Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል-አዕራፍ   አንቀጽ:
قَالَا رَبَّنَا ظَلَمْنَاۤ اَنْفُسَنَا ٚ— وَاِنْ لَّمْ تَغْفِرْ لَنَا وَتَرْحَمْنَا لَنَكُوْنَنَّ مِنَ الْخٰسِرِیْنَ ۟
२३) दुवैले भन्न थाले कि, ‘‘हे हाम्रो पालनहार हामीले आफ्नो लागि ठूलो नोक्सान गर्यौं, अब यदि तिमीले हामीलाई क्षमा गर्दैनौ र दया गर्दैनौ भने निश्चिय नै हामी घाटा पाउनेमध्येका भैहाल्छौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ اهْبِطُوْا بَعْضُكُمْ لِبَعْضٍ عَدُوٌّ ۚ— وَلَكُمْ فِی الْاَرْضِ مُسْتَقَرٌّ وَّمَتَاعٌ اِلٰی حِیْنٍ ۟
२४) अल्लाहले आदेश गर्नुभयो, ‘‘तिमी सबै स्वर्गबाट तल झरिहाल । तिमीहरू एक अर्काको शत्रु भयौ र तिम्रो लागि एक निश्चित समयको लागि पृथ्वीमा बास र जीवनको लागि सामग्रीको व्यवस्था गरिएको छ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ فِیْهَا تَحْیَوْنَ وَفِیْهَا تَمُوْتُوْنَ وَمِنْهَا تُخْرَجُوْنَ ۟۠
२५) अरु आदेश गर्यो कि, ‘‘तिमीले त्यहीं जिन्दगी गुजार्नु र मर्नु पर्नेछ र त्यसैबाट पूनः (जीवित गराई) निकालिने छौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰبَنِیْۤ اٰدَمَ قَدْ اَنْزَلْنَا عَلَیْكُمْ لِبَاسًا یُّوَارِیْ سَوْاٰتِكُمْ وَرِیْشًا ؕ— وَلِبَاسُ التَّقْوٰی ۙ— ذٰلِكَ خَیْرٌ ؕ— ذٰلِكَ مِنْ اٰیٰتِ اللّٰهِ لَعَلَّهُمْ یَذَّكَّرُوْنَ ۟
२६) हे आदमका सन्तान ! हामीले तिम्रोलागि पोशाक बनायौं जसबाट तिम्रो गुप्ताङ्गहरू ढाकियोस् र तिम्रो शरिरको रक्षा र शोभा पनि होस् । उत्तम पोशाक सत्यनिष्ठता नै हो । यो अल्लाहका निशानीहरूमध्ये एक हो, ताकि यिनीहरू याद राखुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰبَنِیْۤ اٰدَمَ لَا یَفْتِنَنَّكُمُ الشَّیْطٰنُ كَمَاۤ اَخْرَجَ اَبَوَیْكُمْ مِّنَ الْجَنَّةِ یَنْزِعُ عَنْهُمَا لِبَاسَهُمَا لِیُرِیَهُمَا سَوْاٰتِهِمَا ؕ— اِنَّهٗ یَرٰىكُمْ هُوَ وَقَبِیْلُهٗ مِنْ حَیْثُ لَا تَرَوْنَهُمْ ؕ— اِنَّا جَعَلْنَا الشَّیٰطِیْنَ اَوْلِیَآءَ لِلَّذِیْنَ لَا یُؤْمِنُوْنَ ۟
२७) हे आदमका सन्तति ! यस्तो नहोस् कि शैतान तिमीलाई फकाएर कुनै नोक्सानीमा पारोस् जस्तो कि तिम्रो आमा बुवालाई फकाएर स्वर्गबाट निष्कासित गराइहाल्यो र तिनीहरूलाई बस्त्रहीन गरायो कि तिनका गुप्ताङ्ग एक आर्कालाई देखाइदेओस् । त्यसले र त्यसको समूहले तिमीलाई यस्तो ठाउँबाट हेरिराख्दछन् कि तिमीले देख्न सक्दैनौ । हामीले यी शैतानहरूलाई तिनका मित्र बनाइदिएका छौं जसले ईमान ल्याउँदैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِذَا فَعَلُوْا فَاحِشَةً قَالُوْا وَجَدْنَا عَلَیْهَاۤ اٰبَآءَنَا وَاللّٰهُ اَمَرَنَا بِهَا ؕ— قُلْ اِنَّ اللّٰهَ لَا یَاْمُرُ بِالْفَحْشَآءِ ؕ— اَتَقُوْلُوْنَ عَلَی اللّٰهِ مَا لَا تَعْلَمُوْنَ ۟
२८) र जब यिनीहरूले कुनै निर्लज्जतापूर्ण अश्लील काम गर्दछन् तब भन्दछन् कि, हामीले आफ्ना बाबु–बाजेलाई यस्तै गरेको देखेका छौं र अल्लाहले पनि हामीलाई यही आदेश गरेको छ । तपार्इ भनिदिनुस् कि, अल्लाह निर्लज्जताको आदेश कहिले पनि दिंदैन । तिमीले अल्लाहको बारेमा यस्ता कुरा किन गर्दछौ जसको विषयमा कुनै ज्ञान छैन ?
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ اَمَرَ رَبِّیْ بِالْقِسْطِ ۫— وَاَقِیْمُوْا وُجُوْهَكُمْ عِنْدَ كُلِّ مَسْجِدٍ وَّادْعُوْهُ مُخْلِصِیْنَ لَهُ الدِّیْنَ ؕ۬— كَمَا بَدَاَكُمْ تَعُوْدُوْنَ ۟ؕ
२९) तपार्इ भनिदिनुस् ‘‘कि, मेरो पालनकर्ताले न्यायको आदेश दिएको छ, र यो पनि कि प्रत्येक नमाजको बेला आफ्नो अनुहार सिधा (किब्लातिर) राख्नेगर र अल्लाहको उपासना उसैको लागि मात्र गर्नु । अल्लाहले जुन प्रकारले तिमीलाई शुरूमा सृष्टि गरेको थियो त्यस्तै फेरि तिमी सृजना गरिनेछौ ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
فَرِیْقًا هَدٰی وَفَرِیْقًا حَقَّ عَلَیْهِمُ الضَّلٰلَةُ ؕ— اِنَّهُمُ اتَّخَذُوا الشَّیٰطِیْنَ اَوْلِیَآءَ مِنْ دُوْنِ اللّٰهِ وَیَحْسَبُوْنَ اَنَّهُمْ مُّهْتَدُوْنَ ۟
३०) केही समूहलाई त उसले सही मार्ग देखायो र केहीमाथि पथविचलित भएको प्रमाणित भैसक्यो । (किनकि) यिनीहरूले अल्लाहलाई छाडि शैतानलाई आफ्नो मित्र बनाए । र यो संम्झन्छन् कि तिनीहरू सही मार्गमा छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል-አዕራፍ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት