Check out the new design

Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association * - Translations’ Index


Translation of the meanings Surah: Al-Muzzammil   Ayah:

मुज्जम्मिल

یٰۤاَیُّهَا الْمُزَّمِّلُ ۟ۙ
१) हे (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) लुगामा बेरिएका,
Arabic explanations of the Qur’an:
قُمِ الَّیْلَ اِلَّا قَلِیْلًا ۟ۙ
२) राती उठेर (नमाजको निम्ति) उभिने गर्नु तर थोरै ।
Arabic explanations of the Qur’an:
نِّصْفَهٗۤ اَوِ انْقُصْ مِنْهُ قَلِیْلًا ۟ۙ
३) आधारात वा त्यसभन्दा केही कम गर्नुस् ।
Arabic explanations of the Qur’an:
اَوْ زِدْ عَلَیْهِ وَرَتِّلِ الْقُرْاٰنَ تَرْتِیْلًا ۟ؕ
४) वा केही बढि, र विस्तारै रोकि–रोकि कुरआन पढ्ने गर्नु ।
Arabic explanations of the Qur’an:
اِنَّا سَنُلْقِیْ عَلَیْكَ قَوْلًا ثَقِیْلًا ۟
५) निश्चितरूपले हामीले शीघ्र नै तपाईमाथि एउटा ठूलो कुरा अवतरित गर्नेछौं ।
Arabic explanations of the Qur’an:
اِنَّ نَاشِئَةَ الَّیْلِ هِیَ اَشَدُّ وَطْاً وَّاَقْوَمُ قِیْلًا ۟ؕ
६) निःसन्देह राति उठ्नुमा अनुकूलता हुन्छ र कुरालाई पनि राम्रोसँग स्पष्ट गरिदिन्छ ।
Arabic explanations of the Qur’an:
اِنَّ لَكَ فِی النَّهَارِ سَبْحًا طَوِیْلًا ۟ؕ
७) दिनको समयमा त तपाईलाई अन्य धेरै व्यस्तता हुन्छ ।
Arabic explanations of the Qur’an:
وَاذْكُرِ اسْمَ رَبِّكَ وَتَبَتَّلْ اِلَیْهِ تَبْتِیْلًا ۟ؕ
८) तपाईले आफ्नो पालनकर्ताको नामको स्मरण गर्नु र अरु समस्त कुरालाई पन्छ्याई सम्पूर्ण हृदयले उसैतिर लाग्नु ।
Arabic explanations of the Qur’an:
رَبُّ الْمَشْرِقِ وَالْمَغْرِبِ لَاۤ اِلٰهَ اِلَّا هُوَ فَاتَّخِذْهُ وَكِیْلًا ۟
९) पूर्व र पश्चिमको स्वामी उसबाहेक कोही सत्य पूज्य छैन, अतः तिमीले उसैलाई नै आफ्नो कार्यसाधक बनाइहाल ।
Arabic explanations of the Qur’an:
وَاصْبِرْ عَلٰی مَا یَقُوْلُوْنَ وَاهْجُرْهُمْ هَجْرًا جَمِیْلًا ۟
१०) र जे जति कुरा यिनीहरू भन्दछन त्यसलाई सहँदै गर्नु र उनीहरूबाट राम्रोसित पन्छिदै गर्नु ।
Arabic explanations of the Qur’an:
وَذَرْنِیْ وَالْمُكَذِّبِیْنَ اُولِی النَّعْمَةِ وَمَهِّلْهُمْ قَلِیْلًا ۟
११) र मलाई झूठा ठहराउने सुख–सम्पन्न मानिसहरूलाई छोडिदिनु र उनीहरूलाई अलिकति मोहलत देऊ ।
Arabic explanations of the Qur’an:
اِنَّ لَدَیْنَاۤ اَنْكَالًا وَّجَحِیْمًا ۟ۙ
१२) निःसन्देह हामीसँग कडा नेलहरू (हतकडी) छन् र प्रज्वलित आगोको नर्क छ,
Arabic explanations of the Qur’an:
وَّطَعَامًا ذَا غُصَّةٍ وَّعَذَابًا اَلِیْمًا ۟۫
१३) र घाँटीमा अडकिने खाना छ र कष्टदायक यातना छ,
Arabic explanations of the Qur’an:
یَوْمَ تَرْجُفُ الْاَرْضُ وَالْجِبَالُ وَكَانَتِ الْجِبَالُ كَثِیْبًا مَّهِیْلًا ۟
१४) जुनदिन धरती र पहाड कम्पित हुनेछन् र पहाड बालुवाको ढिस्को झैं हुनेछन्,
Arabic explanations of the Qur’an:
اِنَّاۤ اَرْسَلْنَاۤ اِلَیْكُمْ رَسُوْلًا ۙ۬— شَاهِدًا عَلَیْكُمْ كَمَاۤ اَرْسَلْنَاۤ اِلٰی فِرْعَوْنَ رَسُوْلًا ۟ؕ
१५) (हे मक्कावालाहरू र) जुन प्रकारले हामीले फिरऔनको पासमा पैगम्बर पठाएका थियौं । तिम्रो पासमा पनि (मुहम्मद) रसूल पठाएका छौं, जो तिम्रो सम्बन्धमा साक्षी हुनेछन् ।
Arabic explanations of the Qur’an:
فَعَصٰی فِرْعَوْنُ الرَّسُوْلَ فَاَخَذْنٰهُ اَخْذًا وَّبِیْلًا ۟
१६) फिरऔनले त्यस रसूलको अवज्ञा गर्यो त्यसैले हामीले उसलाई कठोर यातनामा समातिहाल्यौं ।
Arabic explanations of the Qur’an:
فَكَیْفَ تَتَّقُوْنَ اِنْ كَفَرْتُمْ یَوْمًا یَّجْعَلُ الْوِلْدَانَ شِیْبَا ۟
१७) यदि तिमीले पनि मान्ने छैनौ भने त्यसदिनबाट कसरी बाँच्छौ, जुन दिन बच्चाहरूलाई वृद्ध बनाइनेछ ।
Arabic explanations of the Qur’an:
١لسَّمَآءُ مُنْفَطِرٌ بِهٖ ؕ— كَانَ وَعْدُهٗ مَفْعُوْلًا ۟
१८) जुन दिन आकाश फाटिहाल्नेछ । अल्लाहको यो वाचा पूरा भएर नै रहन्छ ।
Arabic explanations of the Qur’an:
اِنَّ هٰذِهٖ تَذْكِرَةٌ ۚ— فَمَنْ شَآءَ اتَّخَذَ اِلٰی رَبِّهٖ سَبِیْلًا ۟۠
१९) यो कुरआन त निश्चय नै एउटा उपदेश हो । अब जसले चाहन्छ, आफ्नो पालनकर्तातिर मार्ग ग्रहण गरोस् ।
Arabic explanations of the Qur’an:
 
Translation of the meanings Surah: Al-Muzzammil
Surahs’ Index Page Number
 
Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association - Translations’ Index

Issued by Central Society of Ahlul-Hadith in Nepal

close