Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል አህቃፍ   አንቀጽ:
وَاِذْ صَرَفْنَاۤ اِلَیْكَ نَفَرًا مِّنَ الْجِنِّ یَسْتَمِعُوْنَ الْقُرْاٰنَ ۚ— فَلَمَّا حَضَرُوْهُ قَالُوْۤا اَنْصِتُوْا ۚ— فَلَمَّا قُضِیَ وَلَّوْا اِلٰی قَوْمِهِمْ مُّنْذِرِیْنَ ۟
२९) र यादगर जब हामीले जिन्नहरूको एक समूहलाई तिमीतिर प्रवृत्त गर्यौं ताकि उनीहरूले कुरआन सुनुन्, तब जब उनीहरू नबीको पासमा आए त (आपसमा) भन्न थाले कि ‘‘चुप लाग’’, अनि जब त्यो (कुरआनको पाठ) पूरा भयो त उनीहरू आफ्ना जातिबन्धुलाई सावधान गर्न त्यतातिर फर्के ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالُوْا یٰقَوْمَنَاۤ اِنَّا سَمِعْنَا كِتٰبًا اُنْزِلَ مِنْ بَعْدِ مُوْسٰی مُصَدِّقًا لِّمَا بَیْنَ یَدَیْهِ یَهْدِیْۤ اِلَی الْحَقِّ وَاِلٰی طَرِیْقٍ مُّسْتَقِیْمٍ ۟
३०) भन्न थाले कि ‘‘हे मेरो सम्प्रदाय । हामीले निःसन्देह त्यो पुस्तक सुनेका छौं जुन मूसापछि अवतरित गरिएको छ, जुन आफूभन्दा अघिका पुस्तकहरूको प्रमाणिकरण गर्दछ, (जुन) सत्य धर्मको र सोझो मार्गको निर्देशन दिन्छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰقَوْمَنَاۤ اَجِیْبُوْا دَاعِیَ اللّٰهِ وَاٰمِنُوْا بِهٖ یَغْفِرْ لَكُمْ مِّنْ ذُنُوْبِكُمْ وَیُجِرْكُمْ مِّنْ عَذَابٍ اَلِیْمٍ ۟
३१) हे मेरो कौम ! अल्लाहतिर आह्वान गर्नेवालाको कुरा मान, र उसमाथि ईमान ल्याऊ । अनि अल्लाहले तिमीहरूको त्रुटिहरू क्षमा गरिदिने छ र तिमीलाई कष्टदायक दण्डबाट मुक्ति दिनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَنْ لَّا یُجِبْ دَاعِیَ اللّٰهِ فَلَیْسَ بِمُعْجِزٍ فِی الْاَرْضِ وَلَیْسَ لَهٗ مِنْ دُوْنِهٖۤ اَوْلِیَآءُ ؕ— اُولٰٓىِٕكَ فِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟
३२) र जसले अल्लाहको आमन्त्रणकर्ताको आमन्त्रण स्वीकार गर्नेछैन त उसले धरतीमा (नियन्त्रणबाट) कतै भागेर उम्कन सक्ने छैन र अल्लाह बाहेक उसको कोही संरक्षक हुनेछैन । यस्ता मानिसहरूले खुल्लमखुल्ला मार्गविचलनमा छन् ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
اَوَلَمْ یَرَوْا اَنَّ اللّٰهَ الَّذِیْ خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ وَلَمْ یَعْیَ بِخَلْقِهِنَّ بِقٰدِرٍ عَلٰۤی اَنْ یُّحْیِ الْمَوْتٰی ؕ— بَلٰۤی اِنَّهٗ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟
३३) के उनीहरूले देखेनन् कि जुन अल्लाहले आकाशहरू र धरतीलाई सृष्टि गर्यो र उनीहरूको सृष्टि गर्नबाट थाकेन, त्यो निःसन्देह मृतकहरूलाई पनि जीवित पार्न सामथ्र्यवान छ ? किन नहोस ऊ निःसन्देह हरेक वस्तुमाथि सामथ्र्यवान छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَیَوْمَ یُعْرَضُ الَّذِیْنَ كَفَرُوْا عَلَی النَّارِ ؕ— اَلَیْسَ هٰذَا بِالْحَقِّ ؕ— قَالُوْا بَلٰی وَرَبِّنَا ؕ— قَالَ فَذُوْقُوا الْعَذَابَ بِمَا كُنْتُمْ تَكْفُرُوْنَ ۟
३४) र जुनदिन ती मानिसहरू, जसले इन्कार गरे, नर्कको अगाडि प्रस्तुत गरिनेछन्, (भनिनेछ) ‘‘के यो सत्य होइन ?’’ उनीहरूले भन्नेछन्ः कि हाम्रो पालनकर्ताको कसम !’’ (यो सत्य हो) उसले भन्नेछ– ‘‘त अब यातनाको स्वाद चाख, त्यस इन्कारको परिणामस्वरूप जो तिमीहरूले गर्ने गर्दथ्यौ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاصْبِرْ كَمَا صَبَرَ اُولُوا الْعَزْمِ مِنَ الرُّسُلِ وَلَا تَسْتَعْجِلْ لَّهُمْ ؕ— كَاَنَّهُمْ یَوْمَ یَرَوْنَ مَا یُوْعَدُوْنَ ۙ— لَمْ یَلْبَثُوْۤا اِلَّا سَاعَةً مِّنْ نَّهَارٍ ؕ— بَلٰغٌ ۚ— فَهَلْ یُهْلَكُ اِلَّا الْقَوْمُ الْفٰسِقُوْنَ ۟۠
३५) अतः (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) धैर्यधारण गर, जुन किसिमले संकल्पवान रसूलहरूले धैर्य गरे । र उनीहरूको लागि यातनाको निम्ति हतार नगर । जुनदिन यिनीहरूले त्यस कुरालाई देख्नेछन्, जसको उनीहरूसित वाचा गरिन्छ , (तब महसूस गर्नेछन्) कि मानौं संसारमा यिनीहरू दिनको एकछिनको लागि मात्र बसेका थिए । यो कुरआन सन्देश हो, तसर्थ (अब) तिनीहरू नै नष्ट हुनेछन् जो अवज्ञाकारी थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል አህቃፍ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት