Check out the new design

আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ * - অনুবাদসমূহৰ সূচীপত্ৰ


অৰ্থানুবাদ ছুৰা: আল-আনকাবূত   আয়াত:
فَمَا كَانَ جَوَابَ قَوْمِهٖۤ اِلَّاۤ اَنْ قَالُوا اقْتُلُوْهُ اَوْ حَرِّقُوْهُ فَاَنْجٰىهُ اللّٰهُ مِنَ النَّارِ ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّقَوْمٍ یُّؤْمِنُوْنَ ۟
२४) अनि उसको कौमको भनाई मात्र यो थियो कि यसलाई कत्ल (हत्या) गरिदेऔ वा जलाइहालौ, अन्ततः अल्लाहले उनीलाई आगोबाट बचाइहाल्यो यसमा ईमानवालहरूको लागि धेरै निशानीहरू छन् ।
আৰবী তাফছীৰসমূহ:
وَقَالَ اِنَّمَا اتَّخَذْتُمْ مِّنْ دُوْنِ اللّٰهِ اَوْثَانًا ۙ— مَّوَدَّةَ بَیْنِكُمْ فِی الْحَیٰوةِ الدُّنْیَا ۚ— ثُمَّ یَوْمَ الْقِیٰمَةِ یَكْفُرُ بَعْضُكُمْ بِبَعْضٍ وَّیَلْعَنُ بَعْضُكُمْ بَعْضًا ؗ— وَّمَاْوٰىكُمُ النَّارُ وَمَا لَكُمْ مِّنْ نّٰصِرِیْنَ ۟ۗۖ
२५) इब्राहीमले भने कि ‘‘अल्लाहबाट टाढिएर तिमीहरूले जुन मूर्तिहरूलाई मात्र सांसारिक जीवनको कारण पूजा गर्दछौ । कियामतको दिन तिमीहरू एकअर्काबाट इन्कार गर्नेछौ, र एकअर्कालाई धिक्कार्नेछौ, र तिमिहरू सबैको बासस्थान नर्क हुनेछ र तिम्रो कोही सहायता गर्नेवाला हुनेछैन ।
আৰবী তাফছীৰসমূহ:
فَاٰمَنَ لَهٗ لُوْطٌ ۘ— وَقَالَ اِنِّیْ مُهَاجِرٌ اِلٰی رَبِّیْ ؕ— اِنَّهٗ هُوَ الْعَزِیْزُ الْحَكِیْمُ ۟
२६) अनि ‘‘लूतले’’ उनको (इब्राहीमको) कुरामा ईमान ल्याए, र भन्नथालेः कि म आफ्नो पालनकर्तातिर हिजरत गर्दछु । निःसन्देह ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।
আৰবী তাফছীৰসমূহ:
وَوَهَبْنَا لَهٗۤ اِسْحٰقَ وَیَعْقُوْبَ وَجَعَلْنَا فِیْ ذُرِّیَّتِهِ النُّبُوَّةَ وَالْكِتٰبَ وَاٰتَیْنٰهُ اَجْرَهٗ فِی الدُّنْیَا ۚ— وَاِنَّهٗ فِی الْاٰخِرَةِ لَمِنَ الصّٰلِحِیْنَ ۟
२७) र हामीले उनलाई (इब्राहीमलाई) ‘‘इस्हाक’’ र ‘‘यअ्कूब’’ प्रदान गर्यौं र हामीले उसको सन्ततिमै पैगम्बरी र किताबहरू प्रदान गर्यौं । र हामीले उनलाई संसारमा पनि राम्रो प्रतिफल प्रदान गर्यौं र उनी आखिरतमा पनि सत्कर्मीहरूमध्येका हुनेछन् ।
আৰবী তাফছীৰসমূহ:
وَلُوْطًا اِذْ قَالَ لِقَوْمِهٖۤ اِنَّكُمْ لَتَاْتُوْنَ الْفَاحِشَةَ ؗ— مَا سَبَقَكُمْ بِهَا مِنْ اَحَدٍ مِّنَ الْعٰلَمِیْنَ ۟
२८) र ‘‘लूत’’ (अलैहिस्सलाम) को पनि वर्णन गर जब उनले आफ्नो कौमसित भनेः कि तिमीले त्यस्तो व्यभिचार गर्दछौ, जुन तिमीभन्दा पहिला सम्पूर्ण संसारमा कसैले पनि गरेको थिएन ।
আৰবী তাফছীৰসমূহ:
اَىِٕنَّكُمْ لَتَاْتُوْنَ الرِّجَالَ وَتَقْطَعُوْنَ السَّبِیْلَ ۙ۬— وَتَاْتُوْنَ فِیْ نَادِیْكُمُ الْمُنْكَرَ ؕ— فَمَا كَانَ جَوَابَ قَوْمِهٖۤ اِلَّاۤ اَنْ قَالُوا ائْتِنَا بِعَذَابِ اللّٰهِ اِنْ كُنْتَ مِنَ الصّٰدِقِیْنَ ۟
२९) के तिमी (आनन्द प्राप्तिको लागि) पुरुषहरूसँग व्यभिचार गर्दछौ र बाटोहरूलाई बन्द गर्दछौ, र आफ्नो आम सभाहरूमा दुष्कर्म गर्दछौ ? अनि उनको कौमका मानिसहरूको उत्तर यही थियो, उनीहरूले भनेः कि यदि तिमी साँचो हौ भने हामीमाथि अल्लाहको यातना ल्याऊ ।
আৰবী তাফছীৰসমূহ:
قَالَ رَبِّ انْصُرْنِیْ عَلَی الْقَوْمِ الْمُفْسِدِیْنَ ۟۠
३०) (लूतले) प्रार्थना गरे कि हे मेरो पालनकर्ता ! यी उपद्रवीहरूको मुकाबिलामा मेरो सहायता गर ।
আৰবী তাফছীৰসমূহ:
 
অৰ্থানুবাদ ছুৰা: আল-আনকাবূত
ছুৰাৰ তালিকা পৃষ্ঠা নং
 
আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ - অনুবাদসমূহৰ সূচীপত্ৰ

নেপাল কেন্দ্ৰীয় জমিয়তে আহলে হাদীছৰ দ্বাৰা প্ৰকাশিত।

বন্ধ