የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ - የአህሉል -ሀዲስ ማህበር ማዕከል * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: ሱረቱ አል ሙጃደላ   አንቀጽ:

सूरतुल् मुजादिलह

قَدْ سَمِعَ اللّٰهُ قَوْلَ الَّتِیْ تُجَادِلُكَ فِیْ زَوْجِهَا وَتَشْتَكِیْۤ اِلَی اللّٰهِ ۖۗ— وَاللّٰهُ یَسْمَعُ تَحَاوُرَكُمَا ؕ— اِنَّ اللّٰهَ سَمِیْعٌ بَصِیْرٌ ۟
१) (हे पैगम्बर !) अल्लाहले त्यस स्त्रीको कुरा सुनिहाल्यो, जसले आफ्नो पतिको विषयमा तपाईसित विवाद गरिराखेकी थिई र अल्लाहसित गुनासो गरिाखेकी थिई । अल्लाहले तिमी दुवैको प्रश्नोत्तर सुनिराखेको थियो । निश्चय नै अल्लाह सबै कुरा सुन्नेवाला, देख्नेवाला छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَلَّذِیْنَ یُظٰهِرُوْنَ مِنْكُمْ مِّنْ نِّسَآىِٕهِمْ مَّا هُنَّ اُمَّهٰتِهِمْ ؕ— اِنْ اُمَّهٰتُهُمْ اِلَّا الّٰٓـِٔیْ وَلَدْنَهُمْ ؕ— وَاِنَّهُمْ لَیَقُوْلُوْنَ مُنْكَرًا مِّنَ الْقَوْلِ وَزُوْرًا ؕ— وَاِنَّ اللّٰهَ لَعَفُوٌّ غَفُوْرٌ ۟
२) तिमीहरूमध्ये जसले आफ्ना स्त्रीहरूसंग जिहार गरिहाल्छन् (अर्थात उनीहरूलाई आमा भनिहाल्छन्) तिनीहरू उनीहरूकी वास्तविक आमा भइहाल्दैनन् । उनीहरूकी आमा त ती नै हुन् जसको पेटबाट उनीहरू जन्मेका छन् । निश्चय नै उनीहरू एउटा अनुचित र असत्य कुरा भन्दछन् (र) अल्लाह बडो दया गर्नेवाला र क्षमाशील छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَالَّذِیْنَ یُظٰهِرُوْنَ مِنْ نِّسَآىِٕهِمْ ثُمَّ یَعُوْدُوْنَ لِمَا قَالُوْا فَتَحْرِیْرُ رَقَبَةٍ مِّنْ قَبْلِ اَنْ یَّتَمَآسَّا ؕ— ذٰلِكُمْ تُوْعَظُوْنَ بِهٖ ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ خَبِیْرٌ ۟
३) जसले आफ्नो स्त्रीहरूलाई आमा भनिहाल्दछन्, अनि आफ्नो भनाईतिर पश्चाताप गर्छन् भने उनीहरू पुनः सहवास गर्नुभन्दा पहिला एउटा दास मुक्त गर्नु अनिवार्य छ । यसबाट तिमीलाई उपदेश गरिन्छ र तिमीले जे गर्दछौ, अल्लाहलाई सबै थाहा छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَمَنْ لَّمْ یَجِدْ فَصِیَامُ شَهْرَیْنِ مُتَتَابِعَیْنِ مِنْ قَبْلِ اَنْ یَّتَمَآسَّا ۚ— فَمَنْ لَّمْ یَسْتَطِعْ فَاِطْعَامُ سِتِّیْنَ مِسْكِیْنًا ؕ— ذٰلِكَ لِتُؤْمِنُوْا بِاللّٰهِ وَرَسُوْلِهٖ ؕ— وَتِلْكَ حُدُوْدُ اللّٰهِ ؕ— وَلِلْكٰفِرِیْنَ عَذَابٌ اَلِیْمٌ ۟
४) हो, जसलाई दास प्राप्त हुँदैन, त्यसले सहवासभन्दा पहिला निरन्तर दुई महिनासम्म व्रत बसोस् र जसलाई यसको पनि सामथ्र्य छैन त, त्यसले साठी (गरिब) पराश्रितहरूलाई भोजन गराओस् । यो यसकारण हो ताकि तिमी अल्लाह र उसको रसूलको आज्ञाकारी बन । यी अल्लाहद्धारा निर्धारित सीमाहरू हुन् र नमान्नेहरूको निम्ति कष्टदायक यातना छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ الَّذِیْنَ یُحَآدُّوْنَ اللّٰهَ وَرَسُوْلَهٗ كُبِتُوْا كَمَا كُبِتَ الَّذِیْنَ مِنْ قَبْلِهِمْ وَقَدْ اَنْزَلْنَاۤ اٰیٰتٍۢ بَیِّنٰتٍ ؕ— وَلِلْكٰفِرِیْنَ عَذَابٌ مُّهِیْنٌ ۟ۚ
५) निःसंदेह जुन मानिसहरूले अल्लाह र उसको रसूलको विरोध गर्दछन्, उनीहरू अपमानित गरिनेछन्, जुन तरिकाले कि उनीभन्दा पहिला अपमानित गरिएका थिए, र हामीले स्पष्ट र खुल्ला आयतहरू अवतरित गरिदिएका छौं । र जसले मान्दैनन् उनीहरूलाई अपमानजनक यातना छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یَوْمَ یَبْعَثُهُمُ اللّٰهُ جَمِیْعًا فَیُنَبِّئُهُمْ بِمَا عَمِلُوْا ؕ— اَحْصٰىهُ اللّٰهُ وَنَسُوْهُ ؕ— وَاللّٰهُ عَلٰی كُلِّ شَیْءٍ شَهِیْدٌ ۟۠
६) जुन दिन अल्लाहले उनीहरूलाई उठाउनेछ फेरि जुन काम उनीहरूले गर्दथे त्यसबाट उनीहरूलाई अवगत गराउनेछ । अल्लाहले ती सबैलाई गिनिराखको छ जुन यिनीहरूले बिर्सिसकेछन् र अल्लाह प्रत्येक कुरा जान्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَلَمْ تَرَ اَنَّ اللّٰهَ یَعْلَمُ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— مَا یَكُوْنُ مِنْ نَّجْوٰی ثَلٰثَةٍ اِلَّا هُوَ رَابِعُهُمْ وَلَا خَمْسَةٍ اِلَّا هُوَ سَادِسُهُمْ وَلَاۤ اَدْنٰی مِنْ ذٰلِكَ وَلَاۤ اَكْثَرَ اِلَّا هُوَ مَعَهُمْ اَیْنَ مَا كَانُوْا ۚ— ثُمَّ یُنَبِّئُهُمْ بِمَا عَمِلُوْا یَوْمَ الْقِیٰمَةِ ؕ— اِنَّ اللّٰهَ بِكُلِّ شَیْءٍ عَلِیْمٌ ۟
७) के तिमीलाई थाहा छैन कि जे–जति आकाशहरूमा छ र जे–जति धरतीमा छ, अल्लाहलाई सबै थाहा छ । कुनै पनि तीनजना मानिसहरूको गुप्त वार्ता यस्तो हुँदैन जसमा चौथो अल्लाह नहोस् र न पाँचजना मानिसहरूको हुन्छ, जसमा छैठौं त्यो नहोस् । न यसभन्दा कमको न यसभन्दा बढिको किन्तु त्यो उनीहरूको साथमा हुन्छ, तिनीहरू जहाँ भएपनि, अनि जे–जति पनि उनीहरूले गरेका होलान्, कियामतको दिन उसले उनीहरूलाई उनको कार्यबाट अवगत गराइहाल्नेछ । निश्चय नै अल्लाहलाई हरेक कुराको ज्ञान छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَلَمْ تَرَ اِلَی الَّذِیْنَ نُهُوْا عَنِ النَّجْوٰی ثُمَّ یَعُوْدُوْنَ لِمَا نُهُوْا عَنْهُ وَیَتَنٰجَوْنَ بِالْاِثْمِ وَالْعُدْوَانِ وَمَعْصِیَتِ الرَّسُوْلِ ؗ— وَاِذَا جَآءُوْكَ حَیَّوْكَ بِمَا لَمْ یُحَیِّكَ بِهِ اللّٰهُ ۙ— وَیَقُوْلُوْنَ فِیْۤ اَنْفُسِهِمْ لَوْلَا یُعَذِّبُنَا اللّٰهُ بِمَا نَقُوْلُ ؕ— حَسْبُهُمْ جَهَنَّمُ ۚ— یَصْلَوْنَهَا ۚ— فَبِئْسَ الْمَصِیْرُ ۟
८) के तिमीले उनीहरूलाई देखेनौ ? जसलाई कानेखुसी गर्नबाट मनाही गरिएको थियो । उनी फेरि पनि त्यो मनाही गरिएको काम गर्न थाले र परस्परमा पापको, अत्याचारको र रसूलको अवज्ञाको कानेखुसी गर्दछन् र जब तिम्रो नजिकमा आउँदछन्, त तिमीलाई ती शब्दमा सलाम गर्दछन् । जुन शब्द अल्लाहले तिम्रो अभिवादनको लागि भनेन, र आफ्नो मनमा भन्दछन् कि जे–जति हामीले भन्दछौं, त्यसमा अल्लाहले हामीलाई सजाय किन दिंदैन ? उनीहरूको निम्ति नर्क नै पर्याप्त सजाय हो, जसमा उनीहरू प्रविष्ट हुनेछन् । त्यो त साह्रै नराम्रो ठाउँ हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِذَا تَنَاجَیْتُمْ فَلَا تَتَنَاجَوْا بِالْاِثْمِ وَالْعُدْوَانِ وَمَعْصِیَتِ الرَّسُوْلِ وَتَنَاجَوْا بِالْبِرِّ وَالتَّقْوٰی ؕ— وَاتَّقُوا اللّٰهَ الَّذِیْۤ اِلَیْهِ تُحْشَرُوْنَ ۟
९) हे मोमिनहरू ! जब तिमी आपसमा कानेखुसी गर्दछौ त यी कानेखुसीहरू गुनाह र अतिक्रमण र रसूलको अवज्ञाको लागी नहोउन् । बरु नेकी र सहनशीलताको विषयमा आपसमा एकान्तवार्ता गर र त्यस अल्लाहसित डर मानिराख जसको नजिक तिमी एकत्रित हुनेछौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّمَا النَّجْوٰی مِنَ الشَّیْطٰنِ لِیَحْزُنَ الَّذِیْنَ اٰمَنُوْا وَلَیْسَ بِضَآرِّهِمْ شَیْـًٔا اِلَّا بِاِذْنِ اللّٰهِ ؕ— وَعَلَی اللّٰهِ فَلْیَتَوَكَّلِ الْمُؤْمِنُوْنَ ۟
१०) नराम्रा कानेखुसीहरू त शैतानको काम हो । ताकि यसबाट मोमिनहरू दुःखी होउन्, यद्यपि अल्लाहको आदेश बिना उसले उनीहरूलाई केही हानि पुर्याउन सक्दैन । र मोमिनहरूले अल्लाहमाथि नै भरोसा गर्नु उचित हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِذَا قِیْلَ لَكُمْ تَفَسَّحُوْا فِی الْمَجٰلِسِ فَافْسَحُوْا یَفْسَحِ اللّٰهُ لَكُمْ ۚ— وَاِذَا قِیْلَ انْشُزُوْا فَانْشُزُوْا یَرْفَعِ اللّٰهُ الَّذِیْنَ اٰمَنُوْا مِنْكُمْ ۙ— وَالَّذِیْنَ اُوْتُوا الْعِلْمَ دَرَجٰتٍ ؕ— وَاللّٰهُ بِمَا تَعْمَلُوْنَ خَبِیْرٌ ۟
११) मोमिनहरू ! जब तिमीहरूलाई भनिन्छ कि सभामा ठाउँ फराकिलो पार त फराकिलो गरी बस । अल्लाहले तिमीलाई फराकिलोपना प्रदान गर्नेछ र जब भनिन्छ कि उभिहाल्नु त उभिहाल । तिमीहरूमध्ये जसले ईमान ल्याएका छन् र जसलाई ज्ञान प्रदान गरिएको छ, अल्लाहले उनीहरूको दर्जा उच्च गर्नेछ, र अल्लाह तिम्रो सम्पूर्ण कामहरूलाई जान्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِذَا نَاجَیْتُمُ الرَّسُوْلَ فَقَدِّمُوْا بَیْنَ یَدَیْ نَجْوٰىكُمْ صَدَقَةً ؕ— ذٰلِكَ خَیْرٌ لَّكُمْ وَاَطْهَرُ ؕ— فَاِنْ لَّمْ تَجِدُوْا فَاِنَّ اللّٰهَ غَفُوْرٌ رَّحِیْمٌ ۟
१२) हे मोमिनहरू ! जब तिमीले पैगम्बरको कानमा कुनै कुरा भन्न चाहन्छौ त त्यस कुरालाई भन्नुभन्दा पहिला केही दान गर्नेगर । यो तिम्रो निम्ति धेरै राम्रो र पवित्रताको कुरा हो र यदि दानको सामथ्र्य छैन भने त अल्लाह क्षमाशील र कृपालु छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ءَاَشْفَقْتُمْ اَنْ تُقَدِّمُوْا بَیْنَ یَدَیْ نَجْوٰىكُمْ صَدَقٰتٍ ؕ— فَاِذْ لَمْ تَفْعَلُوْا وَتَابَ اللّٰهُ عَلَیْكُمْ فَاَقِیْمُوا الصَّلٰوةَ وَاٰتُوا الزَّكٰوةَ وَاَطِیْعُوا اللّٰهَ وَرَسُوْلَهٗ ؕ— وَاللّٰهُ خَبِیْرٌ بِمَا تَعْمَلُوْنَ ۟۠
१३) के तिमी आफ्नो गुप्तवार्ताभन्दा पहिला दान दिनुबाट तर्सिहाल्यौ ? अनि जब तिमीले यस्तो गरेनौ र अल्लाहले तिमीलाई क्षमा गरिदियो त नमाज पढ्ने गर र जकात (धर्मदाय) दिंदैगर र अल्लाह र उसको रसूलको आज्ञापालन गर्नेगर । र जे–जति तिमीले गर्दछौ, अल्लाहलाई त्यो सबै थाहा छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَلَمْ تَرَ اِلَی الَّذِیْنَ تَوَلَّوْا قَوْمًا غَضِبَ اللّٰهُ عَلَیْهِمْ ؕ— مَا هُمْ مِّنْكُمْ وَلَا مِنْهُمْ ۙ— وَیَحْلِفُوْنَ عَلَی الْكَذِبِ وَهُمْ یَعْلَمُوْنَ ۟ۚ
१४) के तिमीले ती मानिसहरूलाई देखेनौ ? जसले यस्ता मानिसहरूसित मित्रता गरे जसमाथि अल्लाहको प्रकोप भएको छ ? ती कपटीहरू न तिमीमध्येका हुन र न उनीहरूमध्येका, र उनीहरू जानी–जानी झूठो कुराको कसम खान्छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَعَدَّ اللّٰهُ لَهُمْ عَذَابًا شَدِیْدًا ؕ— اِنَّهُمْ سَآءَ مَا كَانُوْا یَعْمَلُوْنَ ۟
१५) अल्लाहले उनीहरूको निम्ति कठोर यातना तयार गरिसकेको छ । निश्चय नै उनीहरूले जे गरिराखेका छन् त्यो नराम्रो हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِتَّخَذُوْۤا اَیْمَانَهُمْ جُنَّةً فَصَدُّوْا عَنْ سَبِیْلِ اللّٰهِ فَلَهُمْ عَذَابٌ مُّهِیْنٌ ۟
१६) उनीहरूले आफ्ना कसमहरूलाई सुरक्षा कवच बनाइराखेका छन् । अतः उनीहरू अल्लाहको मार्गबाट मानिसहरूलाई रोक्दछन् । तसर्थ उनीहरूका निमित्त तिरस्कारपूर्ण यातना छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَنْ تُغْنِیَ عَنْهُمْ اَمْوَالُهُمْ وَلَاۤ اَوْلَادُهُمْ مِّنَ اللّٰهِ شَیْـًٔا ؕ— اُولٰٓىِٕكَ اَصْحٰبُ النَّارِ ؕ— هُمْ فِیْهَا خٰلِدُوْنَ ۟
१७) अल्लाह को यातनाबाट बचाउनको निम्ति न उनीहरूको धन सम्पत्ति उनीहरूको काम आउनेछ र न उनीहरूका सन्तान । उनीहरू नर्कबासी हुन् । त्यसैमा उनीहरू सधै रहनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یَوْمَ یَبْعَثُهُمُ اللّٰهُ جَمِیْعًا فَیَحْلِفُوْنَ لَهٗ كَمَا یَحْلِفُوْنَ لَكُمْ وَیَحْسَبُوْنَ اَنَّهُمْ عَلٰی شَیْءٍ ؕ— اَلَاۤ اِنَّهُمْ هُمُ الْكٰذِبُوْنَ ۟
१८) जुन दिन अल्लाहले ती सबैलाई जीवित पारी उठाउनेछ त उनीहरूले उसको सामु पनि यस्तै प्रकारले कसम खानेछन्, जुन प्रकारले तिम्रो अगाडि कसम खान्छन् र ठान्छन् कि उनीहरू पनि कुनै आधारमा छन् । हेर, निश्चय नै तिनीहरू नै झूठा हुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِسْتَحْوَذَ عَلَیْهِمُ الشَّیْطٰنُ فَاَنْسٰىهُمْ ذِكْرَ اللّٰهِ ؕ— اُولٰٓىِٕكَ حِزْبُ الشَّیْطٰنِ ؕ— اَلَاۤ اِنَّ حِزْبَ الشَّیْطٰنِ هُمُ الْخٰسِرُوْنَ ۟
१९) शैतानले उनीहरूलाई नियन्त्रणमा लिइसकेको छ । अतः उसले अल्लाहको स्मरणलाई उनीहरूबाट बिर्साइसकेको छ । यिनीहरू शैतानको समूह हुन् यसमा शंका छैन कि शैतानको समूह नै घाटामा पर्नेवाला छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنَّ الَّذِیْنَ یُحَآدُّوْنَ اللّٰهَ وَرَسُوْلَهٗۤ اُولٰٓىِٕكَ فِی الْاَذَلِّیْنَ ۟
२०) निःसंदेह जसले अल्लाह र उसको रसूलको विरोध गर्दछन्, उनीहरू सबभन्दा बढी अपमानितहरूमध्येका हुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
كَتَبَ اللّٰهُ لَاَغْلِبَنَّ اَنَا وَرُسُلِیْ ؕ— اِنَّ اللّٰهَ قَوِیٌّ عَزِیْزٌ ۟
२१) अल्लाहले लेखिसकेको छ कि निःसंदेह म र मेरा रसूल नै विजयी रहनेछौं । निःसन्देह अल्लाह शक्तिमान र अधिपत्यशाली छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَا تَجِدُ قَوْمًا یُّؤْمِنُوْنَ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ یُوَآدُّوْنَ مَنْ حَآدَّ اللّٰهَ وَرَسُوْلَهٗ وَلَوْ كَانُوْۤا اٰبَآءَهُمْ اَوْ اَبْنَآءَهُمْ اَوْ اِخْوَانَهُمْ اَوْ عَشِیْرَتَهُمْ ؕ— اُولٰٓىِٕكَ كَتَبَ فِیْ قُلُوْبِهِمُ الْاِیْمَانَ وَاَیَّدَهُمْ بِرُوْحٍ مِّنْهُ ؕ— وَیُدْخِلُهُمْ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَا ؕ— رَضِیَ اللّٰهُ عَنْهُمْ وَرَضُوْا عَنْهُ ؕ— اُولٰٓىِٕكَ حِزْبُ اللّٰهِ ؕ— اَلَاۤ اِنَّ حِزْبَ اللّٰهِ هُمُ الْمُفْلِحُوْنَ ۟۠
२२) जसले अल्लाह र कियामतको दिनमाथि आस्था राख्दछन्, उनीहरूलाई अल्लाह र उसको रसूलका दुश्मनहरूसित मित्रता गरेको तपाईले पाउनुहुन्न । चाहे उनीहरू तिनीहरूका बाबु वा छोरा वा भाइ वा उनको खलककै मानिसहरू किन नहोउन् । यिनै ती मानिसहरू हुन्, जसको हृदयमा अल्लाहले ईमान लेखिदिएको छ र अदृश्य अनुकम्पाले उनीहरूको सहायता गरेको छ र उसले उनीहरूलाई त्यस्ता स्वर्गहरूमा जसमुनि नहरहरू बगिराखेका छन्, प्रवेश गराउने छ, यिनी सधैं त्यसमा रहनेछन् । अल्लाह उनीहरूसित, र उनीहरू अल्लाहसित खुशी छन् । यही समूह अल्लाहको जमाअत (समूह) हो । र सुनिराख कि अल्लाहकै जमाअत नै सफल समूह हुनेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: ሱረቱ አል ሙጃደላ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ - የአህሉል -ሀዲስ ማህበር ማዕከል - የትርጉሞች ማዉጫ

የተከበረው ቁርአን ኔፓልኛ መልዕክተ ትርጉም - በኔፓል የአህሉል ሓዲሥ ማህበረሰብ ማዕከል የተተረጎመ

መዝጋት