Check out the new design

আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ * - অনুবাদসমূহৰ সূচীপত্ৰ


অৰ্থানুবাদ ছুৰা: গাফিৰ   আয়াত:
هُوَ الَّذِیْ خَلَقَكُمْ مِّنْ تُرَابٍ ثُمَّ مِنْ نُّطْفَةٍ ثُمَّ مِنْ عَلَقَةٍ ثُمَّ یُخْرِجُكُمْ طِفْلًا ثُمَّ لِتَبْلُغُوْۤا اَشُدَّكُمْ ثُمَّ لِتَكُوْنُوْا شُیُوْخًا ۚ— وَمِنْكُمْ مَّنْ یُّتَوَفّٰی مِنْ قَبْلُ وَلِتَبْلُغُوْۤا اَجَلًا مُّسَمًّی وَّلَعَلَّكُمْ تَعْقِلُوْنَ ۟
६७) ऊ त्यही हो जसले तिमीलाई माटोबाट फेरि वीर्य (नुत्फा) बाट फेरि रक्तपिण्डबाट सृष्टि गर्यो, अनि उसले तिमीलाई एउटा बच्चाको रूपमा निकाल्दछ, अनि (तिमीलाई बढाउँछ) ताकि तिमी आफ्नो परिपक्वतालाई प्राप्त गर, फेरि वृद्धावस्थामा पुग । यद्यपि तिमीहरूमध्ये कोही यसभन्दा पहिला नै मरीहाल्छन्, (उसले तिमीलाई छोडिदिन्छ) ताकि तिमी निर्धारित आयुसम्म पुग र यो यसकारण गर्दछ कि तिमीले बुझिहाल ।
আৰবী তাফছীৰসমূহ:
هُوَ الَّذِیْ یُحْیٖ وَیُمِیْتُ ۚ— فَاِذَا قَضٰۤی اَمْرًا فَاِنَّمَا یَقُوْلُ لَهٗ كُنْ فَیَكُوْنُ ۟۠
६८) त्यही हो जसले जीवन र मृत्यु दिन्छ र जब उसले कुनै कामको निर्णय गर्दछ तब त्यसको निम्ति यति भनिदिन्छ कि, ‘‘भइहाल’’, तब त्यो भइहाल्दछ ।
আৰবী তাফছীৰসমূহ:
اَلَمْ تَرَ اِلَی الَّذِیْنَ یُجَادِلُوْنَ فِیْۤ اٰیٰتِ اللّٰهِ ؕ— اَنّٰی یُصْرَفُوْنَ ۟ۙۛ
६९) के तिमीले उनीहरूलाई देख्यौ, जसले अल्लाहको आयतहरूमा विवाद गर्दछन् ? यिनीहरू कहाँ भौंतारिराखेका छन् ?
আৰবী তাফছীৰসমূহ:
الَّذِیْنَ كَذَّبُوْا بِالْكِتٰبِ وَبِمَاۤ اَرْسَلْنَا بِهٖ رُسُلَنَا ۛ۫— فَسَوْفَ یَعْلَمُوْنَ ۟ۙ
७०) जुन मानिसहरूले किताबलाई झूठा भने र त्यसलाई पनि जुन कि हामीले रसूलहरूलाई दिएर पठाएका थियौं । त शीघ्र नै उनीहरूलाई वास्तविकता थाहा भइहाल्नेछ ।
আৰবী তাফছীৰসমূহ:
اِذِ الْاَغْلٰلُ فِیْۤ اَعْنَاقِهِمْ وَالسَّلٰسِلُ ؕ— یُسْحَبُوْنَ ۟ۙ
७१) जबकि तौक (पट्टा) उनीहरूको घाँटीमा हुनेछ र जंजीरहरूमा घिसारिनेछन् ।
আৰবী তাফছীৰসমূহ:
فِی الْحَمِیْمِ ۙ۬— ثُمَّ فِی النَّارِ یُسْجَرُوْنَ ۟ۚ
७२) उम्लिराखेको पानीमा, अनि नर्कको आगोमा जलाइने छन् ।
আৰবী তাফছীৰসমূহ:
ثُمَّ قِیْلَ لَهُمْ اَیْنَ مَا كُنْتُمْ تُشْرِكُوْنَ ۟ۙ
७३) त्यसपछि उनीसित भनिनेछः कि ‘‘उनीहरू कहाँ छन्, जसलाई तिमीले साझेदार ठहराउँथ्यौ ?’’
আৰবী তাফছীৰসমূহ:
مِنْ دُوْنِ اللّٰهِ ؕ— قَالُوْا ضَلُّوْا عَنَّا بَلْ لَّمْ نَكُنْ نَّدْعُوْا مِنْ قَبْلُ شَیْـًٔا ؕ— كَذٰلِكَ یُضِلُّ اللّٰهُ الْكٰفِرِیْنَ ۟
७४) अल्लाह बाहेक, उनीहरूले भन्नेछन्ः ‘‘उनीहरू त हामीबाट बहकिहाले, बरु यसभन्दा अगाडि हामीले कसैलाई पुकार्दैनथ्याै ।’’ यसैप्रकार अल्लाहले इन्कार गर्नेहरूलाई मार्गविचलित गर्दछ ।
আৰবী তাফছীৰসমূহ:
ذٰلِكُمْ بِمَا كُنْتُمْ تَفْرَحُوْنَ فِی الْاَرْضِ بِغَیْرِ الْحَقِّ وَبِمَا كُنْتُمْ تَمْرَحُوْنَ ۟ۚ
७५) ‘‘यो बदला हो यस कुराको जसको कारण तिमी धरतीमा नाहक खुशी थियौ र यस कारण कि तिमी घमण्ड गरिराखेका थियौ ।
আৰবী তাফছীৰসমূহ:
اُدْخُلُوْۤا اَبْوَابَ جَهَنَّمَ خٰلِدِیْنَ فِیْهَا ۚ— فَبِئْسَ مَثْوَی الْمُتَكَبِّرِیْنَ ۟
७६) अब नर्कका (जहन्नमका) ढोकाहरूमा प्रवेश गरिहाल, सधैं उसैमा रहनेछौ ।’’ घमण्ड गर्नेहरूको लागि कस्तो नराम्रो बासस्थान हो ।
আৰবী তাফছীৰসমূহ:
فَاصْبِرْ اِنَّ وَعْدَ اللّٰهِ حَقٌّ ۚ— فَاِمَّا نُرِیَنَّكَ بَعْضَ الَّذِیْ نَعِدُهُمْ اَوْ نَتَوَفَّیَنَّكَ فَاِلَیْنَا یُرْجَعُوْنَ ۟
७७) तसर्थ (हे पैगम्बर !) धैर्य गर्नुस्, अल्लाहको वचन एकदम सत्य छ । जुन कुराको हामीले उनीहरूलाई वचन दिइराखेका छौं त्यसबाट यदि केही हामीले तपाईंलाई देखाइहाल्यौं वा तपाईंलाई उठाइहाल्यौं, (हर अवस्थामा) उनीहरूलाई फर्कनु त हामीतिरै छ ।
আৰবী তাফছীৰসমূহ:
 
অৰ্থানুবাদ ছুৰা: গাফিৰ
ছুৰাৰ তালিকা পৃষ্ঠা নং
 
আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ - অনুবাদসমূহৰ সূচীপত্ৰ

নেপাল কেন্দ্ৰীয় জমিয়তে আহলে হাদীছৰ দ্বাৰা প্ৰকাশিত।

বন্ধ