Check out the new design

Qurani Kərimin mənaca tərcüməsi - Nepal dilinə tərcümə- "Əhlul-Hədis" cəmiyyəti. * - Tərcumənin mündəricatı


Mənaların tərcüməsi Surə: Ali-İmran   Ayə:
اِنَّ هٰذَا لَهُوَ الْقَصَصُ الْحَقُّ ۚ— وَمَا مِنْ اِلٰهٍ اِلَّا اللّٰهُ ؕ— وَاِنَّ اللّٰهَ لَهُوَ الْعَزِیْزُ الْحَكِیْمُ ۟
६२) निश्चय नै यी भनाइहरू नै सत्य हुन् र अल्लाह बाहेक अरु कोही पूजा योग्य छैन । निःसन्देह अल्लाह सामथ्र्यपूर्ण र कौशल सम्पन्न छ ।
Ərəbcə təfsirlər:
فَاِنْ تَوَلَّوْا فَاِنَّ اللّٰهَ عَلِیْمٌۢ بِالْمُفْسِدِیْنَ ۟۠
६३) तापनि यदि तिनीहरूले स्वीकार गर्दैनन् त अल्लाह पनि उत्पातीहरूलाई राम्ररी जान्दछ ।
Ərəbcə təfsirlər:
قُلْ یٰۤاَهْلَ الْكِتٰبِ تَعَالَوْا اِلٰی كَلِمَةٍ سَوَآءٍ بَیْنَنَا وَبَیْنَكُمْ اَلَّا نَعْبُدَ اِلَّا اللّٰهَ وَلَا نُشْرِكَ بِهٖ شَیْـًٔا وَّلَا یَتَّخِذَ بَعْضُنَا بَعْضًا اَرْبَابًا مِّنْ دُوْنِ اللّٰهِ ؕ— فَاِنْ تَوَلَّوْا فَقُوْلُوا اشْهَدُوْا بِاَنَّا مُسْلِمُوْنَ ۟
६४) भनिदिनुस् कि हे अहले किताब ! यस्तो कुरातर्फ आऊ जुन हाम्रो र तिम्रो बीचमा समान छ । त्यो यो हो कि अल्लाह बाहेक अरु कसैलाई हामी पूजा नगरौं र उससँग अरुको साझेदारी नठहराऔं र अल्लाह बाहेक हामीमध्ये कसैलाई पालनहार नबनाऔ । यदि यिनीहरू मान्दैनन् भने भनिदिनुस् कि ! तिमी साक्षी हौ कि हामी मुसलमान हौं ।
Ərəbcə təfsirlər:
یٰۤاَهْلَ الْكِتٰبِ لِمَ تُحَآجُّوْنَ فِیْۤ اِبْرٰهِیْمَ وَمَاۤ اُنْزِلَتِ التَّوْرٰىةُ وَالْاِنْجِیْلُ اِلَّا مِنْ بَعْدِهٖ ؕ— اَفَلَا تَعْقِلُوْنَ ۟
६५) हे अहले किताब ! तिमीहरू इब्राहीमको बारेमा आपसमा किन झगडा गर्दछौ, जबकि तौरात र इञ्जील उनीभन्दा पछाडि आएको हो । के तिमी फेरि पनि बुझ्दैनौ ।
Ərəbcə təfsirlər:
هٰۤاَنْتُمْ هٰۤؤُلَآءِ حَاجَجْتُمْ فِیْمَا لَكُمْ بِهٖ عِلْمٌ فَلِمَ تُحَآجُّوْنَ فِیْمَا لَیْسَ لَكُمْ بِهٖ عِلْمٌ ؕ— وَاللّٰهُ یَعْلَمُ وَاَنْتُمْ لَا تَعْلَمُوْنَ ۟
६६) हेर, यस्तो कुरामा तिमीहरूले झगडा गरिसक्यौ, जसको बारेमा तिमीलाई ज्ञान थियो, तर फेरि यस्ता कुरामा किन झगडा गर्दछौ जसको सम्बन्धमा तिमीलाई केही पनि ज्ञान छैन । अल्लाहलाई थाहा छ र तिमीलाई थाहा छैन ।
Ərəbcə təfsirlər:
مَا كَانَ اِبْرٰهِیْمُ یَهُوْدِیًّا وَّلَا نَصْرَانِیًّا وَّلٰكِنْ كَانَ حَنِیْفًا مُّسْلِمًا ؕ— وَمَا كَانَ مِنَ الْمُشْرِكِیْنَ ۟
६७) इब्राहीम न त यहूदी थिए न ईसाई बरु उनी एक सच्चा मुसलमान थिए र मुश्रिकहरूमध्येका थिएनन् ।
Ərəbcə təfsirlər:
اِنَّ اَوْلَی النَّاسِ بِاِبْرٰهِیْمَ لَلَّذِیْنَ اتَّبَعُوْهُ وَهٰذَا النَّبِیُّ وَالَّذِیْنَ اٰمَنُوْا ؕ— وَاللّٰهُ وَلِیُّ الْمُؤْمِنِیْنَ ۟
६८) इब्राहीमसँग सबभन्दा नजिकका सम्बन्ध राख्ने ती मानिसहरू हुन् जो उनका अनुयायी भए र यिनी पैगम्बर (मुहम्मद स.) र ती मानिसहरू जसले कि आस्था राखेका हुन् । अल्लाह नै मोमिनहरूको पक्षधर र सहारा हो ।
Ərəbcə təfsirlər:
وَدَّتْ طَّآىِٕفَةٌ مِّنْ اَهْلِ الْكِتٰبِ لَوْ یُضِلُّوْنَكُمْ ؕ— وَمَا یُضِلُّوْنَ اِلَّاۤ اَنْفُسَهُمْ وَمَا یَشْعُرُوْنَ ۟
६९) (हे इस्लामका अनुयायीहरू !) अहले किताबको एक समूह तिमीलाई असल पथबाट विचलित गराउन चाहन्छ, तर यिनीहरूले वास्तवमा आफैलाई पथविचलित गरिराखेका छन् तर बुझ्दैनन् ।
Ərəbcə təfsirlər:
یٰۤاَهْلَ الْكِتٰبِ لِمَ تَكْفُرُوْنَ بِاٰیٰتِ اللّٰهِ وَاَنْتُمْ تَشْهَدُوْنَ ۟
७०) हे अहले किताब ! तिमीहरू गवाह भए पछि पनि अल्लाहका आयतहरूलाई किन इन्कार गरिराखेका छौ ?
Ərəbcə təfsirlər:
 
Mənaların tərcüməsi Surə: Ali-İmran
Surələrin mündəricatı Səhifənin rəqəmi
 
Qurani Kərimin mənaca tərcüməsi - Nepal dilinə tərcümə- "Əhlul-Hədis" cəmiyyəti. - Tərcumənin mündəricatı

Nepal Mərkəzi Əhli-Hədis Cəmiyyəti tərəfindən nəşr edilmişdir.

Bağlamaq