Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አሽ ሹራ   አንቀጽ:
فَاطِرُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— جَعَلَ لَكُمْ مِّنْ اَنْفُسِكُمْ اَزْوَاجًا وَّمِنَ الْاَنْعَامِ اَزْوَاجًا ۚ— یَذْرَؤُكُمْ فِیْهِ ؕ— لَیْسَ كَمِثْلِهٖ شَیْءٌ ۚ— وَهُوَ السَّمِیْعُ الْبَصِیْرُ ۟
११) ऊ आकाशहरू र धरतीको स्रष्टा हो । उसले तिम्रो निम्ति तिम्रै सहजातिबाट जोडी बनायो र चौपायाहरूको जोडी पनि । यस्तै तरिकाले तिमीलाई यहाँ फैलाइरहेको छ । ऊ जस्तो कुनै कुरा छैन, र ऊ सुन्दछ र जान्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَهٗ مَقَالِیْدُ السَّمٰوٰتِ وَالْاَرْضِ ۚ— یَبْسُطُ الرِّزْقَ لِمَنْ یَّشَآءُ وَیَقْدِرُ ؕ— اِنَّهٗ بِكُلِّ شَیْءٍ عَلِیْمٌ ۟
१२) आकाशहरू र धरतीका साँचोहरू उसैको हातमा छन् । उसले जसको निम्ति चाहन्छ, जीविका फराकिलो पार्दछ र जसको निम्ति चाहन्छ संकुचित गरिदिन्छ । निःसन्देह उसले हरेक कुरो जान्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
شَرَعَ لَكُمْ مِّنَ الدِّیْنِ مَا وَصّٰی بِهٖ نُوْحًا وَّالَّذِیْۤ اَوْحَیْنَاۤ اِلَیْكَ وَمَا وَصَّیْنَا بِهٖۤ اِبْرٰهِیْمَ وَمُوْسٰی وَعِیْسٰۤی اَنْ اَقِیْمُوا الدِّیْنَ وَلَا تَتَفَرَّقُوْا فِیْهِ ؕ— كَبُرَ عَلَی الْمُشْرِكِیْنَ مَا تَدْعُوْهُمْ اِلَیْهِ ؕ— اَللّٰهُ یَجْتَبِیْۤ اِلَیْهِ مَنْ یَّشَآءُ وَیَهْدِیْۤ اِلَیْهِ مَنْ یُّنِیْبُ ۟ؕ
१३) अल्लाहले तिम्रो निम्ति त्यही दीन (धर्म) निश्चित गर्यो, जसलाई अपनाउन नूह (अलैहिस्सलाम) लाई आदेश गरेको थियो ।’’ र जसलाई (हे मुहम्मद !) हामीले तपाईतिर वह्यको माध्यमले पठाएका छौं र जसको बारेमा ‘‘इब्राहीम (अलैहिस्सलाम)’’ र ‘‘मूसा (अलैहिस्सलाम) र’’, ‘‘ईसा (अलैहिस्सलाम) लाई’’ पनि आदेश दिएका थियौं, ‘‘कि यस दीनलाई कायम राख्नु र उसको विषयमा विभाजित नहुनु ।’’ जुन कुरोतिर तपाईले बहुदेववादीहरूलाई बोलाउँनुहुन्छ, त्यो त उनीहरूलाई अप्रिय छ । अल्लाहले जसलाई चाहन्छ आफूतिर रोजेर लिन्छ र आफूतिरको मार्ग उसैलाई देखाउँछ जो ऊतिर प्रवृत्त हुन्छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَا تَفَرَّقُوْۤا اِلَّا مِنْ بَعْدِ مَا جَآءَهُمُ الْعِلْمُ بَغْیًا بَیْنَهُمْ ؕ— وَلَوْلَا كَلِمَةٌ سَبَقَتْ مِنْ رَّبِّكَ اِلٰۤی اَجَلٍ مُّسَمًّی لَّقُضِیَ بَیْنَهُمْ ؕ— وَاِنَّ الَّذِیْنَ اُوْرِثُوا الْكِتٰبَ مِنْ بَعْدِهِمْ لَفِیْ شَكٍّ مِّنْهُ مُرِیْبٍ ۟
१४) उनीहरूले त परस्पर एक–एर्कामाथि बढ्ता हुने उद्देश्यले विवाद गरे जबकि उनको पासमा ज्ञान आइसकेको थियो । र यदि तपाईको पालनकर्ताको तर्फबाट एउटा निश्चित अवधिसम्मको निम्ति समय पहिला निर्धारित नभइसकेको भए, उनीहरूको बीचमा निर्णय गरिदिइनेथियो । तर जुन मानिसहरू उनीहरू पश्चात किताबको उत्तराधिकारी भए, उनीहरू उसको बारेमा शंकामा अल्झिएका छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَلِذٰلِكَ فَادْعُ ۚ— وَاسْتَقِمْ كَمَاۤ اُمِرْتَ ۚ— وَلَا تَتَّبِعْ اَهْوَآءَهُمْ ۚ— وَقُلْ اٰمَنْتُ بِمَاۤ اَنْزَلَ اللّٰهُ مِنْ كِتٰبٍ ۚ— وَاُمِرْتُ لِاَعْدِلَ بَیْنَكُمْ ؕ— اَللّٰهُ رَبُّنَا وَرَبُّكُمْ ؕ— لَنَاۤ اَعْمَالُنَا وَلَكُمْ اَعْمَالُكُمْ ؕ— لَا حُجَّةَ بَیْنَنَا وَبَیْنَكُمْ ؕ— اَللّٰهُ یَجْمَعُ بَیْنَنَا ۚ— وَاِلَیْهِ الْمَصِیْرُ ۟ؕ
१५) तसर्थ (हे मुहम्मद !) उसैतर्फ मानिसहरूलाई बोलाइरहनुस् र जे तपाईलाई आदेश भएको छ, त्यसैमा दृढताको साथ स्थिर रहनुस्, र उनीहरूको इच्छा अनुरूप नहिड्नुस् र भनिदिनुस् कि ‘‘जति किताब अल्लाहले अवतरित गर्यो, मेरो तिनमाथि ईमान छ र मलाई आदेश छ कि तिमीमा इन्साफ गरूँ । अल्लाह नै हाम्रो र तिम्रो, पालनकर्ता हो । हामीलाई हाम्रा, र तिम्रा कर्महरू तिम्रालागि नै हुन् ! हामी र तिमीमा कुनै झै–झगडा छैन । अल्लाहले हामी सबैलाई एकत्रित गर्नेछ, र उसैतिर फर्केर जानुपर्नेछ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አሽ ሹራ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት