Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Hajj   Ayah:
اَلْمُلْكُ یَوْمَىِٕذٍ لِّلّٰهِ ؕ— یَحْكُمُ بَیْنَهُمْ ؕ— فَالَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ فِیْ جَنّٰتِ النَّعِیْمِ ۟
५६) त्यस दिन अल्लाहकै शासन हुनेछ । उसैले तिनीहरूबीच इन्साफ गर्नेछ । त जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरे, उनीहरू पुरस्कारले भरिएको बहिश्तहरू (स्वर्ग) मा हुनेछन् ।
Arabic explanations of the Qur’an:
وَالَّذِیْنَ كَفَرُوْا وَكَذَّبُوْا بِاٰیٰتِنَا فَاُولٰٓىِٕكَ لَهُمْ عَذَابٌ مُّهِیْنٌ ۟۠
५७) र जुन मानिसहरूले ईमान ल्याउन इन्कार गरे र हाम्रा आयतहरूलाई झूठा भने तिनीहरूको निम्ति अपमानजनक यातना हुनेछ ।
Arabic explanations of the Qur’an:
وَالَّذِیْنَ هَاجَرُوْا فِیْ سَبِیْلِ اللّٰهِ ثُمَّ قُتِلُوْۤا اَوْ مَاتُوْا لَیَرْزُقَنَّهُمُ اللّٰهُ رِزْقًا حَسَنًا ؕ— وَاِنَّ اللّٰهَ لَهُوَ خَیْرُ الرّٰزِقِیْنَ ۟
५८) र जुन मानिसहरूले अल्लाहको मार्गमा हिजरत गरे अर्थात् घरबार छोडे, अनि मारिए वा मरिहाले, त अल्लाहले अवश्य नै उनीहरूलाई राम्रो आजीविका प्रदान गर्नेछ । र निःसन्देह अल्लाह नै उत्तम आजीविका प्रदान गर्नेवाला छ ।
Arabic explanations of the Qur’an:
لَیُدْخِلَنَّهُمْ مُّدْخَلًا یَّرْضَوْنَهٗ ؕ— وَاِنَّ اللّٰهَ لَعَلِیْمٌ حَلِیْمٌ ۟
५९) उसले उनीहरूलाई यस्तो ठाउँमा पुर्याउनेछ जसबाट उनीहरू प्रसन्न भइहाल्नेछन् । निश्चय नै अल्लाह सर्वज्ञ, अत्यन्त सहनशील छ ।
Arabic explanations of the Qur’an:
ذٰلِكَ ۚ— وَمَنْ عَاقَبَ بِمِثْلِ مَا عُوْقِبَ بِهٖ ثُمَّ بُغِیَ عَلَیْهِ لَیَنْصُرَنَّهُ اللّٰهُ ؕ— اِنَّ اللّٰهَ لَعَفُوٌّ غَفُوْرٌ ۟
६०) कुरो यही हो, जसले प्रतिशोध लियो, त्यस्तै जस्तो कि उसको साथमा गरिएको थियो र पुनः त्यसमाथि ज्यादती गरियो भने अल्लाहले अवश्य नै उसको सहायता गर्नेछ , निश्चय नै अल्लाह माफ गरिदिनेवाला अत्यन्त क्षमाशील छ ।
Arabic explanations of the Qur’an:
ذٰلِكَ بِاَنَّ اللّٰهَ یُوْلِجُ الَّیْلَ فِی النَّهَارِ وَیُوْلِجُ النَّهَارَ فِی الَّیْلِ وَاَنَّ اللّٰهَ سَمِیْعٌ بَصِیْرٌ ۟
६१) यो यसकारणले कि अल्लाह रातलाई दिनमा प्रवेश गराउँदछ र दिनलाई रातमा प्रवेश गराउँदछ । र निःसन्देह अल्लाह सुन्दछ, देख्दछ ।
Arabic explanations of the Qur’an:
ذٰلِكَ بِاَنَّ اللّٰهَ هُوَ الْحَقُّ وَاَنَّ مَا یَدْعُوْنَ مِنْ دُوْنِهٖ هُوَ الْبَاطِلُ وَاَنَّ اللّٰهَ هُوَ الْعَلِیُّ الْكَبِیْرُ ۟
६२) यी सबै यसकारणले कि अल्लाह नै सत्य छ र उस बाहेक जसलाई पनि यिनीहरूले पुकार्दछन् त्यो असत्य छ, र यो कि अल्लाह नै सर्वोच्च र महान छ ।
Arabic explanations of the Qur’an:
اَلَمْ تَرَ اَنَّ اللّٰهَ اَنْزَلَ مِنَ السَّمَآءِ مَآءً ؗ— فَتُصْبِحُ الْاَرْضُ مُخْضَرَّةً ؕ— اِنَّ اللّٰهَ لَطِیْفٌ خَبِیْرٌ ۟ۚ
६३) के तिमीले देखेनौ कि अल्लाह आकाशबाट पानी वर्षाउँछ तब धरती हराभरा भइहाल्छ निःसन्देह अल्लाह दयालु र सबै कुराको ज्ञाता छ ।
Arabic explanations of the Qur’an:
لَهٗ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— وَاِنَّ اللّٰهَ لَهُوَ الْغَنِیُّ الْحَمِیْدُ ۟۠
६४) उसैको हो जे आकाशहरूमा र जेजति धरतीमा छन् । निःसन्देह अल्लाह नै निष्पृह र प्रशंसनीय छ ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Hajj
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close