Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Yūnus   Ayah:
اَلَاۤ اِنَّ اَوْلِیَآءَ اللّٰهِ لَا خَوْفٌ عَلَیْهِمْ وَلَا هُمْ یَحْزَنُوْنَ ۟ۚ
६२) सुनिराखः कि अल्लाहका मित्रहरूलाई न कुनै भय–त्रास हुनेछ र नत तिनीहरू दुःखी नै हुनेछन् ।
Arabic explanations of the Qur’an:
الَّذِیْنَ اٰمَنُوْا وَكَانُوْا یَتَّقُوْنَ ۟ؕ
६३) यी तिनीहरू हुन् जसले ईमान ल्याए र आत्मसंयमी रहे ।
Arabic explanations of the Qur’an:
لَهُمُ الْبُشْرٰی فِی الْحَیٰوةِ الدُّنْیَا وَفِی الْاٰخِرَةِ ؕ— لَا تَبْدِیْلَ لِكَلِمٰتِ اللّٰهِ ؕ— ذٰلِكَ هُوَ الْفَوْزُ الْعَظِیْمُ ۟ؕ
६४) तिनीहरूको निम्ति सांसारिक जीवनमा पनि शुभसन्देश छ, र परलोकमा पनि । अल्लाहको कुरामा परिवर्तन हुँदैन, यहि त ठूलो सफलता हो ।
Arabic explanations of the Qur’an:
وَلَا یَحْزُنْكَ قَوْلُهُمْ ۘ— اِنَّ الْعِزَّةَ لِلّٰهِ جَمِیْعًا ؕ— هُوَ السَّمِیْعُ الْعَلِیْمُ ۟
६५) (र हे मुहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) ! ती मानिसहरूका दुर्वचन तिमीलाई दुःखी नपारोस् किनभने सम्पूर्ण मर्यादा अल्लाहकै लागि हो । ऊ सबैकुरा सुन्दछ र जान्दछ ।
Arabic explanations of the Qur’an:
اَلَاۤ اِنَّ لِلّٰهِ مَنْ فِی السَّمٰوٰتِ وَمَنْ فِی الْاَرْضِ ؕ— وَمَا یَتَّبِعُ الَّذِیْنَ یَدْعُوْنَ مِنْ دُوْنِ اللّٰهِ شُرَكَآءَ ؕ— اِنْ یَّتَّبِعُوْنَ اِلَّا الظَّنَّ وَاِنْ هُمْ اِلَّا یَخْرُصُوْنَ ۟
६६) यादराख कि जे जति आकाशहरूमा छन् र जति पृथ्वीमा छन् सबै अल्लाहकै हुन् । र जसले अल्लाह बाहेक आफूले चाहेको साझेदारहरूलाई पुकार्दछन्, उनीहरू कसको अनुशरण गरिरहेका छन् ? ती मात्र अप्रमाणित कुराहरूको अनुशरण गर्दैछन् र अनुमान मात्र लगाउँदै छन् ।
Arabic explanations of the Qur’an:
هُوَ الَّذِیْ جَعَلَ لَكُمُ الَّیْلَ لِتَسْكُنُوْا فِیْهِ وَالنَّهَارَ مُبْصِرًا ؕ— اِنَّ فِیْ ذٰلِكَ لَاٰیٰتٍ لِّقَوْمٍ یَّسْمَعُوْنَ ۟
६७) ऊ नै हो जसले तिम्रो निम्ति राति बनायो ताकि त्यसमा आराम गर, र हेर्नुको लागि उज्यालो दिन बनायो । निस्सन्देह त्यसमा ध्यानबाट सुन्नेहरूको लागि निशानीहरू छन् ।
Arabic explanations of the Qur’an:
قَالُوا اتَّخَذَ اللّٰهُ وَلَدًا سُبْحٰنَهٗ ؕ— هُوَ الْغَنِیُّ ؕ— لَهٗ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— اِنْ عِنْدَكُمْ مِّنْ سُلْطٰنٍ بِهٰذَا ؕ— اَتَقُوْلُوْنَ عَلَی اللّٰهِ مَا لَا تَعْلَمُوْنَ ۟
६८) तिनीहरू भन्दछन्ः कि अल्लाह आफनो लागि एउटा पुत्र ग्रहण गरेको छ, त्यो पवित्र छ (यस आरोपबाट) । अल्लाह कसैको मुखापेक्षी (मुहताज) छैन, ऊ स्वयं परिपूर्ण र महान छ । जे जति आकाशहरूमा र जे जति जमिनमा छन् ती सबै उसैको अधीन छन् ! तिमीसित यस झूठो कुराको कुनै प्रमाण छैन । तिमीले अल्लाहको बारेमा यस्तो कुरा भन्दछौ जसको तिमीलार्इ ज्ञान नै छैन ?
Arabic explanations of the Qur’an:
قُلْ اِنَّ الَّذِیْنَ یَفْتَرُوْنَ عَلَی اللّٰهِ الْكَذِبَ لَا یُفْلِحُوْنَ ۟ؕ
६९) भनिदिनुस्ः कि जुन मानिसहरूले अल्लाहमाथि झूठा आरोप लगाउँछन्, तिनीहरू सफलता पाउने छैनन् ।
Arabic explanations of the Qur’an:
مَتَاعٌ فِی الدُّنْیَا ثُمَّ اِلَیْنَا مَرْجِعُهُمْ ثُمَّ نُذِیْقُهُمُ الْعَذَابَ الشَّدِیْدَ بِمَا كَانُوْا یَكْفُرُوْنَ ۟۠
७०) यस संसारमा तिनीहरूलाई केही फाइदाहरू छन् अन्ततः उनीलार्इ हामीतिरै फर्केर आउनुछ, त्यति बेला हामी तिनीहरूलाई कुफ्र गरेको बदलामा कडा सजायको स्वाद चखाउने छौं ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Yūnus
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close