Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: An-Nisā’   Ayah:
لَا خَیْرَ فِیْ كَثِیْرٍ مِّنْ نَّجْوٰىهُمْ اِلَّا مَنْ اَمَرَ بِصَدَقَةٍ اَوْ مَعْرُوْفٍ اَوْ اِصْلَاحٍ بَیْنَ النَّاسِ ؕ— وَمَنْ یَّفْعَلْ ذٰلِكَ ابْتِغَآءَ مَرْضَاتِ اللّٰهِ فَسَوْفَ نُؤْتِیْهِ اَجْرًا عَظِیْمًا ۟
११४) तिनीहरूका धेरै जसो गोप्य छलफलमा भलाई छैन । तर हो, त्यस मानिसको सरसल्लाहमा छ, जसले दान वा असल काम वा आपसमा मेलमिलापको कुरा गर्दछ, जसले अल्लाहको प्रसन्ताको लागि यो काम गर्दछ भने हामीले त्यसलाई ठूलो पुरस्कार प्रदान गर्नेछौं ।
Arabic explanations of the Qur’an:
وَمَنْ یُّشَاقِقِ الرَّسُوْلَ مِنْ بَعْدِ مَا تَبَیَّنَ لَهُ الْهُدٰی وَیَتَّبِعْ غَیْرَ سَبِیْلِ الْمُؤْمِنِیْنَ نُوَلِّهٖ مَا تَوَلّٰی وَنُصْلِهٖ جَهَنَّمَ ؕ— وَسَآءَتْ مَصِیْرًا ۟۠
११५) यदि कुनै मानिस सही बाटो थाहा पाइसकेपछि पनि रसूलको विरोध गर्दछ र अन्य मोमिनहरूको बाटो छाडि आर्को बाटोमा लाग्दछ भने हामीले त्यसलाई सोही बाटोमा छाडिदिन्छौं, र त्यसलाई जहन्नममा हाल्नेछौं र त्यो जानु पर्ने अति नै नराम्रो ठाउँ हो ।
Arabic explanations of the Qur’an:
اِنَّ اللّٰهَ لَا یَغْفِرُ اَنْ یُّشْرَكَ بِهٖ وَیَغْفِرُ مَا دُوْنَ ذٰلِكَ لِمَنْ یَّشَآءُ ؕ— وَمَنْ یُّشْرِكْ بِاللّٰهِ فَقَدْ ضَلَّ ضَلٰلًا بَعِیْدًا ۟
११६) अल्लाह उसलाई क्षमा गर्दैन जसले कसैलाई अल्लाहको साझेदार बनाउँछ तर यस बाहेक अन्य जस पापलाई चाहन्छ, क्षमा गर्नेछ र जसले कसैलाई अल्लाहको साझेदार ठह्रायो, त्यसले आफ्नो सही बाटो छाडि धेरै टाढाको पथभ्रष्टतामा लागिसक्यो ।
Arabic explanations of the Qur’an:
اِنْ یَّدْعُوْنَ مِنْ دُوْنِهٖۤ اِلَّاۤ اِنٰثًا ۚ— وَاِنْ یَّدْعُوْنَ اِلَّا شَیْطٰنًا مَّرِیْدًا ۟ۙ
११७) यिनीहरूले त अल्लाहलाई छोडेर स्त्रीहरूलाई पुकार्दछन् र वास्तवमा यिनीहरू उदण्ड शैतानलाई मात्र पूज्दछन् ।
Arabic explanations of the Qur’an:
لَّعَنَهُ اللّٰهُ ۘ— وَقَالَ لَاَتَّخِذَنَّ مِنْ عِبَادِكَ نَصِیْبًا مَّفْرُوْضًا ۟ۙ
११८) र अल्लाहले त्यसलाई धिक्कृत गर्यो तर उसले अल्लाहका सेवकहरूमध्येबाट एउटा निश्चित भाग लिने कम्मर कसेको छ (वाचा लिएको छ) ।
Arabic explanations of the Qur’an:
وَّلَاُضِلَّنَّهُمْ وَلَاُمَنِّیَنَّهُمْ وَلَاٰمُرَنَّهُمْ فَلَیُبَتِّكُنَّ اٰذَانَ الْاَنْعَامِ وَلَاٰمُرَنَّهُمْ فَلَیُغَیِّرُنَّ خَلْقَ اللّٰهِ ؕ— وَمَنْ یَّتَّخِذِ الشَّیْطٰنَ وَلِیًّا مِّنْ دُوْنِ اللّٰهِ فَقَدْ خَسِرَ خُسْرَانًا مُّبِیْنًا ۟ؕ
११९) र (शैतानले भन्दछ) तिनीहरूलाई सही बाटोबाट विचलित गराइरहने छु र अनुचित आशा दिलाइरहने छु र तिनलाई सिकाउने छु कि जनावरहरूको कान चिर्ने गर र भन्ने गर्दछु कि अल्लाहबाट रचना गरिएको रूपलाई बिगार्ने गर । हेर जसले अल्लाहलाई छाडि शैतानलाई आफ्नो मित्र बनाउँछ, त्यो खुलारूपमा हानिमा पर्नेछ ।
Arabic explanations of the Qur’an:
یَعِدُهُمْ وَیُمَنِّیْهِمْ ؕ— وَمَا یَعِدُهُمُ الشَّیْطٰنُ اِلَّا غُرُوْرًا ۟
१२०) त्यसले तिनीहरूलाई झूठो वचन दिंदैरहने छ र आशा दिलाइरहने छ । र शैतानले जे जति वचन तिनीहरूलाई दिन्छ, ती सबै धोका बाहेक अरु केही पनि होइन ।
Arabic explanations of the Qur’an:
اُولٰٓىِٕكَ مَاْوٰىهُمْ جَهَنَّمُ ؗ— وَلَا یَجِدُوْنَ عَنْهَا مَحِیْصًا ۟
१२१) यस्ता मानिसहरूको बासस्थान जहन्नम (नर्क) हो र तिनीहरूले त्यहाँबाट कुनै मुक्तिको ठाउँ पाउँने छैनन् ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: An-Nisā’
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close