የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ - የአህሉል -ሀዲስ ማህበር ማዕከል * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: ሱረቱ ሷድ   አንቀጽ:

सूरतु साद

صٓ وَالْقُرْاٰنِ ذِی الذِّكْرِ ۟ؕ
१) साद, कसम छ, त्यस कुरआनको, जुन उपदेश दिनेवाला छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
بَلِ الَّذِیْنَ كَفَرُوْا فِیْ عِزَّةٍ وَّشِقَاقٍ ۟
२) तर जो काफिर छन्, उनीहरू घमण्ड र विरोधमा छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
كَمْ اَهْلَكْنَا مِنْ قَبْلِهِمْ مِّنْ قَرْنٍ فَنَادَوْا وَّلَاتَ حِیْنَ مَنَاصٍ ۟
३) हामीले उनीहरूभन्दा पहिला धेरै समूहलाई नष्ट गर्यौं, तब उनीहरूले धेरै कराए तर त्यो छुटकाराको समय थिएन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَعَجِبُوْۤا اَنْ جَآءَهُمْ مُّنْذِرٌ مِّنْهُمْ ؗ— وَقَالَ الْكٰفِرُوْنَ هٰذَا سٰحِرٌ كَذَّابٌ ۟ۖۚ
४) र उनीहरूले आश्चर्य गरे कि उनीहरूको पासमा उनीहरूमध्येबाट एउटा सचेतकर्ता आयो र (इन्कार गर्नेहरूले) भन्न थालेः कि ‘‘यो त जादूगर र झूठा हो ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
اَجَعَلَ الْاٰلِهَةَ اِلٰهًا وَّاحِدًا ۖۚ— اِنَّ هٰذَا لَشَیْءٌ عُجَابٌ ۟
५) के उसले यति धेरै पूज्य उपास्यहरूलाई एक्लो एउटै उपास्य बनाइदियो ? यो त ठूलै आश्चर्यजनक कुरा हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَانْطَلَقَ الْمَلَاُ مِنْهُمْ اَنِ امْشُوْا وَاصْبِرُوْا عَلٰۤی اٰلِهَتِكُمْ ۖۚ— اِنَّ هٰذَا لَشَیْءٌ یُّرَادُ ۟ۚ
६) उनका नायकहरूले यो भन्दै हिंडिहाले कि ‘‘हिंड र आफ्ना उपास्यहरू (को पूजा) मा डटी रह । निःसन्देह यस कुरामा कुनै स्वार्थ (नीहित) छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
مَا سَمِعْنَا بِهٰذَا فِی الْمِلَّةِ الْاٰخِرَةِ ۖۚ— اِنْ هٰذَاۤ اِلَّا اخْتِلَاقٌ ۟ۖۚ
७) यो कुरा त अघिका धर्ममा पनि हामीले कहिल्यै सुनेनौं । यो बिलकुलै मनगढन्ते कुरा हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ءَاُنْزِلَ عَلَیْهِ الذِّكْرُ مِنْ بَیْنِنَا ؕ— بَلْ هُمْ فِیْ شَكٍّ مِّنْ ذِكْرِیْ ۚ— بَلْ لَّمَّا یَذُوْقُوْا عَذَابِ ۟ؕ
८) के हामी सबैमध्येबाट यसैमाथि अल्लाहको आदेश अवतरित भएको हो ? वास्तवमा उनीहरू मेरो वह्यको विषयमा सन्देहमा छन् ?’’ बरु (सत्य यो हो कि) उनीहरूले अझैसम्म मेरो यातनाको स्वाद चाखेका छैनन् ?’’
የአረብኛ ቁርኣን ማብራሪያ:
اَمْ عِنْدَهُمْ خَزَآىِٕنُ رَحْمَةِ رَبِّكَ الْعَزِیْزِ الْوَهَّابِ ۟ۚ
९) वा के उनीहरूको पासमा तिम्रो दिनेवाला महान् पालनकर्ताको दयाका खजानाहरू छन ?
የአረብኛ ቁርኣን ማብራሪያ:
اَمْ لَهُمْ مُّلْكُ السَّمٰوٰتِ وَالْاَرْضِ وَمَا بَیْنَهُمَا ۫— فَلْیَرْتَقُوْا فِی الْاَسْبَابِ ۟
१०) वा के आकाशहरू र जमिन र जेजति उनीहरूको बीचमा छन् ती, (सबै) माथि उनैको आधिपत्य छ, त्यस्तो हो भने यिनीहरू डोरी तानेर चढिहालुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
جُنْدٌ مَّا هُنَالِكَ مَهْزُوْمٌ مِّنَ الْاَحْزَابِ ۟
११) पराजित समूहहरूमध्ये यो पनि एउटा (समूहको) सेना हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
كَذَّبَتْ قَبْلَهُمْ قَوْمُ نُوْحٍ وَّعَادٌ وَّفِرْعَوْنُ ذُو الْاَوْتَادِ ۟ۙ
१२) यिनीभन्दा अगाडि पनि ‘‘नूहको’’ कौम र ‘‘आद’’ र मेखवाला (किल्लावाला) फिरऔनले झूठा भनिसकेका थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَثَمُوْدُ وَقَوْمُ لُوْطٍ وَّاَصْحٰبُ لْـَٔیْكَةِ ؕ— اُولٰٓىِٕكَ الْاَحْزَابُ ۟
१३) र समूद र ‘‘लूतका’’ कौम (जातिबन्धु) र बनका बासिन्दा पनि, यी नै ती समूह हुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنْ كُلٌّ اِلَّا كَذَّبَ الرُّسُلَ فَحَقَّ عِقَابِ ۟۠
१४) तिनीहरू प्रत्येकले रसूलहरूलाई आरोप लगाए तसर्थ मेरो सजाय उनीमाथि निश्चित भयो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَا یَنْظُرُ هٰۤؤُلَآءِ اِلَّا صَیْحَةً وَّاحِدَةً مَّا لَهَا مِنْ فَوَاقٍ ۟
१५) यिनीहरू त मात्र एउटा चित्कारको प्रतीक्षामा छन् जसबाट अलिकति पनि अवकाश हुनेछैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالُوْا رَبَّنَا عَجِّلْ لَّنَا قِطَّنَا قَبْلَ یَوْمِ الْحِسَابِ ۟
१६) र उनी भन्छन्ः कि ‘‘हे हाम्रो पालनकर्ता ! हामीलाई हाम्रो भाग हिसाबको दिनभन्दा अगावै दिइहाल ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِصْبِرْ عَلٰی مَا یَقُوْلُوْنَ وَاذْكُرْ عَبْدَنَا دَاوٗدَ ذَا الْاَیْدِ ۚ— اِنَّهٗۤ اَوَّابٌ ۟
१७) (हे पैगम्बर !) यिनीहरू जे भन्दछन्, त्यसमाथि धैर्य गर्नुस् र हाम्रो सेवक ‘‘दाऊदलाई’’ स्मरण गर्नुस् जो शक्तिशाली थिए । (र) निश्चय नै उनी (अल्लाहतिर) प्रवृत्त थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّا سَخَّرْنَا الْجِبَالَ مَعَهٗ یُسَبِّحْنَ بِالْعَشِیِّ وَالْاِشْرَاقِ ۟ۙ
१८) हामीले पर्वतहरूलाई उनको आदेशको अधीन गरिदिएका थियौं कि प्रातःकाल र सन्ध्याको समय उनको साथमा गुणगान गरिराखुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالطَّیْرَ مَحْشُوْرَةً ؕ— كُلٌّ لَّهٗۤ اَوَّابٌ ۟
१९) र पंक्षीहरूलाई पनि जो एकत्र हुन्थे । सबै उनका आज्ञाकारी थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَشَدَدْنَا مُلْكَهٗ وَاٰتَیْنٰهُ الْحِكْمَةَ وَفَصْلَ الْخِطَابِ ۟
२०) र हामीले उनको राज्यलाई सुदृढ गरिदिएका थियौं र उनलाई तत्वदर्शीता प्रदान गरेका थियौं र निर्णायक कुरा भन्ने क्षमता प्रदान गरेका थियौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَهَلْ اَتٰىكَ نَبَؤُا الْخَصْمِ ۘ— اِذْ تَسَوَّرُوا الْمِحْرَابَ ۟ۙ
२१) र के तिमीलाई विवाद गर्नेहरूको समाचार पनि पुगेको छ ? जब उनीहरू पर्खाल चढी एकान्त कक्षमा आइपुगे ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِذْ دَخَلُوْا عَلٰی دَاوٗدَ فَفَزِعَ مِنْهُمْ قَالُوْا لَا تَخَفْ ۚ— خَصْمٰنِ بَغٰی بَعْضُنَا عَلٰی بَعْضٍ فَاحْكُمْ بَیْنَنَا بِالْحَقِّ وَلَا تُشْطِطْ وَاهْدِنَاۤ اِلٰی سَوَآءِ الصِّرَاطِ ۟
२२) जुन बेला उनीहरू ‘‘दाऊदको’’ पासमा आए, त्यतिखेर उनी उनीहरूसित तर्सिहाले । उनीहरूले भने कि भय नगर, हामी दुवैको एउटा मुद्दा छ कि, हामीमध्ये एउटाले अर्कोसित अन्याय गरेको छ, तसर्थ तपाईंले हाम्रोबीचमा ठीक–ठीक निर्णय गरिदिनुस् । र अन्याय नगर्नुहोला र हामीलाई सोझो बाटो देखाइदिनुस् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ هٰذَاۤ اَخِیْ ۫— لَهٗ تِسْعٌ وَّتِسْعُوْنَ نَعْجَةً وَّلِیَ نَعْجَةٌ وَّاحِدَةٌ ۫— فَقَالَ اَكْفِلْنِیْهَا وَعَزَّنِیْ فِی الْخِطَابِ ۟
२३) (कुरा यो छ कि) यो मेरो भाइ हो । यसका उनान्सय भेंडीहरू छिन् र मेरो पासमा एउटा दुम्बी मात्र छे । यसले भन्छ कि, यसलाई पनि मलाई सुम्पिदे, र कुरामा ममाथि जबरजस्ती गर्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ لَقَدْ ظَلَمَكَ بِسُؤَالِ نَعْجَتِكَ اِلٰی نِعَاجِهٖ ؕ— وَاِنَّ كَثِیْرًا مِّنَ الْخُلَطَآءِ لَیَبْغِیْ بَعْضُهُمْ عَلٰی بَعْضٍ اِلَّا الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ وَقَلِیْلٌ مَّا هُمْ ؕ— وَظَنَّ دَاوٗدُ اَنَّمَا فَتَنّٰهُ فَاسْتَغْفَرَ رَبَّهٗ وَخَرَّ رَاكِعًا وَّاَنَابَ ۟
२४) उनले भनेः के ‘‘यसले तिम्रो दुम्बीलाई आफ्नो दुम्बीहरूमा मिसाइने कुरा गरेर, निःसन्देह तिमीमाथि अन्याय गर्दछ । अधिकतर साझेदारहरू एक अर्कामाथि ज्यादति नै गर्ने गर्दछन् । हो, जसले ईमान ल्याए र असल कर्म गरे, तिनीहरू बाहेक, र यस्ता निकै कम छन् ।’’ र ‘‘दाऊदले’’ ठाने कि (यस घटनाबाट) हामीले उनको परीक्षा गरेका हौं तब उनले आफ्नो पालनकर्तासित क्षमायाचना गरे र पश्चाताप गर्दै सजदा (ढोग) गरे र अल्लाहतिर प्रवृत्त भए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَغَفَرْنَا لَهٗ ذٰلِكَ ؕ— وَاِنَّ لَهٗ عِنْدَنَا لَزُلْفٰی وَحُسْنَ مَاٰبٍ ۟
२५) तब हामीले पनि उनलाई क्षमा गर्यौं र निश्चय नै उनी हाम्रो नजिकका र उत्तम स्थानवाला हुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰدَاوٗدُ اِنَّا جَعَلْنٰكَ خَلِیْفَةً فِی الْاَرْضِ فَاحْكُمْ بَیْنَ النَّاسِ بِالْحَقِّ وَلَا تَتَّبِعِ الْهَوٰی فَیُضِلَّكَ عَنْ سَبِیْلِ اللّٰهِ ؕ— اِنَّ الَّذِیْنَ یَضِلُّوْنَ عَنْ سَبِیْلِ اللّٰهِ لَهُمْ عَذَابٌ شَدِیْدٌۢ بِمَا نَسُوْا یَوْمَ الْحِسَابِ ۟۠
२६) हे दाऊद ! ‘‘हामीले धरतीमा तिमीलाई उत्तराधिकारी बनाएका छौं । अतः तिमीले मानिसहरूको बीचमा सत्यताको साथ फैसला गर्नु र आफ्नो व्यक्तिगत इच्छाको अनुपालन नगर्नु कि त्यसले तिमीलाई अल्लाहको मार्गबाट विचलित गराइदिनेछ, जुन मानिसहरू अल्लाहको मार्गबाट विचलित हुन्छन्, निश्चय नै उनीहरूको निम्ति कठोर यातना छ, किनभने उनीहरूले हिसाबको दिनलाई बिर्सिदिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَا خَلَقْنَا السَّمَآءَ وَالْاَرْضَ وَمَا بَیْنَهُمَا بَاطِلًا ؕ— ذٰلِكَ ظَنُّ الَّذِیْنَ كَفَرُوْا ۚ— فَوَیْلٌ لِّلَّذِیْنَ كَفَرُوْا مِنَ النَّارِ ۟ؕ
२७) र हामीले आकाश र धरतीलाई र जे–जति उनीहरूको बीचमा छ, व्यर्थमा सृष्टि गरेका होइनौं । यो उनीहरूको सोचाई हो जो काफिर छन् । तसर्थ काफिरहरूको लागि नर्कको यातना छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَمْ نَجْعَلُ الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ كَالْمُفْسِدِیْنَ فِی الْاَرْضِ ؗ— اَمْ نَجْعَلُ الْمُتَّقِیْنَ كَالْفُجَّارِ ۟
२८) जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरिराखे, के उनीहरूलाई हामीले तिनीहरू सरह गरिदिन्छौं जसले धरतीमा उपद्रव गर्दछन्, वा फेरि संयमीहरूलाई दुराचारीहरू जस्तो गरिदियौं ?
የአረብኛ ቁርኣን ማብራሪያ:
كِتٰبٌ اَنْزَلْنٰهُ اِلَیْكَ مُبٰرَكٌ لِّیَدَّبَّرُوْۤا اٰیٰتِهٖ وَلِیَتَذَكَّرَ اُولُوا الْاَلْبَابِ ۟
२९) (यो) धेरै अनुग्रहयुक्त किताब हो, जुन हामीले तपाईंमाथि अवतरित गरेका छौं । ताकि मानिसहरूले यसका आयतहरूमा सोचविचार गरुन् र बुद्धिवालाहरूले यसबाट शिक्षा ग्रहण गरुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَوَهَبْنَا لِدَاوٗدَ سُلَیْمٰنَ ؕ— نِعْمَ الْعَبْدُ ؕ— اِنَّهٗۤ اَوَّابٌ ۟ؕ
३०) र हामीले ‘‘दाऊदलाई’’ ‘‘सुलैमान’’ नामको छोरा प्रदान गर्यौं । उनी धेरै राम्रो बन्दा (भक्त) थिए, निश्चय नै उनी अल्लाहतिर प्रवृत्त हुनेवाला थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِذْ عُرِضَ عَلَیْهِ بِالْعَشِیِّ الصّٰفِنٰتُ الْجِیَادُ ۟ۙ
३१) (स्मरण गर) जब सन्ध्याको समयमा उनको अगाडि राम्रा द्रुतगामी घोडाहरू उपस्थित गराइए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَقَالَ اِنِّیْۤ اَحْبَبْتُ حُبَّ الْخَیْرِ عَنْ ذِكْرِ رَبِّیْ ۚ— حَتّٰی تَوَارَتْ بِالْحِجَابِ ۟۫
३२) तब भन्न थाले किः ‘‘मैले पालनकर्ताको स्मरणबाट (बेवास्ता भई) यी घोडाहरूसँगको मायालाई राम्रो ठानें ।’’ यहाँसम्म कि सूर्य अस्त भइसक्यो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
رُدُّوْهَا عَلَیَّ ؕ— فَطَفِقَ مَسْحًا بِالسُّوْقِ وَالْاَعْنَاقِ ۟
३३) (भने कि) ‘‘उनीहरूलाई मेरो नजिकमा ल्याऊ ।’’ अनि उनीहरूको गोडा र गर्दनमा हातले मुसार्न थाले ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَقَدْ فَتَنَّا سُلَیْمٰنَ وَاَلْقَیْنَا عَلٰی كُرْسِیِّهٖ جَسَدًا ثُمَّ اَنَابَ ۟
३४) र हामीले सुलैमान (अलैहिस्सलाम)को परीक्षा गर्यौं, र उनको सिंहासनमा एउटा शरीर राखिदियौं, अनि उनी अल्लाहतिर प्रवृत्त भए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ رَبِّ اغْفِرْ لِیْ وَهَبْ لِیْ مُلْكًا لَّا یَنْۢبَغِیْ لِاَحَدٍ مِّنْ بَعْدِیْ ۚ— اِنَّكَ اَنْتَ الْوَهَّابُ ۟
३५) उनले भनेः ‘‘हे मेरो पालनकर्ता ! मलाई क्षमा गरिदेऊ, र मलाई त्यो राज्य प्रदान गर, जुन म बाहेक कसैको लागि उपयुक्त नहोस् । निश्चय नै तिमी ठूलो दाता हौ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
فَسَخَّرْنَا لَهُ الرِّیْحَ تَجْرِیْ بِاَمْرِهٖ رُخَآءً حَیْثُ اَصَابَ ۟ۙ
३६) तब हामीले वायुलाई उनको अधीनमा गरिदियौं जुन उनको आदेशानुसार, जहाँ उनी पुग्न चाहन्थे, सरलतापूर्वक पुर्याइदिन्थ्यो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالشَّیٰطِیْنَ كُلَّ بَنَّآءٍ وَّغَوَّاصٍ ۟ۙ
३७) र शक्तिशाली जिन्नहरूलाई पनि उनको अधीन गरिदियौं, सबै भवन बनाउनेवाला र गोताखोर (डुबक्की लगाउनेवाला) लाई ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَّاٰخَرِیْنَ مُقَرَّنِیْنَ فِی الْاَصْفَادِ ۟
३८) र अरु जिन्नहरूलाई पनि जो जंजीरमा जकडिएका थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
هٰذَا عَطَآؤُنَا فَامْنُنْ اَوْ اَمْسِكْ بِغَیْرِ حِسَابٍ ۟
३९) (हामीले भन्यौं) ‘‘यो हाम्रो बक्सीश हो, अब तिमी भलाई गर वा रोकी राख (तिमीसित) कुनै हिसाब हुनेछैन ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِنَّ لَهٗ عِنْدَنَا لَزُلْفٰی وَحُسْنَ مَاٰبٍ ۟۠
४०) र उनको निम्ति हामीकहाँ धेरै सामीप्यता र उत्तम स्थान छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاذْكُرْ عَبْدَنَاۤ اَیُّوْبَ ۘ— اِذْ نَادٰی رَبَّهٗۤ اَنِّیْ مَسَّنِیَ الشَّیْطٰنُ بِنُصْبٍ وَّعَذَابٍ ۟ؕ
४१) र हाम्रा भक्त ‘‘अय्यूब (अलैहिस्सलाम) लाई’’ पनि स्मरण गर, जब उनले आफ्नो पालनकर्तालाई पुकार्यो कि ‘‘शैतानले मलाई दुःख र पीडा पुर्याएको छ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
اُرْكُضْ بِرِجْلِكَ ۚ— هٰذَا مُغْتَسَلٌۢ بَارِدٌ وَّشَرَابٌ ۟
४२) (हामीले भन्यौं कि धरतीमाथि) आफ्नो लातले हान, (हेर), यो (मूल), नुहाउनको निम्ति चिसो र पिउनको निम्ति (मिठो) पानी हो ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
وَوَهَبْنَا لَهٗۤ اَهْلَهٗ وَمِثْلَهُمْ مَّعَهُمْ رَحْمَةً مِّنَّا وَذِكْرٰی لِاُولِی الْاَلْبَابِ ۟
४३) र हामीले उनका पूरै जहान परिवार र उनको साथ अरुलाई पनि उनलाई प्रदान गर्यौं । (यो) हाम्रो तर्फबाट दयालुता र बुद्धिवालाहरूको निम्ति शिक्षाको रूपमा थियो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَخُذْ بِیَدِكَ ضِغْثًا فَاضْرِبْ بِّهٖ وَلَا تَحْنَثْ ؕ— اِنَّا وَجَدْنٰهُ صَابِرًا ؕ— نِّعْمَ الْعَبْدُ ؕ— اِنَّهٗۤ اَوَّابٌ ۟
४४) र आफ्नो हातमा झाडू (केही झारपात) लिएर त्यसबाट हिर्काऊ र शपथ नतोड ।’’ साँचो यो हो कि हामीले उनलाई ठूलो धैर्यवान् भक्त पायौं, उनी धेरै राम्रो उपासक थिए । र उनी धेरै ध्यान राख्नेवाला थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاذْكُرْ عِبٰدَنَاۤ اِبْرٰهِیْمَ وَاِسْحٰقَ وَیَعْقُوْبَ اُولِی الْاَیْدِیْ وَالْاَبْصَارِ ۟
४५) हाम्रा उपासकहरू ‘‘इब्राहीम’’, ‘‘इस्हाक’’ र ‘‘यअ्कूबलाई’’ स्मरण गर जो शक्तिवाला र दृष्टिवाला थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّاۤ اَخْلَصْنٰهُمْ بِخَالِصَةٍ ذِكْرَی الدَّارِ ۟ۚ
४६) उनीहरूलाई हामीले आखिरतको विशिष्ट कुराको साथ सम्बन्धित गरिदिएका थियौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِنَّهُمْ عِنْدَنَا لَمِنَ الْمُصْطَفَیْنَ الْاَخْیَارِ ۟ؕ
४७) यी सबै हाम्रा नजिक रोजिएका र असल मानिसहरूमध्येका थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاذْكُرْ اِسْمٰعِیْلَ وَالْیَسَعَ وَذَا الْكِفْلِ ؕ— وَكُلٌّ مِّنَ الْاَخْیَارِ ۟ؕ
४८) इस्माईल र ‘‘यसअ’’ र ‘‘जुलकिफ्ललाई’’ पनि स्मरण गर । उनीहरू सबै असल मानिसहरूमध्येका थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
هٰذَا ذِكْرٌ ؕ— وَاِنَّ لِلْمُتَّقِیْنَ لَحُسْنَ مَاٰبٍ ۟ۙ
४९) यो उपदेश हो र विश्वास गर कि संयमीहरूको निम्ति राम्रो ठाउँ छ।
የአረብኛ ቁርኣን ማብራሪያ:
جَنّٰتِ عَدْنٍ مُّفَتَّحَةً لَّهُمُ الْاَبْوَابُ ۟ۚ
५०) अर्थात (सधैं बासको निम्ति) जन्नतहरू छन्, जसका द्वार उनीहरूको निम्ति खुल्ला रहनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
مُتَّكِـِٕیْنَ فِیْهَا یَدْعُوْنَ فِیْهَا بِفَاكِهَةٍ كَثِیْرَةٍ وَّشَرَابٍ ۟
५१) त्यसमा उनीहरू आरामको साथ तकियामा टेक लगाएर बसेका हुन्छन् र थुप्रै फलफूल र थरी–थरीका पेयपदार्थको आदेश गरिरहनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَعِنْدَهُمْ قٰصِرٰتُ الطَّرْفِ اَتْرَابٌ ۟
५२) र उनीहरूको पासमा दृष्टि तल झुकाइराख्ने समान उमेरवाली स्त्रीहरू हुनेछिन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
هٰذَا مَا تُوْعَدُوْنَ لِیَوْمِ الْحِسَابِ ۟
५३) यी ती कुराहरू हुन् जसको वचन हिसाबको दिनको निम्ति, तिमीसित गरिएको थियो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ هٰذَا لَرِزْقُنَا مَا لَهٗ مِنْ نَّفَادٍ ۟ۚۖ
५४) यो हामीले प्रदान गरेको जीविका हो जुन कहिल्यै समाप्त हुनेछैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
هٰذَا ؕ— وَاِنَّ لِلطّٰغِیْنَ لَشَرَّ مَاٰبٍ ۟ۙ
५५) यी (उपहारहरू त आज्ञाकारीहरूको निम्ति) प्रतिफल हुन् र उल्लंघनकारीहरूको निम्ति नराम्रो स्थान छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
جَهَنَّمَ ۚ— یَصْلَوْنَهَا ۚ— فَبِئْسَ الْمِهَادُ ۟
५६) (अर्थात) नर्कछ, जसमा उनीहरू प्रवेश गर्नेछन् र त्यो एकदम नराम्रो विश्राम स्थल हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
هٰذَا ۙ— فَلْیَذُوْقُوْهُ حَمِیْمٌ وَّغَسَّاقٌ ۟ۙ
५७) यो उम्लिराखेको तातो पानी र पीप (हो), अब त्यसको स्वाद चाखुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَّاٰخَرُ مِنْ شَكْلِهٖۤ اَزْوَاجٌ ۟ؕ
५८) र यस्तै प्रकारका अन्य धेरै यातना (हुनेछन्) ।
የአረብኛ ቁርኣን ማብራሪያ:
هٰذَا فَوْجٌ مُّقْتَحِمٌ مَّعَكُمْ ۚ— لَا مَرْحَبًا بِهِمْ ؕ— اِنَّهُمْ صَالُوا النَّارِ ۟
५९) ‘‘यो एउटा समूह हो जुन तिम्रो साथ(आगो)मा प्रवेश गर्नेछ । उनीहरूको निम्ति कुनै आवभगत हुनेछैन, उनीहरू त नर्कमा जानेवाला हुन्,
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالُوْا بَلْ اَنْتُمْ ۫— لَا مَرْحَبًا بِكُمْ ؕ— اَنْتُمْ قَدَّمْتُمُوْهُ لَنَا ۚ— فَبِئْسَ الْقَرَارُ ۟
६०) उनीहरूले भन्ने छन्ः ‘‘होइन, बरु तिमीलाई नै कुनै स्वागत हुनेछैन् । तिमीले नै त यो (विपना) हाम्रो सामु ल्याएका थियौ । यो बस्नको लागि नराम्रो ठाउँ हो ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالُوْا رَبَّنَا مَنْ قَدَّمَ لَنَا هٰذَا فَزِدْهُ عَذَابًا ضِعْفًا فِی النَّارِ ۟
६१) उनीहरूले भन्नेछन्ः हे ‘‘हाम्रो पालनकर्ता ! जसले (कुफ्रको कुरा) पहिलादेखि हाम्रो लागि ल्याएको छ, उसलाई नर्कमा दोब्बर यातना दिनु ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَالُوْا مَا لَنَا لَا نَرٰی رِجَالًا كُنَّا نَعُدُّهُمْ مِّنَ الْاَشْرَارِ ۟ؕ
६२) र नर्कवालाहरू भन्नेछन्ः ‘‘के कारण छ कि हामीले ती व्यक्तिहरूलाई देख्दैनौं, जसलाई हामीले नराम्रामध्ये गन्थ्यौं ?’’
የአረብኛ ቁርኣን ማብራሪያ:
اَتَّخَذْنٰهُمْ سِخْرِیًّا اَمْ زَاغَتْ عَنْهُمُ الْاَبْصَارُ ۟
६३) के हामीले नै उनको उपहास गरेका थियौं, वा हाम्रा आँखाहरू उनीहरूतिरबाट हटेका छन् ?’’
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ ذٰلِكَ لَحَقٌّ تَخَاصُمُ اَهْلِ النَّارِ ۟۠
६४) निश्चित जान नर्कीहरूको यो आपसमा झगडा त अवश्य हुनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ اِنَّمَاۤ اَنَا مُنْذِرٌ ۖۗ— وَّمَا مِنْ اِلٰهٍ اِلَّا اللّٰهُ الْوَاحِدُ الْقَهَّارُ ۟ۚ
६५) भनिदिनुस्ः कि ‘‘म त मात्र सचेत गर्नेवाला हूँ । र एक अल्लाह सर्वशक्तिमान बाहेक अरु कोही सत्य पूज्य छैन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
رَبُّ السَّمٰوٰتِ وَالْاَرْضِ وَمَا بَیْنَهُمَا الْعَزِیْزُ الْغَفَّارُ ۟
६६) जो पालनकर्ता हो आकाशहरू र धरतीको, र जे ती दुईटैको बीचमा छन्, सबैको मालिक हो, सर्वशक्तिमान र ठूलो क्षमादाता ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ هُوَ نَبَؤٌا عَظِیْمٌ ۟ۙ
६७) भनिदिनुस् कि ‘‘यो एउटा ठूलो खबर हो,
የአረብኛ ቁርኣን ማብራሪያ:
اَنْتُمْ عَنْهُ مُعْرِضُوْنَ ۟
६८) जसबाट तिमीले लापरवाह भइराखेका छौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
مَا كَانَ لِیَ مِنْ عِلْمٍ بِالْمَلَاِ الْاَعْلٰۤی اِذْ یَخْتَصِمُوْنَ ۟
६९) मलाई, ती अग्ला फरिश्ताहरूको कुनै ज्ञान थिएन जब उनीहरू विवाद गरिराखेका थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنْ یُّوْحٰۤی اِلَیَّ اِلَّاۤ اَنَّمَاۤ اَنَا نَذِیْرٌ مُّبِیْنٌ ۟
७०) मतिर त त्यो वह्य मात्र गरिन्छ कि म स्पष्टरूपले सचेत गर्नेवाला हूँ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
اِذْ قَالَ رَبُّكَ لِلْمَلٰٓىِٕكَةِ اِنِّیْ خَالِقٌۢ بَشَرًا مِّنْ طِیْنٍ ۟
७१) जब कि तपाईंको पालनकर्ताले फरिश्ताहरूसित भन्यो कि ‘‘म माटोले मानिसको सृष्टि गर्नेवाला छु ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاِذَا سَوَّیْتُهٗ وَنَفَخْتُ فِیْهِ مِنْ رُّوْحِیْ فَقَعُوْا لَهٗ سٰجِدِیْنَ ۟
७२) त जब मैले त्यसलाई ठिकठाक गरिहालूँ र त्यसमा आफ्नो रूह (आत्मा) फूँकिहालूँ तब तिमीहरू उसको अगाडि ढोगिहाल्नु ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
فَسَجَدَ الْمَلٰٓىِٕكَةُ كُلُّهُمْ اَجْمَعُوْنَ ۟ۙ
७३) तब सबै फरिश्ताहरूले ढोगे(सिज्दा गरे) ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِلَّاۤ اِبْلِیْسَ ؕ— اِسْتَكْبَرَ وَكَانَ مِنَ الْكٰفِرِیْنَ ۟
७४) तर शैतान (इबलीस)ले गरेन । उसले घमण्ड गर्यो र काफिरहरूमध्येको भइहाल्यो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ یٰۤاِبْلِیْسُ مَا مَنَعَكَ اَنْ تَسْجُدَ لِمَا خَلَقْتُ بِیَدَیَّ ؕ— اَسْتَكْبَرْتَ اَمْ كُنْتَ مِنَ الْعَالِیْنَ ۟
७५) अल्लाहले भन्योः कि ‘‘हे इब्लीस ! जुन व्यक्तिलाई मैले आफ्नो हातहरूले सृष्टि गरें, त्यसको अगाडि ढोग्नुबाट तिमीलाई कुन कुराले मनाही गर्यो, के तिमीले घमण्ड गर्यौ, वा तिमी उच्च पदवालाहरूमध्येका हौ ?’’
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ اَنَا خَیْرٌ مِّنْهُ ؕ— خَلَقْتَنِیْ مِنْ نَّارٍ وَّخَلَقْتَهٗ مِنْ طِیْنٍ ۟
७६) उसले जवाफ दियो कि ‘‘म यसभन्दा उत्तम छु (किनकि) तिमीले मलाई आगोबाट बनायौ र यसलाई माटोबाट सृष्टि गर्यौ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ فَاخْرُجْ مِنْهَا فَاِنَّكَ رَجِیْمٌ ۟ۙۖ
७७) आदेश भयो तँ ‘‘यहाँबाट गइहाल, तँ तिरस्कृत छस् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَّاِنَّ عَلَیْكَ لَعْنَتِیْۤ اِلٰی یَوْمِ الدِّیْنِ ۟
७८) र तँमाथि कियामत (प्रलय)को दिनसम्म मेरो धिक्कार र तिरस्कार रहनेछ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ رَبِّ فَاَنْظِرْنِیْۤ اِلٰی یَوْمِ یُبْعَثُوْنَ ۟
७९) उसले भन्यो, ‘‘हे मेरो पालनकर्ता ! मलाई त्यस दिनसम्मको लागि समय प्रदान गर जब कि मानिसहरू उठाइनेछन् ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ فَاِنَّكَ مِنَ الْمُنْظَرِیْنَ ۟ۙ
८०) अल्लाहबाट आदेश भयोः ‘‘तिमीलाई मोहलत (अवकाश) दिइयो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِلٰی یَوْمِ الْوَقْتِ الْمَعْلُوْمِ ۟
८१) त्यसदिनसम्म जसको समय निर्धारित छ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ فَبِعِزَّتِكَ لَاُغْوِیَنَّهُمْ اَجْمَعِیْنَ ۟ۙ
८२) भन्न थाल्यो कि त्यसो भए ‘‘मलाई तिम्रो प्रतापको सौगन्ध म उनीहरू सबैलाई विचलित गरिदिनेछु ?’’
የአረብኛ ቁርኣን ማብራሪያ:
اِلَّا عِبَادَكَ مِنْهُمُ الْمُخْلَصِیْنَ ۟
८३) (तर) ती बाहेक जो कि तिम्रा मनपराइएका र विशिष्ट भक्त छन् ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ فَالْحَقُّ ؗ— وَالْحَقَّ اَقُوْلُ ۟ۚ
८४) आदेश भयो सत्य (छ) र म सत्य नै भन्ने गर्दछु ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَاَمْلَـَٔنَّ جَهَنَّمَ مِنْكَ وَمِمَّنْ تَبِعَكَ مِنْهُمْ اَجْمَعِیْنَ ۟
८५) कि ‘‘तिमी र तिम्रो अनुशरण गर्नेहरू सबैबाट मैले पनि नर्कलाई भरिदिनेछु ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ مَاۤ اَسْـَٔلُكُمْ عَلَیْهِ مِنْ اَجْرٍ وَّمَاۤ اَنَا مِنَ الْمُتَكَلِّفِیْنَ ۟
८६) हे पैगम्बर ! भनिदिनुस् कि ‘‘म तिमीसित यसको कुनै बदलाको इच्छुक छैन र नत म कुनै दिखावा (आडम्बर) गर्नेमध्येको’’ हूँ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنْ هُوَ اِلَّا ذِكْرٌ لِّلْعٰلَمِیْنَ ۟
८७) यो (कुरआन) त समस्त संसारवालाहरूको निम्ति उपदेश र शिक्षा हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَتَعْلَمُنَّ نَبَاَهٗ بَعْدَ حِیْنٍ ۟۠
८८) निश्चित छ तिमी यसको वास्तविकता केही समयपछि जानिसक्नेछौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: ሱረቱ ሷድ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ - የአህሉል -ሀዲስ ማህበር ማዕከል - የትርጉሞች ማዉጫ

የተከበረው ቁርአን ኔፓልኛ መልዕክተ ትርጉም - በኔፓል የአህሉል ሓዲሥ ማህበረሰብ ማዕከል የተተረጎመ

መዝጋት