Check out the new design

Qurani Kərimin mənaca tərcüməsi - Nepal dilinə tərcümə- "Əhlul-Hədis" cəmiyyəti. * - Tərcumənin mündəricatı


Mənaların tərcüməsi Surə: Ali-İmran   Ayə:
لَنْ تَنَالُوا الْبِرَّ حَتّٰی تُنْفِقُوْا مِمَّا تُحِبُّوْنَ ؕ۬— وَمَا تُنْفِقُوْا مِنْ شَیْءٍ فَاِنَّ اللّٰهَ بِهٖ عَلِیْمٌ ۟
९२) (मोमिनहरू !) जबसम्म जुन कुराहरू तिमीलाई प्रिय छन् (अल्लाहको मार्गमा) त्यसबाट खर्च गर्ने छैनौ, तबसम्म कदापि पुण्य प्राप्त गर्न सक्ने छैनौ र जुन कुरो तिमीले खर्च गर्नेछौ, त्यो अल्लाहलाई राम्ररी थाहा छ ।
Ərəbcə təfsirlər:
كُلُّ الطَّعَامِ كَانَ حِلًّا لِّبَنِیْۤ اِسْرَآءِیْلَ اِلَّا مَا حَرَّمَ اِسْرَآءِیْلُ عَلٰی نَفْسِهٖ مِنْ قَبْلِ اَنْ تُنَزَّلَ التَّوْرٰىةُ ؕ— قُلْ فَاْتُوْا بِالتَّوْرٰىةِ فَاتْلُوْهَاۤ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
९३) सबै खानेकुरा बनी इस्राईलको निम्ति तौरात उतारिनुभन्दा अगाडि हलाल थिए, ती कुरा बाहेक जुनकि यअ्कूबले आफ्नो लागि वर्जित गरेका थिए । (हे मुहम्मद) भनिदिनुस् कि, यदि तिमी सत्य हौ भने तौरात ल्याऊ र त्यसलाई पढेर सुनाऊ ।
Ərəbcə təfsirlər:
فَمَنِ افْتَرٰی عَلَی اللّٰهِ الْكَذِبَ مِنْ بَعْدِ ذٰلِكَ فَاُولٰٓىِٕكَ هُمُ الظّٰلِمُوْنَ ۟ؔ
९४) यस पश्चात पनि जुन मानिसहरू अल्लाहमाथि झूठा आरोप लगाउँछन् ती नै अन्यायी हुन् ।
Ərəbcə təfsirlər:
قُلْ صَدَقَ اللّٰهُ ۫— فَاتَّبِعُوْا مِلَّةَ اِبْرٰهِیْمَ حَنِیْفًا ؕ— وَمَا كَانَ مِنَ الْمُشْرِكِیْنَ ۟
९५) भनिदेऊ ! कि अल्लाह सच्चा हो । तिमी सबै इब्राहीमको धर्मको पालना गर, जो मुश्रिकहरूमध्येबाट थिएनन् ।
Ərəbcə təfsirlər:
اِنَّ اَوَّلَ بَیْتٍ وُّضِعَ لِلنَّاسِ لَلَّذِیْ بِبَكَّةَ مُبٰرَكًا وَّهُدًی لِّلْعٰلَمِیْنَ ۟ۚ
९६) (अल्लाहको) पहिलो घर जुन मानिसहरूको निमित्त पूजाको लागि निर्धारित गरिएको थियो, त्यहि नै हो जुन मक्कामा अवस्थित छ, कल्याणकारी र पूर्ण विश्वको निम्ति मार्गदर्शक छ ।
Ərəbcə təfsirlər:
فِیْهِ اٰیٰتٌۢ بَیِّنٰتٌ مَّقَامُ اِبْرٰهِیْمَ ۚ۬— وَمَنْ دَخَلَهٗ كَانَ اٰمِنًا ؕ— وَلِلّٰهِ عَلَی النَّاسِ حِجُّ الْبَیْتِ مَنِ اسْتَطَاعَ اِلَیْهِ سَبِیْلًا ؕ— وَمَنْ كَفَرَ فَاِنَّ اللّٰهَ غَنِیٌّ عَنِ الْعٰلَمِیْنَ ۟
९७) यसमा स्पष्ट निशानीहरू छन्, जसमध्ये एउटा इब्राहीमको उभिने स्थल (मुकामे इब्राहीम) हो। जो यसमा प्रवेश गर्दछ, त्यसले अमन (शान्ति) प्राप्त गर्दछ । मानिसहरूमाथि अल्लाहको हक छ कि जसले त्यस घरसम्म पुग्ने सामथ्र्य राख्दछ, त्यसले हज (धार्मिक यात्रा) गरोस् । यदि कसैले यस आदेशको पालना गर्दैन भने अल्लाह उससित बरु पूर्ण संसारबाट निस्पृह छ ।
Ərəbcə təfsirlər:
قُلْ یٰۤاَهْلَ الْكِتٰبِ لِمَ تَكْفُرُوْنَ بِاٰیٰتِ اللّٰهِ ۖۗ— وَاللّٰهُ شَهِیْدٌ عَلٰی مَا تَعْمَلُوْنَ ۟
९८) तपाई भन्नुस् कि हे किताबवालाहरू (यहुदी–ईसाई) ! तिमी अल्लाहका निशानीहरूलाई किन नकारिराखेका छौ ? र अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापको साक्षी छ ।
Ərəbcə təfsirlər:
قُلْ یٰۤاَهْلَ الْكِتٰبِ لِمَ تَصُدُّوْنَ عَنْ سَبِیْلِ اللّٰهِ مَنْ اٰمَنَ تَبْغُوْنَهَا عِوَجًا وَّاَنْتُمْ شُهَدَآءُ ؕ— وَمَا اللّٰهُ بِغَافِلٍ عَمَّا تَعْمَلُوْنَ ۟
९९) भन कि हे अहले किताब ! तिमी मानिसहरूलाई अल्लाहको मार्गबाट किन रोक्ने गर्दछौ र यसमा अवगुण खोज्दैछौ, जबकि तिमीहरू आफै साक्षी छौ र अल्लाह तिम्रा क्रियाकलापसित असावधान छैन ।
Ərəbcə təfsirlər:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اِنْ تُطِیْعُوْا فَرِیْقًا مِّنَ الَّذِیْنَ اُوْتُوا الْكِتٰبَ یَرُدُّوْكُمْ بَعْدَ اِیْمَانِكُمْ كٰفِرِیْنَ ۟
१००) हे मोमिनहरू ! यदि तिमी अहले किताबको कुनै समूहको कुरा मान्नेछौ भने तिनीहरूले तिमीलाई ईमान ल्याइसकेपछि पनि काफिर बनाइदिन्छन् ।
Ərəbcə təfsirlər:
 
Mənaların tərcüməsi Surə: Ali-İmran
Surələrin mündəricatı Səhifənin rəqəmi
 
Qurani Kərimin mənaca tərcüməsi - Nepal dilinə tərcümə- "Əhlul-Hədis" cəmiyyəti. - Tərcumənin mündəricatı

Nepal Mərkəzi Əhli-Hədis Cəmiyyəti tərəfindən nəşr edilmişdir.

Bağlamaq