Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል ሑጅራት   አንቀጽ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا اجْتَنِبُوْا كَثِیْرًا مِّنَ الظَّنِّ ؗ— اِنَّ بَعْضَ الظَّنِّ اِثْمٌ وَّلَا تَجَسَّسُوْا وَلَا یَغْتَبْ بَّعْضُكُمْ بَعْضًا ؕ— اَیُحِبُّ اَحَدُكُمْ اَنْ یَّاْكُلَ لَحْمَ اَخِیْهِ مَیْتًا فَكَرِهْتُمُوْهُ ؕ— وَاتَّقُوا اللّٰهَ ؕ— اِنَّ اللّٰهَ تَوَّابٌ رَّحِیْمٌ ۟
१२) हे ईमानवालाहरू ! धेरै शंकाउपशंका गर्नुबाट बच । किन भने केही शंका पाप हुन्छन् र एक अर्काको जासूसी नगर, र नत कसैको अनुपस्थितिमा निन्दा (पिशुन्ता) गर्नु । के तिमीहरूमध्ये कसैले आफ्नो मृतक भाइको मासु खान चाहन्छ ? यसलाई तिमीले अवश्य नै घृणा गर्नेछौ । (तसर्थ) अल्लाहसित डर मान्ने गर । निश्चय नै अल्लाह प्रायश्चित स्वीकार गर्नेवाला, अत्यन्त दयावान छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا النَّاسُ اِنَّا خَلَقْنٰكُمْ مِّنْ ذَكَرٍ وَّاُ وَجَعَلْنٰكُمْ شُعُوْبًا وَّقَبَآىِٕلَ لِتَعَارَفُوْا ؕ— اِنَّ اَكْرَمَكُمْ عِنْدَ اللّٰهِ اَتْقٰىكُمْ ؕ— اِنَّ اللّٰهَ عَلِیْمٌ خَبِیْرٌ ۟
१३) हे मानिसहरू ! हामीले तिमीहरू सबैलाई एउटै पुरुष र एउटी स्त्रीबाट सृष्टि गर्यौं र तिमीलाई जातविरादरी र कबिलाहरू (गोत्रहरू) को रूप दियौं, ताकि तिमीले एक अर्कालाई चिन्न सक । (वास्तवमा) अल्लाहकहाँ तिमीमध्ये सर्वाधिक प्रतिष्ठित त्यो हो जो कि तिमीहरूमध्ये (अनुचित कर्मबाट) बढी भय गर्नेवाला हुन्छ । निश्चय नै अल्लाह सबै कुरा जान्दछ, ऊ सर्वज्ञ छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَتِ الْاَعْرَابُ اٰمَنَّا ؕ— قُلْ لَّمْ تُؤْمِنُوْا وَلٰكِنْ قُوْلُوْۤا اَسْلَمْنَا وَلَمَّا یَدْخُلِ الْاِیْمَانُ فِیْ قُلُوْبِكُمْ ؕ— وَاِنْ تُطِیْعُوا اللّٰهَ وَرَسُوْلَهٗ لَا یَلِتْكُمْ مِّنْ اَعْمَالِكُمْ شَیْـًٔا ؕ— اِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟
१४) देहातीहरूले (गाउँलेहरूले) भने किः हामीले ईमान ल्यायौं भनिदिनुस् कि तिमीले ईमान ल्याएनौ । किन्तु तिमीहरूले यस्तो भन कि हामी आज्ञाकारी भयौं ‘‘यद्यपि ईमानले तिम्रो हृदयमा अहिले सम्म प्रवेश नै गरेको छैन र यदि तिमीले अल्लाह र उसको रसूलको आज्ञाकारीता गर्ने गर्दछौ भने अल्लाहले तिम्रो कर्मबाट केही कम गर्नेछैन । निःसन्देह अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّمَا الْمُؤْمِنُوْنَ الَّذِیْنَ اٰمَنُوْا بِاللّٰهِ وَرَسُوْلِهٖ ثُمَّ لَمْ یَرْتَابُوْا وَجٰهَدُوْا بِاَمْوَالِهِمْ وَاَنْفُسِهِمْ فِیْ سَبِیْلِ اللّٰهِ ؕ— اُولٰٓىِٕكَ هُمُ الصّٰدِقُوْنَ ۟
१५) वास्तवमा र्इमानवालाहरू त ती नै हुन् जसले अल्लाह र उसको रसूलमाथि ईमान ल्याए अनि उनीहरूले कुनै शंका सन्देह गर्दैनन् र आफ्ना धनसम्पत्ति र आफ्ना ज्यानले अल्लाहको मार्गमा जेहाद (धर्म युद्ध) गर्दछन् । यीनै मानिसहरू असल सत्यवान हुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ اَتُعَلِّمُوْنَ اللّٰهَ بِدِیْنِكُمْ ؕ— وَاللّٰهُ یَعْلَمُ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— وَاللّٰهُ بِكُلِّ شَیْءٍ عَلِیْمٌ ۟
१६) (हे सन्देष्टा उनीहरूसित) भनिदिनुस् कि ‘‘के तिमीले अल्लाहलाई आफ्नो धार्मिक आस्थाको सूचना दिइरहेकाछौ ? अल्लाह त आकाशहरू र धरतीका सम्पूर्ण कुरालाई जान्दछ । र अल्लाह हरेक कुराको ज्ञाता हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یَمُنُّوْنَ عَلَیْكَ اَنْ اَسْلَمُوْا ؕ— قُلْ لَّا تَمُنُّوْا عَلَیَّ اِسْلَامَكُمْ ۚ— بَلِ اللّٰهُ یَمُنُّ عَلَیْكُمْ اَنْ هَدٰىكُمْ لِلْاِیْمَانِ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
१७) उनीहरू तपाईमाथि आफ्नो मुसलमान हुने कुराको उपकार दर्शाउँदैछन्, तपाईं भनिदिनुस् कि आफ्नो मुसलमान हुने कुरोको उपकार ममाथि नदेखाऊ । वास्तवमा अल्लाहको तिमीमाथि ठूलो उपकार छ कि तिमीलाई ईमानवाला बनायो यदि तिमी सही बाटोमा छौ भने ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ اللّٰهَ یَعْلَمُ غَیْبَ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— وَاللّٰهُ بَصِیْرٌ بِمَا تَعْمَلُوْنَ ۟۠
१८) विश्वास गर अल्लाह आकाशहरू र धरतीमा लुकेका कुराहरू जान्दछ र जे जति तिमीले गर्दछौ त्यसलाई देखिरहेको छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል ሑጅራት
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት