Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አልን ኑር   አንቀጽ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَتَّبِعُوْا خُطُوٰتِ الشَّیْطٰنِ ؕ— وَمَنْ یَّتَّبِعْ خُطُوٰتِ الشَّیْطٰنِ فَاِنَّهٗ یَاْمُرُ بِالْفَحْشَآءِ وَالْمُنْكَرِ ؕ— وَلَوْلَا فَضْلُ اللّٰهِ عَلَیْكُمْ وَرَحْمَتُهٗ مَا زَكٰی مِنْكُمْ مِّنْ اَحَدٍ اَبَدًا ۙ— وَّلٰكِنَّ اللّٰهَ یُزَكِّیْ مَنْ یَّشَآءُ ؕ— وَاللّٰهُ سَمِیْعٌ عَلِیْمٌ ۟
२१) मोमिनहरू ! शैतानका पाइलाहरूमा (बाटोमा) नहिड्नु र जुन व्यक्ति शैतानको पाइलाको अनुशरण गर्दछ भने उसले त निर्लज्जताका कुराहरू र नराम्रा कामहरू नै बताउनेछ । र यदि तिमीमाथि अल्लाहको अनुग्रह र उसको दया नभएको भए तिमीमध्ये कसैले पनि पवित्रतालाई प्राप्त गर्न सक्दैनथ्यो, तर अल्लाह जसलाई पवित्र गर्न चाहन्छ गरिदिन्छ र अल्लाह सुन्नेवाला र जान्नेवाला छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَا یَاْتَلِ اُولُوا الْفَضْلِ مِنْكُمْ وَالسَّعَةِ اَنْ یُّؤْتُوْۤا اُولِی الْقُرْبٰی وَالْمَسٰكِیْنَ وَالْمُهٰجِرِیْنَ فِیْ سَبِیْلِ اللّٰهِ ۪ۖ— وَلْیَعْفُوْا وَلْیَصْفَحُوْا ؕ— اَلَا تُحِبُّوْنَ اَنْ یَّغْفِرَ اللّٰهُ لَكُمْ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟
२२) तिमीमध्ये जो गुणी र समाथ्र्यवान छन् उनीहरूलाई आफ्नो नातेदार, निमुखा, गरिब र अल्लाहको मार्गमा घरबार छाड्नेहरूलाई सहयोग दिनुबाट पन्छिने काम गर्नुहुँदैन, बरु उनीहरूलाई आवश्यक छ कि क्षमा गरिदेउन् र उनीहरूको त्रुटिको वास्ता नगरुन । के तिमी यो चाहदैनौं कि अल्लाहले तिमीलाई क्षमा गरोस् ? अल्लाह गल्तीहरूलाई माफी दिने अत्यन्त दयावान छ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ الَّذِیْنَ یَرْمُوْنَ الْمُحْصَنٰتِ الْغٰفِلٰتِ الْمُؤْمِنٰتِ لُعِنُوْا فِی الدُّنْیَا وَالْاٰخِرَةِ ۪— وَلَهُمْ عَذَابٌ عَظِیْمٌ ۟ۙ
२३) जुन मानिसहरूले सच्चरित्रवान पवित्र, सोझी, निर्दोष र ईमानवाली स्त्रीहरूमाथि लान्छना लगाउँछन्, उनीहरूमाथि दुनियाँ र आखिरतमा तिरस्कार छ । र उनीहरूको निम्ति एउटा ठूलो यातना छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یَّوْمَ تَشْهَدُ عَلَیْهِمْ اَلْسِنَتُهُمْ وَاَیْدِیْهِمْ وَاَرْجُلُهُمْ بِمَا كَانُوْا یَعْمَلُوْنَ ۟
२४) (कियामतको दिन) उनीहरूका जिब्रो, हात र खुट्टा सबै उनीहरूका कर्महरूको गवाही दिनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یَوْمَىِٕذٍ یُّوَفِّیْهِمُ اللّٰهُ دِیْنَهُمُ الْحَقَّ وَیَعْلَمُوْنَ اَنَّ اللّٰهَ هُوَ الْحَقُّ الْمُبِیْنُ ۟
२५) त्यस दिन अल्लाहले उनीहरूलाई (कर्मको) पूरा पूरा न्यायपूर्ण प्रतिफल दिनेछ र उनीहरूलाई थाहा भइहाल्ने छ कि अल्लाह नै सत्य हो र (सत्यलाई) उही प्रकट गर्नेवाला हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَلْخَبِیْثٰتُ لِلْخَبِیْثِیْنَ وَالْخَبِیْثُوْنَ لِلْخَبِیْثٰتِ ۚ— وَالطَّیِّبٰتُ لِلطَّیِّبِیْنَ وَالطَّیِّبُوْنَ لِلطَّیِّبٰتِ ۚ— اُولٰٓىِٕكَ مُبَرَّءُوْنَ مِمَّا یَقُوْلُوْنَ ؕ— لَهُمْ مَّغْفِرَةٌ وَّرِزْقٌ كَرِیْمٌ ۟۠
२६) अपवित्र स्वास्नी मानिसहरू अपवित्र लोग्ने मानिसहरूका लागि हुन्, र अपवित्र लोग्ने मानिसहरू अपवित्र स्वास्नी मानिसहरूको निम्ति छन् र पवित्र स्वास्नी मान्छेहरू पवित्र लोग्ने मानिसहरूका लागि हुन् र पवित्र लोग्ने मानिसहरू पवित्र स्वास्नी मानिसहरूको निम्ति हुन् । यस्ता पवित्र मानिसहरूको सम्बन्धमा जुन बकवासहरू (मिथ्या दोषारोपण) गर्दैछन्, उनी यसबाट बिल्कुलै मुक्त छन् । उनको लागि क्षमा र सम्मानित आजीविका छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا لَا تَدْخُلُوْا بُیُوْتًا غَیْرَ بُیُوْتِكُمْ حَتّٰی تَسْتَاْنِسُوْا وَتُسَلِّمُوْا عَلٰۤی اَهْلِهَا ؕ— ذٰلِكُمْ خَیْرٌ لَّكُمْ لَعَلَّكُمْ تَذَكَّرُوْنَ ۟
२७) हे मोमिनहरू ! आफ्ना घरहरू बाहेक अरुको घरमा प्रवेश नगर जबसम्म कि अनुमति प्राप्त गर्दैनौ, र त्यसमा बस्नेहरूलाई सलाम गर्नेगर । यही नै तिम्रो निम्ति उत्तम छ, यसकारण कि तिमीले ध्यानराख ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አልን ኑር
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት