Check out the new design

আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ * - অনুবাদসমূহৰ সূচীপত্ৰ


অৰ্থানুবাদ ছুৰা: আৰ-ৰাআদ   আয়াত:

र्रअद

الٓمّٓرٰ ۫— تِلْكَ اٰیٰتُ الْكِتٰبِ ؕ— وَالَّذِیْۤ اُنْزِلَ اِلَیْكَ مِنْ رَّبِّكَ الْحَقُّ وَلٰكِنَّ اَكْثَرَ النَّاسِ لَا یُؤْمِنُوْنَ ۟
१) अलिफ, लाम, मिम, रा, यी कुरआनका आयत हुन्, र जुनसुकै तपाईतर्फ तपाईको पालनहारबाट उतारिएको छ, सबै सत्य हुन् । तापनि अधिकांश व्यक्तिहरू ईमान ल्याउदैनन् ।
আৰবী তাফছীৰসমূহ:
اَللّٰهُ الَّذِیْ رَفَعَ السَّمٰوٰتِ بِغَیْرِ عَمَدٍ تَرَوْنَهَا ثُمَّ اسْتَوٰی عَلَی الْعَرْشِ وَسَخَّرَ الشَّمْسَ وَالْقَمَرَ ؕ— كُلٌّ یَّجْرِیْ لِاَجَلٍ مُّسَمًّی ؕ— یُدَبِّرُ الْاَمْرَ یُفَصِّلُ الْاٰیٰتِ لَعَلَّكُمْ بِلِقَآءِ رَبِّكُمْ تُوْقِنُوْنَ ۟
२) अल्लाह त्यो नै हो जसले आकाशहरूलाई बिना खम्बा ठड्याइदिएको छ, जसलाई तिमी देखिरहेका छौ, फेरि ऊ अर्श (सिंहासन) माथि उच्च भयो । उसैले सूर्य र चन्द्रलाई आफ्नो अधीनमा राखिराखेको छ । हरेक निश्चित प्रक्रियामा गतिशील छन्, उसैले सबै कार्यको उपाय गर्छ । उसले आफ्ना प्रमाण–प्रतीकहरू स्पष्टरूपमा बयान गरिरहेको छ, कि तिमी आफ्नो पालनहारसँगको भेटलाई विश्वास गरिहाल ।
আৰবী তাফছীৰসমূহ:
وَهُوَ الَّذِیْ مَدَّ الْاَرْضَ وَجَعَلَ فِیْهَا رَوَاسِیَ وَاَنْهٰرًا ؕ— وَمِنْ كُلِّ الثَّمَرٰتِ جَعَلَ فِیْهَا زَوْجَیْنِ اثْنَیْنِ یُغْشِی الَّیْلَ النَّهَارَ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّقَوْمٍ یَّتَفَكَّرُوْنَ ۟
३) उसैले धर्ती फैलाएर ओछ्याई दिएको छ, र त्यसमा पहाड़ र खोलाहरू निर्माण गरिदिएको छ, र त्यसमा किसिम किसिमका फल–फूलहरूको जोडा–जोडा दोहोरो–दोहोरो उत्पन्न गरिदिएको छ । उसैले रातलाई दिनबाट छिपाइदिन्छ, निःसंन्देह सोच्ने, बुझ्नेहरूका लागि यसमा धेरै (प्रतीक) चिन्हहरू छन् ।
আৰবী তাফছীৰসমূহ:
وَفِی الْاَرْضِ قِطَعٌ مُّتَجٰوِرٰتٌ وَّجَنّٰتٌ مِّنْ اَعْنَابٍ وَّزَرْعٌ وَّنَخِیْلٌ صِنْوَانٌ وَّغَیْرُ صِنْوَانٍ یُّسْقٰی بِمَآءٍ وَّاحِدٍ ۫— وَنُفَضِّلُ بَعْضَهَا عَلٰی بَعْضٍ فِی الْاُكُلِ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّقَوْمٍ یَّعْقِلُوْنَ ۟
४) र पृथ्वीमा भिन्न–भिन्न प्रकारका टुक्रा एक अर्कासंग मिल्दाजुल्दा छन् । र अंगूरका बगैचाहरू छन्, र खेतहरू छन्, र खजूरका बोटहरू छन, हाङ्गा भएका र कुनै यस्ता छन् जसमा कुनै हाङ्गा छैनन्, सबैलाई एउटै पानी पिलाइन्छ, तैपनि म एउटालाई अर्को फलमाथि उच्चता प्रदान गर्दछु । यसमा वुद्धिमानहरूका लागि धेरै चिन्हहरू छन् ।
আৰবী তাফছীৰসমূহ:
وَاِنْ تَعْجَبْ فَعَجَبٌ قَوْلُهُمْ ءَاِذَا كُنَّا تُرٰبًا ءَاِنَّا لَفِیْ خَلْقٍ جَدِیْدٍ ؕ۬— اُولٰٓىِٕكَ الَّذِیْنَ كَفَرُوْا بِرَبِّهِمْ ۚ— وَاُولٰٓىِٕكَ الْاَغْلٰلُ فِیْۤ اَعْنَاقِهِمْ ۚ— وَاُولٰٓىِٕكَ اَصْحٰبُ النَّارِ ۚ— هُمْ فِیْهَا خٰلِدُوْنَ ۟
५) यदि तिमीलाई आश्चर्य लाग्छ भने वास्तवमा उनको यो भनाई अजीब छ कि जब हामी माटो भइहाल्छौं तब के हामी नयाँ जन्ममा हुनेछौं । यिनीहरू नै हुन् जसले आफ्नो पालनहारसँग कुफ्र गरेका छन् , यही नै हुन जसका घाँटीहरूमा पापी पट्टा हुनेछन् र यही नै हुन् जो नर्क (जहन्नम) मा रहनेवाला हुन्, जो यसमा संधै संधैका लागि रहनेछन् ।
আৰবী তাফছীৰসমূহ:
 
অৰ্থানুবাদ ছুৰা: আৰ-ৰাআদ
ছুৰাৰ তালিকা পৃষ্ঠা নং
 
আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ - অনুবাদসমূহৰ সূচীপত্ৰ

নেপাল কেন্দ্ৰীয় জমিয়তে আহলে হাদীছৰ দ্বাৰা প্ৰকাশিত।

বন্ধ