Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: ኣሊ-ኢምራን   አንቀጽ:
وَلَىِٕنْ مُّتُّمْ اَوْ قُتِلْتُمْ لَاۡاِلَی اللّٰهِ تُحْشَرُوْنَ ۟
१५८) निश्चितरूपले यदि तिमी मर्दछौ अथवा मारिन्छौ, त यादराख कि अल्लाहको सम्मुख अवश्य नै प्रस्तुत गरिनेछौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَبِمَا رَحْمَةٍ مِّنَ اللّٰهِ لِنْتَ لَهُمْ ۚ— وَلَوْ كُنْتَ فَظًّا غَلِیْظَ الْقَلْبِ لَانْفَضُّوْا مِنْ حَوْلِكَ ۪— فَاعْفُ عَنْهُمْ وَاسْتَغْفِرْ لَهُمْ وَشَاوِرْهُمْ فِی الْاَمْرِ ۚ— فَاِذَا عَزَمْتَ فَتَوَكَّلْ عَلَی اللّٰهِ ؕ— اِنَّ اللّٰهَ یُحِبُّ الْمُتَوَكِّلِیْنَ ۟
१५९) (हे मुहम्मद !) अल्लाहको कृपाले तपाईको मन यिनीहरूप्रति नरम छ र यदि तपाई कटु वचन र कठोर हृदयको भएको भए यिनीहरू तपाईबाट टाढा भागिहाल्दथे, तसर्थ तिनीहरूलाई क्षमा गरिदिनुस् र तिनीहरूको निम्ति क्षमाको लागि प्रार्थना गर्नुस् र आफ्ना कामहरूमा यिनीहरूसँग सरसल्लाह गर्नेगर्नुस्, र जब कुनै कामबारे दृढ निश्चय गर्दछौ भने अल्लाहमाथि पूर्ण भरोसा राख । निःसन्देह अल्लाह भरोसा गर्नेहरूलाई प्रेम गर्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنْ یَّنْصُرْكُمُ اللّٰهُ فَلَا غَالِبَ لَكُمْ ۚ— وَاِنْ یَّخْذُلْكُمْ فَمَنْ ذَا الَّذِیْ یَنْصُرُكُمْ مِّنْ بَعْدِهٖ ؕ— وَعَلَی اللّٰهِ فَلْیَتَوَكَّلِ الْمُؤْمِنُوْنَ ۟
१६०) यदि अल्लाह तिम्रो मद्दत गर्दछ भने कसैले तिमीलाई पराजित गर्न सक्दैन । र यदि अल्लाहले तिमीलाई छोडिदिन्छ भने, को छ उसपछि जसले तिम्रो सहायता गर्न सकोस् ? तसर्थ मोमिनहरूलाई अल्लाहमाथि नै भरोसा गर्नुपर्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَا كَانَ لِنَبِیٍّ اَنْ یَّغُلَّ ؕ— وَمَنْ یَّغْلُلْ یَاْتِ بِمَا غَلَّ یَوْمَ الْقِیٰمَةِ ۚ— ثُمَّ تُوَفّٰی كُلُّ نَفْسٍ مَّا كَسَبَتْ وَهُمْ لَا یُظْلَمُوْنَ ۟
१६१) यो असम्भव छ कि रसूलले बेइमानी गरुन् । र प्रत्येक बेइमानी गर्नेले कियामतको दिन बेइमानी गरिएको कुरा समेत लिएर प्रस्तुत हुनुपर्ने छ, त्यसपछि प्रत्येक मानिसलाई उसले गरेको कर्तव्यको पूरापूर प्रतिफल दिइने छ, र तिनीहरूमाथि अन्याय गरिने छैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَفَمَنِ اتَّبَعَ رِضْوَانَ اللّٰهِ كَمَنْ بَآءَ بِسَخَطٍ مِّنَ اللّٰهِ وَمَاْوٰىهُ جَهَنَّمُ ؕ— وَبِئْسَ الْمَصِیْرُ ۟
१६२) के त्यो मानिस जसले अल्लाहको सदिच्छा प्राप्तिको लागि प्रयत्नशील छ, त्यस मानिस जस्तो हुनसक्छ जसले अल्लाहको क्रोध लिएर फर्कन्छ ? र जसको बासस्थान जहन्नम छ जो अत्यन्तै नराम्रो ठाउँ हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
هُمْ دَرَجٰتٌ عِنْدَ اللّٰهِ ؕ— وَاللّٰهُ بَصِیْرٌ بِمَا یَعْمَلُوْنَ ۟
१६३) अल्लाहकहाँ तिनीहरूको भिन्न–भिन्न श्रेणीहरू छन् र अल्लाहले तिनीहरूका सम्पूर्ण क्रियाकलापलाई देखिराखेको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَقَدْ مَنَّ اللّٰهُ عَلَی الْمُؤْمِنِیْنَ اِذْ بَعَثَ فِیْهِمْ رَسُوْلًا مِّنْ اَنْفُسِهِمْ یَتْلُوْا عَلَیْهِمْ اٰیٰتِهٖ وَیُزَكِّیْهِمْ وَیُعَلِّمُهُمُ الْكِتٰبَ وَالْحِكْمَةَ ۚ— وَاِنْ كَانُوْا مِنْ قَبْلُ لَفِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟
१६४) निःसंदेह अल्लाहको मोमिनहरूमाथि ठूलो अनुकम्पा छ कि उसले तिनीहरूको माझमा तिनीहरूमध्येबाटै एउटा रसूल पठायो जसले कि अल्लाहका आयतहरू पढेर उनीहरूलाई सुनाउँदछ र तिनलाई पवित्र गर्दछ र उनलाई किताब र बुद्धिमता सिकाउँदछ, यिनीहरू यसभन्दा पहिला खुल्लारूपमा पथविचलित थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَوَلَمَّاۤ اَصَابَتْكُمْ مُّصِیْبَةٌ قَدْ اَصَبْتُمْ مِّثْلَیْهَا ۙ— قُلْتُمْ اَنّٰی هٰذَا ؕ— قُلْ هُوَ مِنْ عِنْدِ اَنْفُسِكُمْ ؕ— اِنَّ اللّٰهَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟
१६५) (यस्तो किन) कि जब तिमीलाई एउटा कष्ट दिइयो, जबकि यसको दुई–गुणा कष्ट तिम्रो हातबाट तिनीहरूमाथि परिसकेको थियो, त तिमीहरू भन्नथाल्यौ कि यस्तो संकट कहाँबाट आइपर्यो ?। तपाई भनिदिनुस् कि यो तिमीहरूकै तर्फबाट आइपुगेको हो । निःसन्देह अल्लाह सम्पूर्ण कुराहरूमाथि सार्मथ्य राख्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: ኣሊ-ኢምራን
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት