Check out the new design

আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ * - অনুবাদসমূহৰ সূচীপত্ৰ


অৰ্থানুবাদ ছুৰা: চ'দ   আয়াত:

साद

صٓ وَالْقُرْاٰنِ ذِی الذِّكْرِ ۟ؕ
१) साद, कसम छ, त्यस कुरआनको, जुन उपदेश दिनेवाला छ ।
আৰবী তাফছীৰসমূহ:
بَلِ الَّذِیْنَ كَفَرُوْا فِیْ عِزَّةٍ وَّشِقَاقٍ ۟
२) तर जो काफिर छन्, उनीहरू घमण्ड र विरोधमा छन् ।
আৰবী তাফছীৰসমূহ:
كَمْ اَهْلَكْنَا مِنْ قَبْلِهِمْ مِّنْ قَرْنٍ فَنَادَوْا وَّلَاتَ حِیْنَ مَنَاصٍ ۟
३) हामीले उनीहरूभन्दा पहिला धेरै समूहलाई नष्ट गर्यौं, तब उनीहरूले धेरै कराए तर त्यो छुटकाराको समय थिएन ।
আৰবী তাফছীৰসমূহ:
وَعَجِبُوْۤا اَنْ جَآءَهُمْ مُّنْذِرٌ مِّنْهُمْ ؗ— وَقَالَ الْكٰفِرُوْنَ هٰذَا سٰحِرٌ كَذَّابٌ ۟ۖۚ
४) र उनीहरूले आश्चर्य गरे कि उनीहरूको पासमा उनीहरूमध्येबाट एउटा सचेतकर्ता आयो र (इन्कार गर्नेहरूले) भन्न थालेः कि ‘‘यो त जादूगर र झूठो हो ।’’
আৰবী তাফছীৰসমূহ:
اَجَعَلَ الْاٰلِهَةَ اِلٰهًا وَّاحِدًا ۖۚ— اِنَّ هٰذَا لَشَیْءٌ عُجَابٌ ۟
५) के उसले यति धेरै पूज्य उपास्यहरूलाई एक्लो एउटै उपास्य बनाइदियो ? यो त ठूलै आश्चर्यजनक कुरा हो ।
আৰবী তাফছীৰসমূহ:
وَانْطَلَقَ الْمَلَاُ مِنْهُمْ اَنِ امْشُوْا وَاصْبِرُوْا عَلٰۤی اٰلِهَتِكُمْ ۖۚ— اِنَّ هٰذَا لَشَیْءٌ یُّرَادُ ۟ۚ
६) उनका नायकहरूले यो भन्दै हिंडिहाले कि ‘‘हिंड र आफ्ना उपास्यहरू (को पूजा) मा अडिग रह । निःसन्देह यस कुरामा कुनै स्वार्थ (नीहित) छ ।
আৰবী তাফছীৰসমূহ:
مَا سَمِعْنَا بِهٰذَا فِی الْمِلَّةِ الْاٰخِرَةِ ۖۚ— اِنْ هٰذَاۤ اِلَّا اخْتِلَاقٌ ۟ۖۚ
७) यो कुरा त अघिका धर्ममा पनि हामीले कहिल्यै सुनेनौं । यो बिलकुलै मनगढन्ते कुरा हो ।
আৰবী তাফছীৰসমূহ:
ءَاُنْزِلَ عَلَیْهِ الذِّكْرُ مِنْ بَیْنِنَا ؕ— بَلْ هُمْ فِیْ شَكٍّ مِّنْ ذِكْرِیْ ۚ— بَلْ لَّمَّا یَذُوْقُوْا عَذَابِ ۟ؕ
८) के हामी सबैमध्येबाट यसैमाथि अल्लाहको आदेश अवतरित भएको हो ? वास्तवमा उनीहरू मेरो वह्यको विषयमा सन्देहमा छन् ?’’ बरु (सत्य यो हो कि) उनीहरूले अझैसम्म मेरो यातनाको स्वाद चाखेका छैनन् ?’’
আৰবী তাফছীৰসমূহ:
اَمْ عِنْدَهُمْ خَزَآىِٕنُ رَحْمَةِ رَبِّكَ الْعَزِیْزِ الْوَهَّابِ ۟ۚ
९) वा के उनीहरूको पासमा तिम्रो दिनेवाला महान् पालनकर्ताको दयाका खजानाहरू छन ?
আৰবী তাফছীৰসমূহ:
اَمْ لَهُمْ مُّلْكُ السَّمٰوٰتِ وَالْاَرْضِ وَمَا بَیْنَهُمَا ۫— فَلْیَرْتَقُوْا فِی الْاَسْبَابِ ۟
१०) वा के आकाशहरू, जमिन र जेजति उनीहरूको बीचमा छन् ती, (सबै) माथि उनैको आधिपत्य छ, त्यस्तो हो भने यिनीहरू डोरी तानेर चढुन् ।
আৰবী তাফছীৰসমূহ:
جُنْدٌ مَّا هُنَالِكَ مَهْزُوْمٌ مِّنَ الْاَحْزَابِ ۟
११) पराजित समूहहरूमध्ये यो पनि एउटा (समूहको) सेना हो ।
আৰবী তাফছীৰসমূহ:
كَذَّبَتْ قَبْلَهُمْ قَوْمُ نُوْحٍ وَّعَادٌ وَّفِرْعَوْنُ ذُو الْاَوْتَادِ ۟ۙ
१२) यिनीभन्दा अगाडि पनि ‘‘नूहको’’ कौम (समुदाय) र ‘‘आद’’ एवं मेखवाला (किल्लावाला) फिरऔनले झूठा भनिसकेका थिए ।
আৰবী তাফছীৰসমূহ:
وَثَمُوْدُ وَقَوْمُ لُوْطٍ وَّاَصْحٰبُ لْـَٔیْكَةِ ؕ— اُولٰٓىِٕكَ الْاَحْزَابُ ۟
१३) र समूद र ‘‘लूतको’’ कौम (जातिबन्धु) र बनका बासिन्दा पनि, यी नै ती समूहहरू हुन् ।
আৰবী তাফছীৰসমূহ:
اِنْ كُلٌّ اِلَّا كَذَّبَ الرُّسُلَ فَحَقَّ عِقَابِ ۟۠
१४) तिनीहरू प्रत्येकले रसूलहरूलाई आरोप लगाए तसर्थ मेरो सजाय उनीमाथि निश्चित भयो ।
আৰবী তাফছীৰসমূহ:
وَمَا یَنْظُرُ هٰۤؤُلَآءِ اِلَّا صَیْحَةً وَّاحِدَةً مَّا لَهَا مِنْ فَوَاقٍ ۟
१५) यिनीहरू त मात्र एउटा चित्कारको प्रतीक्षामा छन् जसबाट अलिकति पनि अवकाश मिल्नेछैन ।
আৰবী তাফছীৰসমূহ:
وَقَالُوْا رَبَّنَا عَجِّلْ لَّنَا قِطَّنَا قَبْلَ یَوْمِ الْحِسَابِ ۟
१६) र उनी भन्छन्ः कि ‘‘हे हाम्रो पालनकर्ता ! हामीलाई हाम्रो भाग हिसाबको दिनभन्दा अगावै दिइहाल ।
আৰবী তাফছীৰসমূহ:
 
অৰ্থানুবাদ ছুৰা: চ'দ
ছুৰাৰ তালিকা পৃষ্ঠা নং
 
আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ - অনুবাদসমূহৰ সূচীপত্ৰ

নেপাল কেন্দ্ৰীয় জমিয়তে আহলে হাদীছৰ দ্বাৰা প্ৰকাশিত।

বন্ধ