Check out the new design

আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ * - অনুবাদসমূহৰ সূচীপত্ৰ


অৰ্থানুবাদ ছুৰা: ফুচ্ছিলাত   আয়াত:
اِنَّ الَّذِیْنَ قَالُوْا رَبُّنَا اللّٰهُ ثُمَّ اسْتَقَامُوْا تَتَنَزَّلُ عَلَیْهِمُ الْمَلٰٓىِٕكَةُ اَلَّا تَخَافُوْا وَلَا تَحْزَنُوْا وَاَبْشِرُوْا بِالْجَنَّةِ الَّتِیْ كُنْتُمْ تُوْعَدُوْنَ ۟
३०) वास्तवमा जुन मानिसहरूले भनेः कि ‘‘हाम्रो पालनकर्ता अल्लाह हो’’, अनि उनीहरू (त्यसमा) दृढ रहे, त उनीहरूको निम्ति फरिश्ताहरू (यो भन्दै) अवतरित हुन्छन् कि तिमी निराश र शोकाकुल नहोऊ, अपितु त्यस स्वर्गको शुभसूचना सुनिहाल जसको तिमीलाई वाचा दिइएको छ ।
আৰবী তাফছীৰসমূহ:
نَحْنُ اَوْلِیٰٓؤُكُمْ فِی الْحَیٰوةِ الدُّنْیَا وَفِی الْاٰخِرَةِ ۚ— وَلَكُمْ فِیْهَا مَا تَشْتَهِیْۤ اَنْفُسُكُمْ وَلَكُمْ فِیْهَا مَا تَدَّعُوْنَ ۟ؕ
३१) हामी सांसारिक जीवनमा पनि तिम्रो मित्र थियौं र आखिरतमा पनि (तिम्रो साथमा) रहनेछौं । त्यहाँ जुन कुराको तिमीले इच्छा गर्नेछौ, र जुन कुरा माँग्नेछौं, तिम्रो लागि उपस्थित हुनेछ ।
আৰবী তাফছীৰসমূহ:
نُزُلًا مِّنْ غَفُوْرٍ رَّحِیْمٍ ۟۠
३२) (त्यो) क्षमाशील, र दयावान् अल्लाहको तर्फबाट तिम्रो लागि आतिथ्यको रूपमा हुनेछ ।’’
আৰবী তাফছীৰসমূহ:
وَمَنْ اَحْسَنُ قَوْلًا مِّمَّنْ دَعَاۤ اِلَی اللّٰهِ وَعَمِلَ صَالِحًا وَّقَالَ اِنَّنِیْ مِنَ الْمُسْلِمِیْنَ ۟
३३) र यसभन्दा राम्रो कुरावाला को हुनसक्छ जसले अल्लाहतिर डाँक्छ र असल कर्म गर्दछ र भन्दछः कि ‘‘निःसन्देह म मुस्लिम हूँ ?’’
আৰবী তাফছীৰসমূহ:
وَلَا تَسْتَوِی الْحَسَنَةُ وَلَا السَّیِّئَةُ ؕ— اِدْفَعْ بِالَّتِیْ هِیَ اَحْسَنُ فَاِذَا الَّذِیْ بَیْنَكَ وَبَیْنَهٗ عَدَاوَةٌ كَاَنَّهٗ وَلِیٌّ حَمِیْمٌ ۟
३४) पाप र पुण्य (नेकी र बदी) समान हुन सक्दैन । खराबीलाई भलाईबाट हटाऊ । फेरि तिमीले देख्नेछौ कि जसको साथ तिम्रो शत्रुता थियो, त्यो घनिष्ट मित्र भइहाल्नेछ ।
আৰবী তাফছীৰসমূহ:
وَمَا یُلَقّٰىهَاۤ اِلَّا الَّذِیْنَ صَبَرُوْا ۚ— وَمَا یُلَقّٰىهَاۤ اِلَّا ذُوْ حَظٍّ عَظِیْمٍ ۟
३५) र यी कुरा उनीहरूलाई मात्र प्राप्त हुन्छ, जो धैर्य गर्नेवाला छन् र उनीहरूलाई मात्र प्राप्त हुन्छ जो बढो भाग्यमानी छन् ।
আৰবী তাফছীৰসমূহ:
وَاِمَّا یَنْزَغَنَّكَ مِنَ الشَّیْطٰنِ نَزْغٌ فَاسْتَعِذْ بِاللّٰهِ ؕ— اِنَّهٗ هُوَ السَّمِیْعُ الْعَلِیْمُ ۟
३६) र जब तिमीलाई शैतानको तर्फबाट कुनै नराम्रो विचार आउँछ तब अल्लाहको शरण माँग्नेगर । निःसन्देह ऊ धेरै सुन्ने र जान्नेवाला छ ।
আৰবী তাফছীৰসমূহ:
وَمِنْ اٰیٰتِهِ الَّیْلُ وَالنَّهَارُ وَالشَّمْسُ وَالْقَمَرُ ؕ— لَا تَسْجُدُوْا لِلشَّمْسِ وَلَا لِلْقَمَرِ وَاسْجُدُوْا لِلّٰهِ الَّذِیْ خَلَقَهُنَّ اِنْ كُنْتُمْ اِیَّاهُ تَعْبُدُوْنَ ۟
३७) र रात र दिन, सूर्य र चन्द्र उसको निशानीहरूमध्येका हुन् । तिमीहरूले न सूर्यको पूजा गर नत चन्द्रको, बरु अल्लाहलाई नै ढोग, जसले यी कुराहरूलाई सृष्टि गरेको छ, यदि तिमी उसैको उपासना गर्नेवाला हौ भने।
আৰবী তাফছীৰসমূহ:
فَاِنِ اسْتَكْبَرُوْا فَالَّذِیْنَ عِنْدَ رَبِّكَ یُسَبِّحُوْنَ لَهٗ بِالَّیْلِ وَالنَّهَارِ وَهُمْ لَا یَسْـَٔمُوْنَ ۟
३८) यदि तैपनि यिनीहरूले घमण्ड गर्दछन् त जो फरिश्ताहरू तिम्रो पालनकर्ताको पासमा छन् उनीहरूले त रात र दिन उसको गुणगान गरिराखेकै छन्, र उनीहरूलाई कहिले दिक्क लाग्दैन ।
আৰবী তাফছীৰসমূহ:
 
অৰ্থানুবাদ ছুৰা: ফুচ্ছিলাত
ছুৰাৰ তালিকা পৃষ্ঠা নং
 
আল-কোৰআনুল কাৰীমৰ অৰ্থানুবাদ - নেপালী অনুবাদ- জমঈয়তে আহলে হাদীছ - অনুবাদসমূহৰ সূচীপত্ৰ

নেপাল কেন্দ্ৰীয় জমিয়তে আহলে হাদীছৰ দ্বাৰা প্ৰকাশিত।

বন্ধ