौं र यिनीहरू निःसन्देह झूठा छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
مَا اتَّخَذَ اللّٰهُ مِنْ وَّلَدٍ وَّمَا كَانَ مَعَهٗ مِنْ اِلٰهٍ اِذًا لَّذَهَبَ كُلُّ اِلٰهٍ بِمَا خَلَقَ وَلَعَلَا بَعْضُهُمْ عَلٰی بَعْضٍ ؕ— سُبْحٰنَ اللّٰهِ عَمَّا یَصِفُوْنَ ۟ۙ
९१) अल्लाहले नत कसैलाई छोरा बनाएको छ र नत उसको साथमा अरु कोही पूज्य छ, अन्यथा प्रत्येक पूज्यले आफ्नो सृष्टिलाई लिएर अलग अलग हिड्ने थियो, र प्रत्येक एक अर्कामाथि आक्रमण गरिहाल्थ्यो । महान र उच्च छ अल्लाह ती कुराहरूबाट जुन उनीहरूले वर्णन गर्छन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
عٰلِمِ الْغَیْبِ وَالشَّهَادَةِ فَتَعٰلٰی عَمَّا یُشْرِكُوْنَ ۟۠
९२) ऊ लुकेको र प्रकट कुरा जान्दछ र जो उसको साथमा अन्यलाई साझेदार ठहराउँदछन् त्यसभन्दा ऊ उच्च छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ رَّبِّ اِمَّا تُرِیَنِّیْ مَا یُوْعَدُوْنَ ۟ۙ
९३) (हे मुहम्मद !) तपाईले प्रार्थना गर्नुस् कि हे पालनकर्ता ! जुन (सजाय) को वचन यिनीहरूसित भएको छ, यदि तिमीले मेरो जिन्दगीमा नै उनीहरूमाथि उतारेर देखाउँछौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
رَبِّ فَلَا تَجْعَلْنِیْ فِی الْقَوْمِ الظّٰلِمِیْنَ ۟
९४) भने हे पालनकर्ता ! मलाई यी अत्याचारीहरूको समूहमा शम्मिलित नगर्नु ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِنَّا عَلٰۤی اَنْ نُّرِیَكَ مَا نَعِدُهُمْ لَقٰدِرُوْنَ ۟
९५) निश्चय नै हामी यस कुराको सामथ्र्य राख्दछौं कि हामीले उनीहरूसित जुन वचन गरिराखेका छौं त्यो तपाईलाई देखाइहालौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِدْفَعْ بِالَّتِیْ هِیَ اَحْسَنُ السَّیِّئَةَ ؕ— نَحْنُ اَعْلَمُ بِمَا یَصِفُوْنَ ۟
९६) र नराम्रो कुराको उत्तरमा यस्तो कुरा भन जुनकि धेरै राम्रो होस् यिनीहरूले जेजति वर्णन गर्छन हामीलाई सबै थाहा छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقُلْ رَّبِّ اَعُوْذُ بِكَ مِنْ هَمَزٰتِ الشَّیٰطِیْنِ ۟ۙ
९७) र भन्नुस् हे पालनकर्ता म शैतानहरूको उकसाहटबाट तिम्रो शरण चाहन्छु ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاَعُوْذُ بِكَ رَبِّ اَنْ یَّحْضُرُوْنِ ۟
९८) हे पालनकर्ता ! यसकारण पनि तिम्रो शरण माँग्दछु ताकि तिनीहरू मेरो सामु उपस्थित नहोउन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
حَتّٰۤی اِذَا جَآءَ اَحَدَهُمُ الْمَوْتُ قَالَ رَبِّ ارْجِعُوْنِ ۟ۙ
९९) यहाँसम्म कि जब उनीबाट कसैको मृत्यु नजिक हुन्छ त भन्छन्ः मेरो पालनकर्ता मलाई फर्काइदेऊ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَعَلِّیْۤ اَعْمَلُ صَالِحًا فِیْمَا تَرَكْتُ كَلَّا ؕ— اِنَّهَا كَلِمَةٌ هُوَ قَآىِٕلُهَا ؕ— وَمِنْ وَّرَآىِٕهِمْ بَرْزَخٌ اِلٰی یَوْمِ یُبْعَثُوْنَ ۟
१००) ताकि जुन (संसार)लाई म छोडेर आएको छु त्यसमा म राम्रो काम गरूँ, कदापि यस्तो हुनेछैन । यो त खाली एउटा कुरा हो जुन उसले भन्नेछ (त्यो पूरा हुनेछैन) र उनीहरूको पछाडि एक प्रकारको पर्दा छ, त्यो दिनसम्म जबकि पुनः उठाइनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاِذَا نُفِخَ فِی الصُّوْرِ فَلَاۤ اَنْسَابَ بَیْنَهُمْ یَوْمَىِٕذٍ وَّلَا یَتَسَآءَلُوْنَ ۟
१०१) अनि जब सूर फूँकिन्छ, तब त्यहाँ तिनीहरूमा नत रिश्ता, नातेदारी रहनेछ नत एक अर्काबीच सोधपूछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَمَنْ ثَقُلَتْ مَوَازِیْنُهٗ فَاُولٰٓىِٕكَ هُمُ الْمُفْلِحُوْنَ ۟
१०२) जसको कर्मको भार गर्हुङ्गो हुनेछ, उनीहरू सफलता प्राप्त गर्नेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَنْ خَفَّتْ مَوَازِیْنُهٗ فَاُولٰٓىِٕكَ الَّذِیْنَ خَسِرُوْۤا اَنْفُسَهُمْ فِیْ جَهَنَّمَ خٰلِدُوْنَ ۟ۚ
१०३) र जसको भार हर्लुङ्गो हुनेछ, उनीहरू त्यस्ता मानिस हुन् जसले आफूलाई हानिमा पारे, सधैंको लागि नर्कमा रहनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
تَلْفَحُ وُجُوْهَهُمُ النَّارُ وَهُمْ فِیْهَا كٰلِحُوْنَ ۟
१०४) आगोले उनीहरूको अनुहारलाई पोलिरहने छ, र त्यसमा उनीहरूको अनुहार विकृत भइराखेका हुन्छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَلَمْ تَكُنْ اٰیٰتِیْ تُتْلٰی عَلَیْكُمْ فَكُنْتُمْ بِهَا تُكَذِّبُوْنَ ۟
१०५) के तिम्रो अगाडी मेरा आयतहरू पढेर सुनाइन्नथे ? र तैपनि तिमीले तिनलाई झूठो मान्थ्यो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالُوْا رَبَّنَا غَلَبَتْ عَلَیْنَا شِقْوَتُنَا وَكُنَّا قَوْمًا ضَآلِّیْنَ ۟
१०६) (तिनीहरू) भन्नेछन, हे हाम्रो पालनकर्ता । हाम्रो दुर्भाग्य हामीमाथि प्रभावित भयो र हामी पथविचलित मानिस थियौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
رَبَّنَاۤ اَخْرِجْنَا مِنْهَا فَاِنْ عُدْنَا فَاِنَّا ظٰلِمُوْنَ ۟
१०७) हे हाम्रो पालनकर्ता ! हामीलाई यहाँबाट मुक्ति देऊ अनि यदि तैपनि हामीले पुनः यस्तो गर्छौं भने निश्चय नै हामी अत्याचारी हुनेछौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ اخْسَـُٔوْا فِیْهَا وَلَا تُكَلِّمُوْنِ ۟
१०८) अल्लाहबाट आदेश हुनेछ, कि यसैमा तिरस्कृत भई बसिराख र मसित कुरा नगर ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّهٗ كَانَ فَرِیْقٌ مِّنْ عِبَادِیْ یَقُوْلُوْنَ رَبَّنَاۤ اٰمَنَّا فَاغْفِرْ لَنَا وَارْحَمْنَا وَاَنْتَ خَیْرُ الرّٰحِمِیْنَ ۟ۚۖ
१०९) मेरा भक्तहरूमा केही यस्ता मानिसहरू थिए जसले भन्दैथिएः कि हे हाम्रो पालनकर्ता हामीहरूले ईमान ल्याइसकेका छौं तिमीले हामीलाई क्षमा गरिदेऊ, र हामीमाथि दया गर र तिमी सबैभन्दा राम्रो दया गर्नेवाला हौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاتَّخَذْتُمُوْهُمْ سِخْرِیًّا حَتّٰۤی اَنْسَوْكُمْ ذِكْرِیْ وَكُنْتُمْ مِّنْهُمْ تَضْحَكُوْنَ ۟
११०) तर तिमीले उनको उपहास गर्यौ, यहाँसम्म कि उनको कारण तिमीले मेरो सम्झना पनि बिर्सिहाल्यौ र तिमीेले उनीमाथि हाँस्दै गर्यौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنِّیْ جَزَیْتُهُمُ الْیَوْمَ بِمَا صَبَرُوْۤا ۙ— اَنَّهُمْ هُمُ الْفَآىِٕزُوْنَ ۟
१११) आज मैले उनीहरूको धैर्यको प्रतिफल प्रदान गरेकोछु । उनीहरू आफ्नो लक्ष्य प्राप्त गरेका छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قٰلَ كَمْ لَبِثْتُمْ فِی الْاَرْضِ عَدَدَ سِنِیْنَ ۟
११२) अल्लाह सोध्नेछः कि तिमी धर्तीमा कति वर्ष बस्यौ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالُوْا لَبِثْنَا یَوْمًا اَوْ بَعْضَ یَوْمٍ فَسْـَٔلِ الْعَآدِّیْنَ ۟
११३) उनीहरूले भन्नेछन् कि हामी एक दिन वा एकदिनभन्दा पनि कम बस्यौं । गणना गर्नेवालाहरूसित सोधिहाल्नुस् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قٰلَ اِنْ لَّبِثْتُمْ اِلَّا قَلِیْلًا لَّوْ اَنَّكُمْ كُنْتُمْ تَعْلَمُوْنَ ۟
११४) अल्लाहले भन्नेछः कि (त्यहाँ) तिमी साह्रै नै कम बस्यौं । कति राम्रो हुनेथियो यदि तिमीले जानेको भए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَفَحَسِبْتُمْ اَنَّمَا خَلَقْنٰكُمْ عَبَثًا وَّاَنَّكُمْ اِلَیْنَا لَا تُرْجَعُوْنَ ۟
११५) के तिमीले यो ठानेका छौ, कि हामीले तिमीलाई व्यर्थमा सृष्टि गरेका छौं र यो कि तिमीलाई हामीतिर फर्काइनेछैन ?
የአረብኛ ቁርኣን ማብራሪያ:
فَتَعٰلَی اللّٰهُ الْمَلِكُ الْحَقُّ ۚ— لَاۤ اِلٰهَ اِلَّا هُوَ ۚ— رَبُّ الْعَرْشِ الْكَرِیْمِ ۟
११६) अल्लाह, सच्चा सम्राट हो ऊ धेरै उच्च छ । उसबाहेक कोही अन्य सत्य पूज्य छैन, उही स्वामी हो, महिमाशाली सिंहासनको ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَنْ یَّدْعُ مَعَ اللّٰهِ اِلٰهًا اٰخَرَ ۙ— لَا بُرْهَانَ لَهٗ بِهٖ ۙ— فَاِنَّمَا حِسَابُهٗ عِنْدَ رَبِّهٖ ؕ— اِنَّهٗ لَا یُفْلِحُ الْكٰفِرُوْنَ ۟
११७) जोसुकै व्यक्तिले अल्लाहको साथमा कुनै अर्को पूज्यलाई पुकार्दछ, जसको बारेमा उसको साथमा कुनै प्रमाण छैन, त उसको हिसाब उसको पालनकर्तासित छ । निश्चय नै अवज्ञाकारीहरू कहिल्यै सफल हुने छैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقُلْ رَّبِّ اغْفِرْ وَارْحَمْ وَاَنْتَ خَیْرُ الرّٰحِمِیْنَ ۟۠
११८) र भन्नुस् कि हे मेरो पालनकर्ता ! मलाई क्षमा गरिदिनुस् र दया गर्नुस् तिमी सबैभन्दा राम्रो दया गर्नेवाला हौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: ሱረቱ አል-ሙዕሚኑን
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ - የአህሉል -ሀዲስ ማህበር ማዕከል - የትርጉሞች ማዉጫ

የተከበረው ቁርአን ኔፓልኛ መልዕክተ ትርጉም - በኔፓል የአህሉል ሓዲሥ ማህበረሰብ ማዕከል የተተረጎመ

መዝጋት