Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: ሰበእ   አንቀጽ:
قَالَ الَّذِیْنَ اسْتَكْبَرُوْا لِلَّذِیْنَ اسْتُضْعِفُوْۤا اَنَحْنُ صَدَدْنٰكُمْ عَنِ الْهُدٰی بَعْدَ اِذْ جَآءَكُمْ بَلْ كُنْتُمْ مُّجْرِمِیْنَ ۟
३२) ती ठूला मानिसहरूले कमजोर मानिसहरूलाई जवाफ दिने छन् कि ‘‘के हामीले तिमीहरूलाई नसीहत (उपदेश) आइसकेपछि पनि त्यस मार्गबाट रोकेका थियौं, (होइन) बरु तिमी आफै नै अपराधी थियौ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالَ الَّذِیْنَ اسْتُضْعِفُوْا لِلَّذِیْنَ اسْتَكْبَرُوْا بَلْ مَكْرُ الَّیْلِ وَالنَّهَارِ اِذْ تَاْمُرُوْنَنَاۤ اَنْ نَّكْفُرَ بِاللّٰهِ وَنَجْعَلَ لَهٗۤ اَنْدَادًا ؕ— وَاَسَرُّوا النَّدَامَةَ لَمَّا رَاَوُا الْعَذَابَ ؕ— وَجَعَلْنَا الْاَغْلٰلَ فِیْۤ اَعْنَاقِ الَّذِیْنَ كَفَرُوْا ؕ— هَلْ یُجْزَوْنَ اِلَّا مَا كَانُوْا یَعْمَلُوْنَ ۟
३३) कमजोरहरूले यसको प्रतिउत्तरमा ठूलासित भन्नेछन्ः ‘‘(होइन) बरु (तिम्रो)’’ रातदिनको षडयन्त्रहरूले अल्लाहसित हामीले कुफ्र गर्नु र तिम्रो आदेशले उसको साझेदार बनाउनु नै हाम्रो अनास्थाको कारण बन्यो । र जब तिनीहरूले सजाय देख्नेछन् त आफ्नो मनमा लज्जित हुनेछन् । र हामीले काफिरहरूको घाँटीमा (तौक) पट्टा हालिदिनेछौं । जुन कर्म तिनीहरूले गर्दथे, मात्र त्यसैको प्रतिफल पाउनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَاۤ اَرْسَلْنَا فِیْ قَرْیَةٍ مِّنْ نَّذِیْرٍ اِلَّا قَالَ مُتْرَفُوْهَاۤ اِنَّا بِمَاۤ اُرْسِلْتُمْ بِهٖ كٰفِرُوْنَ ۟
३४) र हामीले जुन बस्तीमा पनि कुनै सचेतकर्ता पठायौं त त्यहाँका सम्पन्न मानिसहरूले यही नै भने कि, जे जति तिमीलाई दिएर पठाइयो, हामीले त्यसलाई मान्नेवाला छैनौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالُوْا نَحْنُ اَكْثَرُ اَمْوَالًا وَّاَوْلَادًا ۙ— وَّمَا نَحْنُ بِمُعَذَّبِیْنَ ۟
३५) र (यो पनि) भने कि ‘‘हामीसित धेरै धनसम्पत्ति र सन्तानहरू छन् र हामीलाई सजाय हुनेछैन’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ اِنَّ رَبِّیْ یَبْسُطُ الرِّزْقَ لِمَنْ یَّشَآءُ وَیَقْدِرُ وَلٰكِنَّ اَكْثَرَ النَّاسِ لَا یَعْلَمُوْنَ ۟۠
३६) भनिदिनुस् कि ‘‘निःसन्देह मेरो पालनकर्ताले जसको निम्ति चाहन्छ, जीविकालाई प्रचूर गरिदिन्छ र (जसको निम्ति चाहन्छ) संकुचित गरिदिन्छ । तर धेरै मानिसहरूले बुझ्दैनन्’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَاۤ اَمْوَالُكُمْ وَلَاۤ اَوْلَادُكُمْ بِالَّتِیْ تُقَرِّبُكُمْ عِنْدَنَا زُلْفٰۤی اِلَّا مَنْ اٰمَنَ وَعَمِلَ صَالِحًا ؗ— فَاُولٰٓىِٕكَ لَهُمْ جَزَآءُ الضِّعْفِ بِمَا عَمِلُوْا وَهُمْ فِی الْغُرُفٰتِ اٰمِنُوْنَ ۟
३७) र न तिम्रा धनसम्पत्ति र नत तिम्रा सन्तानहरू यस्ता छन् जसले तिमीलाई हामीसित दर्जामा निकट गरिदिउन्। हो, जोसुकैले ईमान ल्याए र राम्रो कर्म गरे त यस्ता मानिसहरूको निम्ति त्यसले गरेको कर्मको दुईगुणा बदला छ, र उनीहरू माथिल्लो तहका कक्षहरूमा निश्चिन्ततापूर्वक रहनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ یَسْعَوْنَ فِیْۤ اٰیٰتِنَا مُعٰجِزِیْنَ اُولٰٓىِٕكَ فِی الْعَذَابِ مُحْضَرُوْنَ ۟
३८) र जुन मानिसहरू हाम्रा आयतहरूको समकक्षताका निम्ति प्रयासरत रहन्छन्, उनीहरू ल्याइएर यातनाग्रस्त गरिनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ اِنَّ رَبِّیْ یَبْسُطُ الرِّزْقَ لِمَنْ یَّشَآءُ مِنْ عِبَادِهٖ وَیَقْدِرُ لَهٗ ؕ— وَمَاۤ اَنْفَقْتُمْ مِّنْ شَیْءٍ فَهُوَ یُخْلِفُهٗ ۚ— وَهُوَ خَیْرُ الرّٰزِقِیْنَ ۟
३९) भनिदिनुस् कि ‘‘मेरो पालनकर्ता आफ्ना सेवकहरूमध्ये जसको निम्ति चाहन्छ, जीविका फराकिलो गर्दछ र जसको लागि चाहन्छ संकुचित गरिदिन्छ । र जेजति तिमीले अल्लाहको बाटोमा खर्च गर्यौ, त्यसको सट्टा तिमीलाई पूरा पूरा प्रतिफल दिनेछ । र ऊ सबैभन्दा राम्रो जीविका दिनेवाला हो’’ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: ሰበእ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት